Nepali Christian Song | मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावना | with lyrics

20 अक्टोबर 2021

वाचित

निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ:

“त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस्

न त त्यसलाई हुर्काइस् तँ त्यसको माया गर्छस्;

जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो:

अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने

एक लाख बीस हजारभन्दा बढी मानिसहरू

र धेरै गाइवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?”

यी परमेश्‍वर र योना बीचको कुराकानीबाट अभिलेख गरिएका

यहोवा परमेश्‍वरका वास्तविक वचनहरू हुन्।

यो कुराकानी छोटो भए तापनि,

यो मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता

अनि मानवजातिलाई त्याग्‍ने उहाँको अनिच्‍छाले भरिएको छ।

यी वचनहरू आफ्‍नो सृष्टिको लागि परमेश्‍वरले आफ्‍नो हृदयमा राख्‍नुहुने

साँचो मनोवृत्ति र भावनाहरूको अभिव्यक्ति हुन्।

मानिसले बिरलै सुनेका स्पष्ट

र सटीक यी वचनहरूद्वारा,

परमेश्‍वरले मानवजातिको निम्ति

आफ्‍ना साँचो अभिप्रायहरूलाई उल्‍लेख गर्नुहुन्छ।

पद १

सृष्टिकर्ता सँधै मानिस माझ हुनुहुन्छ।

मानिस र सम्पूर्ण सृष्टिसँग

उहाँ सँधै कुराकानी गर्नुहुन्छ।

र हरेक दिन नयाँ कार्य गरिरहनुहुन्छ।

उहाँका सार र स्वभाव व्यक्त हुन्छन्

मानिससँगको वार्तालापमा।

उहाँका सोचाइ र विचार पूर्ण रूपमा

उहाँका कार्यमा प्रकट हुन्छन्।

उहाँ मानिसलाई सँधै साथ दिनुहुन्छ, अवलोकन गर्नुहुन्छ।

आफ्‍ना मौन वचनहरूद्वारा चुपचापले

मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ।

पूर्व कोरस

परमेश्‍वर स्वर्गमा हुनुहुन्छ आफ्नो सृष्टि माझ

उहाँ निहाल्नुहुन्छ, पर्खनुहुन्छ,

तिम्रै छेउमा हुनुहुन्छ।

कोरस

उहाँका हात न्यानो र दह्रिला छन्,

उहाँका पाइला हल्‍का छन्,

उहाँको आवाज कोमल छ,

सबैलाई अङ्गाल्दै, उहाँको स्वरूप जान्छ र फर्कन्छ।

उहाँको मुहार सुन्दर र कोमल छ।

कहिल्यै छोड्नुभएको, हराउनुभएको छैन।

दिनरात उहाँ मानिसको साथमा हुनुहुन्छ।

उहाँ मानवलाई हरदम साथ दिनुहुन्छ।

पद २

मानवजातिको निम्ति उहाँको

समर्पित हेरचाह र विशेष स्‍नेह,

साथै मानिसको निम्ति उहाँको

सच्‍चा चिन्ता र प्रेम बिस्तारै प्रकट भए

जब उहाँले निनवे सहरलाई मुक्त गर्नुभयो।

यहोवा परमेश्‍वर र योना बीचको कुराकानीले

उहाँ आफैले सृष्टि गर्नुभएको मानवप्रति

सृष्टिकर्ताको दयालाई पूर्ण रूपमा प्रकट गर्‍यो।

ती वार्तालापद्वारा तिमीले बुझ्छौ‌

मानव निम्ति उहाँको साँचो भावना।

पूर्व कोरस

परमेश्‍वर स्वर्गमा हुनुहुन्छ आफ्नो सृष्टि माझ

उहाँ निहाल्नुहुन्छ, पर्खनुहुन्छ,

तिम्रै छेउमा हुनुहुन्छ।

कोरस

उहाँका हात न्यानो र दह्रिला छन्,

उहाँका पाइला हल्‍का छन्,

उहाँको आवाज कोमल छ,

सबैलाई अङ्गाल्दै, उहाँको स्वरूप जान्छ र फर्कन्छ।

उहाँको मुहार सुन्दर र कोमल छ।

कहिल्यै छोड्नुभएको, हराउनुभएको छैन।

दिनरात उहाँ मानिसको साथमा हुनुहुन्छ।

उहाँ मानवलाई हरदम साथ दिनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्