Nepali Christian Song | परमेश्‍वर मानिसको उहाँप्रतिको निःसर्त समर्पणता चाहनुहुन्छ

20 अप्रिल 2026

अब्राहामले इसहाकलाई परमेश्‍वरलाई बलि चढाउन छुरी उठाउँदा, परमेश्‍वरले उसका कार्यहरू देख्‍नुभयो। तिनले परमेश्‍वरलाई अब्राहामको निष्कपट हृदय देखाए। र उसको पहिलेको मूर्खता, अज्ञानता र परमेश्‍वरबारे गलत बुझाइको बाबजुद पनि, त्यसबेला अब्राहामको हृदय परमेश्‍वरप्रति साँचो, र इमानदार थियो, र परमेश्‍वरले उसलाई दिनुभएको छोरो, इसहाकलाई उसले साँच्चै र निष्कपट रूपमा नै, परमेश्‍वरलाई फिर्ता दिन लागेको थियो। परमेश्‍वरले उसमा समर्पणता, उहाँले चाहनुभएकै समर्पणता देख्नुभयो।

मानिसका नजरमा, परमेश्‍वरले धेरै कुराहरू गर्नुहुन्छ जुन बुझ्न नसकिने र अविश्‍वसनीय समेत हुन्छ। जब परमेश्‍वरले कसैलाई योजनाबद्ध गर्न चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसका धारणासँग मिल्ने हुँदैन र उसले बुझ्न नसक्‍ने हुन्छ, तैपनि, ठ्याक्कै यही बेमेल र अगम्यता नै मानिसका निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसबीच, अब्राहाम परमेश्‍वरप्रति समर्पणता देखाउन सक्षम थियो, जुन ऊ परमेश्‍वरको माग पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो।

प्रायजसो, कतिपय मानिसहरू यसो भन्छन्, “मैले यो चढाइसकेँ, मैले त्यो त्यागिसकेको छु—परमेश्‍वर अझै पनि किन मसँग सन्तुष्ट हुनुहुन्‍न? उहाँले किन मलाई परीक्षाहरू भोग्ने तुल्याइरहनुहुन्छ? उहाँले किन मलाई जाँचिरहनुहुन्छ?” यसले एउटा तथ्य प्रदर्शन गर्छ: परमेश्‍वरले तेरो हृदय देख्‍नुभएको र प्राप्त गर्नुभएको छैन। अर्थात्, अब्राहामले छोरालाई आफ्नै हातले मार्न हेतु छुरी उठाउन र परमेश्‍वरलाई बलि चढाउन सक्षम हुँदा, उसको जस्तो साँचो हृदय उहाँले देख्नुभएको छैन। उहाँले तेरो उहाँप्रतिको निःसर्त समर्पणता देख्‍नुभएको छैन, र तँबाट सान्त्वना पाउनुभएको छैन। यसैले, परमेश्‍वरले तँलाई जाँचिरहनु प्राकृतिक कुरा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्