Christian Dance | ख्रीष्टको राज्य साकार भएको छ | Praise Song

12 जुन 2024

आखिरी दिनहरूका ख्रीष्टले उहाँका वचनहरू बोल्नुहुन्छ,

र स्वर्गको राज्यका रहस्यहरू प्रकट गर्नुहुन्छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ र उहाँको सिंहासनसामु उचालिन्छौँ।

हामी परमेश्‍वरका वचनहरूद्वारा मलजल र भरणपोषण पाउँदा आनन्दित हुन्छौँ,

ख्रीष्टको विवाह भोजमा सहभागी हुन्छौँ।

परमेश्‍वरको हरेक मानिस हर्षले भरिन्छ।

परमेश्‍वरको हरेक मानिस हर्षले भरिन्छ।

यहाँ प्रशस्त मन्न छ, यहाँ जीवित पानीको मुहान छ।

परमेश्‍वरका जीवनबारे वचनहरूको मलजल पाउँदा,

हामीलाई तिनको आनन्द कहिल्यै पर्याप्त हुँदैन।

परमेश्‍वरको देखा पराइ र कामले मानवजातिको २ हजार वर्षको सपना पूरा गरेका छन्।

ख्रीष्टको राज्य पृथ्वीमा साकार भएको छ, जुन साँच्चै अतुलनीय हर्ष हो।

सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ

र हामीलाई राज्यको युगमा डोऱ्याउनु हुन्छ।

परमेश्‍वरको मण्डली ख्रीष्टको राज्य हो;

परमेश्‍वर पृथ्वीमा राजा जसरी शासन गर्नुहुन्छ।

सत्यतालाई प्रेम गर्ने सबैले परमेश्‍वरको आवाज सुन्छन् र उहाँको मुहार देख्छन्।

परमेश्‍वरको हरेक मानिस हर्षोल्लासित छ।

परमेश्‍वरको हरेक मानिस हर्षोल्लासित छ।

परमेश्‍वरले सबै युगका सन्तहरू आखिरी दिनहरूमा

पुनर्जीवित हुनेछन् र दृढ खडा रहनेछन् भनी पूर्वनिर्धारित गर्नुभयो।

आखिरी दिनहरूमा जन्मनु र परमेश्‍वरलाई भेट्नु सबैभन्दा ठूलो आशिष् हो।

स्वर्गको राज्यको जीवनको आनन्द उठाउँदै,

परमेश्‍वरका सबै मानिसहरू प्रशंसा गर्छन् र गाउँछन्।

ख्रीष्टको राज्य, परमेश्‍वरको पवित्र वासस्थान, पृथ्वीमा छ;

उहाँका प्रतिज्ञाहरू पूरा भएका छन्।

परमेश्‍वरका वचनहरू वास्तविक ज्योति हुन्,

अन्धकारका सबै शक्तिहरू हटाइएका छन्।

परमेश्‍वरले आफ्ना वचनद्वारा सारा मानवजातिलाई न्याय गर्नुहुन्छ,

सबै राष्ट्र र जातिहरूले आफूलाई उहाँमा समर्पण गर्छन्।

परमेश्‍वरका मानिसहरू धोइएका छन्,

परमेश्‍वरको पवित्र नामको प्रशंसा गर्न हर्षसाथ भेला भएका छन्।

सारा ब्रह्माण्ड रमाउँछ। सारा ब्रह्माण्ड रमाउँछ।

परमेश्‍वरका मानिसहरूले शैतानको प्रभावलाई फाल्छन्, र परमेश्‍वरसामु जिउँछन्।

परमेश्‍वरसँगै हुनुले हामीलाई खुसी र हर्षित बनाउँछ।

ठूला विपत्तिहरूले शैतानको राज्यलाई नष्ट गर्छन्,

धर्मी राज्य पृथ्वीमा प्रकट हुन्छ।

सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर

जसले उहाँको राज्य प्राप्त गर्नुभएको छ र पृथ्वीमा आउनुभएको छ,

परमेश्‍वरको इच्छा कार्यान्वयन गरिन्छ।

परमेश्‍वरको राज्यको प्रशंसा गर जुन पृथ्वीमा साकार भएको छ,

पृथ्वीमा साकार भएको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्