Christian Dance | सर्वशक्तिमान् परमेश्‍वर, मेरो हृदय तपाईँको हो | Praise Song

9 नोभेम्बर 2024

कसका वचनहरू सबैभन्दा मीठा छन्, अनि मेरो आत्मालाई पोषण दिएका छन्?

कसको प्रेम सबैभन्दा सुन्दर छ, अनि मेरो हृदय चोरेको छ?

कसको काम सबैभन्दा अद्भुत छ, मानवजातिको भ्रष्टता पखाल्छ?

कसले मलाई महान् मुक्ति दिनुहुन्छ, र मलाई सिंहासनसामु ल्याउनुहुन्छ?

कसले मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ, र मलाई फेरि ज्योति देख्ने तुल्याउनुहुन्छ?

सबैभन्दा प्रेमिलो व्यक्ति को हुनुहुन्छ जसको बारे म सधैँ सोच्छु?

हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो प्रिय, तपाईँ मेरो हृदयमा हुनुहुन्छ।

हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो प्रिय, मेरो हृदय तपाईँको हो।

तपाईँले मानवजातिलाई छ हजार वर्षसम्म व्यवस्थापन गर्नुभएको छ,

आफ्नो काम कहिल्यै रोक्नुभएको छैन।

आज मानिसहरूलाई प्राप्त गर्न तपाईँ फेरि देहधारी बन्नुभएको छ।

तपाईँ बादलहरूमाझ गहिरो सुस्केरा हाल्नुहुन्छ, मानवजातिको भ्रष्टता धेरै गहिरो छ।

तपाईँ स्वर्गमा बसेर मानिसहरूको चाल हेर्नुहुन्छ।

तपाईँ मानिसहरूमाझ हिँड्नुहुन्छ र तिनीहरूसँग अन्तरक्रिया गर्नुहुन्छ,

सांसारिक कष्टहरू अनुभव गर्नुहुन्छ।

तपाईँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ,

तपाईँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्न आफ्नो हृदयको रगत दिनुहुन्छ।

हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो प्रिय, तपाईँ मेरो हृदयमा हुनुहुन्छ।

हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो प्रिय, मेरो हृदय तपाईँको हो।

परमेश्‍वरमा विश्‍वास गरेर मानिसहरूले अन्ततः के पाउनुपर्छ?

परमेश्‍वरबारे ज्ञान र सत्यता प्राप्ति।

कुन कष्ट सबैभन्दा सार्थक हुन्छ?

जसले मानिसको स्वभावमा परिवर्तन ल्याउँछ।

कुन मार्गले जीवनमा सफलता ल्याउँछ? परमेश्‍वरलाई प्रेम गर्ने पत्रुसको मार्गले।

परमेश्‍वरप्रतिको कस्तो प्रेम सबैभन्दा वास्तविक हुन्छ?

व्यक्तिको सारा हृदय र मनले उहाँको ख्याल गर्नु।

तपाईँ आशा गर्नुहुन्छ कि मानिसहरू जीवन स्वभावमा परिवर्तित हुन

र तपाईँद्वारा प्राप्त गरिन सक्छन्।

तपाईँलाई सन्तुष्ट पार्न र तपाईँको हृदयलाई शान्त गर्न म सक्दो गर्नेछु।

हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो प्रिय, तपाईँ मेरो हृदयमा हुनुहुन्छ।

हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो प्रिय, मेरो हृदय तपाईँको हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्