Christian Choir Song | परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ
11 जुलाई 2025
१
मानिसले किन सत्यता पछ्याउनै पर्छ?
सबैभन्दा प्रमुख कारण भनेको, यसलाई परमेश्वरका दृष्टिकोणबाट हेर्दा,
सत्यता पछ्याउने कार्य उहाँको व्यवस्थापन,
मानवजातिबाट उहाँले गर्नुहुने अपेक्षा,
र मानवजातिमाथि उहाँले राख्नुहुने आशासँग सम्बन्धित छ—
यो परमेश्वरको व्यवस्थापन योजनाको एउटा भाग हो।
तँ जोसुकै भए पनि
र तैँले परमेश्वरमा विश्वास गरेको चाहे जति धेरै समय भए पनि,
यदि तँ सत्यता पछ्याउँदैनस् वा यसलाई प्रेम गर्दैनस् भने,
अन्त्यमा तँ अवश्य नै हटाइने पात्र बन्नेछस्—
यो कुरा अत्यन्तै स्पष्ट छ।
२
परमेश्वरले तीन चरणको काम गर्नुहुन्छ;
उहाँले मानवजातिको सृष्टि गर्नुभएदेखि नै उहाँसँग व्यवस्थापन योजना रहिआएको छ,
र यसका हरेक चरणहरू उहाँले मानवजातिमा कार्यान्वयन गर्नुभएको छ,
र मानवजातिलाई पाइला-दर-पाइला आजको दिनसम्म डोर्याउनुभएको छ।
परमेश्वरले मानवजातिलाई व्यक्त गर्नुहुने सत्यताहरू
र बताउनुहुने उहाँद्वारा माग गरिएका मापदण्डका हरेक पक्ष
मानिसमा ढाल्ने र तिनलाई मानिसको जीवन र वास्तविकता बनाउने अन्तिम उद्देश्यका साथ,
उहाँले आफ्नो धेरै रगत-पसिना बगाउनुभएको छ, र निकै लामो समयसम्म सहनुभएको छ।
परमेश्वरका नजरमा, यो अत्यन्तै महत्त्वपूर्ण मामला हो,
र परमेश्वरले यस मामलालाई अत्यन्तै महत्त्वपूर्ण मान्नुहुन्छ।
३
हरेक व्यक्तिको हकमा कुरा गर्दा,
तेरो क्षमता, तेरो उमेर,
वा तैँले परमेश्वरमा विश्वास गरेको वर्ष सङ्ख्या जे-जति भए पनि,
तैँले सत्यता पछ्याउने मार्गतर्फ प्रयास लगाउनुपर्छ।
तैँले कुनै पनि वस्तुगत कारणलाई जोड दिनु हुँदैन;
तैँले निःसर्त सत्यता पछ्याउनुपर्छ। झारा टार्दै नबस्।
मानौँ तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनमा ठूलो मामलाका रूपमा लिन्छस्,
र यसतर्फ लागिपर्छस् र मेहनत गर्छस्,
र सायद अन्त्यमा तैँले तेरो पछ्याइमा प्राप्त गरेका र हासिल गर्न सकेका सत्यता
तैँले चाहना गरेको जस्तो नहुन सक्छ,
तर परमेश्वरले
सत्यताको तेरो पछ्याइमा तैँले राख्ने मनोवृत्ति
र तेरो निष्कपटताका आधारमा तँलाई उचित गन्तव्य दिनेछु भनी भन्नुहुन्छ—
त्यो कति अद्भुत हुनेछ!
४
अहिलेका लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ,
अनि के हुनेछ र भविष्य कस्तो छ,
वा तँ प्रकोपबाट जोगिन सक्नेछस् र मर्नेछैनस् कि भन्ने कुरामा केन्द्रित नहो—
यी कुराहरूका बारेमा सोच्ने वा यी कुराहरूका बारेमा अनुरोधहरू गर्ने नगर्।
परमेश्वरका वचन र उहाँका मागहरूमा मात्रै केन्द्रित हो,
र सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न,
परमेश्वरका अभिप्रायहरू पूरा गर्न पुग्,
र परमेश्वरको छ हजार वर्षको प्रतीक्षा,
र उहाँको छ हजार वर्षको अपेक्षालाई खिन्न तुल्याउनबाट जोगिई।
परमेश्वरलाई अलि सान्त्वना दे; तँमा आशा छ भन्ने उहाँलाई देखा,
र तँमा उहाँका कामना साकार हुन दे।
यदि तैँले त्यसो गरिस् भने के परमेश्वरले तँलाई अन्यायपूर्ण व्यवहार गर्नुहुनेथियो?
अनि यदि अन्तिम नतिजाहरू तैँले कामना गरेजस्तो छैनन् भने पनि,
सृजित प्राणीका रूपमा, तँ कुनै व्यक्तिगत योजनाहरू नराखी,
सबै कुरामा परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ।
यस्तो मानसिकता राख्नु सही हुन्छ।
—वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू