Christian Dance | मानवजातिलाई जगाउन परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ | Praise Song

24 फेब्रुअरी 2025

सत्यताको बिगुल बजेको छ।

सर्वशक्तिमान् परमेश्‍वरले मानवजातिलाई जगाउन सत्यता व्यक्त गर्नुहुन्छ।

परमेश्‍वरको आवाज सुनेर, म उहाँसामु फर्किन्छु।

म परमेश्‍वरका वचनहरू खान्छु, पिउँछु, तिनको आनन्द लिन्छु र भोजमा सहभागी हुन्छु।

हरदिन परमेश्‍वरको वचन खाएर-पिएर,

म सत्यता बुझ्छु र सुझबुझ पाउँछु।

संसार अन्धकार र दुष्टताले भरिएको छ—सत्यताप्रति लागिपरेर मात्र त्यहाँ ज्योति हुन्छ।

म परमेश्‍वरलाई पछ्याउन सबथोक छोड्छु, आफ्नो कर्तव्य पूरा गर्छु।

सत्यता स्विकार्दा र आफैलाई चिन्दा, म साँचो रूपान्तरण प्राप्त गर्छु।

म परमेश्‍वरका वचनहरूको न्याय, र काटछाँटमाझ बढ्छु।

सत्यता बुझेर, म आफ्नो जीवनमा बिस्तारै बढ्छु।

परमेश्‍वरको धार्मिकता र पवित्रता देखेर, म उहाँलाई साँच्चै निकै प्रेमिलो पाउँछु।

म अनन्तभर परमेश्‍वरलाई प्रेम गर्नेछु र उहाँको गवाही दिनेछु!

परमेश्‍वरको न्याय अनुभव गर्दा, म पखालिन्छु र परमेश्‍वरको प्रेम चाख्छु।

मेरो हृदय छेड्ने परमेश्‍वरका कठोर वचन सबै मलाई मुक्ति दिने उद्देश्यकै लागि हुन्।

अनुभवमार्फत मात्र मैले परमेश्‍वरका विचारशील अभिप्रायहरू बुझ्न पुग्छु।

परमेश्‍वरको न्याय प्राप्त गर्न सक्नु उहाँको आशिष् हो।

धेरै सतावट र धेरै सङ्कष्ट भोगेर,

हामी ठूलो रातो अजिङ्गरको साँचो अनुहार देख्छौँ।

परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने बुझेर, हामी आस्था र बल प्राप्त गर्छौँ।

हामी शैतानका युक्तिहरू छर्लङ्ग देख्छौँ, र हामी उप्रान्त डरपोक वा भयभीत छैनौँ।

हामी परमेश्‍वरलाई उहाँले चाहनुभएझैँ आफूलाई योजनाबद्ध गर्न दिन खुसी छौँ,

र हामी उहाँको गवाहीमा दृढ रहन्छौँ।

मैले सर्वशक्तिमान् परमेश्‍वरको अत्यन्तै धेरै प्रेमको आनन्द उठाएको छु,

र मैले उहाँको प्रेम नतिरेमा, म मानव कहलिन अयोग्य छु।

म सुसमाचार फैलाउन र परमेश्‍वरको गवाही दिन आफ्नो बफादारी दिने सङ्कल्प गर्छु।

म अनन्तभर परमेश्‍वरलाई प्रेम गर्नेछु र उहाँको गवाही दिनेछु!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्