परमेश्‍वरतर्फ मेरो यात्राका उकालीओरालीहरू

25 अप्रिल 2023

म सन् २००० मा इसाई बनेकी थिएँ। दक्षिण कोरियाका पाष्टरहरूले हामीलाई निकै बारम्‍बार प्रवचनहरू सुनाउँथे। एउटा सेवामा, एक पाष्टरले हामीलाई धर्मशास्‍त्रको खण्ड पढेर सुनाए, अनि सबै कुरामा सहनशील र धैर्यशील हुनुपर्छ भनेर बताए—प्रवचन सुनेर होइन, तर यसलाई अभ्यास गरेर हामी परमेश्‍वरको महिमा गर्छौँ। त्यसपछि मात्रै हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ। त्यहाँदेखि, मैले आफ्ना परिवार र साथीसँगीलाई प्रेम र दयापूर्वक व्यवहार गर्न थालेँ। कसैले मलाई रिस उठायो भने, म तिनीहरूलाई क्षमा दिन प्रभुलाई प्रार्थना गरेर सहयोग माग्थेँ। एक-दुईपटक यसो गर्नु समस्या भएन। तर समय बित्दै जाँदा, मैले यो कायम राख्‍न सकिनँ। कहिलेकहीँ म पड्किहाल्थेँ, र तिनीहरूलाई सानोतिनो कुरामा भाषण दिन्थेँ। त्यसपछि मलाई ग्‍लानि हुन्थ्यो। निरन्तर पाप गर्दै पश्‍चात्ताप गरिरहँदा, मैले पापका बन्धनहरू तोड्न सकिनँ। त्यसोभए प्रभु आउनुभएपछि म राज्यमा लगिनेथेँ? पापको समस्या कसरी समाधान गर्ने भनेर सोध्‍न म पाष्टरलाई भेट्न गएँ। तिनले मलाई पाप स्विकारेर पश्‍चात्ताप गर्नुपर्छ—अझै धेरै प्रार्थना गर्नुपर्छ, बाइबल पढ्नुपर्छ, अनि सहनशील र धैर्यशील हुनुपर्छ भनेर भने। तिनले हरेकपटक निश्‍चित बाटो नदेखाई यसो भन्दा, मलाई निराश लाग्थ्यो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। र हिब्रूको पुस्तकमा यसो भनिएको छ, “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। मलाई के लाग्यो भने मजस्तो—सधैँ पाप गर्दै पश्‍चात्ताप गरिरहने, प्रभुको वचन अभ्यास गर्न नसक्‍ने म जस्तो व्यक्ति—स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। हरेक दिन म दुःखी हुन्थेँ। पछि, मण्डली डाहा र कलहले भरिएको छ भन्‍ने मलाई थाहा भयो। एउटा सेवामा पोडियमको लागि लडाइँ गर्दै एक प्रचारकले अर्का वृद्ध प्रचारकको बाइबल भुईंमा फ्याँकिदिए र तिनलाई बलजफ्ती बाहिर निकाले। कतिपयले त मण्डलीमा व्यापार पनि गरिरहेका थिए। मलाई प्रभु येशूका यी वचनहरू याद आयो: “मेरो घर प्रार्थनाको घर कहलिनेछ भनेर लेखिएको छ; तर तिमीहरूले त यसलाई चोरहरूको अखडा बनाएका छौ(मत्ती २१:१३)। त्यस्तो मण्डलीमा कसरी पवित्र आत्‍माको काम हुनसक्थ्यो र? के यो चोरहरूको अड्‍डा थिएन र? मलाई ती सेवाहरूबाट कुनै हालतमा भरणपोषण प्राप्त हुँदैन र पाप गर्ने मेरो समस्या कहिल्यै समाधान हुँदैन भन्‍ने लाग्यो। म पवित्र आत्‍माको काम भएको मण्डली खोज्‍न चाहन्थेँ। मेरी दिदीले मलाई अरू केही मण्डलीमा लगिन्, तर ती सबै उस्तै हालतका थिए। मैले पापबाट कसरी उम्‍कने भनेर सोध्दा तिनीहरू कसैले पनि बाटो देखाउन सक्दैनथे। तिनीहरू भन्थे, प्रभु येशूले हामीलाई क्षमा गरिसक्‍नुभएको छ—हामीले प्रार्थना र पश्‍चात्ताप मात्रै गर्नुपर्छ। त्यसले मलाई खोक्रो महसुस गरायो। मलाई त अबदेखि सेवा जानसमेत मन लागेन। एक दिन अचानक यो विचार आयो: सायद परमेश्‍वरले यहाँ वरपरका मण्डलीहरूमा काम गरिरहनुभएको छैन कि? कोरियाबाट आएका पाष्टरहरू भक्त देखिन्थे—तिनीहरू मण्डलीहरूको रेखदेख गर्न चीन आउँथे। तिनीहरूमा धेरै विश्‍वास थियो। के परमेश्‍वरले कोरियाका मण्डलीहरूमा काम गर्दै हुनुहुन्थ्यो? म त्यहाँ पवित्र आत्‍माको काम भएको मण्डली खोज्छु।

सन् २००७ मा, मेरी दिदी र म आफ्‍ना परिवार लिएर कोरिया गयौँ। उनले मलाई एउटा मण्डली चिनाइन् जहाँ धेरै चिनियाँहरू सेवामा सहभागी हुन्थे। मण्डलीका सदस्यहरूले चिनियाँ मानिसहरूलाई जागिर खोज्‍न सहयोग गर्थे, ताकि हामीले जीवन धान्न सकौँ। त्यस मण्डलीका सदस्यहरू अत्यन्तै प्रेमिलो थिए, त्यसकारण म त्यहाँ सेवामा गएँ—सायद तिनीहरूसँग पवित्र आत्माको काम थियो। एउटा सेवामा, पाष्टरले भने, “म हालै चीन जाँदा, परमेश्‍वर फर्किसक्‍नुभएको छ, उहाँले चीनमा देखा परेर काम गरिरहनुभएको छ, र उहाँलाई सर्वशक्तिमान्‌ परमेश्‍वर भनिन्छ भन्‍ने मैले सुनेँ। तर चीन पिछाडिएको देश हो। त्यहाँका मानिसहरू सुसंस्कारी छैनन्। परमेश्‍वर अति महान् हुनुहुन्छ—उहाँ कसरी त्यहाँ देखा परेर काम गर्न सक्‍नुहोला र? धेरैले पूर्वीय ज्योतिको प्रचार गरिरहेका छन्। त्यो नसुन्‍नुहोस्। तपाईंहरूजस्तो कमजोर कद भएकाहरू त्यसमा संलग्न भएपछि कहिल्यै निस्‍कन सक्‍नुहुनेछैन।” तिनको यस कुरामा म पूर्णरूपले सहमत भएँ। चीनका धेरै मण्डलीमा पवित्र आत्‍माको कामको कमी थियो। त्यहाँको सरकारले विश्‍वासीहरूलाई दमन गर्छ, र चिनियाँ मानिसहरू मूर्तिपूजा गर्छन्। के परमेश्‍वरले चीनमा देखा परेर काम गर्न सक्‍नुहुन्छ? त्यो असम्‍भव छ।

चाँडै नै, पाष्टरले सिपालु बोलीले प्रचार गरे पनि, पछि तिनी जे गर्थे त्यो फरक थियो; तिनी प्रभुको मार्ग अभ्यास गर्दैनथे। म साह्रै हतोत्साहित भएँ। मैले पाष्टरलाई पापी अवस्था कसरी समाधान गर्ने भनेर सोध्दा, तिनले झर्किँदै भने, “सबै जना भ्रष्ट छन्। पाप गर्नु सामान्य कुरा हो। प्रभुसामु पाप स्विकार्नुहोस्, अनि तपाईंलाई क्षमा हुनेछ। तपाईंले पश्‍चात्ताप गर्ने इच्छुक हुनुभएकोले, प्रभुले तपाईंका पाप क्षमा गरिसक्‍नुभएको छ।” पाष्टरको कुराप्रति मलाई घृणा जाग्यो। किन तिनले चिनियाँ पाष्टरहरूले जस्तै कुरा गरिहेका थिए? पापलाई तुरुन्तै हटाउन सकिँदैन। कम्तीमा पनि केही परिवर्तन आउनैपर्छ। यदि हामी कुनै परिवर्तन नै गर्दैनौँ भने, पाप स्विकार्ने कष्ट किन गर्नु? के त्यसले हामीलाई अविश्‍वासीसरह तुल्याउँदैन र? त्यसपछि के विश्‍वास गर्नुको कुनै अर्थ रहन्छ र? म बारम्‍बार निराश भएँ, तर मैले हार मान्न चाहिनँ। प्रभुले मलाई पन्छाउनुहुनेछैन, एक दिन म पवित्र आत्‍माको काम भएको मण्डली भेट्टाउँछु भन्‍ने मलाई विश्‍वास थियो। त्यसपछि मैले यसबारे होसियारीसाथ धेरै सोचेँ। सडकमा हिँड्दा इसाई मण्डलीहरू खोज्दै क्रूसहरू हेरिरहेकी हुन्थेँ, र कुनै पाष्टरको प्रवचनबारे सकारात्मक कुरा सुनेँ भने, म हुरीबतास, झरी, हिउँ, वा असिनाझरी नभनी आशाको त्यान्द्रो लिएर सुन्‍न पुगिहाल्थेँ, किनभने म आफ्‍नो अन्योल हटाउन चाहन्थेँ। म कोरिएका ४० वटाभन्दा बढी मण्डलीहरूमा गएँ तर पवित्र आत्‍माको काम भएको एउटै मण्डली भेट्टाइनँ। कुनै पाष्टरले मेरो समस्या समाधान गर्न सकेनन्। अन्योलमा परेर, म राती सुत्न नसकी कोल्टे फेरिरहन्थेँ। मैले हृदयदेखि पुकारेँ, “हे प्रभु, तपाईं आखिर कहाँ हुनुहुन्छ? के तपाईंले मलाई त्याग्‍नुभएको हो?” ती वर्षहरूमा, मेरो मन भारी भएको छ—म निराश र पीडामा थिएँ।

यो पीडा र निराशाबीच, जून २०१५ मा, मेरी दिदीले मेरो घरमा आएर खुसी हुँदै मलाई भनिन्, “एउटा राम्रो खबर छ! प्रभु धेरैपहिले नै फर्किसक्‍नुभएको रहेछ। उहाँले चीनमा देखा परेर काम गरिरहनुभएको छ र धेरै सत्यता व्यक्त गरिरहनुभएको छ। अहिले त्यो सुसमाचार कोरियामा पनि आइपुगेको छ।” सोचेँ, “परमेश्‍वरले चीनमा काम गरिरहनुभएको छ? त्यो कसरी हुन सक्छ?” मैले ढिपी कस्दै भनेँ, “सन् २००९ मा एक जना पाष्टरले हामीलाई परमेश्‍वरले चीनमा कुनै हालतमा काम गर्नुहुन्‍न, किनभने चीन पिछाडिएको देश हो र मानिसहरू सुसंस्कारी छैनन् भनेर भनेका थिए। परमेश्‍वर आदरणीय र महान् हुनुहुन्छ—उहाँले किन चीनमा काम गर्नुहुन्छ र?” त्यसपछि म थाल माझ्‍न गएँ। उनले एउटा किताब निकालेर धैर्यसाथ भनिन्, “यो पुस्तक, थुमाद्वारा खोलिएको चर्मपत्र मा परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्नुभएका वचनहरू छन्। म तँलाई यसबाट केही पढेर सुनाउँछु।”

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्‍वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूसँग परमेश्‍वरलाई चिन्‍ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँमाथिको आफ्नो विश्‍वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्‍वास वास्तवमै दयनीय हुन्छ। जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगको देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेको हुनेछस्, तब धेरै वर्षदेखिका तेरा इच्छाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति वास्तविक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस बेला, तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरको इच्छा अनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय नै, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। सत्यतालाई पालन गर्न र परमेश्‍वरको कामको अधीनमा बस्न सक्‍नेहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्: ‘अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो’ (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा प्रकट हुने परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यो सुनेर म छक्‍कै परेँ। यसले प्रकाशको पुस्तकका रहस्यहरू प्रकट गरेको रहेछ। यो अत्यन्तै आधिकारिक थियो—कुनै पनि मानवले यी वचनहरू बोल्‍न सक्दैनथ्यो। मलाई प्रभु येशूले काम गर्न आउनुहुँदा जुन अख्‍तियारले बोल्नुहुन्थ्यो त्यसको याद आयो, र यी साँच्‍चै परमेश्‍वरका वाणी पो हुन् कि भन्‍ने सोचेँ। तुरुन्तै म उत्प्रेरित भएँ, र मैले ध्यान दिएर सुन्‍न थालेँ। विशेष गरी मेरी दिदीले प्रकाशको पुस्तकका केही अगमवाणीहरू पढ्दा, मैले सोचेँ, ती कुनै व्यक्तिले अर्थ्याउन सक्‍ने कुरा होइनन्। प्रकाशको पुस्तकले हामीलाई भन्छ, “हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:५)। थुमाले अर्थात् परमेश्‍वरले मात्रै यी रहस्यहरू प्रकट गर्न सक्‍नुहुन्छ। के यो परमेश्‍वरको वचन हो? के उहाँले चीनमा देखा परेर काम गर्नु सम्‍भव छ? के म यतिका वर्ष अलमल्ल परेका प्रश्‍नहरूको उत्तर त्यस पुस्तकमा भेट्टाउन सक्छु? मलाई यसबारे निकै जिज्ञासा जाग्यो। त्यही बेला, मेरी दिदीले यो पढिन्: “यी वचनहरू प्रकाशको पुस्तकका यी वचनहरूको पूर्णता पनि हुन्: ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।’ यी वचनहरूले परमेश्‍वरले राज्यको युगमा सुरु गर्नुभएको प्रारम्‍भिक चरणको कामलाई प्रतिनिधित्व गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। मलाई झन् चासो जाग्यो—के यो प्रकाशको पुस्तकको अगमवाणी होइन र? के प्रकाशको पुस्तकका अगमवाणीहरू पूरा भएका हुन्? के यी परमेश्‍वरका वचन हुन्? मलाई यो विस्तारमा पढ्न मन लागेकोले मैले दिदीलाई त्यो पुस्तक छोडेर जान अनुरोध गरेँ। उनले त्यो पुस्तक दिँदा मलाई असाध्यै खुसी लाग्यो। मलाई यो खोल्‍न हतार लाग्यो। तर मलाई केही चिन्ता पनि लाग्यो। के यो पुस्तक साँच्‍चै धर्मशास्‍त्रअनुरूप छ त? मैले बाइबल र यो पुस्तकलाई पलङमाथि हाराहारीमा राखेर तुलना गरेँ। त्यो पुस्तकमा मैले यो खण्ड पढेँ। “जब म नयाँ स्वर्ग र पृथ्वीमा जान्छु, तब म मेरो महिमाको अर्को भाग लिन्छु र सारा पृथ्वीलाई धपक्क पार्ने गरी ज्योतिको चमक पैदा गरेर सुरुमा म यसलाई कनानमा प्रकट गर्छु, र रातको निस्पट्ट अन्धकारलाई डुबाउँछु, ताकि सारा पृथ्वी ज्योतिमा आउन सकोस्; ताकि मेरो महिमालाई हरेक जातिमा नयाँ देखाउन र वृद्धि गर्न, सारा पृथ्वीका मानिसहरू ज्योतिको शक्तिबाट सामर्थ्य लिन आउन सकून्; र म मानव संसारमा आएको लामो समय भइसक्यो र मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याइएको छ भन्‍ने कुरा सारा मानवजातिले महसुस गर्न सकून्; किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ, र यसलाई अनुग्रहको युगदेखि यस दिनसम्म ल्याइएको छ। तर म इस्राएलबाट निस्केको थिएँ र म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति क्रमिक रूपमा सेतो हुँदै जान्छ तब पृथ्वीको अँध्यारो ज्योतिमा परिणत हुन थाल्छ, अनि मात्र म लामो समयअघि नै इस्राएलबाट गएको थिएँ र म पूर्वमा नयाँ भएर उदाइरहेको छु भन्‍ने कुरा मानिसहरूले पत्ता लगाउनेछन्। इस्राएलमा ओर्लेर पछि यसबाट प्रस्थान गरेँ, म फेरि इस्राएलमा जन्मन सक्दिनँ, किनभने मेरो कामले सारा ब्रह्माण्डलाई नै डोर्‍याउँछ। यसको अतिरिक्त, बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्किन्छ। यसैले, म पृथ्वीमा ओर्लेको छु, र कनानलाई पूर्वका मानिसहरूकहाँ ल्याएको छु। म सारा पृथ्वीभरिका मानिसहरूलाई कनानमा ल्याउनेछु, त्यसैले सारा ब्रह्माण्डलाई वशमा पार्न, मैले कनानको मुलुकमा अभिव्यक्तिको विषय ल्याइरहन्छु। यस बेला, कनानको मुलुकमा बाहेक पृथ्वीमा कुनै ज्योति छैन, सबै मानिसहरू भोक र ठन्डाको जोखिममा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याएँ। तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्न नपरोस् भनेर मैले तिनीहरू सबैलाई प्रकाशमा ल्याएको छु। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्न दिनेछु र मसँग इस्राएलमा भएको महिमा देख्नेछन्; मैले तिनीहरूलाई लामो समय अघि नै मानवजातिको माझमा सेतो बादल तल गएको कुरा देख्‍न दिनेछु, तिनीहरूले कैयौँ सेता बादलहरू र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देखून्; यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वर देखून्। मैले तिनीहरूलाई यहूदीहरूको मालिक, प्रतीक्षा गरिएको मसीहको र सारा युगहरूभरि राजाहरूले सताएका मेरो देखापराइ देखाउनेछु। आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै म सारा ब्रह्माण्डभरि काम गर्नेछु र म ठूला-ठूला काम गर्नेछु। मलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई म मेरो महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा उहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले देखून्। किनभने अन्तको दिन आइसकेको छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)। त्यसपछि मैले यसलाई बाइबलको अगमवाणीसँग तुलना गरेँ: “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। यो प्रभु येशूका वचनहरूसँग मिल्थ्यो—यो पूर्णरूपमा बाइबलअनुरूप थियो। परमेश्‍वरबाहेक अरू कसले यी रहस्यहरू खोल्‍न सक्थ्यो र? यी वचनहरूले मलाई आकर्षित गरे—जति पढेँ, मलाई त्यति नै पढ्न मन लाग्यो। मलाई यो पुस्तकमा मेरो मनमा भएको अन्योलको उत्तर भेट्टाउँछु भन्‍ने लाग्यो।

त्यसपछि मैले अर्को खण्ड पढेँ। “हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, हामीले परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्नुपर्छ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले ‘परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ’ भन्‍ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्‍ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। मैले यो खण्ड दुईपटक पढेँ। मैले सोचेँ, जहाँ परमेश्‍वरको आवाज भेट्टाउन सकिन्छ, त्यहाँ उहाँका पाइलाहरू पनि भेट्टाउन सकिन्छ। त्यहीँ परमेश्‍वर देखा पर्नुहुन्छ। के यी साँच्‍चै नै परमेश्‍वरका वचन हुन्? परमेश्‍वरबाहेक अरू कसैले त्यस्तो कुनै कुरा भन्न सक्दैनथ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा तिनीहरूले त्यही पढ्दा रहेछन्, सायद परमेश्‍वरले त्यो मण्डलीमा काम गरिरहनुभएको छ। म उत्साहित भएँ, र निरन्तर पढेँ।

पछि, मैले यो खण्ड भेट्टाएँ। “आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: नास्तिकवादको कडा गढ, चीनलाई। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्‍ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्‍वरले गर्न मनसाय राख्‍नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। तर जब मैले यो खण्ड पढेँ, “आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: चीन,” म तुरुन्तै रोकिएँ, र निराश भएँ। ती दुई वाक्यमा एकोहोरो हेर्दै, मैले सोचिरहेँ, “परमेश्‍वर, चीनमा? त्यो कसरी हुन सक्छ? सायद मैले यो पढ्नु हुँदैन—म बहकिएँ भने के गर्ने?” तर त्यसपछि सोचेँ, यी वचनहरू परमेश्‍वरको आवाजजस्ता देखिन्छन्। मैले यसबारे जाँच गरिनँ, र प्रभु साँच्‍चै नै फर्कनुभएको रहेछ भने, के मैले मौका गुमाउनेछैनँ र? मलाई निकै दोधार भयो र म यो सोच्‍न बाध्य भएँ: परमेश्‍वर किन चीनमा देखा परेर काम गर्नुहुन्छ? मैले यसलाई बाइबलसँग तुलना गरेँ र प्रभु येशूले भन्‍नुभएको कुरा पढेँ: “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। के “पूर्व” ले चीनलाई जनाउँछ? तर चीन अत्यन्तै पछाडिएको थियो, र यसलाई नास्तिकवादले गाँजेको थियो। के परमेश्‍वरले चीनमा देखा परेर काम गर्न सक्‍नुहुन्छ? यो पुस्तकले यस्तै हुन्छ भनेर स्पष्ट बताएको छ। म अझै पनि हिचकिचाएँ—मैले जारी राख्‍ने कि छोडिदिने? त्यसपछि मैले यतिका वर्ष खोजीमा कति कष्ट भोगेँ भनेर सोचेँ। आशाको किरण बाँकी रहुञ्जेल मैले हरेस खानु हुँदैनथ्यो। त्यसकारण मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली गएर अनुसन्धान गर्ने निर्णय गरेँ।

भोलिपल्‍ट, म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा गएँ। एक जना ब्रदरले प्रवचन दिइरहेका थिए, मैले सोच्दै आएको विषय—पापबाट कसरी मुक्त हुने भन्‍नेबारे नै तिनले कुरा गरिरहेका रहेछन्। तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढिरहेका थिए। “अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))

तिनले यसरी सङ्गति दिए, “हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट के देख्‍न सक्छौँ भने, अनुग्रहको युगमा परमेश्‍वरले छुटकाराको काम मात्र गर्नुभयो। प्रभु येशूले मानिसहरूलाई पाप स्विकारेर पश्‍चात्ताप गर भन्दै राज्य सुसमाचार सुनाउनुभयो। उहाँले बिरामी निको पार्नुभयो, भूतहरू धपाउनुभयो, र मानिसहरूको पाप क्षमा गर्नुभयो। उहाँले मानवजातिलाई असीम अनुग्रह पनि गर्नुभयो। अन्तिममा, उहाँ मानवजातिको लागि पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। त्यहाँदेखि नै, पापको क्षमा पाएर परमेश्‍वरका अनुग्रह र आशिष पाउन, हामीले प्रार्थना र पाप स्वीकार मात्रै गर्नुपर्छ। यो प्रभु येशूले अनुग्रहको युगमा गर्नुभएको काम थियो। त्यसोभए, प्रभु येशूको छुटकाराको काम पूरा हुनुको अर्थ परमेश्‍वरको मुक्तिको काम पूरा भयो भन्‍ने हो? अवश्य नै होइन। छुटकाराको कामले हामीलाई हाम्रो पापको क्षमा मात्रै दियो, तर हाम्रो पापी अवस्था र हाम्रो पापी स्वभावको जड समाधान भएन। हामी अझै पाप नगरी बस्‍नै सक्दैनौँ। हामी अहङ्कारी छौँ, ढोँग गर्छौँ, झूट बोल्छौँ र धोका दिन्छौँ। कहिलेकाहीँ हामीमा डाहा र घृणाजस्तो कुरा पैदा हुन्छ। हामी दिउँसो पाप गरेर राती स्वीकार गर्ने स्थितिमा जिइरहेका छौँ, जसबाट हामी मुक्त हुन सक्दैनौँ। हिब्रू १२:१४ मा यसो भनिएको छ, ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन।’ परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। यति फोहोरी र भ्रष्ट हामी कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ? सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा आउनुभएको छ, सत्यता व्यक्त गर्दै न्यायको काम गरिरहनुभएको छ, जुन हाम्रो पापी प्रकृति हटाउन, हामीलाई पापको बन्धन र नियन्त्रण पूर्णतया हटाएर शुद्ध हुने मौका दिन, र हामीलाई परमेश्‍वरको राज्यमा लैजानका लागि हो। यसले प्रभु येशूका यी अगमवाणीहरू पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले लाखौँ वचनहरू बोल्‍नुभएको छ, यसरी मानवजातिलाई शुद्ध पार्न र पूर्ण मुक्ति दिन चाहिने सबै कुरा व्यक्त गर्नुभएको छ। उहाँ हाम्रा सबै परमेश्‍वरविरोधी भ्रष्ट स्वभाव र शैतानी प्रकृतिलाई न्याय र खुलासा गर्नुहुन्छ, हाम्रो पापी अवस्था र परमेश्‍वरप्रतिको विरोधको जडलाई पूर्णरूपमा प्रकट गर्नुहुन्छ। उहाँ हामीलाई पाप त्यागेर परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मार्ग पनि देखाउनुहुन्छ। हाम्रो भ्रष्टताको सत्यता देख्‍ने एकमात्र तरिका परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्नु हो, त्यसपछि हामी पछुतो महसुस गरेर आफूलाई घृणा गर्न, अनि परमेश्‍वरसामु पश्‍चात्ताप गर्न, भ्रष्टताबाट मुक्त भएर धोइन सक्छौँ। परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम नै हामी शुद्ध हुने, मुक्ति पाउने, र स्वर्गको राज्यमा प्रवेश गर्ने एकमात्र मार्ग हो।”

यी ब्रदरको सङ्गति सुनेर मैले धेरै अन्तर्दृष्टि पाएँ, र मेरो काँधबाट गह्रौँ भारी हटाइएको जस्तो भयो। प्रभु येशूले छुटकाराको काम गर्नुभएको रहेछ र पापबालिद्वारा मानिसको पाप क्षमा गरिएको रहेछ, तर हाम्रो पापी प्रकृति अझै पनि यथावत् रहेछ। परमेश्‍वरका आखिरी दिनहरूको न्याय स्विकार्नु नै पापको यो समस्या समाधान गर्ने, पापका बन्धन र नियन्त्रणबाट उम्‍कने, शुद्ध हुने, र परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य बन्‍ने एकमात्र बाटो रहेछ। परमेश्‍वर स्‍वयम्‌ले मात्रै उहाँको व्यवस्थापन कार्यका रहस्यहरू प्रकट गर्न सक्‍नुहुन्थ्यो, र परमेश्‍वरले मात्रै मानवजातिलाई पूर्णरूपमा शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ। यो परमेश्‍वरको काम हो भन्‍नेमा म निश्‍चित भएँ—म उत्साहित थिएँ।

भोलिपल्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीकी एउटी सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। यो पढेपछि, उनले मलाई सङ्गति र गवाही दिइन्, जसद्वार म अझै स्पष्ट भएँ। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसको पापी प्रकृति हटाउन सत्यताहरू व्यक्त गरिरहनुभएको छ र न्यायको काम गरिरहनुभएको छ। यदि हामीले परमेश्‍वरको न्याय स्विकारेनौँ, तर धर्मभित्र नै आफ्नो सारा जीवन बितायौँ भने, हामी पापबाट उम्‍कन र शुद्ध हुन सक्दैनौँ। परमेश्‍वरको कृपा र अनुग्रहको कारण, मैले बल्‍ल पापबाट स्वच्छ हुने मार्ग भेट्टाएँ। म अत्यन्तै उत्साहित भएँ, मैले आँसु रोक्‍नै सकिनँ। मैले विगत आठ वर्षलाई फर्केर सोचेँ, ठूला-साना अनगिन्ती मण्डलीहरूमा गएर पापबाट मुक्त हुने र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग खोजेकी थिएँ। तर हरेकपटक नै, म आशा लिएर पस्थेँ अनि निराश भएर निस्कन्थेँ। परमेश्‍वरको अनुग्रहले गर्दा नै मैले उहाँको आवाज सुन्न र उहाँको उपस्थिति देख्‍न सकेँ। म अत्यन्तै आशिषित भएँ! मलाई त हराएको बालक वर्षौँसम्‍म भौँतारिएपछि बल्‍ल आफ्‍नी आमाकहाँ आइपुगेको जस्तो लाग्यो। मैले व्याख्या गर्नै नसकिने शान्ति र आनन्द महसुस गरेँ।

तैपनि, ममा अझै समाधान नभएका अन्योलहरू थिए। मैले यी सिस्टरलाई सोधेँ, “चिनियाँ मानिसहरू अति कुसंस्कारी र परमेश्‍वरविरोधी हुन्छन्। परमेश्‍वरले किन आखिरी दिनहरूमा त्यहाँ देखा परेर काम गर्नुहुनेथ्यो?” उनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्। “यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्‍ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले पक्‍कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। … चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको माझमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२))। त्यसपछि उनले यस्तो सङ्गति दिइन्, “परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। आखिरी दिनहरूमा परमेश्‍वरले चीनमा देखा परेर काम गर्नु सबैभन्दा अर्थपूर्ण छ। अहिले परमेश्‍वरको काम न्याय र शुद्धीकरणको काम हो। उहाँले मानिसको परमेश्‍वरविरोधी, शैतानी प्रकृति र हाम्रा विभिन्‍न भ्रष्ट स्वभावहरू खुलासा गर्न सत्यता व्यक्त गरिरहनुभएको छ। उहाँले हामीलाई कुनै अपराध नसहने उहाँको धर्मी, प्रतापी, र क्रोधपूर्ण स्वभाव प्रकट गरिरहनुभएको छ। त्यसकारण उहाँले उदाहरण दिन सबैभन्दा भ्रष्ट र परमेश्‍वरविरोधीहरूलाई छनौट गर्नुपऱ्यो। यी मानिसहरूबीच काम गर्नु नै मानवजातिको हरेक प्रकारका भ्रष्टता अनि उहाँको पवित्रता र धार्मिकता अझै राम्ररी प्रकट गर्ने एकमात्र तरिका हो। त्यसरी उहाँले आफ्‍नो न्यायको काममा उत्तम परिणामहरू हासिल गर्न सक्‍नुहुन्छ। साथै, चीन ठूलो रातो अजिङ्गरको अखडा हो। ठूलो रातो अजिङ्गर शैतानको मूर्त रूप हो—शैतानले सबैभन्दा गहनरूपमा भ्रष्ट तुल्याएका मानिसहरू यी नै हुन्। त्यसैले त चीन संसारको दुष्टताको केन्द्र हो र चिनियाँहरू सबैभन्दा बढी भ्रष्ट छन्। तिनीहरू परमेश्‍वरलाई सबैभन्दा बढी इन्कार र विरोध गर्छन्, र तिनीहरूको मानवता सबैभन्दा खराब छ। चिनियाँहरू भ्रष्ट मानवजातिको उपमा हुन्। परमेश्‍वर चीनमा देखा पर्दा, काम गर्दा, सत्यता व्यक्त गर्दा, र चिनियाँहरूको भ्रष्टता र विद्रोहीपनको हर अंश खुलासा गर्दा मानवजातिलाई अझै राम्ररी जित्न सकिन्छ। यसबाट मानिस शैतानद्वारा कति गहिरोसित भ्रष्ट तुल्याइएको छ भन्‍ने कुराको सार र सत्यता अझै प्रभावकारी रूपमा देखिन्छ। साथै, सबैभन्दा फोहोर, भ्रष्ट, र परमेश्‍वरविरोधी देशमा काम गरेर, चीनका सबैभन्दा कुसंस्कारी र गहिरोसित भ्रष्ट मानिसहरूलाई जित्दार, शुद्ध पार्दा र परिवर्तन गर्दा, अरू देशका मानिसहरूलाई मुक्ति दिन सहज हुनेछ। परमेश्‍वरले यसरी काम गर्दा सबै मानवजाति परमेश्‍वरको महान् शक्ति देख्न र पूर्णतया विश्‍वस्त हुन सक्छन्। यसले परमेश्‍वरको अख्तियार र शक्ति साथै उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गर्छ।”

त्यसपछि, उनले परमेश्‍वरका अझै धेरै वचन पढेर सुनाइन्। “चिनियाँ मानिसहरूले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेका छैनन्; तिनीहरूले कहिल्यै यहोवाको सेवा गरेका छैनन्, अनि कहिल्यै येशूको सेवा गरेका छैनन्। तिनीहरूले केवल ढोग्छन्, धूप बाल्छन्, धूप-कागज बाल्छन् अनि बुद्धको पूजा गर्छन्। तिनीहरूले मूर्तिहरूको मात्र आराधना गर्छन्—तिनीहरू सबै जना हदैसम्मको विद्रोही हुन्छन्। त्यसैले, मानिसहरूको दर्जा जति तल्लो हुन्छ, त्यति नै बढी तिमीहरूबाट परमेश्‍वरले महिमा हासिल गर्नुहुन्छ भन्‍ने यसले देखाउँछ। … मानव धारणाहरूअनुसार त, म उच्च हैसियतको हुँ भनेर देखाउन, म ठूलो मूल्यको हुँ भनेर देखाउन, मेरो आदर, पवित्रता र महानता देखाउन म एउटा राम्रो देशमा जन्मिनुपर्नेथियो। यदि म आफूलाई चिनाउने स्थानमा, एउटा कुलीन परिवारमा जन्‍मिएको भए, अनि यदि म उच्च दर्जा र हैसियतको भएको भए, मलाई अत्यन्तै राम्रो व्यवहार गरिन्थ्यो। त्यसले मेरो कामलाई लाभ पुर्‍याउनेथिएन, अनि त्यस्तो ठूलो मुक्ति अझै प्रकट गर्न सकिन्थ्यो र? जसले मलाई देख्छन्, तिनीहरू सबैले मेरो आज्ञा मान्थे, अनि तिनीहरू फोहोरले प्रदूषित हुँदैनथिए। म त्यस्तो प्रकारको ठाउँमा जन्मिनुपर्थ्यो। तिमीहरूले विश्‍वास गर्ने यही नै हो। तर यसबारे सोच: परमेश्‍वर पृथ्वीमा आनन्दको निम्ति आउनुभयो कि कामको निम्ति? यदि मैले त्यस्तो प्रकारको सजिलो, आरामदायी ठाउँमा काम गरेको भए, के मैले मेरो पूरा महिमा प्राप्त गर्न सक्थेँ र? के म मेरो सारा सृष्टिलाई जित्न सक्षम हुन्थेँ र? जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्‍वरको सर्वोच्चता राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व)

