Christian Dance | सर्वशक्तिमान् परमेश्वर, म तपाईँबिना आफ्नो जीवन जिउन सक्दिनँ | Praise Song

6 नोभेम्बर 2024

परमेश्‍वर देह बन्नुभएको छ र मानिसमाझ आउनुभएको छ।

उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र हामीकहाँ अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ।

हामी हरदिन परमेश्‍वरको वचन खान्छौँ र पिउँछौँ

अनि राज्यको युगमा नयाँ जीवन सुरु गर्छौँ।

परमेश्‍वरको वचन पढ्दै गर्दा, हामी सात्यता बुझ्न पुग्छौँ;

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन सबथोक पछाडि छोड्छौँ।

हामी परमेश्‍वरसामु जिउँछौँ अनि स्वतन्त्र र आजाद छौँ।

हाम्रो हृदय रमाउँछ र अतुलनीय रूपमा सन्तुष्ट हुन्छ।

परमेश्‍वरले हामीलाई मलजल र आपूर्ति गर्न उहाँको वचन बोल्नुहुन्छ।

हामी सत्यता बुझ्छौँ र हाम्रो जीवन बिस्तारै बढ्छ।

हामी बफादारीसाथ आफ्ना कर्तव्य निर्वाह गर्छौँ र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्छौँ।

हामी सदैव परमेश्‍वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।

मानिस परमेश्‍वरको वचनबिना जिउन सक्दैन,

न त मानिस सत्यताबिना नै जिउन सक्छ।

सर्वशक्तिमान् परमेश्‍वरले मानिसलाई सत्यता प्रदान गर्नुभएको छ,

र सृजित मानवजातिले अनन्तका लागि परमेश्‍वरको प्रशंसा गर्छ।

परमेश्‍वरको वचनले हाम्रो भ्रष्टता खुलासा गर्छ,

र हामीले परमेश्‍वरको न्याय र सजाय स्विकार्दै गर्दा हामी पखालिन्छौँ।

अन्त्यमा, हामी इमानदार मानिसहरूका रूपमा जिउँछौँ।

परमेश्‍वरद्वारा मुक्ति दिइनु निकै ठूलो आशिष् हो।

सतावट र सङ्कष्ट भोगेर, हामी आफ्नो गवाहीमा दृढ हुन्छौँ;

हामी दियाबलसहरूका राजा, शैतानसामु घुँडा टेक्दैनौँ वा झुक्दैनौँ।

हामी आफ्नो जीवनलाई दाउमा राख्छौँ र परमेश्‍वरलाई मृत्युसम्मै पछ्याउने बाचा गर्छौँ,

र परमेश्‍वरलाई महिमित तुल्याउन बलियो र जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरले हामीलाई मलजल र आपूर्ति गर्न उहाँको वचन बोल्नुहुन्छ।

हामी सत्यता बुझ्छौँ र हाम्रो जीवन बिस्तारै बढ्छ।

हामी बफादारीसाथ आफ्ना कर्तव्य निर्वाह गर्छौँ र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्छौँ।

हामी सदैव परमेश्‍वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।

मानिस परमेश्‍वरको वचनबिना जिउन सक्दैन,

न त मानिस सत्यताबिना नै जिउन सक्छ।

सर्वशक्तिमान् परमेश्‍वरले मानिसलाई सत्यता प्रदान गर्नुभएको छ,

र सृजित मानवजातिले अनन्तका लागि परमेश्‍वरको प्रशंसा गर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्