शैतानको जाँचमाथि विजय

27 फेब्रुअरी 2023

मेरो नाम डेभिड हो, र मेरो जन्‍म इसाई परिवारमा भएको हो। मैले सानैदेखि मेरो आमाबुबासँग प्रभुलाई विश्‍वास गर्दै आएको थिएँ। ठूलो भएपछि, मैले युवा सङ्गतिको सचिव र पाष्टरको अनुवादक भई काम गरेँ। म सङ्गीत समूह र अरू विभिन्‍न सेवकाइको काममा पनि सहभागी हुन्थेँ। तर पछि मलाई हाम्रो मण्डली निकै जीवन्त देखिए पनि, सबै जना आत्मिक रूपमा बाँझो रहेको महसुस भयो। पाष्टर र एल्डरहरूका प्रवचनहरू खोक्रा हुन्थे र तिनमा नयाँ अन्तर्दृष्टि हुँदैनथ्यो र कसैले पनि भरणपोषण प्राप्त गर्दैनथे। धेरैजसो मानिसहरूले विश्‍वास गुमाएका थिए र प्रवचनको बेलासमेत निदाउँथे। कतिपय मानिसहरूले त मण्डलीमा मालमत्ता बेच्‍नसमेत ल्याउँथे र सांसारिक कुराकानी गर्थे। मैले मण्डलीमा कुनै वास्तविक भरणपोषण प्राप्त गर्न सकिँदैन भन्‍ने देखेँ। म अनलाइनमा गएर इसाई भिडियोहरू खोज्‍न बाध्य भएँ।

सन् २०१९ को जनवरीमा, सधैँझैँ म युट्युबमा भिडियोहरू हेरिरहेको थिएँ त्यस बेला मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बनाएको चलचित्र प्रत्याशाको क्लिप देखेँ, जसको नाम त्यसकारण प्रभु यसरी नै फर्कनुहुन्छ भन्‍ने थियो। म निकै उत्साहित थिएँ: यो भिडियो त प्रभु येशू फर्की आउनुभएको कुरा गर्छ त! मैले तुरुन्तै यसलाई खोलेँ। यस भिडियोबाट मैले के सिकेँ भने आखिरी दिनहरूमा प्रभु येशू फर्की आउने दुई तरिका छन्। पहिलो, उहाँ मानिसको पुत्रको रूपमा देह बनी गुप्त रूपमा आउनुहुन्छ, त्यसपछि उहाँ सबैले देख्‍ने गरी बादलमा आउनुहुन्छ। यस भिडियोले प्रभु येशू फर्की आइसक्‍नुभएको छ, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देहधारी हुनुभएको छ भनेर गवाही पनि दियो। प्रभुको पुनरागमनबारे सुन्दा म निकै उत्साहित भएँ, र निकै जिज्ञासा पनि लाग्यो। तिनीहरूको सङ्गति निकै अन्तर्दृष्टिपूर्ण लाग्यो र मलाई यसबारे अझै अनुसन्धान गर्न मन लाग्यो। त्यसपछि मैले अरू चलचित्रहरू पनि हेरेँ, जस्तै परमेश्‍वरमाथिको विश्‍वास, मुक्ति, घातक अज्ञानता, र पासो तोडाइ। यसले मेरो साँच्‍चै आँखा खोलिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका यी चलचित्रहरू हेरेर, मैले हाम्रो मण्डली किन उजाड छ भन्‍ने कुरा पत्ता लगाएँ र सत्यताका धेरै पक्षहरूको बारेमा सिकेँ, जस्तै, साँचो विश्‍वास भनेको के हो, स्वर्गको राज्यमा कस्तो व्यक्ति प्रवेश गर्न सक्छ, र आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्‍ना वचनहरूको न्यायद्वारा मानिसलाई शुद्ध गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ। ती सबै मैले पहिले कहिल्यै नसुनेका रहस्य र सत्यताहरू थिए, र ती मेरो लागि साँच्चिकै पोषणयुक्त थिए। मलाई ती चलचित्रहरू निकै मन पर्‍यो—तीबाट मलाई धेरै मदत मिल्यो। ती चलचित्रहरूमा तिनीहरूले वचन देहमा देखा पर्नुहुन्छ नामक पुस्तकबाट पढिरहेको देखेँ, त्यसकारण मैले यसलाई अनलाइन खोज्‍ने प्रयास गरेँ। पछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एप भेट्टाएँ, डाउनलोड गरेँ, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ। उहाँका वचनहरूमा यस्तो अख्‍तियार रहेछ, र मैले जति पढेँ मलाई ती परमेश्‍वरका वचनहरू हुन्, यो साँच्‍चै नै परमेश्‍वरको आवाज, सत्यताको अभिव्यक्ति हो, त्यसमा शङ्कै छैन भन्‍ने लाग्यो। म निकै अचम्‍ममा परेँ, र एपको माध्यमबाट मैले तुरुन्तै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सम्पर्क गरेँ। केही दिनसम्‍म भेलाहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि र ब्रदर-सिस्टरहरूको सङ्गति र गवाही सुनेपछि, म प्रभु येशू फर्की आउनुभएको छ, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर निश्‍चित भएँ। प्रभु साँच्‍चै फर्की आउनुभएको छ! म अत्यन्तै प्रसन्‍न, र उत्साहित भएँ, र आफू निकै आशिषित भएझैँ लाग्यो। त्यो बेला म एउटै कुरा चाहन्थेँ, जुन उहाँको पुनरागमनबारे सबैलाई बताउनु थियो ताकि यो सुन्दर खबर विश्‍वासीहरू सबैलाई थाहा होस्। हाम्रो मण्डलीका पादरीवर्गले हामीलाई सधैँ जागा रही प्रभुको पुनरागमन पर्खनू भनी भन्‍ने गरेको मलाई याद आयो र तिनीहरूले प्रभु येशू फर्की आउनुभएको छ भन्‍ने थाहा पाए भने तिनीहरू उत्साहित हुनेछन् भन्‍ने लाग्यो। म तिनीहरूले प्रभुको आवाज सुनी तुरुन्तै प्रभुलाई स्वागत गर्न सकून् भनेर हतारहतार गएर तिनीहरूलाई सुसमाचार सुनाउन चाहन्थेँ। सुरुमा मैले हाम्रो मण्डलीका पाष्टर गिल्‍बर्ट र एल्डर रोमेनको बारेमा सोचेँ। तिनीहरूले मण्डलीमा प्रभुको लागि धेरै परिश्रम गर्थे, र ब्रदर-सिस्टरहरूलाई सहजता, प्रेम, र धैर्यतासहित व्यवहार गर्थे, र धेरै मदत गर्थे। खास गरी, पाष्टर गिल्‍बर्टले बाइबल कलेज गएर पाष्टर बन्‍नको लागि सांसारिक जागिर छोडेका थिए। मलाई तिनीहरू असल प्रचारक भएकाले, तिनीहरूले परमेश्‍वरको काम स्विकार्न सक्छन् भन्‍ने लागेको थियो। सुरुमा मैले एल्डर रोमेनलाई प्रभुको पुनरागमनको सुसमाचार सुनाएँ।

त्यो दिन, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एक चलचित्र सगैँ हेर्‍यौँ र मैले तिनलाई प्रभु येशू फर्की आउनुभएको छ भनेर गवाही दिएँ। तिनले मलाई केही प्रश्‍न सोध्लान् भन्‍ने लागेको थियो, तर अचम्‍म, तिनले केही भनेनन्, बरु निकै रूखो बने, र तिनमा यसबारे खोजी वा कुरा गर्ने कुनै इच्‍छा थिएन। यसबारे स्पष्ट व्याख्या गरिनँ कि क्या हो भन्‍ने लागेर, मैले तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एप इन्स्टल गर्न र आफै यसबारे बुझ्‍न अनुरोध गरेँ, तर तिनले मानेनन्। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका प्रवचनहरूमा सहभागी हुन बारम्‍बार इन्भाइट गरेपछि, तिनले मन नलागीनलागी स्विकारे। तर तिनी आधा मनले अनलाइन भेलामा सहभागी भए त्यसपछि केही नभनी छोडेर गए। तिनी फेरि कहिल्यै अर्को भेलामा सहभागी भएनन्। त्यसपछि रोमेन जानाजान मबाट टाढा हुन थाले र मेरो घरको बाटो भएर कहिल्यै हिँडेनन्। तिनको त्यस्तो पारा देख्दा म अलिक छक्‍क परेँ। विगतमा हामी निकै राम्रोसँग मिल्‍ने गर्थ्यौँ, त्यसकारण मैले तिनलाई प्रभु फर्की आउनुभएको छ भन्‍नेबित्तिकै किन तिनी मबाट टाढिए? तिनले आफ्‍ना प्रवचनहरूमा सधैँ हामीलाई जागा रही प्रभुको पुनरागमन पर्खनू भन्थे। अहिले प्रभु येशू फर्की आइसक्‍नुभएको भए पनि किन तिनले खोजी र अनुसन्धान गरेनन्? तर मैले यी कुराहरू बुझ्न सक्‍नुअगावै, केही अनपेक्षित घटनाहरू घटे।

केही दिनपछि, पाष्टर गिल्‍बर्टले मलाई अचानक तिनको अफिसमा बोलाए। म अलिक सतर्क भएँ। त्यहाँ पुग्‍नेबित्तिकै, पाष्टर गिल्‍बर्टले मलाई सोधे, “डेभिड, तपाईंले अनलाइनमा केही साथी भेटेर तिनीहरूसँग कुराकानी गर्न थाल्‍नुभएजस्तो लाग्यो। एकदम रोचक लाग्यो। तिनीहरू को हुन्? तिनीहरू कुन मण्डलीका हुन्?” तिनको मित्रवत् व्यवहार देखेर, तिनले यसबारे खोजीनिधो गर्न चाहन्छन् भन्‍ने सोचेँ, त्यसैले मैले तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली हो भनेँ। तिनले मण्डलीको नाम लेखे र घमण्डका साथ भने, “मैले तिनीहरूलाई देखेको छु, हामीले तिनीहरूको कुरा सुन्‍नु हुँदैन। बाइबलले स्पष्ट रूपमै भनेको छ, आखिरी दिनहरूमा धेरै झूटा ख्रीष्टहरू आउनेछन्, र तिनीहरूले धेरै मानिसहरूलाई बहकाउनेछन्।” यसो भनेपछि, तिनले बाइबल खोले र १ थेसलोनिकी ४:१६-१७ को यो खण्ड पढे। “किनभने प्रभु आफै चिच्याहटको साथ, प्रधान स्‍वर्गदूतको आवाजको साथ र परमेश्‍वरको तुरहीको गुञ्जनको साथ स्वर्गबाट ओर्लनुहुनेछ: र ख्रीष्‍टमा मरेकाहरू नै सुरुमा ब्युँती उठ्नेछन्: अनि हामी जिउँदा र बाँकी रहेकाहरू आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौं: अनि त्यसपछि सदासर्वदा प्रभुसँगै रहनेछौं।” यी पदहरू पढिसकेपछि, तिनले गर्वका साथ यस्तो व्याख्या गरे, “यी पदहरूले जब प्रभु आउनुहुन्छ, तब स्वर्गदूतहरूले तुरही बजाउनेछन्, मृतकहरू ब्यूँतनेछन्, र प्रभुलाई भेट्न हामी बादलमा उचालिनेछौँ भनेर स्पष्ट बताउँछन्। यदि कसैले प्रभु फर्की आउनुभएको छ भनेर भन्छ, तर हामी अझै जमिनमा छौँ र आकाशमा उठाइलगिएका छैनौँ भने, त्यो झूट हो! जब प्रभु आउनुहुन्छ तब हामी पृथ्वी छोडेर उहाँसँग सदाको लागि स्वर्गमा बस्‍न जानेछौँ।” तर तिनले त्यसो भनेको सुन्दा म अक्‍क न बक्‍क भएँ। तिनले पढेका पदहरूमा प्रभु बादलमा ओर्लनुहुनेछ भनेर भनिएको थियो, तर सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका चलचित्रहरूले उहाँ गुप्त रूपमा देहधारी बन्‍नुहुन्छ भनेर सङ्गति दिएका थिए। आखिर यो के भइरहेको थियो? म अलिक अन्योलमा परेँ। बाइबलमा, प्रभु येशूले “मानिसको पुत्रको आगमन” र “मानिसको पुत्र आउँछ” भनेर धेरैपटक अगमवाणी गर्नुभएको छ। यो प्रभु मानिसको पुत्र बन्‍ने र गुप्त रूपमा आउने कुरासँग सम्‍बन्धित थियो। प्रभु येशूले हामी बादलमा उचालिनेछौँ भनेर कहिल्यै भन्‍नुभएन। तब किन पावलले भनेको कुरा प्रभु येशूले भन्‍नुभएको कुरासँग मिल्दैन? किन त्यस्तो भयो? के सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्की आउनुभएका प्रभु हुनुहुन्छ? यदि होइन भने, कसरी उहाँका वचनहरूमा यति धेरै सत्यता हुन सक्यो, कसरी ती अख्‍तियार र शक्तिले भरिपूर्ण हुन सके? मैले यो कुरा बुझ्दै बुझिनँ। त्यसलगत्तै पाष्टर गिल्‍बर्टले केही प्रश्‍नहरू गर्न थाले र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट के सिकेँ भनेर बताउन लगाए। तिनले केही अपमानजनक र निन्दात्मक कुराहरू पनि बोले। त्यसपछि मलाई महसुस कि तिनले मलाई प्रश्‍नहरू सोध्‍नुको अभिप्राय खोजी र अनुसन्धान गर्नु नभई थप जानकारी प्राप्त गर्नु थियो, ताकि तिनले मलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍न सकून्। ठीक त्यही बेला मलाई पासो तोडाइ नामक सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको चलचित्र याद आयो, जसमा आजका फरिसीहरूबारे कुरा गरिएको छ। त्यो चलचित्रका पाष्टर र एल्डरहरूले कहिल्यै सर्वशक्तिमान्‌ परमेश्‍वरको कामबारे खोजीनिधो गर्दैनन्, अन्धाधुन्ध यसको निन्दा गर्छन्, साँचो मार्ग खोज्‍ने र परमेश्‍वरलाई पछ्याउने मानिसहरूको मार्गमा बाधा दिन कपोल्कल्पित कुराहरू गर्छन्। पाष्टर गिल्‍बर्टले पनि यसै गरिरहेका थिए। परमेश्‍वरका भेडाहरूलाई परमेश्‍वरको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्न नदिनको लागि तिनले पछि अफवाहहरू फैलाउन थप जानकारी प्राप्त गर्न चाहन्थे। मैले हृदयमा, तिनलाई जबाफ दिन मलाई बुद्धि दिनुहोस् भनेर परमेश्‍वरसँग बिन्ती गरेँ। मैले तिनलाई भनेँ, “म अहिले तपाईंलाई केही पनि भन्‍न सक्दिनँ। म अझै पनि यसबारे अनुसन्धान गरिरहेको छु। थप जानकारी पाएपछि म तपाईंलाई बताउन सक्छु।” अन्त्यमा तिनले मसँग कुनै खोजी नगर्ने भनेर बताए, र हाम्रो कुराकानीलाई समाप्त गरे। तर प्रभु आउनुहुन्छ र हामीलाई आकाशमा लैजानुहुन्छ भन्‍ने दाबीबारे म अझै पनि अन्योलमा थिएँ।

त्यस दिन पाष्टरको अफिसबाट आएपछि, मैले मलाई अगुवाइ र अन्तर्दृष्टि दिनुहोस् भन्दै हृदयमा परमेश्‍वरसँग प्रार्थना गरेँ। पछि मैले १ थेसलोनिकी ४:१६-१७ का यी पदहरूबारे सोचिरहेँ। धेरै विचार गरेपछि, मलाई पाष्टर गिल्‍बर्टले पढेका यी पदहरू पावलले बोलेका हुन्, यी पावलले भनेका कुरा हुन् भन्‍ने महसुस भयो। प्रभु येशूले उहाँ फर्किएपछि उहाँले विश्‍वासीहरूलाई बादलमा लैजानुहुनेछ भनेर कहिल्यै भन्‍नुभएन, र उहाँले स्वर्गको राज्य आकाशमा हुनेछ भनेर कहिल्यै भन्‍नुभएन। पछि, प्रार्थना र खोजीको क्रममा, मैले सपनाबाट बिउँझँदा नामक सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको चलचित्र हेरेँ, र त्यसले मलाई साँच्‍चै नै अन्तर्दृष्टि दियो। चलचित्रका कतिपय कुराहरूले उठाइलगिनेसम्‍बन्धी प्रश्‍नहरू र राज्य आकाशमा हुन्छ कि कहाँ भन्‍नेबारे स्पष्ट व्याख्या गरेका थिए। त्यो चलचित्रमा सुसमाचार प्रचार गर्ने मानिसहरूले भनेका छन् कि सबै मानिसले आफ्‍नो धारणाको कारण नै स्वर्गको राज्य आकाशमा छ भनेर सोच्‍ने गरेका हुन्। तर के यो साँचो हो त? हामी देख्‍न सक्छौं, प्रभु येशूले यसो भन्‍नुभएको छ: “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्(मत्ती ६:९-१०)। प्रभु येशूले हामीलाई स्पष्टसित परमेश्‍वरको राज्य आकाशमा होइन पृथ्वीमा छ भनेर भन्‍नुभएको छ: परमेश्‍वरको इच्‍छा स्वर्गमा जस्तै पृथ्वीमा पनि पूरा हुनेछ। अब हामी प्रकाश २१:२-३ पढौँ: “अनि म यूहन्‍नाले पवित्र सहर, नयाँ येरुशलेम, आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ…। हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ।” र प्रकाश ११:१५ हेरौँ: “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ।” यी अगमवाणीहरूले “परमेश्‍वरको वासस्थान मानिससँग छ,” “अनि म यूहन्‍नाले पवित्र सहर, नयाँ येरुशलेम, आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ,” र “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ” भनेर उल्‍लेख गर्छन्। यसले के प्रमाणित गर्छ भने परमेश्‍वरले पृथ्वीमा आफ्‍नो राज्य स्थापना गर्नुहुनेछ, र उहाँ मानिसहरूमाझ जिउनुहुनेछ। पृथ्वीको राज्य ख्रीष्टको राज्य बन्‍नुपर्छ, र यो अनन्तसम्‍म रहनुपर्छ। परमेश्‍वरको राज्य स्वर्गमा हुनेछ र प्रभु आउनुहुँदा उहाँले हामीलाई आकाशमा लैजानुहुनेछ भन्‍ने सोच्दै हामी आफ्‍नो कल्‍पनाअनुसार जियौँ भने, के परमेश्‍वरका यी वचनहरू सबै व्यर्थ हुनेछैनन् र? त्यसो भए, उठाइलगिनु भनेको के हो? धेरैजसो मानिसहरूलाई यो कुरा थाहा छैन। सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएपछि मात्रै सन्तहरूलाई उठाइलगिने रहस्यहरूको खुलासा गरियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “‘उठाइलगिनु’ भनेको मानिसहरूले कल्पना गरेका जस्तो तल्लो स्थानबाट माथिल्लो स्थानमा लगिनु होइन; त्यो एउटा ठूलो भ्रम हो। ‘उठाइलगिनु’ ले मैले गर्ने पूर्वनियुक्तिलाई र त्यसपछि छनौटलाई बुझाउँछ। यो मैले पूर्वनियुक्त र चुनाउ गरेको सबैमा निर्देशित हुन्छ। … यो मानिसहरूको धारणासँग सबैभन्दा नमिल्‍ने कुरा हो। भविष्यमा मसँग मेरो घरमा बस्ने तिनीहरू नै हुन् जो मेरो सामने उठाइलगिएका छन्। यो पूर्ण, कहिल्यै परिवर्तन नहुने र खण्डन गर्न नसकिने सत्य हो। यो शैतानको विरुद्ध जबाफी हमला हो। मैले पूर्वनियुक्त गरेको जो कोही पनि मेरो अघि उठाइलगिनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०४)। सर्वशक्तिमान्‌ परमेश्‍वरले स्पष्टसित भन्‍नुभएको छ। उठाइलगिनु भनेको हामीले कल्‍पना गरेझैँ जमिनबाट आकाशमा उचालिएर प्रभुलाई बादलमा भेट्न जानु होइन। यो त परमेश्‍वर पृथ्वीमा बोल्‍न र काम गर्न आउनुभएपछि, मानिसहरूले उहाँको आवाज सुन्‍नेछन् र उहाँलाई पछ्याउन खडा हुनेछन्, र परमेश्‍वरको आखिरी दिनहरूको काममा समर्पित हुनेछन् भन्‍ने कुरा हो। परमेश्‍वरको सिंहासनअघि उठाइलगिनुको साँचो अर्थ यही हो। प्रभुको आवाजलाई चिन्‍न सक्‍ने, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट सत्यता पत्ता लगाउन र स्विकार्न अनि उहाँतिर फर्कन सक्‍ने सबै बुद्धिमती कन्याहरू हुन्। यी मानिसहरू ती “बहुमूल्‍य रत्‍न” हुन् जसलाई “चोरेर” परमेश्‍वरको घरमा लगिन्छ, र जसले सत्यता स्विकार्न र परमेश्‍वरको आवाज बुझ्‍न सक्छन्। तिनीहरू साँच्‍चै नै उठाइलगिन्छन्, र परमेश्‍वर आखिरी दिनहरूमा काम गर्न गुप्त रूपमा आउनुहुँदा उहाँले सिद्ध पारी विजेताहरू बनाउनुहुने मानिसहरू तिनै हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम सुरु भएपछि, परमेश्‍वरको देखापराइको तृष्णा गर्ने धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट परमेश्‍वरको आवाज पहिचान गरेर परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम स्विकारेका छन्। परमेश्‍वरलाई भेट्न तिनीहरूलाई उहाँको सिंहासनअघि उठाइलगिएको, र परमेश्‍वरका वचनहरूद्वारा खुवाइएको र पिलाइएको छ। तिनीहरूले परमेश्‍वरको साँचो बुझाइ प्राप्त गरेका छन्, तिनीहरूको भ्रष्ट स्वभाव धोइएको छ, र तिनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा जिउँछन्। तिनीहरूले परमेश्‍वरबाट महान् मुक्ति प्राप्त गरेका छन्। तिनीहरू विपत्तिहरू देखा पर्नुअघि विजेताहरू बनिसकेका छन्। तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिने पाकेका पहिलो फल बनेका छन्। तर आफ्‍ना धारणा र कल्‍पनाहरूमा टाँस्‍सिरहने, प्रभुले आकाशमा उचालेर लैजानुहुन्छ भनेर मूर्खतापूर्वक प्रतीक्षा गर्ने र परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम नस्विकार्ने मानिसहरू निर्बुद्धि कन्याहरू हुन्, तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। अन्तिममा, तिनीहरू विपत्तिमा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। तथ्य त्यही हो।

त्यो चलचित्र हेरेपछि मलाई हामीले “उठाइलगिनु” लाई शाब्दिक रूपमा अर्थ्याउनु हुँदैन भन्‍ने थाहा भयो। यसले मुख्य रूपमा मानिसहरूले परमेश्‍वरको आवाज सुन्‍नु, प्रभुलाई स्वागत गर्नु, र परमेश्‍वरको सिंहासनअघि आउनुलाई जनाउँछ। उठाइलगिनु भनेको त्यही हो। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्विकार्नेहरू परमेश्‍वरको सिंहासनअघि उठाइलगिने बुद्धिमती कन्याहरू हुन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, र तिनको न्याय र शुद्धीकरण स्विकार्छन्। थुमाको विवाह-भोजमा सहभागी हुनु भनेको यही हो। यसरी उठाइलगिनु अत्यन्तै व्यावहारिक छ। परमेश्‍वरको काम अत्यन्तै बुद्धिमानीपूर्ण, र अर्थपूर्ण छ! मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूसँग धेरैपटक भेला भई कुराकानी गर्नु ठ्याक्‍कै त्यस्तै हो भन्‍ने थाहा पाएँ। तिनीहरूले पृथ्वीमा हामीले जस्तै सामान्य जीवन जिउँछन्। फरक केमा छ भने तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, र सत्यतासम्बन्धी तिनीहरूको सङ्गतिमा अन्तर्ज्ञान र अन्तर्दृष्टि हुन्छ। तिनीहरूका विचार र विश्‍वाससम्‍बन्धी दृष्टिकोण अत्यन्तै ताजगीपूर्ण हुन्छन्। समस्याहरू सामना गर्दा तिनीहरूले परमेश्‍वरको अनुग्रह माग्‍नेबारे विचार गरिरहेका हुँदैनन्, तिनीहरूले त कसरी परमेश्‍वरलाई प्रेम गर्ने र उहाँमा समर्पित हुने, आफ्‍नो भ्रष्ट स्वभावलाई कसरी पहिचान र समाधान गर्ने, र कसरी सत्यता अभ्यास गर्ने र परमेश्‍वरका वचनहरूअनुसार जिउने भन्‍नेबारेमा खोजी र सङ्गति गर्छन्। मलाई साँच्‍चै नै तिनीहरू नयाँ संसारमा छन्, तिनीहरू नयाँ युगमा प्रवेश गरेर पूर्ण रूपमा नयाँ किसिमको जीवन जिइरहेका छन् भन्‍ने अनुभव भयो। मैले पहिले तिनीहरूजस्ता अरू कोही मानिसहरू देखेको थिइनँ। प्रभुमा विश्‍वास गर्ने हामीलाई तिनीहरूले निकै पछि पारेका छन्। यसले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्ने, उहाँको न्यायको काम अनुभव गर्ने, र तिनीहरूले जस्तै जीवन जिउने अझै तृष्णा दियो। त्यसपछि मलाई अझै स्पष्ट भयो, पावलले आफ्‍नै धारणाहरूको कारण यी कुराहरू भनेका थिए, र मैले पावलका वचनहरू सत्य होइनन्, प्रभुका वचनहरू सत्य हुन् भनेर विश्‍वास गर्नुपर्थ्यो, किनभने पावल त मान्छे थिए। प्रभुलाई स्वागत गर्नेजस्तो महत्त्वपूर्ण विषयमा, एउटा व्यक्तिमा विश्‍वास गर्नु अत्यन्तै खतरनाक कुरा हो। विशेष गरी जब मानिसका वचनहरू र प्रभुका वचनहरू बाझिन्छन्, हामीले मानिसका वचनहरूलाई हाम्रो आधार मान्‍नु हुँदैन। पाष्टरले पावलका वचनहरू प्रयोग गरेको कारण म झण्डै धोका र बहकाउमा परेँ। यतिका वर्ष, कसैले पनि सन्तहरू उठाइलगिनुको रहस्य बुझेको थिएन, र काल्पनिक कुराहरूले भरिएका पावलका शब्‍दहरूको वास्तविकता कसैले बुझेको थिएन। ती पूर्ण रूपमा प्रभु येशूका वचनहरूविपरीत रहेछन्। यसले गर्दा मलाई यी कुराहरू स्पष्ट भयो।

भेलाहरू र सङ्गतिमार्फत मैले थोरै भए पनि पादरीवर्गको वास्तविकता बुझेँ। तिनीहरू बाइबलमा पोख्त थिए, तर प्रभुलाई स्वागत गर्ने कार्य परमेश्‍वरका वचनहरूमा कि मानिसका वचनहरूमा आधारित हुनुपर्छ भन्‍नेबारे तिनीहरूलाई केही थाहा थिएन। तिनीहरूले परमेश्‍वरलाई चिनेकै थिएनन्। केही दिनपछि साँझमा, मैले हाम्रो गाउँको फुटबल ग्राउन्डमा पाष्टर गिल्‍बर्टलाई भेटेँ। तिनले अझै पनि मेरो मन बदल्ने प्रयास गरिरहेका थिए। तिनले यसपटक प्रहसनजस्तै गरी उदाहरण दिने प्रयास गरे। तिनले आफ्‍ना हातहरू उचालेर आकाशतिर नियाले, अनि भूँइमा पाइलाहरू अघि सार्न थाले, मानौँ तिनी भर्‍याङ चढिरहेका छन्। तिनले भने, “हामी बादलमा हिँड्न सक्‍नेछौँ। तर त्यो दिन पवित्र आत्‍माले भरिएको हुनुहुन्‍न भने, तपाईं हिँड्न सक्‍नुहुनेछैन।” पाष्टर गिल्‍बर्टको यो केटाकेटीको जस्तो नाटक देखेर बादलमा उठाइलगिने यो कथा पूरै मानव कल्‍पना हो भन्‍ने कुरामा म अझै विश्‍वस्त भएँ। यो यति हास्यास्पद र मनोरञ्‍जक थियो कि मलाई हाँस्‍न मन लाग्यो। यो त बालबालिकालाई उपहार दिन डिसेम्बर २५ को दिन सान्टा क्‍लस आउँछ भनेर विश्‍वास गर्नुजत्तिकै केटाकेटीपन थियो। त्यस दिनदेखि, मैले त्यो काल्पनिक कुरामा विश्‍वास गर्न छोडेँ, र वास्तविकतामा ध्यान दिन थालेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गरिरहेँ।

पछि, पाष्टर गिल्‍बर्टको भाइ र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्‍यौँ र हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका पुस्तकहरू लियौँ। हामी दुवै निकै खुशी र उत्साहित थियौँ। यो थाहा पाएर पाष्टर गिल्‍बर्ट निकै क्रोधित भए, र तिनी भाइको विश्‍वासको मार्गमा मात्रै उभिएनन्, तिनका पुस्तकहरू पनि खोसे र तीमध्ये केही पुस्तक एल्डर रोमेनकहाँ पठाए। मलाई थाहा थियो, तिनीहरूले सत्यता खोजी गर्नका लागि सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका ती पुस्तक लगेका थिएनन्, बरु त्यसमा गल्ती खोज्न र त्यसलाई प्रयोग गरी सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र कामको निन्दा गर्न र अन्तिममा हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिन मनाउनको लागि लगेका थिए। तिनीहरूको अभिप्राय राम्रो थिएन। अनि यस्तै भयो।

एक दिन, एल्डर रोमेनले मलाई भने, “यो किताबमा त्यस्तो विशेष केही छैन। यो सबै बाइबलमा भएकै कुरा हो—नयाँ केही पनि छैन।” तिनले यसो भनेको सुन्दा मलाई तिनीप्रति फेरि खिन्‍न लाग्यो। मैले मनमनै भनेँ, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू यति अख्तियारपूर्ण र शक्तिशाली छन्, र तिनले सत्यताका रहस्यहरू खोलेका छन्। त्यसमा नयाँ केही छैन भन्दै, त्यसरी झूट बोल्‍नु, के त्यो दुष्ट व्यक्तिले मात्र भन्‍न सक्‍ने कुरा होइन र? सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना, देहधारण, र परमेश्‍वरका नामका रहस्यहरू, र परमेश्‍वरले कसरी न्यायको काम गर्नुहुन्छ भन्‍ने कुराहरू प्रकट गर्छन्। तिनमा अरू धेरै रहस्य र सत्यताहरू पनि छन्। ती सबै कुरा बाइबलमा नभएका, र हामीले वर्षौँ विश्‍वास गर्दा पनि नबुझेका कुरा हुन्। कसरी तिनले त्यो पुस्तकमा केही नयाँ देखिनँ भनेर भन्‍न सके? त्यो हास्यास्पद कुरा थियो। म तिनको बहकाउमा पर्नेवाला थिइनँ। यसले मलाई तिनी सत्यताप्रति दिक्‍क मान्‍ने र परमेश्‍वरको आवाजलाई बुझ्‍न नसक्‍ने व्यक्ति हुन् भन्‍ने देखायो। पाष्टर गिल्‍बर्टमा पनि त्यही कुरा लागू हुन्थ्यो। तिनले यसबारे खोजी-निधो गर्नु त कता हो कता, यसलाई अझ धेरै विरोध र निन्दा गरे, सेवाहरूमा धार्मिक धारणाहरू फैलाउने कामलाई तीव्रता दिए, र ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरका सबै वचनहरू बाइबलमै छन्, र बाइबलबाहिर परमेश्‍वरको कुनै वचन छैन भनेर बताउन थाले। तिनले प्रभु येशू बादलमा आउनुहुन्छ, र प्रभु आउनुभएको छ भनी दाबी गर्ने जोकोहीले ढाँटिरहेको हुन्छ भनेर भन्थे। त्यो बेला मैले अझै पनि मण्डलीमा अनुवादकको काम गरिरहेको थिएँ। यो सुन्दा मलाई नरमाइलो लाग्यो। मानिसहरूलाई धोका दिने र छल गर्ने यी अफवाहहरू अनुवाद गर्नु पक्‍कै पनि दुष्कर्ममा सहभागी हुनु हो भन्‍ने लाग्यो। के म पादरीवर्गको प्रतिरोध र ईशनिन्दामा सहभागी भइरहेको थिइनँ र? तिनीहरूले गरिरहेका यी कुराले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद दिलाए: “हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तामा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छलेर आफ्नो अगाडि ल्याउनको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, ‘हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।’ परमेश्‍वरमाथि विश्‍वास गर्दा र सत्यता स्वीकार गर्दा पनि मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने प्रभुको लागि प्रचार र काम गर्ने, र उहाँको बगाल रक्षा गर्ने नाउँमा पादरीवर्गले मानिसहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्नबाट रोकिरहेका छन्। तिनीहरूले मण्डली सदस्यहरूलाई अधीनमा राख्‍ने उद्देश्यले तिनीहरूलाई बन्धन र नियन्त्रणमा पारिहेका छन्। तिनीहरूले प्रभु येशूको पुनरागमनको साँचो तृष्णा गर्दैनन्, तिनीहरू आजका फरिसीहरू हुन्। प्रकृतिले नै तिनीहरू सत्यतालाई घृणा र परमेश्‍वरलाई विरोध गर्छन्। त्यसपछि म पाष्टरबाट टाढा बस्‍न थालेँ र तिनको अनुवादकको रूपमा काम गर्न छोडेँ। यो निर्णयले गर्दा मलाई निकै स्वतन्त्र महसुस भयो, मानौँ कुनै चरो पिँजडाबाट मुक्त भएको छ।

तर मण्डलीका पादरीवर्गले मलाई बाधा दिन छोडेनन्। एक दिन आइतबार सेवापछि, एल्डर रोमेन मेरो घरमा आए र किन मण्डली अनुवादकको काम गर्न छोडेको भनेर मलाई सोधे। मैले तिनलाई भनेँ, पाष्टरले केही समयअघि प्रचार गरेका कतिपय कुरामा म सहमत थिइनँ। तिनले प्रभु बादलको सवारीमा आउनुहुनेछ, र कसैले ख्रीष्‍ट आइसक्‍नुभएको दाबी गर्छ, तर हामी आकाशमा लगिएका छैनौँ भने, त्यो झूटो ख्रीष्ट हो भनेर भने। तर के प्रभु येशूका वचनहरूमा त्यसको कुनै आधार थियो र? थिएन भने, के तिनले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ भन्‍ने कुरा इन्कारिरहेका थिएनन् र? त्यो त मानिसहरूलाई पथभ्रष्ट गर्न अफवाह फैलाउनु हो। एल्डर रोमेनले भने, “त्यसमा के गलत छ र? आखिरी दिनहरूमा प्रभु बादलमा आउनुहुनेछ भनेर बाइबलले भनेकै छ।” मैले भनेँ, “बाइबलले आखिरी दिनहरूमा प्रभु बादलमा आउनुहुनेछ भनेर भनेको छ, तर बाइबलमा त्यस्ता धेरै अगमवाणीहरू पनि छन् जसमा आखिरी दिनहरूमा प्रभु मानिसको पुत्र बन्‍नुहुनेछ र गुप्त रूपमा आउनुहुनेछ भनेर भनिएका छन्।” मैले बाइबल उठाएँ र तिनलाई केही पदहरू पढेर सुनाएँ। “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। “नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:३७)। मैले तिनलाई भनेँ, “‘मानिसको पुत्रको आगमन’ ले प्रभु देहधारी भई गुप्त रूपमा आउने कुरालाई जनाउँछ। ‘मानिसको पुत्र’ ले मानिसबाट जन्‍मिनु, देह बन्‍नु र सामान्य मानवता हुनुलाई जनाउँछ। प्रभु येशूलाई मानिसको पुत्र र ख्रीष्ट भनेर भनियो। बाहिरी रूपमा, उहाँ पूर्ण रूपमा सामान्य व्यक्तिजस्तो देखिनुहुन्थ्यो। उहाँले साधारण व्यक्तिले झैँ खाने, लाउने र जिउने गर्नहुन्थ्यो। परमेश्‍वरका आत्मा र पुनरुत्थानपश्‍चातको प्रभु येशूको आत्मिक शरीरलाई ‘मानिसको पुत्र’ भनेर भनिएको छैन। त्यसैले यी अगमवाणीहरूमा उल्‍लेखित ‘मानिसको पुत्रको आगमन’ ले प्रभु मानिसको पुत्रको रूपमा देह भई गुप्त रूपमा आउनुहुनेछ भन्‍ने अर्थ दिन्छ।” एल्डर रोमेनले भने, “त्यो कुरा साँचो हो।” त्यसपछि मैले भनेँ, “वास्तवमा, उहाँ धेरै पहिले नै गुप्त रूपमा आइसक्‍नुभएको छ—उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। उहाँले सत्यता व्यक्त गर्नुभयो र न्यायको काम गरिरहनुभएको छ, र उहाँले विपत्ति आउनुअघि नै विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ। ठूल्ठूला विपत्तिहरू सुरु भइसकेका छन्, र विपत्तिहरूपछि परमेश्‍वर सबै मानिस र जातिहरूले देख्‍ने गरी खुल्‍लमखुल्‍ला आउनुहुनेछ। त्यसपछि मानिसको पुत्रको आगमन र परमेश्‍वर बादलमा देखा पर्ने सबै अगमवाणीहरू पूरा हुनेछन्। यो पूर्ण रूपमा बाइबलअनुरूप छ, त्यसैले किन तपाईं खोजी र अनुसन्धान गर्नुहुन्‍न? किन तपाईं प्रभु बादलमा आउनुहुन्छ भन्‍ने अगमवाणीहरू मात्र पढ्नुहुन्छ? के त्यो प्रभुका वचनहरूलाई प्रसङ्गबाहिर लगी गलत अर्थ्याउनु होइन र? आफ्‍नै कल्‍पनाअनुसार सधैँ अगमवाणीहरू व्याख्या गरेर, प्रभु बादलमा मात्रै आउन सक्‍नुहुन्छ भनेर सोचेर, तपाईं त आफ्‍ना धारणा र कल्‍पनाहरूका आधारमा मसीहको आगमनसम्‍बन्धी अगमवाणीहरू व्याख्या गर्ने फरिसीहरूजस्तै हुनुभएको छ। तिनीहरूले मसीह राजकीय परिवारमा जन्‍मेर, धुमधामको साथ राजाको रूपमा आउनुहुनेछ, र मानिसहरूलाई रोमी शासनबाट बचाउनुहुनेछ भन्‍ने सोचेका थिए। तर जब मसीह आउनुभयो, उहाँ साधारण व्यक्ति हुनुहुन्थ्यो, उहाँ डुँडमा जन्‍मनुभयो। उहाँको परिवार सामान्य थियो, समाजमा कुनै ठूलो स्थान थिएन, र उहाँले मानिसहरूलाई रोमी शासनबाट पनि बचाउनुभएन। उहाँ क्रूसमा समेत टाँगिनुभयो। प्रभु येशूको देखापराइ र काम फरिसीहरूका धारणाहरूसँग मिल्दै मिलेन। त्यसरी नै, हामीले कसरी आफ्‍ना कल्‍पनाहरूका आधारमा प्रभु बादलमा आउनुहुनेछ भनेर भन्‍न सक्छौँ?” मैले तिनलाई बाइबलको अर्को खण्ड पढेर सुनाएँ। “किनकि मेरा विचारहरू तेरा विचारहरू होइनन्, न त तेरा मार्गहरू नै मेरा मार्गहरू हुन्, यहोवाले भन्नुभयो। जसरी स्वर्गहरू पृथ्वीभन्दा माथि छन्, त्यसरी नै मेरा मार्गहरू तेरा मार्गहरूभन्दा, र मेरा विचारहरू तेरा विचारहरू भन्दा माथि छन्(यशैया ५५:८-९)। “धर्मशास्‍त्रबाट हामी के कुरा स्पष्ट देख्‍न सक्छौँ भने परमेश्‍वरले के गर्नुहुनेछ भन्‍ने कुरा मानिसहरूले अग्रिम रूपमा कहिल्यै बुझ्‍नेछैनन् किनकि परमेश्‍वर बुद्धिमानी हुनुहुन्छ र उहाँका अगमवाणीहरू रहस्यमय छन्। ती पूरा नभइञ्‍जेल मानिसहरूले तिनलाई अर्थ्याउन र बुझ्‍न सक्दैनन्। फरिसीहरूले आफ्‍नै धारणाअनुसार अगमवाणीहरूको अर्थ लगाए र मसीहको आगमनबारे गलत निष्कर्षहरू निकाले। फलस्वरूप, जब प्रभु येशू आउनुभयो, तिनीहरूले उहाँको विरोध र निन्दा गरे र अन्त्यमा परमेश्‍वरको दण्ड र श्राप पाए। आज, हामीले आफ्‍नै धारणाअनुसार अगमवाणीहरूको अर्थ लगाउनु सही हुँदैन। वास्तवमा, अगमवाणीहरू पूरा भएपछि मात्रै हामी तिनलाई बुझ्‍न सक्छौँ। अहिले प्रभु येशू फर्केर आइसक्‍नुभएको र प्रभुको पुनरागमनका सबै अगमवाणी पूरा भइसकेका हुनाले, तिनको वास्तविक अर्थ के हुन् भनी हामी बुझ्‍न सक्छौँ।” त्यस दिन मैले एल्डर रोमेनलाई धेरै कुरा बताएँ, तर तिनले कुनै कुरा पनि सुनेनन्।

मलाई वास्तवमै के कुराले छक्‍क पार्यो भने पाष्टर गिल्‍बर्ट र एल्डर रोमेनले आफैले खोजी गर्न मात्र इन्कार गरेनन्, मेरो विश्‍वासको धेरै विरोधसमेत गरे। एक आइतबार हाम्रा सबै मण्डली पाष्टर र एल्डरहरू मण्डलीमा हुँदा, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वासको स्थितिबारे सोधियो। मैले तिनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे कुनै जानकारी दिइनँ किनकि तिनीहरूले अफवाह फैलाउन यसका गल्तीहरू खोज्‍ने प्रयास गर्छन् भन्‍ने मलाई थाहा थियो। मैले त्यति धेरै कुरा बोलिनँ, अझै पनि यसबारे अनुसन्धान गरिरहेको छु भनेर मात्रै भनेँ। पाष्टरले पत्याएनन् र मलाई निर्णय गर्न लगाए। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको अनुसन्धान गर्न नछोडेमा, तिनीहरूले मलाई निष्कासन गरिएको खबर सबै मण्डलीहरूलाई लेख्‍नेवाला थिए। मैले सोचेँ, यदि मलाई हटाइयो भने, मलाई चिन्‍ने सबैले मैले गलत मार्ग लिएको छु भनेर सोच्‍नेछन्, त्यसपछि तिनीहरू सबैले मलाई हेला र तिरस्कार गर्नेछन्। यी परिणामहरूको बारेमा विचार गर्दा मलाई डर लाग्यो। तर अपमानमा पर्छु भन्‍ने डरले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न छोडेँ भने, मैले प्रभुलाई स्वागत गर्ने मौका गुमाउनेछु, त्यसपछि मैले कहिल्यै सत्यता वा मुक्ति प्राप्त गर्नेछैन भन्‍ने मलाई थाहा थियो। यी गम्‍भीर परिणामहरू हुन्। ममा अलिक भित्री द्वन्द्व चल्यो। ठीक त्यही बेला, पाष्टरले मलाई मैले भनेको मानिनँ भने तिनीहरूले मलाई श्राप दिनेछन् भनी धम्की दिए। मलाई यस्तो भन्‍नु दुष्ट कुरा हो जस्तो लाग्यो र कुनै प्रतिक्रिया दिइनँ। मलाई बाइबलको यो पद याद आयो: “अनि तिनले ठूलो सोरले बलसाथ कराउँदै भने, बेबिलोन पतन भयो, महान् बेबिलोन पतन भयो(प्रकाश १८:२)। “अनि मैले स्वर्गबाट अर्को आवाज सुनेँ, जसले भन्यो, त्यहाँबाट बाहिर निस्क, मेरा मानिसहरू हो, ताकि तिमीहरू त्यसको पापको साझेदार नहोओ, र तिमीहरूलाई त्यसका महामारी आइनपरोस्(प्रकाश १८:४)। मलाई आफूले हेरेको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एउटा चलचित्र याद आयो र महान् बेबिलोनले धार्मिक संसारलाई जनाउँछ भन्‍ने थाहा भयो। यी पदहरू अत्यन्तै स्पष्ट छन्, हामीले बेबिलोनलाई छोड्न, धार्मिक संसार छोड्नुपर्छ, र यसको पापमा भाग लिनु हुँदैन। त्यो बेला मैले बुझेँ, मैले मण्डली छोड्नुपर्छ, धार्मिक संसार छोड्नुपर्छ, र परमेश्‍वरलाई पछ्याउनुपर्छ। मैले धार्मिक संसार उजाड छ, कसैले सत्यता खोजी गर्दैन, सबै पादरीवर्ग नाम र हैसियतको खातिर लड्छन्, मण्डलीमा पवित्र आत्‍माको कामको अभाव छ, र यो पाप र फोहोरले भरिएको छ भन्‍ने देखेको थिएँ। प्रभुको पुनरागमनको खबर सुन्दा, धार्मिक अगुवाहरूले यसबारे खोजी गरेनन्, बरु यसको विरोध र निन्दा गरे, र विश्‍वासीहरूलाई साँचो मार्ग खोज्‍न नदिन हरप्रकारका रणनीति प्रयोग गरे। यीमध्ये कुनै पनि कुरा प्रभुका शिक्षाहरूअनुरूप छैनन्। मलाई मेरो मण्डली साँच्‍चै नै बेबिलोन हो र मैले तुरुन्तै यसलाई छोड्नुपर्छ, अन्यथा मैले प्रभुलाई स्वागत गरी स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन भन्‍ने महसुस भयो। मैले पवित्र आत्‍माको कामलाई गुमाएर तिनीहरूसँगै भ्रष्टतामा फस्‍ने थिएँ, र मुक्ति पाउने मौका गुमाउने थिएँ। मैले सङ्कल्प गरेँ, तिनीहरूले मलाई निष्कासन नगरे पनि, म त्यो धार्मिक मरुभूमि छोडेर जानेछु। म त्यो मण्डलीमा कहिल्यै फर्केर गइनँ।

मलाई मण्डलीमा फर्काएर लैजानको लागि, पाष्टर गिल्‍बर्ट मेरो घरमा आए र मैले त्यो मण्डली जान छोडेँ भनेर मेरा आमाबुबालाई बताए, र मलाई त्यहाँ जान लगाउन उहाँहरूलाई अनुरोध गरे। मेरो बुबा पनि मण्डलीका एल्डर हुनुहुन्थ्यो। उहाँ र आमालाई मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेको कुरा पहिल्यै थाहा थियो, र उहाँहरूले आफ्‍ना धारणाहरू त्याग्‍न नसक्‍नुभएको भए पनि, मलाई दमन गर्नुभएको थिएन। पाष्टरले उहाँहरूसँग कुरा गरेपछि उहाँहरूले मलाई दमन गर्न थाल्‍नुभयो, र मलाई मण्डलीमा फर्केर जान आदेश दिनुभयो। मैले मानिनँ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरू हुने समय हुँदा मेरो बुबाले जानाजान बाधा दिनुहुन्थ्यो, र अनेक किसिमका नराम्रा कुरा बोलेर मलाई दिनहुँ आलोचना गरिरहनुहुन्थ्यो। मेरी आमाले मलाई भेलाहरूमा भाग लिन नदिन शारीरिक शक्ति प्रयोग गर्नुहुन्थ्यो, म भेलामा हुँदा मेरो फोन खोस्‍ने प्रयास गर्नुहुन्थ्यो, र मैले भेलाहरूमा भाग लिन नपाऊँ भनेर फोन फुटाइदिन्छु भनेर भन्‍नुहुन्थ्यो। एकपटक म नभएको बेला मेरो बुबाले मेरो फोन लुकाइदिनुभयो, अनि हाम्रो बिजुलीको लाइन काटिदिन्छु भनेर धम्की दिनुभयो। मेरा आमाबुबाको दमन झन्झन् गम्भीर हुँदै गएपछि, मलाई सहन झन्झन् गाह्रो भयो, तर परमेश्‍वरका वचनहरूको अगुवाइको कारण, म उहाँहरूको बहकाउमा कहिल्यै परिनँ। एक दिन उहाँहरूले मसँगको सम्‍बन्ध तोड्ने र मलाई घरबाट निकाल्‍ने भनी भन्‍नुभयो। मेरा आमाबुबाको यो सतावट सामना गर्दा मैले परमेश्‍वरका वचनहरूको सहारा लिएँ। उहाँका वचनहरूले मलाई अन्तर्दृष्टि दिए र यो सबै कुराबारे स्पष्ट समझ प्रदान गरे। परमेश्‍वर भन्नुहुन्छ, “जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई हेरचाह गर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, र परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्त्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्‍वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्‍वरलाई साक्षी दिने विषय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। मैले किन यति धेरै बाधाहरू सामना गरिरहेको छु भनेर मैले परमेश्‍वरका वचनहरूबाट बुझेँ। झट्ट हेर्दा यो म र मेरा आमाबुबाको बीचमा भइरहेको कुराजस्तो देखिन्थ्यो, तर कुरा त्यो थिएन। यसको पछाडि शैतानका बाधा र चालबाजीहरू थिए। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न र परमेश्‍वरको मुक्ति स्विकार्नबाट रोक्‍नलाई शैतानले मेरो परिवार प्रयोग गरिरहेको थियो। यो आत्मिक युद्ध थियो। अनि मलाई म आफ्‍नो गवाहीमा दह्रिलो होऊँ भन्‍ने परमेश्‍वरको इच्‍छा छ भन्‍ने थाहा भयो। त्यसैले मैले मेरो परिवारले मलाई जे गरे पनि, म ब्रदर-सिस्टरहरूसँग अनलाइन भेलाहरूमा भाग लिइरहनेछु, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्ने र कर्तव्य निभाउने गरिरहनेछु, र शैतानलाई लाजमा पार्न दह्रिलो बन्‍नेछु भनेर सङ्कल्‍प गरेँ।

मेरा आमाबुबाले मलाई दमन र बाधा गरिरहनुभयो, तर उहाँहरूले जे गरे पनि वा भने पनि, म उहाँहरूको मौखिक आक्रमणको प्रतिकार गर्न परमेश्‍वरमा भरोसा गर्थेँ र भेलाहरूमा भाग लिइरहन्थेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढिरहन्थेँ। क्रमिक रूपमा, तिनीहरूले मलाई आलोचना गर्न छोडे। यसको लागि मैले परमेश्‍वरलाई हृदयदेखि प्रशंसा गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू साँच्‍चै नै सत्यता हुन्, र यी सत्यताहरू मसँग भएकाले, कसैले पनि मलाई आक्रमण गर्न वा सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास नष्ट गर्न सक्दैन।

त्यसपछि, पादरीवर्गले साँचो मार्गको अनुसन्धान गर्ने ब्रदर-सिस्टरहरूलाई अझै धेरै बाधा दिए। पाष्टर गिल्‍बर्टले आफ्‍नो भाइलाई धेरै दबाब दिए, तिनलाई मण्डलीका विधिविधानमा सहभागी हुन र मण्डली छोडेर नजान आदेश दिए। दुई दाजुभाइको बीचमा तीव्र शीत युद्ध चलिरहेको थियो। तिनको भाइलाई घर छोडेर जान डर लाग्यो। तिनले आफ्‍नो दाजुको कुरा मान्‍नुपर्ने भयो, र हाम्रा भेलाहरूमा सहभागी हुन पाएनन्। मलाई तिनको भाइप्रति निकै दया लाग्यो र मैले धार्मिक पादरीवर्गको साँचो अनुहार अझै स्पष्ट रूपमा देखेँ। तिनीहरू साँच्‍चै नै आजका फरिसीहरू हुन्। तिनीहरू आफै पनि साँचो मार्गको खोजी गर्दैनन्, र अरूलाई पनि अनुसन्धानको बाटोमा बाधा दिन्छन्। तिनीहरूले मानिसहरूलाई नरकमा तानिरहेका र परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति गुमाउने पारिरहेका छन्। के तिनीहरूले आफूलाई परमेश्‍वरको शत्रु बनाइरहेका छैनन् र? प्रभु येशूले भन्‍नुभयो, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। परमेश्‍वरका वचनहरूको प्रकाश र त्यस अवधिको मेरो आफ्‍नै व्यक्तिगत अनुभवमार्फत, मैले साँचो रूपमा धार्मिक पादरीवर्गको ढोँगी र पतीत रूप देखेँ। तिनीहरू बाइबल राम्ररी व्याख्या गर्ने, नम्र र भक्त जीवन जिउनेजस्ता देखिन्छन्, र विश्‍वासीहरूलाई प्रभुको पुनरागमनको निम्ति जागा रहनुपर्छ भनी भन्छन्, तर अहिले प्रभु येशू फर्की आउनुभएपछि, तिनीहरूले परमेश्‍वरको आवाज नसुन्‍ने मात्र होइन, यसको विरोध र निन्दासमेत गर्छन्, र विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍न लडाइँ गर्छन्। स्पष्टतः, तिनीहरू विगतमा प्रभु येशूलाई क्रूसमा टाँग्‍ने फरिसीहरूजस्तै छन्। तिनीहरू सबै दुष्ट हुन् र स्वभावैले सत्यतालाई घृणा गर्छन्, र तिनीहरू परमेश्‍वरको कामद्वारा खुलासा हुने ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू सबै परमेश्‍वरविरोधी दुष्ट नोकरहरू हुन्। पादरीवर्गको परमेश्‍वरविरोधी, सत्यतालाई घृणा गर्ने प्रकृति र सार देखेपछि, मैले तिनीहरूको वास्तविक रूप चिनेँ। म तिनीहरूको सतही असल व्यवहारको भ्रम र बहकाउमा पर्न छोडेँ। म धर्ममा रहेका ख्रीष्टविरोधीहरूको बन्धनबाट पूर्ण मुक्त भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नै परिवारको कैदी

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने...

एक डाक्टरको निर्णय

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्