Nepali Christian Song | मानवको आवश्यकताको कारण परमेश्‍वर काम गर्न देहधारी हुनुभयो

7 जनवरी 2025

देहधारी परमेश्‍वर देहमा आउनुको एउटै कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दुःखकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाका लागि होइनन्। परमेश्‍वरका लागि कुनै फाइदा र बेफाइदा वा इनाम भन्ने हुँदैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँकै थियो त्यसको कटनी गर्नुहुनेछ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो। देहमा परमेश्‍वरले गर्नुहुने काममा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष गर्नुभएको कामका प्रभावहरू भन्दा निकै बढी हुन्छ।

देहको कार्यमा धेरै कठिनाइ समावेश छन् र देहको पहिचान आत्माको पहिचान जस्तो महान् हुन सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, उहाँमा आत्माको जस्तै अख्तियार हुन सक्ने कुरा त परै जाओस्। तैपनि उहाँको यस साधारण देहले गर्ने कामको सार आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिका आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। सत्यताको खोजी गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने हरेकको सन्दर्भमा, आत्माको कामले स्पर्श वा प्रेरणा अनि यो काम अवर्णनीय र अकल्पनीय छ भन्ने आश्चर्यको आभास अनि यो महान्, श्रेष्ठ र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्‍ने भाव मात्रै दिन सक्छ।

देहको कामले मानिसलाई पछ्याउनको लागि व्यावहारिक उद्देश्यहरू, स्पष्ट शब्दहरू र उहाँ व्यावहारिक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र साधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिस उहाँदेखि डराउने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्बन्ध जोड्न सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन् र उहाँको आवाजलाई सुन्न सक्छन् र उसले उहाँलाई टाढाबाट हेर्नुपर्दैन। यो देह मानिसको पहुँचमा हुनुहुन्छ भन्ने आभास हुन्छ, टाढा र बुझ्न नसकिने होइन, तर देख्न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ। देहमा परमेश्‍वरले गर्नुहुने काममा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष गर्नुभएको कामका प्रभावहरू भन्दा निकै बढी हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्