आफूलाई जे गर्न मन गरिँदैन त्यो अरूलाई पनि नगर्नेसम्बन्धी अत्मचिन्तन

25 अप्रिल 2023

मेरो काममा ठूलासाना धेरै समस्याहरू आइरहेका थिए। केही समस्याहरू लापरबाहीले त केही समस्या सिद्धान्त नबुझेकाले निम्तिएका थिए। म केही चिन्तित थिएँ। मेरा अगुवा वा मसँग काम गर्ने सिस्टरले तिमी सुस्त छौ भन्दै मलाई निराकरण गर्लान् भन्‍ने डर थियो। तर मेरा साझेदार सहकर्मीले समस्या विरलै औँल्याए, भविष्यमा थप होसियार हुनु मात्र भने। यसले मलाई सधैँ खुसी बनायो। पछि, जब मैले अरूको काममा केही स्पष्ट समस्या देखेँ, तब मलाई उनीहरू आफ्नो काममा अति सुस्त छन् भन्‍ने लाग्यो। र उनीहरूसँग सङ्गति गर्न र समस्याको विश्‍लेषषण गर्न चाहेँ, ताकि उनीहरूले यसको प्रकृति र त्यसरी काम गर्दा निम्तने गम्भीर परिणाम बुझ्न सकून्। तर त्यसपछि मैले सोचेँ, तिखो रूपमा अरू मानिसको समस्या औँल्याउँदा उनीहरूको स्वाभिमानमा चोट लाग्‍न सक्छ। उनीहरूलाई समस्याबारे सजग गराउन जति पर्याप्त हुन्छ, त्यति गरेर छाड्नु राम्रो हुन्छ। यसबाहेक, मैले पनि यही समस्या भोगिरहेकी थिएँ, त्यसैले बोल्नका लागि मसँग के अधिकार थियो र? मैले अरूलाई कुनै कुरामा निराकरण गर्ने र त्यसपछि आफैँ त्यस्तो गर्दा के हुन्थ्यो? के म ढोंगी हुन्‍नथेँ? मलाई मैले राम्रो कुरा गरे मात्र पुग्छ भन्‍ने लाग्यो। त्यस्तो गर्दा यदि मैले भविष्यमा कुनै गल्ती गरेँ भने पनि अरूले हल्लाखल्ला गर्दैनथे। अरूलाई माफ गर्नु आफैँलाई माफ गर्नु हो। जब मैले त्यस्तो तरिकाले सोचेँ, मेरो हृदयमा रहेको थोरै धार्मिकता पनि गायव भयो। मैले मेरा साझेदार सहकर्मीलाई भनेँ, “समस्या भएका मानिसलाई तोकेरै आलोचना गर्नु आवश्यक छैन। समस्याबारे मात्रै उल्लेख गरे पुग्छ।” उनले जबाफमा केही पनि भनिनन्। त्यसपछि मैले थोरै असहज महसुस गरेँ। उनीहरूलाई तोकेर नभन्‍दा के उनीहरूमा समस्या छ भनेर अरूले महसुस गर्थे त? के उनीहरू भविष्यमा परिवर्तन हुन्थे? उनीहरू परिवर्तन नभए, त्यसले काममा प्रभाव पार्न सक्थ्यो। मनमा अन्तर्द्वन्द्व चल्यो। मलाई बोल्न मन थियो, तर आँट गरिनँ, र नबोल्दा मलाई आफ्नो काम नगरेजस्तो लाग्यो। यसपछि म चकित भएँ, किन यो मेरा लागि यति धेरै गाह्रो थियो? अरूको समस्या उजागर गर्नबाट मलाई केले छेकेको थियो? मैले मौन प्रार्थना गरेँ। परमेश्‍वरलाई मेरो समस्या बुझ्नका लागि बाटो देखाइदिन आग्रह गरेँ।

पछि मैले अर्की सिस्टरलाई मेरो वर्तमान अवस्थाबारे बताएँ, र उनले परमेश्‍वरका वचनको एउटा खण्ड मलाई पठाइन्। यो पढ्दा साँच्‍चै मेरा आँखा खुले, र मैले मेरो समस्याबारे केही बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “के तिमीहरू ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍ने नैतिक उक्तिको समर्थक हौ? यदि कुनै व्यक्ति यो वाक्यांशको समर्थक हो भने, तिमीहरू उसलाई महान् र आदर्श ठान्छौ? कतिपय मानिसहरू यसो भन्छन्, ‘हेर्नुहोस् त, तिनीहरू जबरजस्ती गर्दैनन्, अरूलाई दुःख दिँदैनन्, वा कठिन परिस्थितिमा पार्दैनन्। के तिनीहरू मजाका छैनन् र? तिनीहरू आफूप्रति सधैँ कठोर हुन्छन् र पनि अरूप्रति नरम हुन्छन्; तिनीहरू आफूले नगर्ने कुरा अरूलाई कहिल्यै गर्न लगाउँदैनन्। तिनीहरू अरूलाई धेरै स्वतन्त्रता दिन्छन्, र तिनीहरूलाई प्रशस्‍त न्यानोपन र स्वीकारको अनुभूति गराउँछन्। कस्तो राम्रो व्यक्ति!’ के त्यो साँचो हो? ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍ने वाक्यांशको अर्थ हो, तैँले आफूलाई मन पर्ने र अरूलाई आनन्दित तुल्याउने कुरा मात्रै दिनु वा प्रदान गर्नुपर्छ। तर भ्रष्ट मानिसहरूलाई के-कस्ता कुरा मन पर्छ र के कुराले आनन्दित तुल्याउँछ? भ्रष्ट कुराहरू, निरर्थक कुराहरू, र अत्यधिक इच्‍छाहरू। यदि तैँले मानिसहरूलाई यस्ता नकारात्मक कुराहरू दिन्छस् र प्रदान गर्छस् भने, के सारा मानवजाति झन्-झन् भ्रष्ट हुँदै जानेछैन र? सकारात्मक कुराहरू झन्-झन् कम हुँदै जानेछन्। के यो साँचो होइन र? यो तथ्य हो, मानवजाति गहनरूपमा भ्रष्ट तुल्याइएको छ। भ्रष्ट मानिसहरू ख्याति, फाइदा, हैसियत, र देहगत सुखचैनहरू मन पराउँछन्; तिनीहरू सेलिब्रेटी बन्‍न, शक्तिशाली र महामानव बन्‍न चाहन्छन्। तिनीहरू सहज जीवन जिउन चाहन्छन् र कडा परिश्रम गर्न इच्चा गर्दैनन्; तिनीहरू सबै कुरा हातैमा आएका चाहन्छन्। तिनीहरूमध्ये एकदमै थोरैले मात्र सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। यदि मानिसहरूले अरूलाई आफ्‍ना भ्रष्टता र अभिरुचिहरू अरूलाई दिए र प्रदान गरे भने, के हुनेछ? यो तिमीहरूले कल्‍पना गरेजस्तै हुनेछ: मानवजाति झन्-झन् भ्रष्ट मात्र हुँदै जानेछ। ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍ने नैतिक उक्तिका समर्थकहरू मानिसहरूले अरूलाई आफ्‍नो भ्रष्टता, अभिरुचि, र लालची इच्‍छाहरू अरूमा लागू गरेर तिनीहरूलाई दुष्टता, सहजता, पैसा, र प्रगति खोज्‍ने बनाउनुपर्छ भनी भन्छन्। के यो जीवनको सही मार्ग हो? ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍ने कथन समस्याले भरिएको छ भनेर प्रस्टै देखिन्छ। यसका भुलचुकहरू अति स्‍पष्ट छन्; यो विश्‍लेषण गर्न र बुझ्नसमेत लायक छैन। अलिकति जाँच गर्दा पनि, यसका त्रुटि र निरर्थकता स्पष्टरूपमा देखिन्छ। तैपनि, तिमीहरूमध्ये धेरै जना यो भनाइद्वारा सहजै फकिन्छौ र प्रभावित हुन्छौ, अनि नबुझी यसलाई स्वीकार गर्छौ। अरूसँग अन्तरक्रिया गर्दा, तिमीहरू आफूलाई चेतावनी दिन र अरूलाई सल्‍लाह दिन यो उक्ति प्रयोग गर्छौ। यसो गरेर, तिमीहरू आफ्नो चरित्र निकै आदर्शमय छ, र तिमीहरू अत्यन्तै समझदार छौ भन्‍ने सोच्छौ। तर थाहै नपाई, यी शब्दहरूले तँ जिउने सिद्धान्तहरू र मामिलाहरूमा तैँले लिने अडानलाई प्रकट गरेका हुन्छन्। यसको साथै, तैँले अरूलाई धोका दिएर अनि बहकाएर तेरो जस्तै दृष्टिकोण र अडानले मानिसहरू र परिस्‍थितिलाई हेर्ने तुल्याएको छस्। तैँले वास्तविक मध्यमार्गी व्यक्तिले जस्तो व्यवहार गरेको छस्, र पूर्णरूपमा मध्य मार्ग अपनाएको छस्। तँ भन्छस्, ‘समस्या जेसुकै भए पनि, यसलाई गम्‍भीररूपमा लिनु आवश्यकता छैन। आफ्‍नो वा अरूका लागि परिस्थिति गाह्रो नबनाऊ। यदि अरूको लागि परिस्थिति गाह्रो बनायौ भने, तिमीहरूले आफ्नो लागि पनि परिस्थिति गाह्रो बनाइरहेका हुन्छौ। अरूलाई दया गर्नु भनेको आफैलाई दया गर्नु हो। यदि तिमीहरू अरूप्रति कठोर भयौ भने, आफूप्रति पनि कठोर भइरहेका हुन्छौ। आफूलाई किन कठिन परिस्थितिमा पार्ने? आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू भनेको आफ्नो लागि गर्न सक्ने सबैभन्दा उत्तम, र सबैभन्दा विचारशील कुरा हो।’ यो मनोवृत्ति अवश्य नै कुनै पनि कुरामा सतर्क हुने किसिमको होइन। कुनै पनि समस्यामा तँसँग स्पष्ट अडान वा दृष्टिकोण छैन; तँसँग सबै कुराबारे अस्पष्ट दृष्टिकोण छ। तँ सावधान छैनस् तर कामकुराप्रति आँखा चिम्‍लन्छस्। जब तँ अन्तिममा परमेश्‍वरअघि खडा हुन्छस् र आफ्‍नो लेखा दिन्छस्, तब त्यसमा पनि ठूलो गडबडी भएको हुनेछ। किन त्यसो हुन्छ? किनभने तँ सधैँ नै आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू भनी भन्छस्। यो निकै सान्त्वनादायी र आनन्ददायी सुनिन्छ, तर यसले तँलाई धेरै समस्यामा पार्नेछ, यसले गर्दा तैँले धेरै विषयमा स्पष्ट दृष्टिकोण राख्न वा अडान लिन सक्दैनस्। अवश्‍य नै, यी परिस्थितिहरू सामना गर्दा यसले तँलाई परमेश्‍वरका माग र मापदण्डहरू के-के हुन्, वा तैँले कस्ता परिणाम हासिल गर्नुपर्छ भनेर बुझ्न नसक्ने पनि तुल्याउँछ। तँ आफूले गर्ने कुनै पनि कुरामा सतर्क नहुने हुनाले यी कुराहरू हुन्छन्; तेरो गडबड मनोवृत्ति र दृष्टिकोणहरूको कारण ती हुन्छन्। आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू भन्‍ने भनाइ मानिसहरू र परिस्थितिप्रति तँमा हुनुपर्ने सहनशील मनोवृत्ति हो? होइन। यो बाहिरबाट सही, आदर्शमय, र दयालु देखिने सिद्धान्त मात्रै हो, तर वास्तवमा यो पूर्णतया नकारात्मक कुरा हो। स्पष्टतः यो मानिसहरूले पालना गर्नुपर्ने सत्यताको सिद्धान्त त झन् पटक्‍कै होइन(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। अरूसँग मिल्ने मेरो मनोवृत्तिलाई परमेश्‍वरका वचनले उजागर गरिदियो। जब अरूको कामप्रतिको दृष्टिकोणमा मैले समस्या देख्थेँ, म स्पष्टसँग त्यसलाई औँल्याउन चाहन्‍नथेँ। सतही रूपमा हेर्दा म दयालु भएजस्तो, र अरूलाई इज्‍जत ढाक्‍न दिने, र अप्ठ्यारोमा नपार्नेजस्तो देखिन्थेँ। तर मेरो भित्री मनसाय थियो। म आफैँ पनि प्रायः काममा अल्छी भएकीले र ममा यस्तै समस्याहरू रहेकोले, अरूका समस्या औँल्याएर पछि आफैँले त्यस्ता समस्या प्रदर्शन गरिएला भन्‍ने डर मलाई थियो। के त्यसले मलाई ढोंगी बनाउँदैनथ्यो र? आफैँले फुत्किने बाटो नछाडेसम्म अरूसँग अति कडा पेस हुनु मेरा लागि खराब हुन सक्थ्यो। त्यसैले मैले अरूको समस्यालाई गम्भीर रूपमा लिन चाहिनँ। बरु, त्यसलाई ढाकछेप गर्नतिर लागेँ। मलाई राम्ररी थाहा थियो, उनीहरू आफ्नो कर्तव्यमा सधैँ लापरबाह भइरहेमा उनीहरूले राम्रो नतिजा ल्याउन सक्‍नेछैनन् वा कुनै राम्रो काम गर्न सक्‍नेछैनन्। त्यति मात्र होइन, मण्डलीको काममा पनि असर गर्ने र ठूलो समस्या निम्तने थियो। एक सुपरभाइजरको रूपमा मैले जिम्मेवारी लिनुपर्ने थियो, सङ्गति गराउने र अरूका समस्या औँल्याउनुपर्ने थियो। र आवश्यक परेको बेला ती समस्या उजागर, विश्लेषण र निराकरण गर्नुपर्ने थियो। तर इज्जत ढाक्‍न र मेरो हैसियत जोगाउनको लागि मैले सत्य अभ्यास गर्ने भएको अलिकति इच्छा पनि गुमाएँ। बाहिरबाट हेर्दा म साँच्‍चै विचारशील जस्तो देखिन्थेँ। तर वास्तवमा म आफ्नै रक्षा गर्न र अरूलाई मेरो समस्या औँल्याउनबाट रोक्‍न चाहन्थेँ। यदि परमेश्‍वरको वचनको प्रकाश नभएको भए मैले कहिल्यै महसुस गर्ने थिइनँ कि अरूका समस्या नऔँल्याउनु वास्तवमा सैतानी दर्शनबाट प्रभावित र नियन्त्रित हुनुको उपज हो। म कति कपटी थिएँ भन्‍ने मलाई कहिल्यै थाहा हुने थिएन।

मैले परमेश्‍वरको वचनमा केही पढेँ। “शाब्दिक अर्थमा, ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍नुको अर्थ हो, यदि तँलाई कुनै कुरा मन पर्दैन, वा कुनै कुरा गर्न मन लाग्दैन भने, तैँले अरूलाई पनि त्यो कुरा जबरजस्ती गर्न लगाउनु हुँदैन। यो बाठोपन र समझदारीजस्तो देखिन्छ, तर तैँले हरेक परिस्थिति सामना गर्न यो शैतानी दर्शन प्रयोग गरिस् भने, धेरै गल्ती गर्नेछस्। सायद तैँले मानिसहरूलाई चोट पुर्‍याउनेछस्, बहकाउनेछस्, वा हानिसमेत गर्नेछस्। जस्तै, कतिपय आमाबुबालाई पढ्न मन पर्दैन, तर आफ्‍ना छोराछोरीलाई पढ्न लगाउन मन पर्छ, र सधैँ तिनीहरूसँग तर्क गर्दै परिश्रम गरेर अध्ययन गर्न प्रेरित गर्छन्। यदि तैँले यहाँ ‘आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू’ भन्‍ने माग लागू गर्ने हो भने, यी आमाबुबाले आफ्‍ना छोराछोरीलाई पढ्न लगाउनु हुँदैन, किनभने तिनीहरू आफैलाई पढ्न मन पर्दैन। कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर सत्यताको पछि लाग्दैनन्; तैपनि तिनीहरूलाई हृदयमा परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो भन्‍ने थाहा छ। यदि तिनीहरूले आफ्‍ना छोराछोरी सही मार्गमा छैनन् भनेर देखे भने, तिनीहरूले आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न प्रेरित गर्छन्। तिनीहरू आफै सत्यताको पछि नलागे पनि, आफ्‍ना छोराछोरीलाई यसको पछि लगाएर आशिषित बनेको चाहन्छन्। यस परिस्थितिमा, यदि तिनीहरूले आफूलाई जसरी व्यवहार गरिएको चाहन्छन् त्यसरी नै अरूलाई पनि व्यवहार गर्ने हो भने, यी आमाबुबाले आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न लगाउनु हुँदैन। त्यो त यो शैतानी दर्शनअनुरूप हुनेथियो, र यसले तिनीहरूका छोराछोरीको मुक्ति पाउने मौका पनि नष्ट गर्नेथियो। यो परिणामको जिम्‍मेवार को हुन्छ? आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू भन्‍ने परम्‍परागत नैतिक उक्तिले के मानिसहरूलाई हानि गर्दैन र? … के यी उदाहरणहरूले यो भनाइलाई पूर्णरूपमा खण्डन गरेका छैनन् र? यसमा केही पनि सही छैन। उदाहरणको लागि, कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू देहगत सहजताहरूको लालसा गर्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्दा सुस्त हुने उपाय खोज्छन्। तिनीहरू कष्ट भोग्‍न वा मूल्य चुकाउन इच्‍छुक हुँदैनन्। तिनीहरू, ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍ने भनाइलाई सही ठान्छन् र मानिसहरूलाई भन्छन्, ‘तिमीहरूले आफैमा रमाउन सिक्‍नुपर्छ। तिमीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नु वा कठिनाइ भोग्‍नु वा मूल्य चुकाउनु पर्दैन। यदि सुस्त हुन सक्छौ भने, सुस्त बन; कुनै कुरामा झारा टार्न सक्छौ भने, झारा टार। आफ्‍नो लागि परिस्थिति कठिन नबनाऊ। हेर त, म यसरी नै जिउँछु—के यो रमाइलो छैन र? मेरो जीवन परिपूर्ण छ! त्यसरी जिएर तिमीहरूले आफूलाई थकित पारिरहेका छौ! तिमीहरूले मबाट सिक्‍नुपर्छ।’ के यसले ‘आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू’ भन्‍ने माग पूरा गर्छ? यदि तैँले यसरी व्यवहार गरिस् भने, के तँ विवेक र समझ भएको व्यक्ति होस्? (होइन।) यदि व्यक्तिले आफ्‍नो विवेक र समझ गुमायो भने, के उसमा सदगुणको कमी हुँदैन र? सदगुणको कमी हुनु भनेको यही हो। हामी किन यसो भन्छौँ? किनभने तिनीहरू सहजताको लालसा गर्छन्, आफ्‍नो कर्तव्यमा झारा टार्छन्, र अरूलाई पनि उक्साएर र प्रभावित पारेर आफूसँगै झाराटारुवा र सहजताको लालसा गर्ने बनाउँछन्। यसमा समस्या के छ? आफ्‍नो कर्तव्यमा झाराटारुवा र गैरजिम्‍मेवार बन्‍नु छल र परमेश्‍वरको विरोध गर्नु हो। यदि तँ झाराटारुवा भइरहिस् र पश्‍चात्ताप गरिनस् भने, तँलाई खुलासा गरेर हटाइनेछ(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। “यदि मानिसहरू सत्यलाई प्रेम गर्छन् भने, तिनीहरूमा सत्यको पछि लाग्‍ने शक्ति हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्न कडा मेहनत गर्न सक्छन्। तिनीहरू त्याग्‍नुपर्ने कुरा त्याग्‍न सक्छन्, र छोड्नुपर्ने कुरा छोड्न सक्छन्। विशेष गरी, तेरो ख्याति, प्राप्ति र हैसियतसित सम्बन्धित कुराहरू छोड्नुपर्छ। यदि तैँले ती छोड्दैनस् भने, यसको अर्थ तँ सत्यतालाई प्रेम गर्दैनस् र तँमा सत्यताको पछि लाग्‍ने सामर्थ्य छैन। तँमाथि परिस्थितिहरू आइपर्दा, तैँले सत्यता खोजी गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयहरूमा, यदि तँमा सधैँ स्वार्थी हृदय हुन्छ र तँ आफ्नो स्वार्थ छोड्न सक्दैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। यदि तैँले कुनै पनि परिस्थितिमा र कहिल्यै पनि सत्यताको खोजी वा अभ्यास गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, ‘के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।’ यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म गर्दैनस् भने पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्ठा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित व्यक्ति होस्, अनि तँ स्वार्थी र नीच छस्। … परमेश्‍वरलाई वर्षौंसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू गैरविश्‍वासीमध्येका एक हुन्, तिनीहरू दुष्ट हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् भने, यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो अन्त्य निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्कर्मको थुप्रो बन्छ; त्यसैले तेरो अन्त्य के हुन्छ भने, तँ नरक जानेछस् र तँलाई दण्ड दिइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले खुलासा गरेको कुराले म थर्थर कापेँ। “तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर” कुरामा आधारित अन्तरक्रियाले मलाई अरूप्रति समझदार बनेजस्तो त देखायो, तर खासमा मैले उनीहरूलाई हानि गरिरहेकी थिएँ। म परमेश्‍वरका वचन र उहाँका मापदण्ड अभ्यास गरिरहेकी वा त्यसमा प्रवेश गरिरहेकी थिइनँ। म अरूलाई उनीहरूका समस्याबारे बताइरहेकी थिएँ, परमेश्‍वरको वचन अभ्यास गर्न भनिरहेकी थिइनँ। मानौँ, उनीहरू मजस्तै प्रगति नखोज्ने, नकारात्मक र भ्रष्ट हुन्। त्यसरी काम गर्नु गैरजिम्मेवारी हो। यो मानिसलाई मक्ख पार्नु हो। यो अविवेकी कुरा हो, यसमा नैतिकताको कमी हुन्छ। मैले यस्तै व्यवहार गरिरहेकी थिएँ। मैले सत्यलाई प्रेम गरिनँ, र सधैँ आफूलाई सहज राख्‍न खोजिरहेकी थिएँ। मैले कर्तव्यलाई गम्भीर वा विस्तृत रूपमा लिन चाहेकी थिइनँ। मेरो कर्तव्यमा तमाम समस्या र विचलन थिए। तर म आफ्नो गल्ती उजागर हुनेमा त्रसित थिएँ। अनि मेरा अगुवा र साझेदार मसँग धेरै कडा हुनेछैनन् भन्‍ने आशा राखेँ। अरूसँग म अति सीधा भएँ भने, मैले उदाहरण स्थापित गर्नुपर्ने र उनीहरूको निगरानी स्वीकार्नुपर्ने थियो, जसले मेरो जीवन सहज बनाउने थिएन। त्यसैले म अरूलाई जोगाउन चाहन्थेँ र उनीहरूलाई मजस्तै बन्‍न, अनि देखेका समस्या उल्लेख नगर्न र एकअर्कामाथि नजर नराख्‍न अनुमति दिन्थेँ। सत्य प्राप्त हुनुअघि मानिसहरूले जीवनमा भ्रष्ट स्वभाव पछ्याउने, कर्तव्यमा ढिलासुस्ती र लापरबाही गर्ने प्रवृत्ति हुन्छ। पारस्परिक सुपरिवेक्षण र सल्लाहको सबैभन्दा ठूलो खाँचो यतिबेलै हुन्छ। यो राम्रो कुरा हो र यसले मण्डलीको काम रक्षा गर्छ। सुपरभाइजरको रूपमा मैले साँच्‍चै सत्यता अभ्यास गर्न अगुवाइ गर्नुपर्ने थियो। तर एउटा राम्रो उदाहरण बन्‍न नसक्‍नुको अलावा, मैले सबैलाई ठ्याक्‍कै मजस्तै सुस्त हुन र प्रगतिका लागि कोसिस नगरी बस्‍न दिएँ। आधारभूत रूपमा म सत्यदेखि दिक्‍क थिएँ र यसलाई स्विकार्न तयार थिइनँ। लापरवाह हुन र परमेश्‍वरलाई ठग्‍न मैले अगुवाइ गरिरहेकी थिएँ। आफ्नो कर्तव्य राम्रोसँग नगरिरहेकी मात्र होइन, मैले ब्रदर-सिस्टरहरूलाई हानिसमेत पुर्‍याइरहेकी थिएँ। मैले यसमा जति धेरै आत्मचिन्तन गरेँ, त्यति नै धेरै यो सवाल सोचेभन्दा गम्भीर देखेँ। मेरो प्रतिष्ठा र हैसियत जोगाउन, मैले मण्डलीको काम तथा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई बेवास्ता गरेँ। म निकै स्वार्थी र नीच थिएँ। परमेश्‍वरले किन यस्ता मानिसलाई अविश्‍वासी भन्‍नुभयो भन्‍ने पनि बुझ्न पाएँ, यी यस्ता दुष्ट मानिस हुन्, जो परमेश्‍वरको घरभित्र किराजसरी घुस्रन्छन्। किनकि यस्ता मानिसको हृदयमा उनीहरू आफू मात्रै हुन्छन्, उनीहरूले मण्डलीको कामबारे सोच्दैनन्। परमेश्‍वर हामी सबैले सत्य अभ्यास गर्न र सिद्धान्तअनुरूप बोली र व्यवहार गर्न सकौँ भन्‍ने आश गर्नुहुन्छ। तर मैले सत्यलाई प्रेम गरिनँ। बरु हामी सबैले एकअर्कालाई जोगाउने र कसैले पनि सत्य अभ्यास नगर्ने आश गरेँ। परमेश्‍वरले चाहेभन्दा मैले उल्टो गरिरहेकी थिएँ। यो दुष्ट कार्य थियो। मैले मण्डलीको काममा नियतवश अवरोध गर्ने कार्यलाई मात्रै दुष्कर्म सोच्थेँ जसले परमेश्‍वरलाई बेखुस बनाउँथ्यो। तर त्यसपछि मैले देखेँ कि हरेक मोडमा आफ्नो स्वार्थको रक्षा गर्नु, भ्रष्टता-प्रेरित बोली वा व्यवहार अपनाउनु, र सत्य अभ्यास नगर्नु पनि दुष्कर्म गर्नु हो। यो महसुस गरेर मैले पश्‍चात्तापस्वरूप परमेश्‍वरको प्रार्थना गरेँ। “परमेश्‍वर म सुपरभाइजर हुँ। तर मैले सत्य अभ्यास गरिरहेकी छैन। मेरो प्रतिष्ठा र हैसियत जोगाउन, हरेकले एकअर्कालाई जोगाऊन् भन्‍ने चाहना ममा छ। मसँग विवेक वा समझ छैन, र म यो कर्तव्यको योग्य छुइनँ। परमेश्‍वर म पश्‍चात्ताप गर्न र बदलिन चाहन्छु।” प्रार्थनापछि, मैले हालसालै अरूले आफ्नो कर्तव्यमा भोगेका सबै समस्याहरूको सूची बनाएँ। यी सबै समस्याहरूको विस्तृत विवरण हेर्दा म स्तब्ध भएँ। केही मानिसहरू आफ्नो कर्तव्यमा गैरजिम्मेवार र लापरवाह भइरहेका थिए, यसको अर्थ केही काम पुनः गर्नुपर्ने थियो। एकपछि अर्को समस्या देखेर मलाई साँच्‍चै असहज महसुस भयो। हरेकको कर्तव्यमा यति धेरै समस्याहरू हुनेछन् भनेर मैले कल्पना गरेकी थिइनँ। तर अझै पनि मैले कामलाई बेवास्ता गर्न सक्छु, अरू र आफूलाई निस्फिक्री छोड्न सक्छु भन्‍ने सोचेँ। परमेश्‍वरको इच्छाबारे मेरो कुनै वास्ता थिएन। यदि त्यसरी नै चलेको भए, हाम्रो काममा भएको ढिलाइको सबै दोष मेरो टाउकोमा पर्ने थियो।

त्यो साँझ मैले परमेश्‍वरको वचनको एक खण्ड पढेँ, त्यसले मलाई आफ्नो व्यवहार बुझ्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनले भन्छन् “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि, तिनीहरू सुरुमा आफ्‍नै हितहरूलाई विचार गर्छन्, र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक, र पूर्ण रूपमा सत्यता पालना गर्दैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्‍ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात्, सत्यताका सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू, र परमेश्‍वरको घरको कामलाई कसरी लिने, वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्‍ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरको इच्‍छा कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि, र कतै तिनीहरूको प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यताका सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसहरूले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति र सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने, तिनीहरूले अवश्य नै सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि व्यावहारिक काम गर्दा अझ धेरै मानिसहरूले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसहरूले तिनीहरूको कुरा मान्छन् भने, तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र, तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति र सार यही हो। के यो स्वार्थी र दुष्ट कुरा होइन र? कुनै पनि परिस्थितिमा, ख्रीष्टविरोधीहरू आफ्‍नो हैसियत र प्रतिष्ठालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरूसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन। जुनसुकै शैलीको आवश्यकता परे पनि, यदि त्यसले मानिसहरूको मन जित्छ र अरूलाई तिनीहरूको उपासना गर्न लगाउँछ भने, ख्रीष्टविरोधीहरू त्यही शैली अपनाउँछन्। … सरल शब्दमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुराको उद्देश्य र मनसाय यी दुईवटा कुरामा केन्द्रित हुन्छन्—हैसियत र प्रतिष्ठा। चाहे यो तिनीहरूको बाहिरी बोलाइ, काम गराइ, वा आनीबानी होस्, या तिनीहरूको सोचाइ र दृष्टिकोण वा खोजीको शैली, सबै कुरा तिनीहरूको प्रतिष्ठा र हैसियतमा केन्द्रित हुन्छन्। ख्रीष्टविरोधीहरूले काम गर्ने तरिका यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचन ऐनाझैँ स्पष्ट छन्। ख्रीष्टविरोधीले गर्ने भनेकै आफ्नो इज्‍जत र स्वार्थको रक्षा मात्र हो। उनीहरूले मण्डलीको काम कसरी रक्षा गर्ने भनेर वा आफ्ना ब्रदर-सिस्टरहरूलाई के कुराले हित हुन्छ भनेर सोच्दैनन्। उनीहरू आफ्नो स्वार्थ जोखिममा परेको भन्दा त मण्डलीको काम प्रभावित भएको हेर्न रुचाउँछन्। उनीहरू आफ्नो इज्‍जत र हैसियतबारे अत्यन्तै सजग रहन्छन्। आत्मचिन्तनको क्रममा, मैले एक ख्रीष्टविरोधीजस्तै व्यवहार गरेकी रहेछु भन्‍ने देखेँ। मैले कुनै कुरा सामना गर्दा, म सधैँ आफ्नो स्वार्थ, इज्‍जत र हैसियतलाई सबैभन्दा माथि राख्थेँ। जब मैले केही व्यक्ति आफ्नो काममा केही लापरवाह भएको देख्थेँ, त्यो कुरा औँल्याउनुपर्छ र उनीहरूलाई निराकरण गर्नुपर्छ, तब उनीहरूले आफ्नो समस्या देख्‍नेछन् र आफ्नो भ्रष्टता चिन्‍नेछन् भन्‍ने मलाई थाहा थियो। तर म कसैलाई चोट पुर्‍याउन चाहन्‍नथेँ, बरु आफ्नै रक्षा गर्न चाहन्थेँ, त्यसैले मैले सत्य अभ्यास गरिनँ। मैले आफ्नो मुखबाट सत्यअनुरूप एक शब्द पनि निकाल्न सकिनँ। बरु आफैँ फुत्कने बाटो सुनिश्‍चित गर्न मैले दिमाग चलाएँ। म साँच्‍चै चिप्ले र गद्दार, अनि मानिसलाई मक्ख पार्ने खालकी थिएँ, जो मध्यमार्गी बाटो हिँड्न चाहन्थी। म केवल प्रसिद्धि र हैसियत खोजिरहेँ, अनि आफ्ना स्वार्थहरू रक्षा गर्ने, अरूलाई भ्रष्ट रूपमा काम गर्न दिइरहने र मण्डलीको कामबारे नसोच्ने गरिरहेँ। म ख्रीष्टविरोधीको बाटोमा थिएँ। यदि म त्यही बाटोमा गइरहेको भए, परमेश्‍वरले मलाई खुलासा गरेर निकाल्नुहुने पक्‍का थियो। यस्तो महुसुसले मलाई समस्या कति गहिरो छ भन्‍ने देखायो। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, मार्गदर्शन दिन आग्रह गरेँ, ताकि प्रसिद्धि र हैसियत पछ्याउन छोड्न सकूँ, मण्डलीको काममा साथ दिन र आफ्नो जिम्मेवारी पूरा गर्न सकूँ।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ। “परमेश्‍वर मानिसहरूलाई तिनीहरूले आफूलाई जस्तो व्यवहार गरिएको चाहन्छन् अरूलाई त्यस्तै व्यवहार गर्नू भनेर माग गर्नुहुन्‍न, तर उहाँ मानिसहरूलाई फरक-फरक परिस्थितिहरू सामना गर्दा तिनीहरू आफूले पालना गर्नुपर्ने सिद्धान्तहरूबारे स्पष्ट हुन आज्ञा दिनुहुन्छ। यदि यो सही छ र परमेश्‍वरका वचनहरू र सत्यताअनुरूप छ भने, तँ त्यसमा लागिरहनैपर्छ। अनि तँ यसमा लागिरहनैपर्ने मात्रै होइन, तर तैँले अरूलाई अर्ती दिने, मनाउने, र सङ्गति गर्ने पनि गर्नैपर्छ, ताकि तिनीहरूले परमेश्‍वरको इच्‍छा वास्तवमा के हो, र सत्यताका सिद्धान्तहरू के-के हुन् भनेर स्पष्टरूपमा बुझ्‍न सकून्। यो तेरो जिम्‍मेवारी र दायित्व हो। परमेश्‍वरले तँलाई मध्य मार्ग अपनाउनू भनेर भन्‍नुहुन्‍न, र तेरो हृदय कति ठूलो छ भनेर तैँले देखाउनुपर्छ भनेर त झन् भन्‍दै भन्‍नुहुन्‍न। परमेश्‍वरले तँलाई