Christian Dance | सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन | Praise Song

17 सेप्टेम्बर 2024

अन्धकारमा रहेकाहरूलाई कसका वचन र वाणीहरूले ज्योति दिन्छन्?

कसका वचन र वाणीहरूले हामीलाई परमेश्‍वरको उपस्थितिमा ल्याउँछन्?

कसले हाम्रो आपूर्ति र मलजल गर्न हरेक दिन सत्यता व्यक्त गर्नुहुन्छ?

कसका वचन र वाणीहरूले हामीलाई सत्यता बुझ्ने तुल्याउँछन्?

ओह, सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन।

तपाईँ मुक्तिदाताको पुनरागमन हुनुहुन्छ, मानिसको पुत्रको देखा पराइ हुनुहुन्छ।

ओह, सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन।

तपाईँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, र सत्यता व्यक्त गर्नुहुन्छ, मानिसमाझ ज्योति ल्याउनुहुन्छ।

कसका वचनहरू सबैभन्दा बहुमूल्य छन्, र सत्यता र जीवन हुन्?

कसका वचनहरूले हाम्रो भ्रष्टता पखाल्छ, र हामीलाई नयाँ मानिसहरूमा रूपान्तरण गर्छ?

कसका वचनहरू धारिलो तरबारजस्तै धर्मी र प्रतापी छन्,

जनसमूहहरूका हृदय विजय गर्ने र तिनीहरूलाई परमेश्‍वरसामु समर्पित हुने तुल्याउँछन्?

ओह, सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन।

तपाईँका वचनहरूले मानिसहरूलाई न्याय गर्छन् र पखाल्छन्, र अनन्त जीवनको मार्ग ल्याउँछन्।

ओह, सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन।

हामी तपाईँसामु जिउन सकौँ भनी हामीलाई पखाल्न तपाईँ सत्यता व्यक्त गर्नुहुन्छ।

कसका वचनहरू सबै दिशामा विस्तार हुन्छन्? कसको पवित्र नाम फैलिन्छ?

कसका वचनहरूले हरेक देशमा परमेश्‍वरका मानिसहरूलाई विजय गर्छन्,

ताकि तिनीहरू उहाँको सिंहासनसामु फर्केर आऊन्?

कसका वचनहरू हाम्रा हृदय जोड्ने बन्धनजस्तै हुन्छन्,

ताकि हाम्रो जाति वा देश चाहे जे भए पनि, हामी आफ्नो वफादारी परमेश्‍वरलाई अर्पण गरौँ।

ओह, सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन।

तपाईँका मानिसहरूले तपाईँको पूर्ण रूपमा प्रशंसा गर्छन्,

हामी निरन्तर तपाईँका लागि प्रेमका गीतहरू गाउँछौँ।

ओह, सर्वशक्तिमान् परमेश्‍वर, हाम्रो प्रिय जन।

तपाईँका मानिसहरूले तपाईँको गवाही दिन्छन्,

र तपाईँमा समर्पित हुनेछन्, र अनन्तका लागि, तपाईँलाई प्रेम गर्नेछन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्