Christian Dance | परमेश्‍वर विजयका साथ फर्कनुभएको छ | Praise Song

26 नोभेम्बर 2024

सियोन! रमाऊ! सियोन! गीत गाऊ!

म जितको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु!

सबै मानिसहरू! लामबद्ध हुन हतार गर!

सृष्टिका सबै थोकहरू! अब रोकिऊ,

किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दै छ र संसारको पूर्वमा देखा पर्दै छ!

आराधनामा घुँडा नटेक्‍ने आँट कसले गर्छ?

मलाई साँचो परमेश्‍वर भनी नपुकार्ने आँट कसले गर्छ?

कसले डर मान्ने हृदयसाथ माथि नहेर्ने आँट गर्छ?

कसले प्रशंसा नगर्ने हिम्मत गर्छ? कसले नरमाउने आँट गर्छ?

मेरा मानिसहरूले मेरो आवाज सुन्‍नेछन्।

पहाडपर्वत, नदीनाला र सबै थोकहरू

अनन्त रूपमा जयजयकार गर्नेछन् अनि नरोकिईकन उफ्रिरहनेछन्।

यस बेला, कसैले पनि पछाडि फर्कने हिम्मत गर्नेछैन,

र कसैले पनि प्रतिरोध गर्नका निम्ति खडा हुने आँट गर्नेछैन।

यो मेरो अचम्मको काम हो, र त्योभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो!

म सबै थोकलाई मेरो डर मान्ने हृदय भएको बनाउनेछु,

र त्योभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्ने बनाउनेछु!

यो छ हजार वर्षे मेरो व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो,

र मैले निर्धारित गरेको कुरा यही हो।

न त कुनै व्यक्तिले न त कुनै वस्तु वा कुनै घटनाले

नै मेरो प्रतिरोध वा विरोध गर्न खडा हुने आँट गर्छ।

मेरा सबै मानिसहरू मेरो पर्वततर्फ आउनेछन् र मेरो सामु झुक्‍नेछन्,

किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ।

मेरो निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन।

मेरो मुखको वचनहरूका कारण सबै नष्ट हुनेछन्,

र मेरा वचनहरूका कारण सब थोक अस्तित्वमा आउनेछन् र पूर्ण पारिनेछन्।

मेरो महान् शक्ति यही हो र यही नै मेरो अख्तियार हो।

म शक्तिले भरिएको र अख्तियारले भरिपूर्ण भएकोले

कुनै व्यक्तिले मलाई बाधा दिने हिम्मत गर्न सक्दैन।

मैले पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु,

र मैले विद्रोहका सबै छोराहरूलाई पहिले नै जितिसकेको छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्