Christian Praise Song | केवल सृष्टिकर्ताले यस मानवजातिलाई टिठाउनुहुन्छ

28 जुलाई 2021

यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै करुणा र स्‍नेह देखाउनुहुन्छ।

सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो, नतोडिने स्‍नेह छ।

त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन

र आफ्‍ना सम्पूर्ण सृष्टिको हेरचाह गर्न सक्‍नुहुन्छ।

त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन

र आफ्‍ना सम्पूर्ण सृष्टिको हेरचाह गर्न सक्‍नुहुन्छ।

मानिसको हरेक कार्यहरूमा उहाँको ढुकढुकी चल्छ र उहाँलाई पीडा हुन्छ:

मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र शोकित बन्‍नुहुन्छ;

मानिसको पश्‍चात्ताप र विश्‍वासप्रति उहाँ प्रसन्‍न, आनन्दित, क्षमाशील र उल्लसित बन्‍नुहुन्छ;

उहाँका हरेक सोचाइ र विचारहरू मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र सेरोफेरोमा घुम्छन्;

उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानिसजातिको खातिर व्यक्त गरिन्छ;

उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गुँथिएको छ।

मानवजातिको खातिर,उहाँ यताउता यात्रा गर्नुहुन्छ र दौडधूप गर्नुहुन्छ;

उहाँले चुपचाप आफ्‍नो जीवनको एक-एक टुक्रा दिनुहुन्छ;

उहाँले आफ्‍नो जीवनको हरेक मिनेट र सेकेन्ड दिनुहुन्छ…।

उहाँको आफ्‍नै जीवन कति दयालाग्दो छ भन्‍ने उहाँले कहिल्यै जान्‍नुभएको छैन,

तैपनि आफैले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँले सँधै हेरचाह गर्नुभएको छ…।

आफूसँग भएको सबै कुरा उहाँले यस मानवजातिलाई दिनुहुन्छ…।

उहाँले सर्तरहित रूपमा र प्रतिफल पाउने आशा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ।

मानवजाति उहाँको आँखा अगाडि नै बाँचिरहन सकोस् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ,

र जीवन सम्‍बन्धी उहाँको बन्दोबस्‍तलाई प्राप्त गर्नुहुन्छ,

र जीवन सम्‍बन्धी उहाँको बन्दोबस्‍तलाई प्राप्त गर्नुहुन्छ।

मानवजाति एक दिन उहाँको सामने समर्पित हुन सकोस्

र मानिसको अस्तित्वलाई पालनपोषण गर्ने अनि सारा सृष्टिलाई जुटाउने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा

पहिचान गरोस् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्