Nepali Christian Song | सृष्टिकर्ताले मानिसको जीवन-मृत्यु नियन्त्रण गर्नुहुन्छ

7 जनवरी 2026

व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू तय गर्नुभएको हुँदा, पक्‍कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, जन्म-मृत्यु व्यक्तिको अघिल्‍लो र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्।

व्यक्तिको जन्‍मका परिस्थिति कस्ता हुन्छन् र उसको मृत्युका परिस्‍थिति के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्नुहुने पूर्वनिर्धारणसँग सम्बन्धित हुन्छन्; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। हरेक व्यक्तिले चहकिलो जन्‍म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियतिलाई उछिन्न सक्दैन, कोही सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसहरूले आफ्‍नो भविष्यका लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छन्, तर कसैले पनि आफू जन्मने तरिका र संसारबाट बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन।

सबै मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई प्रतिरोध गर्न सक्दो कोसिस गरे पनि, तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। आफ्नो मृत्यु कहिले वा कसरी हुने हो भन्ने कुरा कसैलाई थाहा हुँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा, जीवन र मृत्युमाथिको सर्वोच्च शक्ति मानिससँग छैन, न त प्राकृतिक संसारको कुनै प्राणीसँग नै छ, तर सृष्टिकर्तासँग छ, जोसँग अद्वितीय अख्तियार छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको नतिजा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्