Christian Dance | परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई मुक्ति दिनुहुन्छ | Praise Song
8 नोभेम्बर 2024
१
दाजुभाइ दिदीबहिनीहरू भेला हुन्छन्, परमेश्वरको प्रशंसामा गाउँदै र नाच्दै।
देहधारण गर्नुभएको, सत्यता व्यक्त गर्नुभएको,
र हामीलाई मुक्ति दिनभएकोमा सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद।
हामी हरेक दिन परमेश्वरको वचन खान्छौँ, पिउछौँ र आनन्द लिन्छौँ;
सत्यता बुझेर, हाम्रो हृदय मिठासले भरिन्छ।
हामी संसारको दुष्टता र अन्धकार स्पष्ट देख्छौँ,
र परमेश्वरका लागि आफूलाई समर्पित गर्न सबै कुरा त्याग्छौँ।
धन्यवाद, सर्वशक्तिमान् परमेश्वर, हामीलाई जीवनमा सही मार्गमा अगुवाइ गर्नुभएकोमा।
हामीलाई अल्झाउने सांसारिक बन्धनहरू फुकाल्छौँ,
हाम्रो कर्तव्यहरू पूरा गर्छौँ, र परमेश्वरको सामु जिउँछौँ।
धन्यवाद, सर्वशक्तिमान् परमेश्वर, हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनु भएकोमा।
हामी सत्यताको पछि लाग्छौँ, जोरदार गवाही दिन्छौँ,
र परमेश्वरको राज्यमा जिउँछौँ।
२
दाजुभाइ दिदीबहिनीहरू भेला हुन्छन्, परमेश्वरको प्रशंसामा गाउँदै र नाच्दै।
परमेश्वरको वचनद्वारा खुलासा गरिएकाले, र परीक्षाहरूद्वारा प्रकाश गरिएकाले,
हामी कति गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ भनेर देख्छौँ।
हाम्रा शब्द र कार्यहरू शैतानी दर्शनहरूमा भर परेका छन्,
हामीमा कुनै मानव रूप रहित छैन।
हामी परमेश्वरको वचनको न्याय र काटछाँट स्वीकार गर्छौँ,
साँच्चै पश्चात्ताप गर्छौँ, र नयाँ मानिस बन्छौँ।
सर्वशक्तिमान् परमेश्वर, हामीलाई न्याय गर्नुभएको, सजाय दिनुभएको, र शुद्ध गर्नुभएकोमा धन्यवाद।
हाम्रो जीवन स्वभाव परिवर्तन भएको छ र हामी इमानदार मानिसहरूको रूपमा जिउँछौँ।
धन्यवाद, सर्वशक्तिमान् परमेश्वर, हामीलाई सत्यता र जीवन प्रदान गर्नुभएकोमा।
हामीले परमेश्वरको पवित्रता र धार्मिकता थाहा पाएका छौँ,
र हामी उहाँको डर मान्न र उहाँमा समर्पित हुन थालेका छौँ।
३
दाजुभाइ दिदीबहिनीहरू भेला हुन्छन्, परमेश्वरको प्रशंसामा गाउँदै र नाच्दै।
हामीलाई मुक्ति दिन
परमेश्वरले आफूलाई मानवको रूपमा विनम्र तुल्याउनुभएको छ,
ठूलो पीडा सहनुभएको छ र ठूलो मूल्य तिर्नुभएको छ।
हामीले परमेश्वरद्वारा मुक्ति दिइएको र उहाँका आशिष्हरूको आनन्द लिइरहेका हुनाले,
यदि हामीले उहाँको ऋण चुकाउने बारे सोच्दैनौँ भने, हामी मानव भन्न लायक छैनौँ।
सुसमाचारको फैलावट परमेश्वरको तत्कालको अभिप्राय हो,
र हामीले उहाँको अनुग्रह चुक्ता गर्न हाम्रो वफादारी अर्पण गर्नुपर्छ।
धन्यवाद, सर्वशक्तिमान् परमेश्वर,
किनकि सत्यता व्यक्त गर्ने र हामीलाई मुक्ति दिनुहुने तपाईँ नै हुनुहुन्छ।
आखिरी दिनहरूमा मुक्ति प्राप्त गर्न हामी धेरै आशिषित छौँ,
र हामी सदैव परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।
धन्यवाद, सर्वशक्तिमान् परमेश्वर,
किनकि सत्यता व्यक्त गर्ने र हामीलाई मुक्ति दिनुहुने तपाईँ नै हुनुहुन्छ।
आखिरी दिनहरूमा मुक्ति प्राप्त गर्न हामी धेरै आशिषित छौँ,
र हामी सदैव परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू