Christian Dance | सर्वशक्तिमान् परमेश्वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको छ | Praise Song
7 अक्टोबर 2024
१
बिजुली पूर्वबाट चम्किएको छ,
परमेश्वरका वचनहरूले निदाएका मानिसहरूलाई जगाउँछन्।
मानिसको पुत्रले सत्यता व्यक्त गर्नुहुन्छ, भ्रष्ट मानवजातिलाई ज्योति ल्याउनुहुन्छ।
अन्धकारमा ढाकिएर, सबै जातिले परमेश्वरको आवाज सुन्छन् र उहाँसामु फर्किन्छन्।
तिनीहरू हृदय सन्तुष्ट होउञ्जेल परमेश्वरका वचनहरूमा रमाउँछन्
र भव्य भोजमा सहभागी हुन्छन्।
हामीले परमेश्वरका वचनहरूमा सत्यता बुझ्दै गर्दा,
हामी आफ्ना कर्तव्य पूरा गर्छौँ र परमेश्वरसामु जिउँछौँ।
परमेश्वरको न्याय र सजाय अनुभव गर्दा, हाम्रो भ्रष्ट स्वभाव पखालिन्छ।
परमेश्वरको पवित्रता र धार्मिकता देख्दा,
हामी हृदयमा परमेश्वरलाई प्रेम गर्छौँ र उहाँको गवाही दिन्छौँ।
परमेश्वरका मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिएका र प्राप्त गरिएका छन्,
तिनीहरू उहाँलाई धन्यवाद र प्रशंसा अर्पण गर्छन्।
२
परमेश्वरका वचनहरूले सबै मानिसहरूको खुलासा गर्छन्,
र परमेश्वरका भेडाले उहाँको आवाज सुन्छन्।
सबै राष्ट्र र सम्प्रदायका परमेश्वरका चुनिएका मानिसहरू
बिस्तारै परमेश्वरसामु फर्किन्छन्।
जीवनको जीवित पानीको पोषण पाउँदै,
हामी परमेश्वरका वचनहरूमा उहाँको आमने-सामने आउँछौँ।
परमेश्वरको प्रेम र आशिषहरू देख्दा,
हामी सबैजना सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँछौँ र उहाँको गवाही दिन्छौँ।
राज्यको सुसमाचार शैतानलाई पूर्णतः लज्जित र पराजित गर्दै संसारभर फैलिएको छ।
परमेश्वरका मानिसहरूले एउटै साँचो परमेश्वरको आराधना गर्छन्,
सर्वशक्तिमान् परमेश्वरले पूर्ण महिमा प्राप्त गर्नुभएको छ।
परमेश्वरको धार्मिकता र क्रोध बर्सिएका छन्,
र ठूलो रातो अजिङ्गर परमेश्वरद्वारा दण्डित र नष्ट हुन्छ।
छ-हजार-वर्षे व्यवस्थापनको भव्य काम समापन हुन्छ,
सृजित मानवजातिले परमेश्वरलाई अनन्त रूपमा प्रशंसा गर्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू