Nepali Christian Song | परमेश्वर मानिसबाट साँचो पश्चातापको आशा गर्नुहुन्छ
7 अप्रिल 2025
१
परमेश्वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्नो मन परिवर्तन गर्न थाल्नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्नो पापको स्वीकार र पश्चात्ताप गर्नुअघि—परमेश्वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्चात्तापका श्रृंखलाबद्ध कार्य गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्वरको रिस, कृपा र सहनशीलतामा परिवर्तन भयो।
२
एउटै घटनामा परमेश्वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। निनवेका मानिसले पश्चात्ताप गर्नु अघि एउटा र गरेपछि अर्को गरी, परमेश्वरले यी दुई विपरीत ध्रुवीय सार व्यक्त र प्रकट गर्नुभयो, यसरी मानिसहरूलाई परमेश्वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्ने तुल्याउनुभयो। मानिसहरूलाई निम्न कुराहरू बताउन परमेश्वरले आफ्नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्वरले मानिसहरूलाई सहनुहुन्न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्न भन्ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्वरसामु साँचो रूपले पश्चात्ताप गर्छन्, र बिरलै आफ्ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्ने हो।
३
जब परमेश्वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्चात्ताप गर्न सक्नेछ भन्ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्नुहुनेछ। भन्नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्वरको क्रोध उत्पन्न गर्छ, जबकि परमेश्वरको कुरा सुन्ने र उहाँको अघि साँचो रूपमा पश्चात्ताप गर्नेहरूलाई, आफ्ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्नो हातका हिंसा त्याग्न सक्नेहरूलाई परमेश्वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदैछैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्चात्ताप नै हो। जबसम्म मानिसहरू आफ्ना दुष्ट मार्ग छाड्छन् र आफ्ना हातको हिंसालाई त्याग्छन्, तबसम्म तिनीहरूप्रति परमेश्वरले आफ्नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू