Christian Dance | सर्वशक्तिमान् परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ | Praise Song
6 अक्टोबर 2024
१
सर्वशक्तिमान् परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।
परमेश्वर हरदिन बोल्नुहुन्छ र व्यक्तिगत रूपमा मानिसहरूलाई मलजल र गोठालो गर्नुहुन्छ।
परमेश्वरको वचन खाँदा, पिउँदा र त्यसको आनन्द उठाउँदा
मेरो मन सङ्लो र मेरो आँखा चम्किलो हुन्छ।
सत्यता बुझ्दा, म आत्मामा स्वतन्त्र हुन्छु र परमेश्वरसामु जिउँछु।
परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, र परमेश्वरको प्रेमले नै मलाई पक्रेको छ।
म परमेश्वरलाई पछ्याउन सबथोक पन्छाउँछु,
म आफूलाई परमेश्वरमा समर्पित गर्न आफ्नो कर्तव्य वफादारीपूर्वक पूरा गर्छु;
म जीवनको उज्यालो मार्गमा परमेश्वरलाई पछ्याउँछु।
२
सर्वशक्तिमान् परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।
परमेश्वरको वचनले मानिसहरूका भ्रष्ट स्वभावलाई खुलासा र न्याय गर्छ।
आफैलाई साँच्चै चिन्दा, मेरो स्वभाव परिवर्तन हुन्छ।
म मानव रूपमा जिउँछु, परमेश्वरको अनुमोदन पाउँछु, र मेरो हृदय रमाउँछ।
म परमेश्वरलाई प्रेम गर्छु, र परमेश्वरको वचनले नै मलाई परिवर्तन गरेको छ।
म आफ्नो साँचो हृदय परमेश्वरलाई अर्पण गर्छु,
र उहाँले चाहे जे प्रबन्ध वा योजनाबद्ध गर्नुभए पनि,
मसँग परमेश्वरका प्रबन्धहरूमा समर्पित हुने बाहेक अर्को कुनै छनोट नै छैन।
३
सर्वशक्तिमान् परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।
परमेश्वरले सतावट र सङ्कष्टमा मलाई सुरक्षा दिनुहुन्छ।
परमेश्वरको वचनले मलाई अन्तर्दृष्टि दिन्छ र मार्गदर्शन गर्छ अनि आस्था दिन्छ।
म परमेश्वरका अभिप्रायहरू बुझ्छु र उहाँको जोरदार गवाही दिन्छु।
म परमेश्वरलाई पछ्याउँछु र उहाँको गवाही दिन्छु; म हिँड्न चाहने मार्ग यही हो।
मेरो मार्गमा चाहे जे बाधा आए पनि,
परमेश्वरको प्रेमले मलाई प्रयत्न गर्न प्रोत्साहित गर्छ।
म परमेश्वरलाई प्रेम गर्न र परमेश्वरको गवाही दिन मृत्युसम्मै परमेश्वरप्रति वफादार रहनेछु।
४
सर्वशक्तिमान् परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।
म परमेश्वरको आज्ञालाई मनमा स्थिर रूपमा राख्छु र उप्रान्त ढिलाइ गर्न सक्दिनँ।
सुसमाचार फैलाउनु र परमेश्वरको गवाही दिनु सबैभन्दा जरुरी छ;
मैले परमेश्वरलाई सन्तुष्ट तुल्याउन उहाँसँग सक्रिय रूपमा सहकार्य गर्नैपर्छ।
मैले परमेश्वरको ख्याल राख्नुपर्छ,
परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ र परमेश्वरको प्रेम चुक्ता गर्नैपर्छ।
मैले आफूलाई परमेश्वरमा समर्पित गर्न आफ्नो पूरै अस्तित्व अर्पण गर्नुपर्छ,
र परमेश्वरको आज्ञा पूरा गर्न आफूले सक्दो गर्नुपर्छ,
ताकि परमेश्वरलाई सकेसम्म चाँडो महिमित तुल्याउन सकियोस्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू