Christian Dance | सर्वशक्तिमान् परमेश्वर, म तपाईँबिना आफ्नो जीवन जिउन सक्दिनँ | Praise Song
6 नोभेम्बर 2024
१
परमेश्वर देह बन्नुभएको छ र मानिसमाझ आउनुभएको छ।
उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र हामीकहाँ अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ।
हामी हरदिन परमेश्वरको वचन खान्छौँ र पिउँछौँ
अनि राज्यको युगमा नयाँ जीवन सुरु गर्छौँ।
परमेश्वरको वचन पढ्दै गर्दा, हामी सात्यता बुझ्न पुग्छौँ;
हामी सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन सबथोक पछाडि छोड्छौँ।
हामी परमेश्वरसामु जिउँछौँ अनि स्वतन्त्र र आजाद छौँ।
हाम्रो हृदय रमाउँछ र अतुलनीय रूपमा सन्तुष्ट हुन्छ।
परमेश्वरले हामीलाई मलजल र आपूर्ति गर्न उहाँको वचन बोल्नुहुन्छ।
हामी सत्यता बुझ्छौँ र हाम्रो जीवन बिस्तारै बढ्छ।
हामी बफादारीसाथ आफ्ना कर्तव्य निर्वाह गर्छौँ र परमेश्वरको हृदयलाई सन्तुष्ट पार्छौँ।
हामी सदैव परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।
मानिस परमेश्वरको वचनबिना जिउन सक्दैन,
न त मानिस सत्यताबिना नै जिउन सक्छ।
सर्वशक्तिमान् परमेश्वरले मानिसलाई सत्यता प्रदान गर्नुभएको छ,
र सृजित मानवजातिले अनन्तका लागि परमेश्वरको प्रशंसा गर्छ।
२
परमेश्वरको वचनले हाम्रो भ्रष्टता खुलासा गर्छ,
र हामीले परमेश्वरको न्याय र सजाय स्विकार्दै गर्दा हामी पखालिन्छौँ।
अन्त्यमा, हामी इमानदार मानिसहरूका रूपमा जिउँछौँ।
परमेश्वरद्वारा मुक्ति दिइनु निकै ठूलो आशिष् हो।
सतावट र सङ्कष्ट भोगेर, हामी आफ्नो गवाहीमा दृढ हुन्छौँ;
हामी दियाबलसहरूका राजा, शैतानसामु घुँडा टेक्दैनौँ वा झुक्दैनौँ।
हामी आफ्नो जीवनलाई दाउमा राख्छौँ र परमेश्वरलाई मृत्युसम्मै पछ्याउने बाचा गर्छौँ,
र परमेश्वरलाई महिमित तुल्याउन बलियो र जोरदार गवाही दिन्छौँ।
परमेश्वरले हामीलाई मलजल र आपूर्ति गर्न उहाँको वचन बोल्नुहुन्छ।
हामी सत्यता बुझ्छौँ र हाम्रो जीवन बिस्तारै बढ्छ।
हामी बफादारीसाथ आफ्ना कर्तव्य निर्वाह गर्छौँ र परमेश्वरको हृदयलाई सन्तुष्ट पार्छौँ।
हामी सदैव परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।
मानिस परमेश्वरको वचनबिना जिउन सक्दैन,
न त मानिस सत्यताबिना नै जिउन सक्छ।
सर्वशक्तिमान् परमेश्वरले मानिसलाई सत्यता प्रदान गर्नुभएको छ,
र सृजित मानवजातिले अनन्तका लागि परमेश्वरको प्रशंसा गर्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू