Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई आजसम्म मार्गदर्शन गर्नुभएको छ | Praise Song

17 अगस्ट 2024

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।

नम्र र गोप्य रूपमा, उहाँले देहधारण गरी हामीलाई मलजल र रखवारी गर्नुभएको छ।

सत्यता व्यक्त गर्ने र जीवन आपूर्ति गर्ने उहाँ हाम्रो जिउँदो पानीको स्रोत हुनुहुन्छ।

परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै हामी अतुलनीय खुसीमा रमाउँछौँ।

परमेश्‍वरका वचनहरूले हामीलाई नजिकबाट उहाँलाई पछ्याउन आकर्षित गर्छन्।

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याएर, हामी खुसी, परिपूर्ण, र गर्विला छौँ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।

उहाँका न्याय, परीक्षा, र शोधनहरूले हामीबाट भ्रष्टता पखाल्छन्।

सङ्कष्ट, कठिनाइ र परीक्षाहरूमार्फत,

हामी परमेश्‍वरको धर्मी स्वभाव देख्छौँ।

हामीमा उहाँप्रति डर बढ्छ र उहाँको

प्रत्येक योजनाबद्ध कार्य र बन्दोबस्तप्रति हामी समर्पित हुन्छौँ।

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई हृदयमा झन् बढी प्रेम गर्छौँ।

हामी हाम्रा हृदय पूर्ण रूपमा उहाँलाई चढाउँछौँ र गवाही दिएर उहाँको महिमा बढाउँछौँ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।

उहाँका वचनहरूले हामीलाई सतावट, सङ्कष्ट र परीक्षाहरूमाझ मार्गदर्शन गर्नुहुन्छ।

उहाँ हामीसँगै कठिनाइ सहनुहुन्छ र हामीलाई आस्था र शक्ति दिनुहुन्छ।

परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता अत्यन्तै अर्थपूर्ण हुन्छ;

उहाँले हामीलाई पूर्ण रूपमा मुक्ति दिनुभएको छ!

हामीलाई परमेश्‍वरको धेरै प्रेमिलोपन थाहा छ।

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याएर अनि सत्यता बुझेर

हामीले अत्यन्तै धेरै प्राप्त गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई आज यहाँसम्म मार्गदर्शन गर्नुभएको छ।

हामी सत्यता हासिल गर्न र परमेश्‍वरसामु जिउने नयाँ मानिस बन्न

साँच्चै आशिषित् छौँ!

हामीसँग अव्यक्त परमानन्द र सन्तुष्टि छ, साथै हामीले व्यावहारिक परमेश्‍वर चिनेका छौँ।

हामी अन्त्यसम्मै बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेर उहाँको प्रेमको ऋण तिर्नेछौँ।

हामी थुमाका पाइलाहरू पछ्याउँछौँ;

उहाँको पछिपछि लागेर हामी अघि बढ्छौँ,

र मृत्युपर्यन्त बफादारीपूर्वक उहाँको लागि साक्षी दिन्छौँ।

उहाँको पछिपछि लागेर हामी अघि बढ्छौँ,

र मृत्युपर्यन्त बफादारीपूर्वक उहाँको लागि साक्षी दिन्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्