Nepali Christian Song | देहधारी परमेश्‍वर मुक्तिको कामको लागि अझै उपयुक्त हुनुहुन्छ | with lyrics

7 मार्च 2022

पद १

परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुभई

आफ्नो न्यायको काम गर्नुहुन्छ।

सिधै शैतानको आत्मालाई नभई,

भ्रष्ट देहको मानवलाई न्याय गरिने हुनाले,

न्याय आत्मिक संसारमा नभई,

मानव संसारमा गरिन्छ।

यदि उहाँको आत्माले सिधै न्याय गर्नुभएको भए,

यो सर्व-समावेशी हुने थिएन।

मानवलाई त्यो काम स्वीकार्न गाह्रो हुने थियो,

किनकि आत्मा मानवको आमने-सामने हुनुहुन्न।

प्रभाव तत्कालै हुने थिएनन्, न त उसले उहाँको रिस उठाउन

नसकिने स्वभाव स्पष्ट देख्न सक्थ्यो।

कोरस

मानव देहको भ्रष्टतालाई न्याय गर्ने

कामको लागि देहधारी परमेश्‍वर भन्दा राम्रो कोही छैन।

ओह, मानव देहको भ्रष्टतालाई न्याय गर्ने

कामको लागि देहधारी परमेश्‍वर भन्दा राम्रो कोही छैन।

पद २

देहधारी परमेश्‍वरले मानवको भ्रष्टतालाई

न्याय गर्नुभयो भने मात्र शैतान हार्छ।

मानवझैँ सामान्य मानवत्व भए तापनि उहाँले,

सिधै मानवको अधार्मिकता न्याय गर्नुहुन्छ;

यो उहाँको अन्तर्निहित पवित्रता

र असाधारणताको चिन्ह हो।

उहाँमात्र मानवलाई न्याय गर्न योग्य हुनुहुन्छ,

किनकि उहाँसँग सत्यता र धार्मिकता छ।

ती बिना कोही न्याय गर्न योग्य छैनन्।

यदि यो काम उहाँको आत्माले गर्नुभएको भए,

यसले शैतानको पराजय बुझाउने थिएन।

पूर्व कोरस

आत्मा मरणशील मानवभन्दा उच्च,

पवित्र र देहमाथि विजयी हुनुहुन्छ।

यो काम आत्माले गर्नुभएको भए,

उसको विद्रोहिपन न्याय गर्न र दुष्टता

प्रकट गर्न सक्नुहुनेथिएन।

कोरस

मानव देहको भ्रष्टतालाई न्याय गर्ने

कामको लागि देहधारी परमेश्‍वर भन्दा राम्रो कोही छैन।

ओह, मानव देहको भ्रष्टतालाई न्याय गर्ने

कामको लागि देहधारी परमेश्‍वर भन्दा राम्रो कोही छैन।

ब्रिज

न्याय मानवको परमेश्‍वरको धारणाद्वारा गरिन्छ,

र मानवसँग आत्माको कुनै धारणा छैन,

त्यसैले आत्माले मानवको अधार्मिकता देखाउनुहुन्न,

न त पूर्णत: खुलासा गर्नुहुन्छ।

देहधारी परमेश्‍वर उहाँको

ज्ञान नहुने सबैको शत्रु हुनुहुन्छ।

मानवका धारणा र विरोधलाई न्याय गर्नुभई

मानवको अनाज्ञाकारिता देखाउनुहुन्छ।

आत्माको कामभन्दा उहाँले देहमा गर्नुहुने कामका प्रभाव

अझै उल्लेखनीय हुन्छन्।

त्यसैले न्याय सिधै आत्माले गर्नुहुन्न,

बरु यो देहधारी परमेश्‍वरको काम हो।

कोरस

मानव देहको भ्रष्टतालाई न्याय गर्ने

कामको लागि देहधारी परमेश्‍वर भन्दा राम्रो कोही छैन।

ओह, मानव देहको भ्रष्टतालाई न्याय गर्ने

कामको लागि देहधारी परमेश्‍वर भन्दा राम्रो कोही छैन।

अन्त्य

देहधारी परमेश्‍वरलाई मानवले देख्न र छुन सक्छ।

उहाँले मानवलाई पूर्णत: विजय गर्नुहुन्छ।

उहाँ सँगको सम्बन्धमा,

मानव विरोधबाट आज्ञापालनमा,

सतावटबाट स्वीकारमा,

धारणाबाट ज्ञानमा, इन्कारबाट प्रेममा जान्छ।

यी हुन् देहधारी परमेश्‍वरका कामका प्रभाव।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्