Christian Choir Song | राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

25 जुन 2025

यसपालि, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसबाहेक, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर, र त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्‍वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्‍वरका कामको वाहक, र मानिसले परमेश्‍वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन सकेको छैन—र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ।

यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्‍वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन सकेको छैन—र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ।

तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्‍वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्‍वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्‍वरको हेरविचार महसुस गर्न सक्छस्। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन सकेको छैन—र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्