Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको छ | Praise Song

7 अक्टोबर 2024

बिजुली पूर्वबाट चम्किएको छ,

परमेश्‍वरका वचनहरूले निदाएका मानिसहरूलाई जगाउँछन्।

मानिसको पुत्रले सत्यता व्यक्त गर्नुहुन्छ, भ्रष्ट मानवजातिलाई ज्योति ल्याउनुहुन्छ।

अन्धकारमा ढाकिएर, सबै जातिले परमेश्‍वरको आवाज सुन्छन् र उहाँसामु फर्किन्छन्।

तिनीहरू हृदय सन्तुष्ट होउञ्जेल परमेश्‍वरका वचनहरूमा रमाउँछन्

र भव्य भोजमा सहभागी हुन्छन्।

हामीले परमेश्‍वरका वचनहरूमा सत्यता बुझ्दै गर्दा,

हामी आफ्ना कर्तव्य पूरा गर्छौँ र परमेश्‍वरसामु जिउँछौँ।

परमेश्‍वरको न्याय र सजाय अनुभव गर्दा, हाम्रो भ्रष्ट स्वभाव पखालिन्छ।

परमेश्‍वरको पवित्रता र धार्मिकता देख्दा,

हामी हृदयमा परमेश्‍वरलाई प्रेम गर्छौँ र उहाँको गवाही दिन्छौँ।

परमेश्‍वरका मानिसहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका र प्राप्त गरिएका छन्,

तिनीहरू उहाँलाई धन्यवाद र प्रशंसा अर्पण गर्छन्।

परमेश्‍वरका वचनहरूले सबै मानिसहरूको खुलासा गर्छन्,

र परमेश्‍वरका भेडाले उहाँको आवाज सुन्छन्।

सबै राष्ट्र र सम्प्रदायका परमेश्‍वरका चुनिएका मानिसहरू

बिस्तारै परमेश्‍वरसामु फर्किन्छन्।

जीवनको जीवित पानीको पोषण पाउँदै,

हामी परमेश्‍वरका वचनहरूमा उहाँको आमने-सामने आउँछौँ।

परमेश्‍वरको प्रेम र आशिषहरू देख्दा,

हामी सबैजना सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँछौँ र उहाँको गवाही दिन्छौँ।

राज्यको सुसमाचार शैतानलाई पूर्णतः लज्जित र पराजित गर्दै संसारभर फैलिएको छ।

परमेश्‍वरका मानिसहरूले एउटै साँचो परमेश्‍वरको आराधना गर्छन्,

सर्वशक्तिमान् परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्नुभएको छ।

परमेश्‍वरको धार्मिकता र क्रोध बर्सिएका छन्,

र ठूलो रातो अजिङ्गर परमेश्‍वरद्वारा दण्डित र नष्ट हुन्छ।

छ-हजार-वर्षे व्यवस्थापनको भव्य काम समापन हुन्छ,

सृजित मानवजातिले परमेश्‍वरलाई अनन्त रूपमा प्रशंसा गर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्