Nepali Christian Song | परमेश्‍वर स्वयम् सत्यता र जीवन हुनुहुन्छ

19 जुलाई 2026

परमेश्‍वर स्‍वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्‍नेहरूले निश्चय नै जीवन प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन एकसाथ सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्‍दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्‍पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण अस्तित्वमा तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। के कुरा जान् भने, फगत पुस्तकका शब्‍दहरूलाई जीवन मान्न सकिँदैन, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्‍वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्, अनि पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्‍वरले व्यक्त गर्ने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्‍वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्।

यदि तैँले विगतका युगहरूमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूका अभिलेखलाई लिएर आजको दिनमा पालन गर्छस् भने, त्यसले तँलाई पुरातत्त्वविद् बनाउँछ, जुन अवस्थामा, तँलाई व्याख्या गर्ने सबैभन्दा उपयुक्त तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी अनुसन्धान गर्ने विज्ञ होस् भनेर भन्‍नु हो। तँ सधैँ परमेश्‍वरले विगतका समयमा गर्नुभएका कामका निसानहरूमा विश्‍वास गर्छस्, तँ यसभन्दा पहिले परमेश्‍वरले मानिसमाझ काम गर्नुभएको बेलाको उहाँको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले उहाँका अनुयायीहरूलाई भन्नुभएको मार्गमा मात्रै विश्‍वास गर्छस्, तर तँ परमेश्‍वरको आजको कामको रुझानमा विश्‍वास गर्दैनस्, परमेश्‍वरको आजको महिमामयी मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हालै व्यक्त गर्नुभएको सत्यताको मार्गमा विश्‍वास गर्दैनस्। त्यसकारण, तँ निर्विवाद रूपमा दिवास्वप्‍न देख्‍ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा टाढा छ। यदि तँ अहिले अझै पनि मानिसलाई जिउन सक्षम बनाउन नसक्‍ने शब्दहरूमा टाँसिन्छस् भने, तँ आशाहीन काठको ठुटा होस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्