“प्रेम” को पछाडि लुकेको कुरा

9 अप्रिल 2025

विश्‍वासी बन्नुअघि म “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “अरूको मर्ममा कहिल्यै प्रहार गर्नु हुँदैन,” र “दयालु बोली घाउमा मलहम लगाउनु हो, कठोर बोली घाउमा नुनचुक छर्कनु हो” जस्ता भनाइ अनुसार जिउनुपर्छ भनेर सोच्थें। मैले कहिल्यै कसैको पनि कमीकमजोरीहरू औँल्याइनँ, अनि बोली र काममा सधैँ अरूका भावनालाई विचार गर्थें र तिनीहरूका समस्याहरूमा सहानुभूति राख्थें। साथीहरू र सहपाठीहरू सबैले मलाई मन पराउँथे। अरूसित यत्ति राम्रोसँग मिल्न पाएकोमा म गदगद थिएँ। विश्‍वासी भएपछि पनि मैले यो दृष्टिकोणलाई कायमै राखें, दाजुभाइ र दिदीबहिनीहरूमा कुनै समस्या भएको देख्दा, त्यसलाई कहिल्यै औँल्याउँदिन थिएँ। कसैले आफ्नो भ्रष्टता अनुसार जिएर मण्डलीलाई हानि पुऱ्याइरहेको देख्दा समेत म केही भन्दिनथिएँ। मलाई लाग्थ्यो, सहनशील हुँदा अनि अरूलाई क्षमा र प्रेम गर्दा म असल व्यक्ति हुनेछु। परमेश्‍वरले मलाई न्याय र सजाय दिनुभएपछि मात्र मैले मेरो “प्रेम” को पछाडि दुष्ट अभिप्रायहरू लुकेका रहेछन् भनेर बुझें। मैले बुझें, म वास्तवमा साँचो र असल व्यक्ति पटक्कै होइन, असल व्यक्तिको भेषमा म स्वार्थी, घृणित र धूर्त थिएँ। परमेश्‍वरको न्याय र उहाँका वचनहरूको मार्गदर्शनले गर्दा मैले कसरी असल व्यक्ति बन्ने भनेर सिकें।

मैले मण्डली अगुवाको रूपमा सेवा गर्दा सन् २०१८ को जुलाई महिना लागेको थियो। भिडियो उत्पादनमा काम गर्ने सिस्टर लियु आफ्नो कर्तव्यमा लापरवाह र सधैँ अल्छे भएकी, अनि तिनीसित जिम्मेवारीको भाव नै नभएको मैले देखेँ। भेलामा मैले त्यस स्थितिसित मिल्ने परमेश्‍वरका वचनहरू पाएँ र केही सामान्य सङ्गति गरें, र तिनले आफू कर्तव्यमा लापरवाह भएकी स्वाकारिन् र परिवर्तन हुन चाहिन्, तर त्यसपछि पनि तिनी पहिलाको जस्तै अल्छे थिइन्। मैले सोचेकी थिएँ, यदि तिनले आफ्नो कर्तव्यप्रति आचरण परिवर्तन गरिनन् भने, यसले अवश्यै कामको प्रभावकारितामा असर गर्नेछ र तिनको जीवन प्रवेशलाई पनि मदत गर्नेछैन। मलाई लाग्यो, मैले तिनको स्थिति र व्यवहार, अनि तिनको कर्तव्य पूरा गर्ने तरिकाबाट उत्पन्न हुने परिणामबारे खुलासा र सङ्गति गर्नुपर्छ, ताकि तिनले त्यस समस्याको गहिराइ बुझ्न र समयमै परिवर्तन गर्न सकून्। तर त्यसपछि मैले सोचें, “यदि मैले तिनका समस्याहरू बताइदिएँ भने, के तिनले त्यसलाई स्वीकार्न सक्नेछिन्? के तिनले मसँग प्रेमको कमी छ भनेर भन्नेछिन् र मैले कामकुरालाई कठिन बनाउँदैछु भनेर सोच्नेछिन्? यदि तिनी मसित रिसाइन् र मेरो विरुद्धमा गइन् भने, मिलेर बस्न गाह्रो हुनेछ। छोडिदिऔं यो कुरा। यसबारे म त्यस्तो ठाडे हुनु हुँदैन। त्यसबारे अलिकतिचाहिँ औंल्याइदिन्छु। तिनले आफ्नो स्थिति बुझ्न त्यति भए पर्याप्त हुनेछ। त्यसो गर्दा तिनलाई त्यति लाजमर्दो हुँदैन, र हामीबीच त्यति बिघ्न कुरा पनि बिग्रँदैन।” त्यसैले, मैले त्यसलाई यसो भन्दै त्यतिकै ढाकछोप गरें, “यदि हामीले लापरवाहीपनलाई हटाएनौं भने, आफ्नो कर्तव्य राम्ररी गर्न सक्दैनौं। कर्तव्य गर्ने यो मौका हत्तपत्त आउँदैन, त्यसैले हामीले यसलाई बहुमूल्य ठान्‍नैपर्छ।” तिनले ध्यानै नदिई आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइन्। त्यसले हाम्रो भिडियो उत्पादनमा रोकावट मात्र ल्याएन, तर अरू दाजुभाइ र दिदीबहिनीहरूलाई पनि नराम्रो प्रभाव पाऱ्यो। अरूले पनि कुनै अविलम्बी भावविनै आफ्ना कर्तव्य पूरा गर्न थाले, तिनीहरूले आफ्ना समस्याहरू समाधान गर्न कडा परिश्रम गरेनन्। एक जना सिस्टरले तिनलाई काटछाँट र निराकरण गर्दा, तिनले पश्चात्ताप गर्ने वा परिवर्तन हुने गरिनन्। यसले गर्दा म घबराएँ र सोचें, “सिस्टर लियु लापरवाह छिन्। तिनले व्यवहार परिवर्तन गरेकी छैनन्। तिनले केही पनि हासिल गरिरहेकी छैनन्। सिद्धान्तअनुसार तिनलाई बर्खास्त गर्नुपर्छ, तर मैले तिनलाई त्यतिकै बर्खास्त गरें भने, तिनले मसित कुनै प्रेम वा धैर्य छैन र मानवताको कमी छ भनेर भन्न सक्छिन्।” त्यसबारे घोत्लिएपछि, मैले सिस्टर लियुलाई बर्खास्त नगर्ने तर अर्को कर्तव्यमा सार्न प्रयास गर्ने निर्णय गरें। त्यसो गर्दा तिनले मलाई नराम्रो सोच्दिनन् र अझै मलाई प्रेमपूर्ण व्यक्ति नै ठान्नेछिन्। त्यसैले, बर्खास्त गर्दा सिस्टर लियु नकारात्मक र निराश हुन्छिन् भन्ने बहाना बनाएर, मैले तिनलाई भिडियो उत्पादनको लागि फुटेज मिलाउने काममा लगाएँ। तर तिनले आफूलाई बुझ्दै नबुझेकीले गर्दा, तिनी झनै अनुशासनहीन र अव्यवस्थित भइन्। तिनी आफ्नो भक्तिमा सुस्त हुन समेत थालिन्। तिनले आफ्नो कर्तव्यको भार नउठाएकीले गर्दा, तिनको फुटेज अस्तव्यस्त थियो र अरूले पछि फेरि त्यसलाई मिलाउनुपऱ्यो। यहाँसम्म कि, एक पटक त तिनले महत्वपूर्ण फुटेज गल्तीले मेटाइन्।

मेरा अगुवाले यो कुरा थाहा पाएपछि, मैले आफ्नो कर्तव्य नगरी वा सत्यता अभ्यास नगरी मण्डलीको काममा असर पुग्नेगरि आफ्नो छवि र हैसियतलाई जोगाएकोमा उनले मलाई निराकरण गरिन्। त्यो सुनेर मलाई दुःख लाग्यो। यो अत्यन्तै दुःखलाग्दो कुरा थियो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। त्यसले मलाई यस्ता कुराहरू गर्नुको प्रकृति थाहा पाउन मदत गऱ्यो। परमेश्‍वरका वचनहरूले भन्छ, “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी परमेश्‍वरको घरको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा धूर्त स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो—यो धूर्त स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। मैले यसो भएको देखेँ र सुनेँ भने पनि, मैले केही पनि गर्नु पर्दैन। यो मेरो जिम्‍मेवारी होइन—म अगुवा होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यी भ्रष्ट स्वभावहरूले तेरा विचारहरूलाई नियन्त्रण गर्छन् र तेरा हात-खुट्टा बाँध्छन्, अनि तिनले तेरो मुखलाई काबुमा राख्छन्। जब तैँले आफ्‍नो हृदयमा भएको कुनै कुरा भन्छस्, शब्‍दहरू तेरो मुखसम्‍म आइपुग्छन् तर तैँले ती बोल्दैनस्, वा, तैँले बोलिस् नै भने पनि तेरा शब्‍दहरू घुमाउरो हुन्छन्, अनि तैँले आफ्‍नो निम्ति चलखेलको ठाउँ छोडेको हुन्छस्—तैँले स्पष्‍ट रूपमा बोल्दै बोल्दैनस्। तेरो कुरा सुनेर अरूले केही पनि महसुस गर्दैनन्, र तैँले बोलेको कुराले समस्या समाधान गरेको हुँदैन। तैँले मनमनै विचार गर्छस्: ‘ठीकै छ, मैले बोलेँ। मेरो अन्तरात्मामा सहज अनुभूति भएको छ। मैले मेरो जिम्‍मेवारी पूरा गरेँ।’ वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, र परमेश्‍वरको घरको कामको हानि यथावत् छ भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्‍ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका वचनहरूले कसरी मेरो स्वार्थी र धूर्त स्वभाव प्रकट गरिदिए भनेर बुझ्दा म लज्जित भएँ। मैले के बुझें भने, सिस्टर लियु आफ्नो कर्तव्यमा लापरवाह थिइन् र आलोचना गरिएपछि पनि तिनी परिवर्तन भएकी थिइनन्। तर तिनले म दयालु छुइनँ भन्छिन् भनेर म डराएँ, त्यसैले, मैले तिनको हृदयमा बसेको मेरो छवि र हैसियतलाई जोगाउन तिनका समस्याहरूलाई हल्कासित मात्र औँल्याएँ। परिणामस्वरूप, यसले सिस्टर लियुलाई मदत गरेन र हाम्रो भिडियो उत्पादनमा बाधा पुग्यो। सिद्धान्तहरूको मागअनुसार मैले तिनलाई कर्तव्यबाट बर्खास्त गर्नुपर्थ्यो, तर म असल र प्रेमिलो व्यक्ति देखिन चाहन्थें, त्यसैले मैले त्यसो गरिनँ। त्यसको सट्टा, मैले तिनलाई भिडियोको फुटेज तयार पार्न लगाएँ, जसले गर्दा मण्डलीको काममा निकै क्षति पुग्यो। मैले अरूको हृदयमा बसेको आफ्नो हैसियतलाई जोगाउनका लागि मण्डलीका हितहरूलाई क्षति पुऱ्याउँदै दाजुभाइ र दिदीबहिनीहरूलाई नराम्रो स्थितिमा हालेर म मक्ख थिएँ। त्यसरी त कसरी म असल व्यक्ति भएको भयो र? त्यो त स्वार्थी, घृणित, धूर्त र दुष्ट कार्य थियो। अनि कसरी त्यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्‍न र? त्यसपछि, हामीले सिस्टर लियुलाई तुरुन्तै कर्तव्यबाट बर्खास्त गऱ्यौं। मैले तिनीसित परमेश्‍वरका वचनहरूको बारेमा सङ्गति गरें, तिनका कर्तव्यमा तिनले देखाएको व्यवहारलाई खुलासा गरें। केही समयपछि, तिनले सत्यता खोजेर केही आत्म-ज्ञान प्राप्त गरिन् र आफ्नो स्थिति परिवर्तन गर्न सकिन्। तिनी आफ्नो कर्तव्य पूरा गर्न फर्किन् र टोली अगुवा चयन भइन्। त्यो कुरा सुन्दा, म तिनीप्रति अत्यन्तै खुसी भएँ, तर मलाई लज्जित महसुस हुनुका साथै पछुतो पनि लाग्यो। पहिला, मैले सत्यता अभ्यास नगरी आफ्नो हैसियत जोगाउन मात्र ध्यान दिन्थें, जसले गर्दा तिनको जीवन प्रगतिमा बाधा पुग्यो र यसले परमेश्‍वरको घरको काममा पनि हानि गऱ्यो। त्यो दुष्टता हो! त्यसपछि उता, दाजुभाइ-दिदीबहिनीहरू र परमेश्‍वरको घरको कामलाई दाउमा हालेर मानिसहरूलाई खुसी पार्ने व्यक्ति हुनु हुँदैन भन्‍ने मलाई थाहा भयो। तर सत्यता अभ्यास गर्ने समय आउँदा, म अझै पनि आफ्नो भ्रष्टताद्वारा रोकिएको मलाई थाहा भयो।

सन् २०२० को अक्टोबरमा, मैले के बुझें भने, सिस्टर लियुले पानी हाल्ने कर्तव्य पूरा गर्दा नतिजाहरू प्राप्त गरिरहेकी थिइनन् किनभने तिनीसित क्षमताको कमी थियो, तसर्थ, मैले तिनको कर्तव्य अदलबदल गर्नै लागेकी थिएँ। तब मैले के थाहा पाएँ भने, तिनी निकै अहङ्कारी भएकी छिन्, र तिनले सिद्धान्तहरू खोजी गर्नुको सट्टा अरूसित सहमत नभई तिनीहरूलाई आफ्नो कुरा सुन्न लगाउन चाहन्थिन्। त्यसपछि मैले सोचें, “यदि तिनको अहङ्कारी स्वभाव हटेन भने, तिनले अरूसित कहिल्यै राम्रोसित काम गर्नेछैनन्, र तिनले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा राम्रो काम गर्नेछैनन्। तिनका लागि वा परमेश्‍वरको घरका निम्ति त्यो राम्रो हुनेछैन। मैले तिनको यस समस्याबारे तिनीसित कुरा गर्नुपर्छ र आफूले सक्ने सबैभन्दा राम्रो सङ्गति गर्नुपर्छ।” तर पछि तिनीसित सङ्गति गर्दा मैले भनें, “मैले तपाईंलाई चिनेदेखि नै, तपाईंसँग अहङ्कारको समस्या भएको पाएकी छु। तपाईं अरूका सुझाव मान्नुहुन्न वा अरूसित राम्ररी काम गर्नुहुन्न, जसले गर्दा तपाईंको कर्तव्यबाट प्राप्त हुने परिणाममा प्रभाव पर्छ।” मैले सोधें, “यसबारे तपाईंलाई के लाग्छ?” मैले प्रश्न गर्नसाथ, सिस्टर लियुले खिन्न हुँदै भनिन्, “अरूसित राम्ररी काम गर्दिनँ भन्नुको अर्थ, म आफ्नो कर्तव्य पूरा गर्नमा राम्रो छुइनँ। म केही समयको लागि आफ्नो कर्तव्यलाई स्थगित गरेर आत्मचिन्तन गर्न चाहन्छु।” तिनको यस्तो कुरा सुनेर, मैले सोचें, “तिनी त्यति राम्रो स्थितिमा छैनन्। यदि मैले तिनको समस्यालाई खुलासा र पर्दाफास गरें भने, कतै तिनले म अति कठोर छु र मैले जानाजानी तिनलाई निशाना बनाइरहेकी छु भन्ठान्छिन् कि? तिनले मलाई भावना र प्रेम नभएकी व्यक्ति भन्न सक्छिन्। त्यसले तिनी जानुअघि तिनको मनमा मेरो नराम्रो छवि बनाउन सक्छ। म अति ठाडे हुनेछैनँ, बरु तिनलाई केही प्रोत्साहन दिनेछु। म तिनको समस्याबारे सङ्क्षेपमा जानेछु, त्यति गरे पुगिहाल्छ। हुन सक्छ, चिन्तन गर्दा तिनले ज्ञान प्राप्त गर्नेछिन् र तिनी परिवर्तन हुन सक्नेछिन्। त्यसो गर्दा कटु भावना सृजना हुँदैन, र तिनले मलाई प्रेमिलो र सहनशील मण्डली अगुवा ठान्नेछिन्।” त्यसैले, मैले आफ्नो बोली बद्लेँ र तिनलाई यसो भन्दै सान्त्वना दिएँ, “वास्तवमा, यो कर्तव्य परिवर्तन पनि परमेश्‍वरको प्रेम हो। तपाईंले आफ्नो काम गरिरहन सक्नुहुन्छ। यदि केही समयपछि तपाईंले आफ्नो अहङ्कारलाई हटाउनुभयो भने, तपाईं पानी हाल्‍ने कर्तव्यमा फर्कन सक्नुहुन्छ। हामीले यसलाई राम्ररी सम्हाल्नैपर्छ।” त्यसपछि, मैले मानिसहरूलाई सङ्गतिका लागि परामर्श र सान्त्वना दिने परमेश्‍वरका केही वचनहरू भेट्टाएँ, र तिनले ती वचन सुन्दा, तिनको अनुहारबाट चिन्ताको रेखा हरायो। त्यसपछि, तिनले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र अझ राम्रो प्रयास गर्न चाहन्छु भनेर भनिन्।

घर पुगेपछि पनि मैले त्यसबारे विचार गरिरहेकी थिएँ। अनि मैले सोचें, “त्यसरी तिनलाई सान्त्वना दिँदा तिनी त्यति बेला नकारात्मक भइनन्, तर के तिनले आफ्नो भ्रष्ट स्वभावबारे कुनै वास्तविक बुझाइ प्राप्त गरिन् त? के तिनको कर्तव्य परिवर्तन गर्दा तिनलाई परिवर्तन हुन निकै प्रेरणा मिल्यो त? तिनी केही दिनपछि अर्कै कर्तव्यमा लाग्‍नेछिन्। यदि त्यही समस्या फेरि आयो भने, के त्यसले तिनको प्रभावकारितामा सीधै असर गर्नेछैन र?” मलाई सहज महसुस भइरहेको थिएन, त्यसकारण, मैले मसँगै काम गर्ने सिस्टर फ्याङलाई उनको विचार सोधें, उनले मलाई भनिन्, “सिस्टर लिनसित आफ्नो भ्रष्ट स्वभावबारे वास्तविक बुझाइ छैन भन्ने कुरामा म सहमत छु। तिनलाई अफसोस लागेको र काममा पुऱ्याएको क्षतिका लागि ऋणी महसुस भएको खासै भाव तिनीसँग छैन। तिनले आफ्नो कर्तव्य पूरा गर्न नचाहेको कुरा बताउँदा तपाईंले तिनलाई सान्त्वना मात्र दिनुभयो तर तिनको अहङ्कार र अरूसित राम्ररी काम गर्न नसक्नुको जडबारे एकदमै स्पष्टसित सङ्गति गर्नुभएन। त्यसले तिनलाई तिनको थप चिन्तन र प्रवेशमा मदत पुऱ्याउनेछैन।” सिस्टर फ्याङले भन्दै जानुभयो, “यत्तिका समयदेखि तपाईंलाई मैले चिनेकी छु, मलाई तपाईं मेरी बज्यै जस्तो लाग्छ।” उनले मलाई त्यसो भनेको सुनेर, म त हाँसौं कि रोऔं भयो। मैले सोचें, कसरी उनले मलाई त्यसो भन्न सक्छिन्। अनौठो स्थिति सृजना भएको देखेर, तिनले हत्तपत्त आफ्नो भनाइलाई स्पष्ट पारिन्: “दाजुभाइहरू वा दिदीबहिनीहरूले भ्रष्टताको कारण आफ्नो कर्तव्यमा असर पुऱ्याउँदा, तपाईं तिनीहरूलाई ढाडस दिन आउनुहुन्छ, तिनीहरूलाई खुलासा गर्न एउटा पनि तथ्य बताउने आँट गर्नुहुन्न। तपाईंले तिनीहरूलाई कामकुराबाट पन्छिन दिइरहनुभएको छ र त्यसो गर्नु तिनीहरूको जीवनका लागि लाभदायी छैन। मैले धेरै जना मण्डली अगुवाहरूसित काम गरेकी छु, तर तपाईं जस्तो … मैले कहिल्यै देखेकी छैनँ।” तथापि, तिनले भनेको कुराले सधैँ मेरो समस्या बन्ने गरेको कुरालाई औँल्यायो। यसले मलाई अघि घटेका केही कुराहरूको सम्झना गरायो। पहिला एक पटक अर्की सिस्टरले मेरो बारेमा यही कुरालाई औँल्याउँदै, यसो भनेकी थिइन्, “मैले केही समयदेखि तपाईंसित काम गर्दै आइरहेकी छु, तर तपाईंले मेरो कुनै समस्या वा कमीकमजोरीबारे कहिल्यै बताउनुभएको छैन। त्यस सन्दर्भमा, तपाईंले मलाई साँच्चै कहिल्यै मदत गर्नुभएको छैन।” यी दुई जना सिस्टरहरूले मेरो बारेमा गरेका मूल्याङ्कन साँच्चै मन छुने थिए र मलाई दोषी महसुस भयो। मैले केही समयदेखि अरूसित काम गरिरहेकी थिएँ तर मैले तिनीहरूलाई वास्तवमै उपयोगी हुने कुनै कुरा कहिल्यै प्रदान गरेकी थिइनँ। दाजुभाइ र दिदीबहिनीहरूको कुनै कमीकमजोरी औंल्याउन किन म सधैँ डराएँ? मैले खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गरें: “प्यारो परमेश्‍वर, म अक्सर मानिसहरू चिढिएलान् भन्ने डरले कसैको पनि समस्याहरू औंल्याउने आँट गर्दिनँ। त्यसरी त मानिसहरूले केही पनि सिक्न सक्दैनन्। प्यारो परमेश्‍वर, म यस्तो व्यक्ति हुन चाहन्नँ, तर मलाई यस समस्याको जडबारे थाहा छैन। आफैलाई चिन्न र यो पाठ सिक्न कृपया मलाई मार्गदर्शन दिनुहोस्।”

त्यसपछि, मैले सद्भाव कमाउन खोज्ने ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। त्यो मेरो लागि मदतकारी थियो। परमेश्‍वरका वचनहरूले भन्छ, “केही मण्डली अगुवाहरूले लापरवाही र झारातिरुवा शैलीमा आफ्नो कर्तव्य निभाउने दाजुभाइ वा दिदीबहिनीहरूलाई देख्दा गाली गर्नुपर्ने भए पनि तिनीहरूलाई गाली गर्दैनन्। जब परमेश्‍वरको घरको हितप्रति स्पष्ट रूपमा हानिकारक हुने कुरा तिनीहरूले देख्छन्, अरूलाई अलिकति पनि ठेस नपुगोस् भनेर तिनीहरूले नदेखेझैँ गर्छन् र कुनै जाँच-पड्ताल गर्दैनन्। तिनीहरूको साँचो उद्देश्य र लक्ष्य अरूको कमजोरीमा ध्यान पुर्‍याउनु होइन—तिनीहरूको अभिप्राय के हो भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ: ‘यदि मैले यसलाई जारी राखेँ र कसैलाई ठेस पर्‍याइनँ भने, तिनीहरूले म असल अगुवा हुँ भन्‍ने सोच्‍नेछन्। तिनीहरूले मेरो बारेमा असल र उच्‍च राय बनाउनेछन्। तिनीहरूले मलाई पहिचान दिनेछन् र मलाई मन पराउनेछन्।’ परमेश्‍वरको घरको हितलाई जतिसुकै क्षति पुर्‍याए तापनि र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जतिसुकै ठूलो वाधा पुर्‍याइए तापनि वा तिनीहरूको मण्डली जीवनलाई जतिसुकै ठूलो मात्रामा विचलित पारिए तापनि, त्यस्ता मानिसहरू आफ्ना शैतानी दर्शनमा लागिरहन्छन् र कसैलाई पनि ठेस पुर्‍याउँदैनन्। तिनीहरूको हृदयमा आत्म-निन्दाको भावना हुँदैन; बढीमा तिनीहरूले छोटकरीमा केही विषयहरूको बारेमा अनौपचारिक रूपमा उल्लेख गर्लान्, तर यसलाई त्यतिमै टुङ्‍ग्याउँछन्। तिनीहरूले सत्यको बारेमा सङ्‍गति गर्दैनन्, न त तिनीहरूले अरूका समस्याहरूको सारलाई औँल्याउँछन्, तिनीहरूले मानिसहरूको अवस्थाहरूको चिरफार गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूलाई सत्य वास्तविकतामा प्रवेश गराउनको निम्ति नेतृत्व गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको इच्छा के हो वा मानिसहरूले गर्ने गल्तीहरू वा मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू के हुन् भन्नेबारेमा कहिले पनि सञ्‍चार गर्दैनन्। तिनीहरूले यी र यस्ता व्यवहारिक समस्याहरूको समाधान गर्दैनन्; बरु, तिनीहरू अरूको कमजोरी र नकारात्मकता र तिनीहरूको लापरवाहीपन र झारातिरुवा शैलीप्रति समेत सधैँ आसक्त हुन्छन्। तिनीहरूले यी मानिसहरूका काम र व्यवहारहरूलाई तिनीहरू के हुन् भनी नखुट्ट्याईकन त्यतिकै छोड्छन् र तिनीहरूले ठ्याक्कै त्यही गर्ने हुनाले धेरैजसो मानिसहरूले सोच्छन्, ‘हाम्रो अगुवा हाम्रो निम्ति आमा जस्तै छन्। उनलाई हाम्रो कमजोरीको बारेमा परमेश्‍वरलाई भन्दा पनि राम्रो बुझाइ छ। हाम्रो कद परमेश्‍वरको मापदण्डअनुसार जिउनको निम्ति धेरै सानो हुन सक्छ, तर हामीले केवल हाम्रो अगुवाका मापदण्डहरू पूरा गर्नुपर्छ; हाम्रो अगुवालाई पछ्याएर नै हामीले परमेश्‍वरलाई पछ्याइरहेका हुन्छौँ। यदि माथिबाट हाम्रो अगुवालाई प्रतिस्थापन गर्ने दिन आयो भने, हामीले आवाज उठाउनेछौँः हाम्रो अगुवालाई राखिराख्‍न र माथिबाट उनको प्रतिस्थापन हुन नदिन हामी माथिकाहरूसित वार्ता गर्नेछौँ र हाम्रा मागहरूमा सहमत हुन तिनीहरूलाई दवाब दिनेछौँ। यसरी हामी अगुवासित सही व्यवहार गर्नेछौँ।’ जब मानिसहरूसित हृदयभित्र यस्ता विचारहरू हुन्छन्, जब अगुवासँग तिनीहरूको निर्भरताको सम्बन्ध हुन्छ, र हृदयमा तिनीहरूले आफ्नो अगुवाप्रति निर्भरता, सराहना, आदर, र श्रद्धा अनुभूति गर्छन्, र उक्त अगुवाले तिनीहरूको हृदयमा परमेश्‍वरकै स्थान लिएजस्तो अवस्था हुन्छ, र यदि उक्त अगुवा त्यस्तो सम्बन्धलाई कायम राख्‍न इच्छुक छ भने, र यदि उक्त अगुवाले यसबाट आफ्नो हृदयमा आनन्दको अनुभूति प्राप्त गर्छ र परमेश्‍वरका चुनिएकाहरूले आफूलाई यस्तै व्यवहार गर्नुपर्ने हो भनी विश्‍चास गर्छ भने, त्यस्ता अगुवाहरू र पावलबीच कुनै भिन्‍नता हुँदैन, र तिनीहरूले पहिल्यै ख्रीष्टविरोधीहरूको मार्गमा पाइला टेकिसकेका हुन्छन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। परमेश्‍वरका वचनहरूले प्रकट गरेको कुराबाट मैले के बुझें भने, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई चिढ्याउँदैनन् वा अरूको भ्रष्टता खुलासा गर्दैनन् ताकि तिनीहरूले मानिसहरूको साथ पाउन सकून् र अरूको हृदयमा बसेको आफ्नो हैसियतलाई सुरक्षित गर्न सकून्। के म ठ्याक्कै त्यस्तै थिइनँ र? सामान्यता, अरूले परमेश्‍वरको घरको काममा आँच पुग्न सक्ने र सत्यता अनुरूप काम नगरेको देख्दा, मैले त्यस समस्याको सारलाई औंल्याउने आँट गरिनँ, किनभने म विचारशील र व्यावहारिक व्यक्ति हुँ भनेर तिनीहरूको मनमा बसेको मेरो छवि बिग्रिन्छ भन्ने मलाई डर भयो। त्यसकारण, मैले वास्तविक समस्यालाई पर पन्छाएँ र सधैँ अरूलाई तिनीहरूको भ्रष्टता र कमजोरीहरूमा लिप्त गराएँ। मैले अरूको हृदयमा बसेको मेरो हैसियतलाई जोगाउन मानिसहरूलाई बहकाएँ र नक्कली राम्रोपनको सहाराले सद्भाव कमाएँ। यो, दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेश र परमेश्‍वरको घरको कामका लागि हानिकारक थियो। मैले तिनीहरूलाई मदत गरिरहेकी थिइनँ तर तिनीहरूले अझै मेरो गुणगान गाउँथे। के त्योद्वारा पनि मैले दाजुभाइ र दिदीबहिनीहरूलाई मेरो अघि ल्याइरहेकी थिइन र? मेरो र ख्रीष्टविरोधीको कामको सारबीच के भिन्नता थियो र? यो कुरा बुझेपछि मलाई असाध्यै डर लाग्नु स्वभाविकै थियो। परमेश्‍वरले मलाई अगुवाको पदसम्म पुऱ्याएर उच्च पार्नुभएको थियो ताकि मैले अरूको जीवन प्रवेशमा आइपर्ने समस्या र कठिनाइहरू समाधान गर्नका लागि सत्यतामाथि सङ्गति गर्न, सत्यता खोज्न र समस्याहरू आइपर्दा आफूलाई राम्ररी चिन्न त्यसपछि परमेश्‍वरमा पश्चात्ताप गर्न, सत्यता अभ्यास गर्न र उहाँप्रति समर्पित हुन सकूँ। तर त्यसको सट्टा, म त सडक ढुक्ने लुटेरा जस्तै थिएँ, मैले अरूको साथ पाउन र तिनीहरूमाझ आफ्नो ओहोदा स्थापित गर्न घिनलाग्दा माध्यमहरू प्रयोग गरें। के त्यो ख्रीष्टविरोधीले गर्ने काम थिएन र? मैले परमेश्‍वरका मानिसहरूका लागि उहाँसित युद्ध गरिरहेकी थिएँ, त्यसले उहाँको स्वभावलाई गम्भीर रूपले चिढ्याउँछ! मैले बुझें, मानिसलाई खुसी पार्ने व्यक्ति हुनुका सार र परिणामहरू कत्ति भयानक हुन्छन्, र यदि म परिवर्तन भइनँ भने हटाइन सक्छु। यो कुरा बुझेपछि, म परमेश्‍वरसामु आएँ र उहाँलाई प्रार्थना गरें: “हे परमेश्‍वर, म असल व्यक्ति पटक्कै होइन तर अरूले आफूलाई मन पराएको चाहने व्यक्ति हुँ भनेर मैले अहिले बुझें। मैले सधैँ अरूको हृदयमा बसेको मेरो छविलाई जोगाउने प्रयास गरिरहेकी छु र आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई बहकाइरहेकी छ र छक्याइरहेकी छु। त्यसलाई तपाईं घृणा गर्नुहुन्छ भनेर मैले अहिले बुझें। हे परमेश्‍वर, म तपाईंसामु पश्चात्ताप गर्न, आफैलाई त्याग्न र मानिसहरूलाई खुसी पार्ने व्यक्ति नहुन चाहन्छु।”

त्यसपछि, सिस्टर फ्याङ र मैले सिस्टर लिनको समस्याबारे अझ धेरै कुरा गऱ्यौं। त्यसपछि तिनीसित सङ्गति गर्न गयौं। हामीले तिनको अहङ्कारी अभिव्यक्ति र अरूमाथि आफ्नो राय थोपर्ने समस्याबारे कुरा गऱ्यौं। हामीले अहङ्कारी भई जीवन बिताउँदा हुने गम्भीर परिणामहरूलाई अनि प्रवेश र अभ्यासको मार्गलाई निराकरण गर्ने परमेश्‍वरका वचनहरू पनि भेट्टायौं। सत्यतामाथिको हाम्रो सङ्गतिपछि तिनी रुष्ट भइनन्। मैले सोचेकी जस्तो तिनी कमजोर पनि थिइनन्। तिनले इमानदारीपूर्वक भनिन्, “तपाईंहरू दुईले मेरा समस्याबारे एकदमै सही कुरा गर्नुभयो। अबउसो, म आफ्नो अहङ्कारी स्वभावलाई सम्हाल्न ध्यान दिनेछु…।” तिनले त्यसो भनेको सुनेर म अत्यन्तै खुसी भएँ। मैले बुझें, मानिसहरूलाई सत्यताअनुसार व्यवहार गर्नु र तिनीहरूलाई परमेश्‍वरसामु ल्याउनु साँचो प्रेम र दया हो। मैले सोचें, दाजुभाइ र दिदीबहिनीहरूलाई प्रेमपूर्वक मदत गर्नु भनेको तिनीहरूलाई सम्झना दिलाउनु, प्रेरित गर्नु, मदत र पोषण दिनु हो, तिनीहरूको भ्रष्टताबारे ठाडै बताउनु होइन। तिनीहरूलाई त्यो स्वीकार्न गाह्रो हुन्छ र तिनहरू नकारात्मक बन्छन् भनेर मैले सोचें। अनि अहिले मैले के बुझें भनें, साँचो अर्थमा प्रेमिलो हुनु भनेको अरूलाई सत्यता र परमेश्‍वरका वचनहरू अनुसार तिनीहरूको भ्रष्टता र समस्याहरू समाधान गर्न मदत गर्नु हो। तिनीहरूलाई सहयोग गर्नु र पोषण दिनु एउटा तरिका हो भने काटछाँट र निराकरण गर्नु अर्को तरिका हो। उदाहरणको लागि, कहिलेकाहीँ कसैसित कुनै निश्चित पक्षमा गम्भीर भ्रष्टता हुँदा, र निकै सङ्गति गरेपछि पनि तिनीहरू परिवर्तन नहुँदा, परमेश्‍वरका वचनहरू अनुसार परिणामहरूको सार, जड र गम्भीरतालाई पर्दाफास गर्नु आवश्यक छ ताकि तिनीहरू आत्मसमीक्षा गर्न र आफूलाई चिन्न परमेश्‍वरसामु आउन परून्। अनि त्यसपछि तिनीहरूले साँच्चै पश्चात्ताप गर्न सक्छन्। परिणामहरू प्राप्त गर्ने तरिका त्यही हो। अरूप्रतिको मेरो तथाकथित प्रेम सांसारिक दर्शनमा आधारित थियो। यसभित्र मेरै नीच अभिप्रायहरू निहित थिए। म केवल अरूको मनमा बसेको मेरो छविलाई जोगाउन चाहन्थें। मैले अरूको जीवनको लागि जिम्मेवारी लिइरहेकी थिइनँ—साँचो अर्थमा प्रेमिलो हुने मौकै थिएन। यो कुरा बुझेपछि मलाई साह्रै लज्जित महसुस भयो र आफ्ना दोषी अभ्यासहरू सुधार्न म तयार भएँ।

