Nepali Christian Song | मानिसहरूले अडिग रूपमा सत्यता पछ्याउनेछन् भनी परमेश्‍वर आशा गर्नुहुन्छ

2 जुलाई 2026

परमेश्‍वरका वचनमा मानवजातिका लागि उहाँको अभिप्राय समावेश हुन्छ र तिनले मानवजातिका लागि उहाँको प्रचुर आशा बोक्छन्। मानिसहरूले कमजोरी र कठिनाइ सामना गर्दा, परमेश्‍वर तिनीहरू निरुत्साहित भएको, तिनीहरूले आशा, आस्था, सत्यता र मुक्ति पछ्याउने सङ्कल्प, सत्यता पाउने र परमेश्‍वरद्वारा सिद्ध पारिने मौका गुमाएको हेर्न चाहनुहुन्न। परमेश्‍वर मानिसहरू कायर बनेको चाहनुहुन्न। बरु, उहाँ आशा गर्नुहुन्छ कि मानिसहरूले चाहे जति कठिनाइ सामना गरे पनि, तिनीहरू जति नै कमजोर भए पनि, अनि तिनीहरूले चाहे जति भ्रष्टता प्रकाश गरेका भए पनि, तिनीहरूले कहिल्यै हार मान्नेछैनन्, सबथोक भोग्दा दृढ रहनेछन्, सत्यता पछ्याउन जारी राख्नेछन्, तिनीहरूका लागि परमेश्‍वरले औँल्याइदिनुभएको अभ्यासका मार्गहरू पछ्याउनेछन्, र अझै पनि परमेश्‍वरको ठूलो चाहना गर्ने हृदय राख्नेछन् भनी परमेश्‍वर आशा गर्नुहुन्छ।

मानिसहरूको परमेश्‍वरप्रतिको आस्था, अनुभवसँगसँगै र परमेश्‍वरको वचनको बुझाइसँगसँगै बढ्दै जानुपर्छ, र कमजोर हुँदा तिनीहरू पछि हट्नु हुँदैन, कठिनाइहरू सामना गर्दा नकारात्मक बन्नु हुँदैन, वा तिनीहरूले अलिकति भ्रष्टता प्रकाश गर्दा अगाडि बढ्नुको साटो पछि हट्नु हुँदैन। परमेश्‍वर यस्ता प्रकटीकरणहरू हेर्न चाहनुहुन्न। परमेश्‍वर आशा गर्नुहुन्छ कि मानिसहरू उहाँप्रति एउटै हृदय र मनका हुनेछन्, र तिनीहरूले समय, वातावरण, भौतिक स्थान, वा घट्न सक्ने कुनै पनि परिस्थितिका हिसाबमा यसलाई कहिल्यै परिवर्तन गर्नेछैनन्। यदि परमेश्‍वरको खोजी गर्ने तेरो चाहना परिवर्तन हुँदैन र परमेश्‍वरको खोजी गर्ने तेरो अटलता कमजोर हुँदैन भने, परमेश्‍वरले यी कुरा देख्नुहुनेछ र तेरो निष्कपट हृदय जान्नुहुनेछ। अन्त्यमा, परमेश्‍वर तँलाई जे प्रदान गर्नुहुन्छ त्यो निश्चित रूपमा तैँले माग्न सक्ने र सोच्न सक्ने सबैकुरा भन्दा अधिक हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्