Christian Song | ईमानदारहरूलाई परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ

24 जुलाई 2021

इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु,

सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु,

सबै कुरामा उहाँसँग खुलस्त हुनु,

कुनै पनि कुरा कहिल्यै नलुकाउनु,

आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु

र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो।

छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो

र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो।

यदि तँ शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छस् भने

परमेश्‍वर भन्नुहुन्छ तँ सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्ति होस्।

यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने,

यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई

अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने,

परमेश्‍वर भन्नुहुन्छ तँ सजिलैसँग मुक्ति नपाउने

र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।

यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने,

तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ।

यदी तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्,

तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने,

सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने

सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने

परमेश्‍वर भन्नुहुन्छ तँ बफादार सन्त होस्

किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्।

यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने,

यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने,

यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस्

र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने,

यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने

तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने

परमेश्‍वर भन्नुहुन्छ त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन्

र जो राज्यमा सदासर्वदा बस्नेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्