त्यसपछि उनले यस्तो सङ्गति दिइन्: “परमेश्‍वरका वचनहरूले हामीलाई के बताउँछन् भने परमेश्‍वर आखिरी दिनहरूमा देहधारी भएर चीनमा देखा पर्नु र काम गर्नुको ठूलो महत्त्व छ। चिनियाँहरू परमेश्‍वरलाई सबैभन्दा बढी विरोध र घृणा गर्ने मानिस हुन्। तिनीहरूमा क्षमता र मानवताको सबैभन्दा कमी छ, तर परमेश्‍वर त्यहाँ देहधारी हुनुभयो, चीनमा काम गर्न जानुभयो, अनि उहाँले धेरै सहनशीलता र धैर्यसाथ सत्यता व्यक्त गर्नुभयो। परमेश्‍वरले सबैभन्दा फोहोरी र भ्रष्ट मानिसहरूलाई मुक्ति दिन ठूलो अपमान सहनुभयो। यसले परमेश्‍वर कति नम्र र गुप्त हुनुहुन्छ भनेर थप प्रकट गर्छ, अनि हामीलाई उहाँको पवित्रता र धार्मिकता, मानवजातिप्रति उहाँको निस्स्वार्थ र सच्‍चा प्रेमलाई देखाउँछ। यसको साथै, हामीले परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ भन्‍ने देख्‍न सक्छौँ। कुनै पनि देशमा, कुनै पनि मानिसहरूबीच काम गर्ने अख्तियार उहाँसँग छ, तर उहाँले जुन देशमा देखा परेर काम गर्नुहुने भए पनि, उहाँको काम सारा मानवजातिका लागि हो—यो सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि हो। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र चीनमा काम गरिरहनुभएको छ, सत्यता व्यक्त गरिरहनुभएको छ। उहाँले विजेताहरूको समूह बनाइसक्‍नुभएको छ, र अहिले उहाँको सुसमाचार विश्‍वभरि फैलिरहेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका काम र वचनहरू पूर्वदेखि पश्चिमसम्‍म चम्किने महान् ज्योतिजस्तै हुन्। धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुनिरहेका छन्, ठूलो सङ्ख्यामा सर्वशक्तिमान्‌ परमेश्‍वरकहाँ फर्किरहेका छन्, परमेश्‍वरको शुद्धीकरण र मुक्ति स्विकारिरहेका छन्। यदि हामीले आफ्ना धारणा र कल्‍पनाहरूलाई पछ्याउँदै परमेश्‍वरको अघिल्‍ला दुई चरणका काम इस्राएलमा भएका हुनाले, उहाँ इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्छ र उहाँ चीनमा देखा परेर काम गर्नुहुन्‍न भनी सोच्छौँ भने, के त्यो उहाँलाई सीमित गर्नु होइन र? परमेश्‍वरले भन्‍नुभयो, ‘अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ(मलाकी १:११)। त्यसोभए त्यो कसरी पूरा हुनेथ्यो? आखिरी दिनहरूमा, परमेश्‍वरले नास्तिकवादले शासन गर्ने चीनमा देहधारी भएर काम गर्नुले मानव धारणाहरूलाई पूर्णरूपमा चकनाचूर पार्छ। यसले परमेश्‍वर इस्राएलीहरूका मात्र होइन, तर अन्यजातिहरूका पनि परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा हामीलाई देखाउँछ। उहाँ सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ, एउटा देश वा एउटा जातिका मात्र होइन। परमेश्‍वर चीनमा देहधारी हुनु, देखा पर्नु र काम गर्नु अत्यन्तै अर्थपूर्ण छ!”

उनको सङ्गति सुनेपछि मलाई निकै लाज लाग्यो। मैले परमेश्‍वरको काम बुझेकी थिइनँ, तर परमेश्‍वरले सायद चीनमा काम गर्न सक्‍नुहुन्‍न भन्‍ने सोच्दै उहाँलाई सीमित पार्नमा पाष्टरहरूको पछि लागेँ। म कति अहङ्कारी र अज्ञानी रहेछु! त्यसबारे सोच्दा मात्रै पनि डर लाग्छ। परमेश्‍वरको अनुग्रहको कारण, मैले उहाँको आवाज सुन्‍ने र उहाँका आखिरी दिनहरूको काम स्विकार्ने सौभाग्य पाएँ। नत्र त, मैले आफ्ना धारणाहरूको आधारमा उहाँलाई सीमित गरिरहेकी, उहाँको देखापराइ र कामको निन्दा गरिरहेकी हुन्थेँ, र मैले उहाँको मुक्ति पाउने कुनै आशा पाउनेथिइनँ। म हृदयभित्रबाट परमेश्‍वरको मुक्तिको लागि कृतज्ञ छु। मैले प्रभु येशूले भन्‍नुभएको कुरालाई व्यक्तिगतरूपमा नै अनुभव गरेकी छु: “अनि खोज्‍नेले भेट्टाउँछ; अनि ढकढक्याउनेको लागि त्यो खोलिनेछ(मत्ती ७:८)। यी वचनहरू अत्यन्तै यथार्थ छन्, र परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। हामीले खोजी गर्‍यौँ भने परमेश्‍वर हामीलाई अगुवाइ र अन्तर्दृष्टि दिनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अफवाहको जालोबाट उम्किँदा

By William, the United States अक्टोबर २०१६ मा, म संयुक्त राज्य अमेरिकाको न्यू योर्क आएँ, र पछि एउटा चिनियाँ मण्डलीमा प्रभु येशूको नाममा...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

त्रीएकत्वको रहस्य खुलासा

म २० वर्षअघि एक जना एल्डर मार्फत इसाई भएको थिएँ। उहाँले मलाई ब्रह्माण्डका सबै कुरामध्ये साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्