मकुन्डो हटाउने मार्ग

20 जनवरी 2022

तोङशिन्, दक्षिण कोरिया

यो वर्ष म मलजल गर्ने समूह अगुवाको रूपमा चुनिएकी थिएँ, र म धेरै वटा समूहको मलजल कार्यको निम्ति जिम्‍मेवार थिएँ। त्यो बेला मलाई के लाग्थ्यो भने त्यो पदमा छनौट हुनु भनेको मसँग केही क्षमता र सक्षमता हुनैपर्छ, सत्यता र जीवन प्रवेश सम्‍बन्धी मेरो बुझाइमा म अरूभन्दा अगाडि छु भन्‍ने हो। म सोच्थें, मैले आफूलाई सत्यताले सुसज्‍जित गर्नु आवश्यक छ र मेरो कर्तव्य राम्ररी पूरा गर्नको लागि मैले मेरो हृदय लगाउनुपर्छ, ताकि सबैले म त्यो कर्तव्य पूरा गर्न सक्‍ने व्यक्ति हुँ भन्‍ने देखून्।

सुरुमा म त्यस कामप्रति त्यति परिचित थिइनँ, त्यसकारण जब अपरिचित कुराहरू देखा पर्थे तब मसँग ती क्षेत्रमा काम गर्ने अगुवा अथवा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्थें। म त्यो कर्तव्यमा नयाँ भएकी हुनाले, मलाई कति कुरा थाहा हुँदैन भन्‍ने सबैले बुझ्छन्, र अझै बढी खोजी कार्य गर्दा यसले मलाई छिटो वृद्धि हुन सहायता गर्न सक्छ, त्यसपछि मैले सबैमा राम्रो प्रभाव छाड्नेछु, र तिनीहरूले मलाई निकै उत्सुक भएको देख्छन् भन्‍ने विचार गरेँ। तर म धेरै वटा समस्यामा परिरहेँ र पछि म सोध्‍न पनि हिचकिचाउन थालेँ। त्यो बेलासम्‍म म त्यो कर्तव्यमा लागेको निकै समय भइसकेको थियो, त्यसकारण मैले धेरैभन्दा धेरै प्रश्‍नहरू गरिरहेको देख्दा सबैले मलाई के ठान्‍नेछन्? के तिनीहरूले मेरो क्षमता त्यति राम्रो छैन, मैले साधारण समस्याहरूलाई पनि समाधान गर्न सक्दिनँ, र मैले समूह अगुवाको रूपमा त्यो कर्तव्य पूरा गर्न सक्षम छैन भन्‍ने ठान्‍नेछन्? त्यसपछि जब-जब मैले समस्याको सामना गर्थेँ, तब-तब मैले तिनीहरूलाई सोध्‍ने कि नसोध्‍ने, सोध्‍नु उचित हुन्छ कि हुँदैन भनेर नसोचीकन रहन सक्दिनथिएँ। मेरो सोचाइ साधारण देखिन्छ भन्‍ने मलाई चिन्ता लाग्थ्यो। कुनै समस्या त्यति जटिल देखिँदैन भने, मैले सोध्‍नु हुँदैन, तर मैले त्यसलाई आफै पत्ता लगाउने प्रयास गर्नुपर्छ भन्‍ने विचार गर्थेँ। त्यसकारण समस्याहरू थुप्रिँदै गए, र धेरै वटा समस्या समयमा नै समाधान हुन सकेनन्। यसले मलाई झन्-झन् बढी चिन्तित तुल्यायो: “के सबै जनाले मलाई समूह अगुवा हुनको लागि उचित व्यक्ति होइन भनी ठान्‍नेछन्?” भेलाहरूमा, विशेषगरी म त्यहाँको अगुवा भएकी हुनाले, जब म परमेश्‍वरका वचनहरूमा सङ्गति गर्थेँ तब मैले बारम्‍बार यस्तो चिन्ता गरिरहेकी हुन्थें: “के मेरो सङ्गति व्यावहारिक छ? के मेरो बुझाइ चोखो छ?” म मेरो सङ्गतिपछि सबैको प्रतिक्रिया अवलोकन गर्थेँ, र यदि कसैले मैले भनेको कुराको आधारमा कुरालाई विस्तारित गरे भने, त्यसको अर्थ मेरो सङ्गतिले मन छोएको छ, यसमा ज्योति समावेश थियो, यसले मसँग परमेश्‍वरका वचनहरूको चोखो बुझाइ छ र मैले मेरो कर्तव्य सम्‍हाल्‍न सक्छु भन्‍ने हुन्छ भन्‍ने ठान्थें। तर मैले मेरो सङ्गति सकिसकेपछि कसैले प्रतिक्रिया दिएन भने मलाई भयङ्कर अनुभव हुन्थ्यो। केही समयपछि, मलाई मेरो कर्तव्य निकै थकाइलाग्दो लाग्‍न थाल्यो। म सधैँ मैले भनेका कुराहरूमा नै तल्‍लीन हुन्थें र म ढुक्‍क हुनै सक्दिनथिएँ। म मेरो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ, तर म सधैँ एउटै कुरामा अल्झिरहेकी हुन्थें, र म वृद्धि भइरहेकी वा मैले कुनै कुरा सिकिरहेकी थिइनँ। म मेरो मूल अभिप्राय के थियो भन्‍ने कुरा बिर्सिन्थें।

म प्रार्थना र खोजी गर्दै परमेश्‍वरसामु आएँ, र उहाँका वचनहरूको एउटा खण्ड पढेँ। “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, र सबै कुरा पूरा गर्न सक्छन्? तिनीहरूले सक्दैनन्। तापनि, मानिसहरूभित्र एउटा कमजोरी छ। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरूले आफैलाई जति नै ‘सक्षम’ ठाने पनि, तिनीहरू सबै आफूलाई राम्ररी प्रस्तुत गर्न चाहन्छन्, आफूलाई महत्त्वपूर्ण उच्च व्यक्तिहरूको भेषमा लुकाउन चाहन्छन्, अनि सिद्ध र एउटै पनि खोट नभएको दोषरहित देखिन्छन्; अरूको नजरमा, तिनीहरू महान्, शक्तिशाली, पूर्ण सक्षम, र जे पनि गर्न सक्ने व्यक्ति ठानिन चाहन्छन्। यदि तिनीहरूले कुनै कुरामा अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई बुझ्दैनन्; तिनीहरूसित यसको बारेमा केही थाहा हुँदैन। जब तिनीहरूले त्यो कसरी गर्दैछन् भनी सोधिन्छ, तिनीहरू आफ्ना गल्तीहरू र कमजोरीहरूलाई प्रकट नहोस् भनी बहाना बनाउँछन्, अनि तिनीहरूले त्यो चाँडै समाप्त गर्नेछन् भनी भन्छन्। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरू यति घमण्डी हुन्छन् कि, तिनीहरूले सबै विवेक हराएका हुन्छन्! तिनीहरू साधारण मानिसहरू, सामान्य मानिसहरू वा केवल मरणशीलहरू हुन चाहँदैनन्। तिनीहरू केवल महामानव हुन चाहन्छन्, वा विशेष योग्यता वा शक्तिहरू भएको व्यक्ति हुन चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्। … त्यस्ता मानिसहरू सधैँ भ्रममा रहेका हुन्छन्, होइन र? के तिनीहरूले दिवासपना देखिरहेका हुँदैनन्? तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। आफ्‍नो व्यवहार प्रस्तुत गर्दा, यदि मानिसहरूले यस किसिमको मार्ग चुन्छन् भने—आधार सहितको कुरा बोल्‍नुको सट्टा सधैँ भ्रममा हुने, सधैँ काल्‍पनिक कुरा गर्ने गर्छन् भने—तिनीहरूले समस्याहरूको सामना गर्न बाध्य हुन्छन्। तैँले जीवनमा यसरी चुनेको मार्ग सही हुँदैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। यसको बारेमा विचार गर्दा यसले मलाई मेरो स्थितिको बारेमा केही बुझाइ प्रदान गर्यो। मैले आफ्‍नो बारेमा धेरै नै विचार गरिरहेकी हुन्थें, किनभने म मलजलको समूह अगुवाको रूपमा छनौट भएकी, र मसँग निश्‍चित क्षमता र काम गर्ने सक्षमता भएकोले त्यसो भएको हो भन्‍ने मलाई लाग्थ्यो। जब मैले आफूलाई त्यसरी हेरेँ, तब अरू सबैले मेरो बारेमा के विचार गर्छन् त्यस बारेमा चासो लिन थालेँ, र म त्यो काम गर्न लायककी छु भनेर मैले जतिसक्दो चाँडो प्रमाणित गर्न चाहन्थेँ। त्यसकारण जब मैले अझै धेरै समस्या र कठिनाइहरूको सामना गरेँ, मैले तिनको बारेमा कुरा उठाउन सकिनँ, बररु मानिसहरूले मेरो वास्तविकता देख्‍नेछन्, ममा क्षमताको कमी छ र म काम गर्न लायक छैन भनेर भन्लान् कि भनेर सधैँ चिन्ता गरिरहेकी हुन्थें। मैले मकुन्डो लगाएँ, अनि समस्याहरू देखा पर्दा चुपचाप बस्थें र आफै समाधान खोज्‍ने प्रयास गर्थेँ। त्यसको अर्थ मेरो कर्तव्यमा देखा परेका धेरै समस्याहरू समाधान गरिएन, जसले हाम्रो काममा बाधा पुर्यायो र मेरो आफ्‍नै स्थितिलाई प्रभाव पार्यो। मेरो सोचाइमा मैले स्पष्टता गुमाएँ, र मैले बुझ्‍ने गरेका कुराहरूको विषयमा पनि म अन्योल हुन थालेँ। भेलाहरूमा मैले मेरो सङ्गतिको बारेमा पनि सोच-विचार गरिरहेकी हुन्थें, किनभने म असल देखिइनँ भने मानिसहरूले मलाई तुच्छ ठान्‍नेछन् भन्‍ने मलाई डर हुन्थ्यो। हरेक मोडमा मलाई बन्धनमा परेको अनुभव हुन्थ्यो। मैले यो सबैको कारण म नै हुँ भन्‍ने थाहा पाएँ। म अत्यन्तै अहङ्कारी र अव्यावहारिक थिएँ, र मैले मेरा आफ्‍नै कमजोरीहरूलाई उचित रूपमा सामना गर्न सकिनँ। अरूले मलाई अझै असल ठानून् भनेर म सधैँ बहाना बनाइरहेकी हुन्थें। त्यो कर्तव्य परमेश्‍वरको घरले मलाई तालिमको निम्ति दिएको मौका थियो र त्यसको अर्थ मैले सत्यता बुझेकी थिएँ वा मैले मेरो काम राम्ररी गर्न सक्‍छु भन्‍ने थिएन। मसँग सत्यता ग्रहण गर्ने थोरै क्षमता मात्रै थियो, तर मैले बुझ्‍न नसकेका र व्यक्तिगत अनुभव नगरेका धेरै कुराहरू थिए। ममा कुनै पनि विशेष गुण थिएन, तर मैले आफैलाई निकै उच्‍च ठानेकी थिएँ, र उत्कृष्ट व्यक्ति भएको, सत्यतालाई बुझ्‍ने व्यक्ति भएको बहाना गरिरहेकी थिएँ। मैले आफैलाई बढी ठानेकी थिएँ! अहिले, म वास्तविक बन्छु र चाहेको बेला अरूलाई सोध्छु, र यो मात्रै अभ्यास गर्ने यथार्थ र उचित तरिका हो।

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र त्यो खण्डले मलाई केही व्यवहारिक तरिकाहरू प्रदान गर्यो। परमेश्‍वर भन्नुहुन्छ, “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्न सक्दैनस्। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैको बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैको विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै सत्यतामा प्रवेश गर्ने तर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्नु सजिलो हुन्छ। यो कदम उठाउनु यसले के कुराको सङ्केत गर्छ भने, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले आफ्‍नै प्रतिष्ठा, आत्मम्‍मान, र हैसियतको लागि कुनै कुरा लुकाउने, कुनै हेरफेर गर्ने, वा कुनै पनि चलाकीहरूको प्रयोग गर्ने गर्नु पर्दैन, र तैँले गरेका जुनसुकै गल्तीहरूमा पनि यही कुरा लागू हुन्छ; त्यस्तो व्यर्थको कार्य अनावश्यक छ। यदि तैँले त्यसो गर्दैनस् भने, तँ सहज र अथक रूपमा, अनि पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको स्याबासी पाउन सक्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। यसको बारेमा विचार गर्दा मलाई के कुरा बुझ्‍न सहयोग गर्यो भने मैले मेरो कर्तव्य स्वतन्त्र भएर, कुनै चिन्ताविना पूरा गर्नको लागि, पूरा गर्नुपर्ने पहिलो चरण भनेको मेरा कमजोरीहरूको बारेमा मन खोल्‍नु र मकुन्डो छोड्न सिक्‍नु थियो। मैले सत्यताको अभ्यास गर्नुपर्थ्यो र म इमानदार व्यक्ति बन्‍नुपर्थ्यो। मैले म सत्यता बिरलै बुझेको भ्रष्ट व्यक्ति मात्रै हुँ भन्‍ने कुरा थाहा पाएँ त्यसकारण अवश्य नै मैले यो कुरा बुझ्‍नेथिइनँ। त्यो पूर्ण रूपमा सामान्य कुरा थियो। मैले मेरो आफ्‍नै इज्‍जतको खातिर बहाना बनाउनुपर्ने र कुरा लुकाउनुपर्ने कुनै आवश्यकता थिएन। मेरो कर्तव्यमा ढुक्‍क हुने एउटै तरिका भनेको मेरो अहमतालाई त्यागेर मसँग प्रश्‍न हुँदा मन खोलेर खोजी गर्नु थियो। यो कुराले, मेरो हृदय हल्‍का भयो र मैले त्यो कुरा अभ्यास गर्ने कार्यमा ध्यान केन्द्रित गरेँ। जब म कुनै कुराप्रति निश्‍चित हुँदिनथिएँ, म सक्रिय भएर त्यसको बारेमा प्रश्‍न गर्थेँ, र मैले मेरो विचार व्यक्त गर्दा, मैले सोचेको कुरा साँचो रूपमा भन्थें, र मलाई थाहा भएको कुरा मात्रै सङ्गति गर्थेँ। जब मैले यो कुरालाई अभ्यास गरेँ, मैले पहिले कहिल्यै नबुझेका कुराहरू क्रमिक रूपमा बुझ्‍न थालेँ र मैले मेरो कर्तव्यमा गल्तीहरू भेट्टाउन र त्यसलाई सम्‍बोधन गर्न सकेँ। मैले मेरा व्यक्तिगत समस्याहरूको बारेमा अझै स्पष्ट रूपमा बुझेँ। त्यसपछि मेरो वास्तविकतालाई अरूले देख्‍नु राम्रो कुरा हो, यसले सत्यताका सिद्धान्तहरू बुझ्‍न र आफ्‍नै कमजोरीहरूलाई पत्ता लगाउन सहायता गर्छ भन्‍ने व्यक्तिगत रूपमा अनुभव गरेँ। यस अवस्थामा मलाई निकै स्वतन्त्र महसुस भयो त्यसपछि मैले मेरो कर्तव्य सामान्य रूपमा गर्न सकेँ।

चाँडै नै, म जुन-जुन समूहहरूको लागि जिम्‍मेवारी थिएँ ती सबैले मण्डली जीवनमा राम्रो गरिरहेका थिए, र दाजुभाइ-दिदीबहिनीहरूले मसँग आफ्‍ना समस्याहरूको बारेमा सङ्गति गर्न चाहन्थे। तर थाहै नपाई, मैले फेरि पनि मानिसहरूले मेरो बारेमा के विचार गर्छन् भन्‍ने कुरालाई ध्यान दिन थालेँ। एक पटक सहकर्मीहरूको भेलामा, एक जना अगुवाले एउटा मण्डलीमा देखा परेका केही समस्याहरू उठाउनुभयो र हाम्रो विचार के छ सोध्‍नुभयो। मैले यस्तो विचार गरिरहेकी थिएँ, “यहाँ धेरै जना दाजुभाइ-दिदीबहिनीहरू हुनुहुन्छ, र यदि मैले केही पृथक विचारहरू निकाल्‍न सकेँ भने, त्यसले म कति सक्षम छु भन्‍ने कुरा देखाउनेछ।” तर मैले धेरै बेर यसको बारेमा विचार गरे पनि यसलाई बुझ्‍न सकिनँ। त्यही बेला, अगुवाले मलाई मेरो विचार सोध्‍नुभयो। म धेरै बेरसम्‍म अलमलिएँ, त्यसपछि अस्पष्ट सुझाव दिएँ। त्यसको केही समयपछि नै, अरू दुई जना दिदीबहिनीहरूले आफ्‍नो विचार बताए, र तिनीहरूको सुझाव मेरोभन्दा विपरीत थियो। तिनीहरूले भनेको कुरा अत्यन्तै उचित थियो, र तिनीहरूसँग अगुवा पनि सहमत हुनुभयो। मलाई तुरुन्तै असहज अनुभव भयो, किनभने मैले आफूलाई राम्रो देखाउन नसकेकी मात्र होइन, तर म खराब समेत देखिएकी थिएँ। अगुवाले मलाई के सोच्‍नुहुनेछ? के उहाँले मसँग त्यस्तो साधारण विषयमा पनि कुनै ज्ञान छैन, म वृद्धि नै भएकी छैन भनेर सोच्‍नुहुनेछ? त्यसपछिका केही दिनसम्‍म, म जिम्‍मेवार रहेका समूहहरूमा केही समस्याहरू देखा परे। मैले ती कुरा बुझेकी थिइनँ, त्यसकारण मैले तुरुन्तै सहयोग खोज्‍नुपर्थ्यो। तर त्यसपछि मैले के सोचेँ भने, यदि मैले ती सबै प्रश्‍न गरेँ भने, के त्यसले मैले निर्माण गरेको राम्रो छविलाई बरबाद गर्नेछैन र? अर्कोतर्फ, मलाई समाधान नभएका समस्याहरूले हाम्रो काममा बाधा दिनेछ भन्‍ने थाहा थियो, त्यसकारण मैले क्षणिक उपाय निकालेँ: म मेरा प्रश्‍नहरूलाई विभाजन गर्नेछु र फरक-फरक मानिसहरूलाई सोध्‍नेछु, यसरी समस्याहरू समाधान हुनेछन् तर मैले धेरै प्रश्‍नहरू गरिरहेकी छु र मलाई केही पनि थाहा छैन भन्‍ने जस्तो देखिनु हुँदैन। यसरी मैले आफूलाई यसरी लुकाउने क्रममा, मेरो स्थिति झन्-झन् बिग्रिँदै गयो। मेरो सोचाइ झन्-झन् अस्पष्ट हुँदै गयो र म अझै धेरै कुरामा समस्याग्रस्त हुन थालेँ। त्यसपछि मैले मनन गरेँ, र पहिले बुझ्‍ने गरेका कुराहरूलाई मैले बुझ्‍न छोडेकी हुनाले, यो पक्‍कै पनि मेरो स्थितिसँग सम्‍बन्धित समस्या हो भन्‍ने देखेँ। त्यसकारण मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, “परमेश्‍वर, ममा समस्याहरू छन् भन्‍ने स्पष्टै छ, तर म इमानदार हुने र मेरा गल्तीहरूको बारेमा मन खोल्‍ने आँट गर्दिनँ। म सधैँ ठूलो स्वाङ पार्न चाहन्छु। मैले नबुझ्दा पनि प्रश्‍न सोध्‍न किन यति कठिन भएको? मेरा मुख बन्द भएका छन् र यसरी मेरो कर्तव्य पूरा गर्नु थकाइलाग्दो छ। बिन्ती छ मलाई मेरो भ्रष्टता जान्‍न र परिवर्तन हुन अगुवाइ गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूबाट केही खण्डहरू पढेँ र ती खण्डहरूले मेरो स्थितिलाई पूर्ण रूपमा खुलासा गरे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “गल्तीहरू गर्नु वा बहाना बनाउनु: यीमध्ये कुनचाहिँ स्वभावसँग सम्बन्धित छ? (बहाना बनाउनु।) बहाना बनाउनुमा एक घमण्डी स्वभाव सामेल हुन्छ, यसमा दुष्टता र विश्‍वासघात सामेल हुन्छ, र यसलाई अरूले तिरस्कार गर्छन्, र परमेश्‍वरले पनि तिरस्कार गर्नुहुन्छ। … यदि तैँले बहाना वा ढोङ्ग गर्ने कोसिस गर्दैनस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र मानिसको भ्रष्टताको साँचो अनुहारको बारेमा तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूद्वारा आश्चर्यचकित हुनेछैनस्, न त अरूले गल्ती गर्दा तँ तिनीहरूप्रति कठोर नै हुन्छस्, तर तैँले दुवै कुरालाई सही प्रकारले सामना गर्नेछस्। तब मात्र तँ समझदार हुनेछस् र मूर्ख कुराहरू गर्नेछैनस्, र यस कार्यले तँलाई बुद्धिमान् व्यक्ति बनाउनेछ। जुन मानिसहरू बुद्धिमान् छैनन् तिनीहरू सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्, जबकि दृश्य पछाडि तिनीहरू छली हुन्छन्। यो देख्नुमा घिनलाग्दो हुन्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी ढोङ्ग गर्छस्। अरूलाई, त्यो एक जोकरले गरेको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू सधैँ आफ्नो अहङ्कारमा सवार हुन्छन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, तिनीहरू धेरै योग्य छन् भनी सोच्छन्—जुन मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक समझ हुँदैन, हुन्छ त? जुन विषयहरूमा तँ मूर्ख र निर्बुद्धि हुन्छस् ती त्यस्ता विषयहरू हुन् जसको बारेमा तँसित कुनै आत्मिक समझ हुँदैन, र तैँले सत्यतालाई बुझ्दैनस्। यो यस्तै हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम र सबैभन्दा सिद्ध पक्ष प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्डिपन हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले दृश्य पछाडि जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि त्यसको रिपोर्ट वा पर्दाफास गर्ने अनुमति हुँदैन। त्यसबाहेक, तिनीहरू त्यसलाई ढाकछोप गर्न आफूले सके जति सबै कुरा गर्छन्। सर्वसाधारणको अगाडि तिनीहरूले आफैलाई ढाकछोप गर्न आफूले सक्दो सबै कुरा गर्छन्, यसरी तिनीहरूले मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू कति महान्, महिमित र सही छन् भनी भन्‍ने गर्छन्। यो शैतानको स्वभाव हो। शैतानको प्रकृतिको यो पक्षको मुख्य विशेषता के हो? (छल र धोखा।) अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रङ्ग देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र प्रतिष्ठाको कमी हुन सक्छ, तर तिनीहरूले पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च प्रतिष्ठा दिऊन् भन्‍ने चाहन्छन्। भ्रष्ट स्वभाव भनेको यही नै हो। यी कुराहरूलाई नचिन्नेहरूले आफ्ना दोषहरू, कमीहरू र भ्रष्ट स्थितिहरूको बारेमा कहिल्यै कुरा गर्दैनन्, न त तिनीहरूले कहिल्यै आफैलाई चिन्‍ने बारेमा नै कुरा गर्छन्। तिनीहरू के भन्छन्? ‘मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु। जब म केही गर्छु, त्यस बेला मैले के सोचिरहेको हुन्छु, मैले के विचार गरिरहेको हुन्छु, म के गर्नका निम्ति उपयुक्त छु त्यो तिमी जान्दैनौ!’ के यो एक अहङ्कारी स्वभाव हो? अहङ्कारी स्वभावको मुख्य विशेषता के हो? तिनीहरू कुन लक्ष्य हासिल गर्न चाहन्छन्? (मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्।) मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून् भन्‍ने चाहनाको उद्देश्य भनेको यी मानिसहरूको मनमा तिनीहरूप्रति प्रतिष्ठा जगाउनु हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। परमेश्‍वरका वचनहरूलाई मनन् गरेपछि, मैले के देख्‍न सकेँ भने गलत आवरण धारण गर्नु र गलत तरिकाले काम गर्नुको बीचमा, गलत आवरण धारण गर्नु नै अझै खराब कुरा हो। सिद्ध कोही पनि छैन, त्यसकारण आफ्‍नो कर्तव्यमा प्रश्‍नहरू उठ्नु र गल्तीहरू गर्नु पूर्ण रूपमा सामान्य कुरा हो, तर गलत आवरणको पछाडि अहङ्कार, कुटिलता, र दुष्टता जस्ता शैतानी स्वभावहरू लुकेका हुन्छन्। सधैँ आफ्‍ना असिद्धताहरूलाई लुकाउनु मानिसहरूले तपाईंलाई आदर गरून्, तपाईंको सराहना गरून् भनेर तपाईंको असल पक्ष मात्रै देखाउनु परमेश्‍वरले निकै घृणा गर्नुहुने कुरा हुन्। साँचो रूपमा बुद्धिमानी मानिसले आफ्‍ना कमीकमजोरीहरूलाई उचित रूपले सामना गर्छ, र आफूमा भएको कमजोरीलाई पूर्ति गर्न त्यसैको प्रयोग गर्छ। यो वृद्धि हुने मौका हो। तर आत्म-चेतना नभएका मूर्ख, अज्ञानी मानिसहरूले कहिल्यै आफ्‍ना कमजोरीहरूलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूले बहाना बनाउँछन्, जसको अर्थ समस्याहरू कहिल्यै समाधान हुँदैनन् र तिनीहरू जीवनमा कहिल्यै वृद्धि हुँदैनन्। मेरो व्यवहारलाई फर्केर हेर्दा, मलाई के महसुस हुन्छ भने, म परमेश्‍वरद्वारा खुलासा गरिएको अज्ञानी मूर्खहरूमध्येकी एक थिएँ। जब मैले मेरो कर्तव्यमा राम्ररी काम गर्न थाल्थें, मलाई म त्यति खराब छैन, र म समूह अगुवा हुन योग्य छु भन्‍ने लाग्थ्यो। मैले समस्याहरूको समाधान गर्न सकेको हुनाले, मैले आफैलाई निकै माथि उचाल्थें, र मैले आफैलाई अत्यन्तै ठूलो ठान्थें। त्यसकारण जब मैले सम्‍हाल्‍न नसक्‍ने कुराहरूको सामना गर्थेँ, म सावधान र अनिर्णायक अवस्थामा हुन्थें, किनभने गलत कुरा बोलेर मेरो इज्जतमा दाग लगाउनेछु कि भन्‍ने कुराको मलाई डर हुन्थ्यो। अनि म थोरै विचार व्यक्त गर्ने र थोरै प्रश्‍नहरू सोध्‍ने निर्णय गर्थेँ। जब म सहयोग माग्थें, त्यो बेला समेत मेरो क्षमतालाई देखाउन म कठिन प्रश्‍नहरू छनौट गर्थेँ, र मैले कहाँ समस्या भोगिरहेकी छु त्यो कसैले नदेखोस् भन्‍ने चाहन्थेँ। मानिसहरूका बीचमा प्रश्‍नहरू बाँडफाँट गर्दै मैले खेल समेत खेल्‍ने गर्थेँ, ताकि मेरो बेवास्ता नहोस्। म साँच्‍चै नै कुनै आत्म-चेतना नभएको अहङ्कारी र धूर्त थिएँ, अरूले मलाई आदरको नजरले हेरून् भनेर विभिन्‍न किसिमको नाटक गर्थेँ। म त्यस्तो मूर्ख थिएँ, परमेश्‍वर र मानिसहरूको लागि अत्यन्तै घृणित व्यक्ति। मैले मेरो नाम र हैसियतको रक्षा गर्न मेरा कमीकमजोरीहरूलाई लुकाउँथें, र यस क्रममा मेरो कर्तव्यका समस्याहरूलाई समाधान नभएको अवस्थामा नै छोड्थें। मैले परमेश्‍वरको घरको काममा बाधा पुर्याइरहेकी थिएँ। मैले के सोचिरहेकी थिएँ? म अत्यन्तै घृणित र दुष्ट थिएँ। मैले बहाना बनाएर मेरो पदलाई अल्पकालीन रूपमा कायम राख्‍न त सक्थेँ, तर परमेश्‍वरले हामी सबैलाई जाँच्‍नुहुन्छ, र मैले परमेश्‍वरलाई धोका दिएकोमा, मण्डलीको काममा ढिलाइ गरेकोमा ढिलो-चाँडो मलाई उहाँले हटाउनुहुनेथियो। ख्रीष्ट-विरोधीहरूले विशेष रूपमा हैसियतलाई जोगाउँछन् र परमेश्‍वरको घरको हितको खातिर आफ्‍नो हैसियतमा अलिकति पनि सम्झौता गर्दैनन्। खोजी सम्‍बन्धी मेरो र ख्रीष्ट-विरोधीको स्वभाव र दृष्टिकोणको बीचमा के नै भिन्‍नता थियो र? यसलाई साँचो रूपमा विचार गर्दा, त्यो पदले मलाई कसरी लाभ पुर्यायो? यसले मलाई मेरा कमजोरीहरूलाई स्वीकार गर्न वा सामना गर्न अनिच्‍छुक तुल्यायो, र मैले मेरो तर्क-शक्ति गुमाएँ। समस्याहरूको सामना गर्दा मलाई खोजी गर्न मन लाग्दैनथियो, तर बहाना बनाएर झन्-झन् धूर्त बन्‍न मन लाग्थ्यो। परमेश्‍वरप्रति घृणास्पद बन्दै र हटाइने अवस्थामा पुग्दै म ख्रीष्ट-विरोधीको मार्गमा हिँड्न पुगेकी थिएँ। त्यसले परमेश्‍वरको घरको काममा चोट पुर्याउनेथियो र मलाई नष्ट गर्नेथियो। त्यो बिन्दुमा मैले त्यसरी अघि बढ्नु कति खतरनाक कुरा हो भन्‍ने महसुस गरेँ। त्यो कुरा अब उप्रान्त मेरो कर्तव्य त्यसरी पूरा गर्नु हुँदैन भन्‍ने बारेमा चेतावनीको घण्टी थियो।

मैले अभ्यास गर्ने मार्ग सम्‍बन्धी परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ, र त्यसले मलाई अझै स्वतन्त्र तुल्यायो। परमेश्‍वर भन्नुहुन्छ, “मण्डलीले कतिपय मानिसहरूलाई पदोन्नति गर्छ र वृद्धि-विकास गर्छ; यो एउटा महान् अवसर हो। यो भन्न सकिन्छ, कि उनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसो भए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो। जब तिनीहरूले सत्यतालाई बुझ्दैनन्, तिनीहरूले सत्यताको खोजी गर्नैपर्छ, र यदि खोजी गरेर पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले कुनै व्यक्तिलाई सोध्न र ऊसँग सङ्गति गर्न सक्छन्; तिनीहरूले अरूसँग मेलमिलापमा रहेर काम गर्न, अझ अरू प्रश्‍नहरू सोध्न, अझ धेरै खोजी गर्न सिक्नुपर्छ। तब मात्र तिनीहरू समस्याहरू सही प्रकारले समाधान गर्न सक्ने हुनेछन्, र परमेश्‍वरका चुनिएकाहरू र मण्डलीको कामका निम्ति फाइदाको हुन सक्छन्। किनकि तँ पदोन्नति र वृद्धि-विकासको चरणमा मात्र हुन्छस्। तैँले सबै कुरा बुझ्छस् भन्‍ने हुँदैन। यसैले तैँले बुझ्छु भनेर बहाना नबना; यो कामहरू गर्ने मूर्ख तरिका हो। यदि तैँले बुझ्दैनस् भने, तैँले अरू कसैलाई सोध्न सक्छस्, वा अरूसँग सङ्गति गर्न, वा माथि हुनुहुनेलाई सोध्न सक्छस्—यस्ता कुनै पनि कुरा गर्नु सर्मको कुरा होइन। तैँले सोधिनस् भने पनि, माथि हुनुहुनेले तँ केही पनि होइनस् भनी जान्नुहुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो। सामान्य मानवतामा हुनुपर्ने समझ, र सबै अगुवाहरू र कार्यकर्ताहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। यी कुराहरू गर्नु कुनै सर्मको कुरा होइन। यदि तँमा सधैँ, एक अगुवा भएपछि पनि तँसँग सिद्धान्तहरू नबुझ्नु, र बारम्बार अरूलाई र माथि हुनुहुनेलाई सोध्नु सर्मको कुरा हो भन्ने भावना छ भने—र त्यसको फलस्वरूप यदि तैँले बुझेको, तैँले जानेको, र तँ त्यो गर्न सक्छस्, तँ त्यो काम गर्नुमा राम्रो छस्, अनि तँलाई बाटो देखाउनेहरू वा अरूको सङ्गतिको आवश्यकता छैन, तँलाई अरू कसैको प्रबन्ध र सहयोगको आवश्यकता छैन भनी बहाना गर्छस् भने त्यो खतरनाक हुन्छ; ढिलो-चाँडो तेरो स्थानमा अरूलाई राखिनेछ, किनकि यो पदोन्नति र परमेश्‍वरको घरद्वारा गरिने पोषणका सर्तहरूसँग अमिल्दो हुन्छ। तैँले आफूलाई सक्षम ठान्छस्, तैपनि तैँले बुझ्नुपर्छ कि वास्तवमा, तँ केही गर्न सक्षम छैनस्, अनि सिक्ने र तालीमको चरणमा मात्र छस्। तँसित हुनुपर्ने भावना यही हो। खोज्नु र सङ्गति गर्नु: यिनै कुराहरू तैँले अभ्यास गर्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (५)”)। मैले यसको बारेमा विचार गरेँ र के देखेँ भने, परमेश्‍वरको घरले मानिसहरूलाई अभ्यास गर्ने मौका दिनको लागि पदोन्‍नति र वृद्धि-विकास गर्छ। यसको अर्थ तिनीहरूले सत्यता बुझ्छन्, कुनै पनि समस्या समाधान गर्न सक्छन्, र परमेश्‍वरको घरको प्रयोगको लागि योग्य छन् भन्‍ने हुँदैन। तिनीहरूको