त्यसपछि मैले अरूका दोष र भ्रष्टता थाहा पाउँदा र त्यसलाई खुलासा गर्नुपर्दा, एउटा साँचो शब्द बोल्नु पनि मलाई किन गाह्रो भएको होला भनेर सोच्न थालें। मेरो मुखमा खोल्नै नसक्नेगरि बुजो लगाएको जस्तो भयो। कहिलेकहीँ, मुखमै आइसकेको कुरा पनि घाँटीमै अड्किन्थ्यो र घुमाएर अर्कै कुरा भन्थें। वास्तविकता विपरीत त्यस्ता कुराहरू भन्दा…। मलाई साह्रै घीन लाग्थ्यो, मैले महसुस गरेका र भनेका कुरा एकदमै असङ्गत थिए। म दाजुभाइ र दिदीबहिनीहरूअघि असल भएको देखावटी गर्थें, तर मैले पटक्कै सत्यता अभ्यास गर्न सकिनँ। पछि मैले परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ र त्यसले मलाई समस्याको जड देखाइदिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तिमीहरू सबै सुशिक्षित छौ। तिमीहरू सबैले आफ्नो बोलीमा परिष्कृत र सन्तुलित हुनमा र आफूले जुन तरिकामा बोल्ने हो सो तरिकामा ध्यान दिन्छौ: तँ चतुर छस्, र तैँले अरूको आत्मसम्मान र मर्यादामा हानि नपुर्‍याउन सिकेको छस्। तेरा वचन र कार्यहरूमा तँ मानिसहरूका निम्ति चलाकी गर्ने ठाउँ छोड्छस्। मानिसहरूलाई सजिलो अनुभूति गराउन तँ सबै कुरा गर्छस्। तँ उनीहरूका दाग वा कमजोरीहरू प्रकट गर्दैनस्, र तँ उनीहरूलाई दुःखी बनाउन वा लज्‍जित पार्ने कोसिस गर्दैनस्। धेरै मानिसहरूले कार्य गर्ने सिद्धान्त यही हो। अनि, यो कस्तो प्रकारको सिद्धान्त हो? यो षडयन्त्रकारी, चिप्ले, विश्‍वासघाती र कुटिल चाल हो। मानिसहरूका हँसिला अनुहारहरूमा धेरै दुर्भावनापूर्ण, कुटिल र घृणित कुराहरू लुकेका हुन्छन्। … र यसैले, के मानिसहरूका वचनहरू भरपर्दा हुन्छन्? के तिनीहरू भरोसायोग्य छन्? मानिसहरू धेरै अविश्वसनीय र भरोसा गर्न नसकिने छन्, किनभने तिनीहरूका जीवन, र कार्यहरू, र वचनहरू, तिनीहरूको हरेक काम र भित्री विचार, तिनीहरूको शैतानी प्रकृति, शैतानी सार र शैतानको भ्रष्ट स्वभावमा आधारित छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। “मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरका वचनहरूले प्रकट गरेको कुराबाट मैले के सिकें भने, मैले दाजुभाइ र दिदीबहिनीहरूको भ्रष्टता खुलासा गर्ने आँट नगर्नुको कारण शैतानी विषहरूको असर र नियन्त्रण थियो। मैले “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “अरूको मर्ममा कहिल्यै प्रहार गर्नु हुँदैन,” “दयालु बोली घाउमा मलहम लगाउनु हो, कठोर बोली घाउमा नुनचुक छर्कनु हो,” अनि “बोल्नुअघि सयबार सोच्नु,” जस्ता भनाइहरूबारे सोच्थेँ। म यी शैतानी दर्शनहरूअनुसार जिउथें। मैले सधैँ आफ्नै इज्जत र हैसियत कायम गरिरहेकी थिएँ। विश्‍वास प्राप्त गरेपछि पनि, म शैतानका यी नियमहरूअनुसार जिइरहें, मैले कसैलाई नचिढ्याई आफ्नो सम्बन्धलाई अण्डा जोगाए जस्तै अत्यन्तै सावधानीपूर्वक सम्हाल्थें, यसो गर्दा मैले आफूलाई स्थापित गर्न र अरूको हृदयमा आफ्नो स्थान बनाउन सक्छु भनेर सोचेकी थिएँ। म शैतानका विषहरूद्वारा नियन्त्रित थिएँ, अनि समस्याहरू सामना गर्दा मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई विचार गर्दै निरन्तर खतराको मापन गरिरहेकी थिएँ। यदि मलाई आफ्नो व्यक्तिगत छविमा हानि पुग्न सक्छ भन्ने लागेको भए, म परमेश्‍वरको घरका हितलाई पर पन्छाउनेथिएँ र आफ्नो हितलाई जोगाउनेथिएँ। मैले अरू नकारात्मक हुन्छन् भन्ने मलाई डर थियो भनेर समेत दाबी गरें, र यसरी मैले अरूलाई म प्रेमिलो र जिम्मेवार छु भनेर सोच्न लगाउन बहकाएँ। यी शैतानी दर्शनहरूअनुसार जिउनु कत्ति स्वार्थी र धूर्त कुरा हो भनेर मैले बुझें। म मानिसहरूको अघि एक प्रकारले देखा पर्थेँ, तर मनमा अर्कै महसुस गर्थेँ। मैले इमानदार हृदयले परमेश्‍वरको सामना गरिनँ र दाजुभाइ र दिदीबहिनीहरूप्रति म पटक्कै इमानदार थिइनँ। म निकै शैतानी स्वभावकी थिएँ। मैले अरूलाई र परमेश्‍वरको घरको कामलाई हानि गरिरहेकी थिएँ। म वर्षौंदेखि विश्‍वासी थिएँ र परमेश्‍वरका वचनहरू पढेकी थिएँ, तर मैले कुराकानी गर्दा सत्यता अभ्यास गरिरहेकी थिइनँ र मण्डलीको काममा साथ दिइरहेकी थिइनँ। मैले शैतानका भ्रमहरू र झूटहरू अभ्यास गरिरहेकी थिएँ, आफ्नो खाने थालमा आफै थुकेँ, शैतानसितै दलदलमा पसें। के म परमेश्‍वरलाई एकातिर विश्‍वास गर्ने र अर्कोतिर उहाँको विरोध गर्ने व्यक्तिहरूमध्ये एक थिइनँ र? यदि म परिवर्तन भइनँ भने, उहाँले मलाई घृणा गर्नुहुनेछ र सजाय दिनुहुनेथियो भनेर मलाई थाहा भयो। त्यो कुरा बुझेपछि, मैले यी शैतानी दर्शनहरूअनुसार जिउन छोड्ने अनि समस्याहरू सामना गर्दा सावधानीपूर्वक सत्यता अभ्यास गर्ने सङ्कल्प गरें।

केही महिनापछि मैले थाहा पाएँ, आतिथ्य कर्तव्य पूरा गर्ने सिस्टर झाओको अरू केही व्यक्तिसित स-साना कुरामा समस्या उत्पन्न भएको रहेछ। कसैले केही गर्दा तिनलाई त्यो मन पर्दैनथ्यो, तिनले तिनीहरूसित नराम्रो व्यवहार गर्थिन्, जसले गर्दा अरूलाई विवश पारिएको महसुस हुन्थ्यो। यसले तिनीहरूमध्ये केहीको कर्तव्यमा असर गऱ्यो, र उनलाई तुरुन्तै सङ्गति दिइनुपर्ने भयो। मैले यो मामिला सम्हाल्‍न सक्छु कि भनी सिस्टर फ्याङले सोध्नुभयो र मैले सोचें, “मैले सिस्टर झाओलाई वर्षौंदेखि चिनेकी छु। तिनको मनमा मेरो निकै राम्रो छाप परेको छ, त्यसैले, यदि मैले खराब मानवतासहित तिनको अहङ्कार खुलासा गरें भने, के तिनी मसित रिसाउनेछिन्? के त्यसले हाम्रो सम्बन्धलाई बरबाद गर्दैन? हुन सक्छ, सिस्टर फ्याङ आफैले त्यो सम्हाल्नुपर्छ।” तर त्यसपछि, मैले एक पटक पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झें: “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई राम्रो महसुस गराउने कुरा समावेश हुँदैन। यो त्यो मापदण्ड होइन। त्यसो भए मापदण्ड के हो? यसमा परमेश्‍वर, अन्य व्यक्तिहरू र घटनाहरूलाई साँचो हृदयले व्यवहार गर्ने, र जिम्मेवारी उठाउन सक्‍ने कार्य समावेश हुन्छन्। यो सबैले स्पष्ट रूपमा देख्‍न सक्‍ने कुरा हो; यो कुराको बारेमा सबैलाई आफ्‍नो हृदयमा स्पष्ट थाहा हुन्छ। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकलाई जान्नुहुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। असल मानवताको अर्थ सधैँ सहज हुनु र अरूसित मिल्नु होइन, यसको अर्थ, आफ्नो काममा परमेश्‍वरबाट हुने जाँचलाई स्वीकार्न, सत्यता अभ्यास गर्न र इमानदार हुन सक्नु हो। यसको अर्थ, साँचो हृदयले परमेश्‍वर र अरूको नजिक जानु हो। यो मात्र साँच्चै असल मानवता हो। मैले चिन्तन गरें: के मैले दाजुभाइ र दिदीबहिनीहरूलाई प्रेमपूर्वक व्यवहार गरिरहेकी थिएँ? के मैले सत्यता अभ्यास गरिरहेकी थिएँ? मलाई थाहा थियो, सिस्टर झाओले आफ्नो समस्या देखेकी छैनन्, र अरूलाई बाधा दिनु र तिनीहरूप्रति कठोर भावना राख्नु पीडादायी कुरा हो। यदि मैले यसलाई नदेखेको जस्तो गरें—तर पूर्ण रूपले असल भएको र अरूलाई चित्त बुझाउने काम गरें भने, के त्यो चलाक र धूर्त शैतानी स्वभावअनुसार जिउनु हुनेथिएन र? मैले यसरी सोचेपछि, परमेश्‍वरलाई यसरी प्रार्थना गरें: “हे परमेश्‍वर, म मानिसलाई खुसी पार्ने र मानवता नभएको व्यक्ति हुँ। मैले एक जना सिस्टरलाई भ्रष्टतामा जिइरहेकी र तिनलाई शैतानले नचाएको देखें, तर त्यसमा मैले आँखा चिम्लेँ। वास्तवमा त्यो प्रेमिलो काम थिएन। हे परमेश्‍वर, म आफूलाई त्याग्न चाहन्छु र उप्रान्त आफ्नो धूर्त स्वभावअनुसार जिउन चाहन्नँ, तर सिस्टर झाओलाई मैले उनमा देखको समस्या समाधान गर्न मदत गर्नका लागि खुलेर सङ्गति गर्न चाहन्छु। कृपया, यसमा मलाई मार्गदर्शन गर्नुहोस्।” हाम्रो सङ्गतिको दौडान, मैले तिनको अहङ्कार कसरी व्यक्त भयो र तिनीसित मानवताको कमी छ भनेर औंल्याउन परमेश्‍वरका केही वचनहरू चलाएँ, र तिनको स्थितिबाट उत्पन्न हुने गम्भीर परिणामहरूबारे सङ्गति गरें। तिनले आफू अत्यन्तै अहङ्कार भएकी र तिनले अरूलाई तिनकै तरिकामा काम गराउन चाहेको जसले दाजुभाइ र दिदीबहिनीहरूलाई विवश पारिरहेको थियो भन्‍ने कुरा बुझ्न सकिन्। त्यस प्रकारको सङ्गतिले तिनलाई धेरै मदत गऱ्यो भनेर तिनले भनिन्। मलाई मेरो भ्रष्टताको पञ्जाबाट मुक्त हुन मार्गदर्शन गर्नुभएकोमा अनि सत्यता अभ्यास गर्नु र परमेश्‍वरका वचनहरू अनुसार जिउनु दाजुभाइ र दिदीबहिनीहरूप्रति साँचो प्रेम देखाउने एकमात्र तरिका हो भनेर अनुभव गर्न पाएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु। निष्टकपटतासाथ र आरामदायी ढङ्गमा जिउने एकमात्र तरिका यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्