Christian Dance | आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ | Praise Song

16 डिसेम्बर 2024

१

जब येशू मानिसको संसारमा आउनुभयो,

उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो।

आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ,

र उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो।

परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई

राज्यको युगमा डोऱ्याइनेछ,

र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्।

येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि,

उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो

र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो;

उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन।

२

मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति

येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन,

तर मानिसलाई उसको शैतानी भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन

परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो।

र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि,

मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो,

र सजाय अनि न्यायको काम सुरु गर्नुभयो छ।

यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ।

उहाँको प्रभुत्वमा समर्पित हुनेले

अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्।

तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्,

र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्