अभ्यासमा तिनीहरूले सबै किसिमका वास्तविक समस्याहरूको सामना गर्छन्, र यदि तिनीहरूले खोजी र सङ्गति गरिरहे भने, तिनीहरूले बिस्तारै सिद्धान्तका विभिन्‍न पक्षहरूलाई बुझ्‍न थाल्छन्। त्यसपछि तिनीहरूले समस्याहरू समाधान गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्। मैले मेरा कमजोरीहरूलाई उचित तरिकाले सामना गर्नुपर्छ र म को हुँ भन्‍ने जान्‍नुपर्छ, अझै बढी सत्यताको खोजी गर्नुपर्छ, समस्याहरू आइपर्दा अरूसँग अझै बढी छलफल र सङ्गति गर्नुपर्छ, र मेरो सम्पूर्णता सुम्पनुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछि, कुनै दिन मसँग वास्तवमा क्षमता छैन, म काम गर्न योग्य छैन भन्‍ने कुरा मलाई स्पष्ट भए पनि, कम्तीमा मेरो विवेक सफा हुनेछ। मैले त्यसको बारेमा राम्ररी विचार गरिसकेपछि म साँच्‍चै नै चिन्तामुक्त भएँ। मैले बहाना बनाइरहनुपर्ने र मकुन्डो लगाइरहनुपर्ने आवश्यकता रहेन, तर म इमानदार बन्‍नुपर्थ्यो र मेरा गल्ती र कमीकमजोरीहरूलाई प्रत्यक्ष रूपमै सामना गर्नुपर्थ्यो।

त्यसपछिका हाम्रो समूह छलफलहरूमा, मैले मेरा विचारहरू इमान्दारीपूर्वक व्यक्त गर्ने प्रयास गरेँ। सुरुमा म अलि हिचकिचाएँ, किनभने मैले गलत कुरा भन्छु होला र मसँग सतही बुझाइ र कमजोर क्षमता छ भन्ने देखाउँछु होला भन्‍ने मलाई डर लागेको थियो। विशेष गरी जब मैले स्पष्ट रूपमा नबुझ्‍ने समस्याहरू उत्पन्‍न हुन्थे, तब मैले बाँड्ने विचारहरू त्यति स्पष्ट हुँदैनथिए। मेरो मुटु ढुक-ढुक गर्न थाल्थ्यो: “के सबैले मेरो वास्तविकता देख्‍नेछन्?” तर मैले आफैलाई मेरो वास्तविक स्तर त्यही हो, र यदि मलाई कसैले तुच्छ नजरले हेरे पनि त्यो ठीकै हुन्छ भनेर स्मरण गराउथें। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको अघि इमानदार व्यक्ति बन्‍नु हो, र छलफलमा मेरा विचारहरू व्यक्त गर्नु र सहभागी हुनु मेरो कर्तव्य हो। जिउने शान्तिपूर्ण तरिका त्यही मात्रै हो। त्यसपछि जब मेरो कर्तव्यमा प्रश्‍नहरू देखा पर्थे, म गएर अरूका विचारहरू बुझ्थें। कहिलेकहीँ मलाई अझै पनि अरूले तुच्छ रूपमा हेर्नेछन् भन्‍ने चिन्ता लाग्थ्यो। तर मेरो अहमताको रक्षा गर्न मेरा कमीकमजोरीहरूलाई लुकाएमा त्यसले अवश्य नै परमेश्‍वरको घरमा चोट पुर्याउनेछ भन्‍ने बारेमा जब विचार गर्थेँ, म त्यो आवेगबाट फर्केर सहयोग खोजी गर्थेँ। जब मैले त्यसो गर्थेँ, मैले पहिले कहिल्यै नबुझेका कुराहरू बुझ्‍न थालेँ र मलाई अझै बढी ढुक्‍क, अझै बढी शान्तिको अनुभव हुनथाल्यो। कहिलेकहीँ दाजुभाइ-दिदीबहिनीहरूसँग मेरोभन्दा सटीक बुझाइ हुन्थ्यो, र सबैले मलाई व्यर्थ ठान्‍ने हुन् कि भनेर म सोच्‍न थाल्थें। तर त्यो यसलाई हेर्ने सही तरिका होइन भन्‍ने मैले देख्‍न सक्थेँ। मैले मेरा कमजोरीहरूलाई पूर्ति गर्नको लागि अरूको सामर्थ्यहरूबाट सिक्‍नुपर्थ्यो। के त्यो उपहार होइन र? यस कुरालाई त्यसरी विचार गर्न थालेपछि म आत्तिन छोडेँ, र समय बित्दै जाँदा, मलाई झन्-झन् स्वतन्त्र भएको महसुस हुन थाल्यो। इमानदार व्यक्ति बन्‍नु कति स्वतन्त्र र आनन्दमय छ भन्‍ने कुरा अनुभव गर्न दिनुभएको लागि म परमेश्‍वरको अगुवाइप्रति कृतज्ञ छु, र अहिले मसँग परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्ने अझै बढी विश्‍वास छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा सत्यता चाहिन्छ

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो...

आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्