Christian Dance | सर्वशक्तिमान् परमेश्वरले हामीलाई आजसम्म मार्गदर्शन गर्नुभएको छ | Praise Song
17 अगस्ट 2024
१
सर्वशक्तिमान् परमेश्वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।
नम्र र गोप्य रूपमा, उहाँले देहधारण गरी हामीलाई मलजल र रखवारी गर्नुभएको छ।
सत्यता व्यक्त गर्ने र जीवन आपूर्ति गर्ने उहाँ हाम्रो जिउँदो पानीको स्रोत हुनुहुन्छ।
परमेश्वरका वचनहरू खाँदै र पिउँदै हामी अतुलनीय खुसीमा रमाउँछौँ।
परमेश्वरका वचनहरूले हामीलाई नजिकबाट उहाँलाई पछ्याउन आकर्षित गर्छन्।
सर्वशक्तिमान् परमेश्वरलाई पछ्याएर, हामी खुसी, परिपूर्ण, र गर्विला छौँ।
२
सर्वशक्तिमान् परमेश्वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।
उहाँका न्याय, परीक्षा, र शोधनहरूले हामीबाट भ्रष्टता पखाल्छन्।
सङ्कष्ट, कठिनाइ र परीक्षाहरूमार्फत,
हामी परमेश्वरको धर्मी स्वभाव देख्छौँ।
हामीमा उहाँप्रति डर बढ्छ र उहाँको
प्रत्येक योजनाबद्ध कार्य र बन्दोबस्तप्रति हामी समर्पित हुन्छौँ।
हामी सर्वशक्तिमान् परमेश्वरलाई हृदयमा झन् बढी प्रेम गर्छौँ।
हामी हाम्रा हृदय पूर्ण रूपमा उहाँलाई चढाउँछौँ र गवाही दिएर उहाँको महिमा बढाउँछौँ।
३
सर्वशक्तिमान् परमेश्वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।
उहाँका वचनहरूले हामीलाई सतावट, सङ्कष्ट र परीक्षाहरूमाझ मार्गदर्शन गर्नुहुन्छ।
उहाँ हामीसँगै कठिनाइ सहनुहुन्छ र हामीलाई आस्था र शक्ति दिनुहुन्छ।
परमेश्वरले व्यक्त गर्नुहुने सत्यता अत्यन्तै अर्थपूर्ण हुन्छ;
उहाँले हामीलाई पूर्ण रूपमा मुक्ति दिनुभएको छ!
हामीलाई परमेश्वरको धेरै प्रेमिलोपन थाहा छ।
सर्वशक्तिमान् परमेश्वरलाई पछ्याएर अनि सत्यता बुझेर
हामीले अत्यन्तै धेरै प्राप्त गर्छौँ।
४
सर्वशक्तिमान् परमेश्वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।
हामी सत्यता हासिल गर्न र परमेश्वरसामु जिउने नयाँ मानिस बन्न
साँच्चै आशिषित् छौँ!
हामीसँग अव्यक्त परमानन्द र सन्तुष्टि छ, साथै हामीले व्यावहारिक परमेश्वर चिनेका छौँ।
हामी अन्त्यसम्मै बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेर उहाँको प्रेमको ऋण तिर्नेछौँ।
हामी थुमाका पाइलाहरू पछ्याउँछौँ;
उहाँको पछिपछि लागेर हामी अघि बढ्छौँ,
र मृत्युपर्यन्त बफादारीपूर्वक उहाँको लागि साक्षी दिन्छौँ।
उहाँको पछिपछि लागेर हामी अघि बढ्छौँ,
र मृत्युपर्यन्त बफादारीपूर्वक उहाँको लागि साक्षी दिन्छौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू