Nepali Christian Dance | सत्यता अभ्यास गर्नेहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ | Praise Song

1 मे 2025

ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन,

हामीले उहाँको हृदयलाई बुझ्नैपर्छ।

हामीले सत्यता अभ्यास र आफ्ना कर्तव्य पूरा गर्नुपर्छ;

यसरी हामीले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छौँ।

हामीले बारम्बार प्रार्थना गर्नैपर्छ र परमेश्‍वरको वचन पढ्नैपर्छ,

र उहाँको वचन आफ्नो हृदयमा राख्नैपर्छ।

हामीले मामलाहरू सामना गर्दा सत्यताको खोजी गर्नैपर्छ,

र हामीमा परमेश्‍वरतर्फ हेर्ने हृदय हुनैपर्छ।

हामीले सबथोकमा परमेश्‍वरको छानबिन स्विकार्नैपर्छ

र हर समय हामीमा डर मान्ने हृदय हुनैपर्छ।

हामी सत्यता अभ्यास गर्न सक्षम हुनैपर्छ

र हामीसँग परमेश्‍वरमा समर्पित हुने हृदय हुनैपर्छ।

हामीले सत्यता बुझ्नैपर्छ,

र त्यसरी मात्र हामीमा परीक्षा र सङ्कष्टहरू भोग्दा आस्था हुन सक्छ।

आफूलाई परमेश्‍वरका योजनाबद्ध कार्यको कृपामा छोड्नेछौँ,

परमेश्‍वरमा समर्पित हुनेछौँ, र मृत्युसम्मै बफादार रहनेछौँ।

दाजुभाइ दिदीबहिनीहरूले कर्तव्यहरूमा सामनञ्जस्यका साथ सहकार्य गर्नैपर्छ

र एउटै हृदयको हुनैपर्छ।

हामीले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दो गर्नैपर्छ

र कठिनाइ जस्तोसुकै भए पनि इच्छुक हुनैपर्छ।

हामीले परमेश्‍वरको वचन सुन्नैपर्छ, इमानदार मानिस हुनैपर्छ,

र सबथोकमा परमेश्‍वरलाई आराम दिनैपर्छ।

हामी धार्मिकताका लागि भोकाउनु र तिर्खाउनु, निरन्तर खोजी गर्नुपर्छ,

र परमेश्‍वरप्रति ठूलो आकाङ्क्षा राख्नुपर्छ।

सिद्ध पारिन हामीले सत्यता पछ्याउनैपर्छ

र हामीमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ।

हामीले आफ्ना कर्तव्यमा आफ्नो हृदय र प्राण लगाउनैपर्छ

र परमेश्‍वरको आज्ञाप्रति बफादार रहनैपर्छ।

हामीले सबथोकमा परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्नैपर्छ

र आफ्नो हृदयलाई परमेश्‍वरको हृदयसँग जोडेर राख्नैपर्छ।

हामीले सुन्दर र जोरदार गवाही दिनैपर्छ

र सँग-सँगै परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्नुपर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्