जुन कुराबारे सल्‍लाह दिनुभएको छ र सिकाउनुभएको छ, र उहाँले आफ्‍ना वचनहरूमा जुन कुराहरूबारे बताउनुहुन्छ, ती कुराहरूमा नै तँ लागिरहनुपर्छ: मापदण्डहरू, मानक, र मानिसहरूले पालना गर्नुपर्ने सत्यताका सिद्धान्तहरू। तँ यी कुरामा लाग्नु मात्रै होइन, तर तिनमा सदासर्वदा लागिरहनैपर्छ। तैँले उदाहरण बसालेर, साथै तैँले आफूलेजस्तै सत्यताका यी सिद्धान्तहरूमा लागिरहन, पालना र अभ्यास गर्न अरूलाई मनाउने, रेखदेख गर्ने, सहयोग गर्ने र डोऱ्याउने गर्नैपर्छ। परमेश्‍वर तैँले यो गरेको माग गर्नुहुन्छ; तैँले आफूलाई र अरूलाई यसबाट पन्छिन दिनुपर्छ भनेर उहाँ माग गर्नुहुन्‍न। तैँले समस्याहरूमा सही अडान लिनुपर्छ, सही नीतिनियममा लागिरहनुपर्छ, र परमेश्‍वरका वचनहरूमा के-कस्ता मानकहरू दिइएका छन् भनेर ठिकसित जान्‍नुपर्छ, र सत्यताका सिद्धान्तहरू के-के हुन् भनेर ठिकसित पत्ता लगाउनुपर्छ भन्‍नेपरमेश्‍वर माग गर्नुहुन्छ। तैँले यो पूरा गर्न नसके पनि, तँ अनिच्‍छुक भए पनि, तँलाई यो मन नपरे पनि, तँमा धारणाहरू भए पनि, वा तैँले यसको विरोध गरे पनि, तैँले यसलाई आफ्‍नो जिम्‍मेवारी, आफ्नो दायित्वको रूपमा लिनैपर्छ। तैँले मानिसहरूलाई परमेश्‍वरबाट आउने सकारात्मक कुराहरूबारे, सही र ठिक कुराहरूबारे सङ्गति दिनुपर्छ, अनि ती अरूलाई सहयोग गर्न, प्रभाव पार्न, र डोऱ्याउन प्रयोग गर्नुपर्छ, ताकि तीबाट मानिसहरूलाई फाइदा पुगोस् र तिनीहरूको सुधार होस्, र तिनीहरू जीवनमा सही मार्गमा हिँड्न सकून्। यो तेरो जिम्‍मेवारी हो, र तँ ‘तिमी आफूलाई जस्तो व्यवहार गरेको चाहँदैनौ, अरूलाई त्यस्तै व्यवहार नगर’ भन्‍ने विचारमा जिद्दी भएर लाग्‍नु हुँदैन, जसलाई शैतानले तेरो मनमा हालिदिएको छ। परमेश्‍वरको नजरमा, त्यो भनाइ जिउने दर्शन मात्रै हो; यो शैतानको एउटा चाल हो; यो सही मार्ग होइन, न त सकारात्मक कुरा नै हो। परमेश्‍वरले तँबाट माग गर्नुभएको कुरा भनेकै तँ सोझो व्यक्ति बन्नु हो, जसले आफूले गर्नुपर्ने र गर्न नहुने कुरा स्पष्टरूपमा बुझ्छ। उहाँ तँ मानिसहरूलाई खुसी पार्ने वा मध्यमार्गी व्यक्ति बन्नुपर्छ भन्‍ने माग गर्नुहुन्न; उहाँ तैँले मध्य मार्ग अपनाउनुपर्छ भनेर माग गर्नुहुन्न। जब कुनै कुरा सत्यताका सिद्धान्तहरूसँग सम्बन्धित हुन्छ, तैँले भन्‍नुपर्ने कुरा भन्‍नैपर्छ, र बुझ्‍नुपर्ने कुरा बुझ्‍नैपर्छ। यदि कसैले कुनै कुरा बुझ्दैन तर तँ बुझ्छस्, र उसको गल्ती औँल्याएर सहयोग गर्न सक्छस् भने, तैँले यो जिम्‍मेवारी र दायित्व पूर्णतया पूरा गर्नैपर्छ। तैँले हात बाँधेर हेरिबस्‍नु पटक्कै हुँदैन, र झन् शैतानले तेरो मनमा राखिदिएका चालहरूमा टाँसिनु त पटक्‍कै हुँदैन, जस्तै आफूलाई जुन कुरा गरिएको मन पर्दैन अरूलाई त्यो कुरा नगर्नू। … यदि तँ सधैँ यसलाई पालना गर्छस् भने, तँ शैतानी दर्शनहरूअनुसार जिउने व्यक्ति होस्; शैतानी स्वभावमा पूर्णरूपले जिउने व्यक्ति होस्। यदि तँ परमेश्‍वरको मार्ग पछ्याउँदैनस् भने, तैँले सत्यतालाई प्रेम गर्दैनस् र पछ्याउँदैनस्। जेसुकै भए पनि, तैँले पछ्याउनुपर्ने सिद्धान्त र तैँले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई सकेजति सहयोग गर्नु हो। तैँले शैतानले भनेअनुसार गर्नु हुँदैन र आफूलाई जुन कुरा गरिएको मन पर्छ अरूलाई त्यही मात्र गर्नु, वा मानिसहरूलाई खुसी पार्ने ‘बाठो’ व्यक्ति बुन्नु हुँदैन। मानिसहरूलाई आफूले सकेजति सहयोग गर्नु भनेको के हो? यसको अर्थ आफ्ना जिम्‍मेवारी र दायित्व पूरा गर्नु हो। तैँले कुनै कुरा तेरो जिम्‍मेवारी र दायित्वको भाग हो भन्‍ने थाहा पाउनेबित्तिकै, परमेश्‍वरका वचनहरू र सत्यतामा सङ्गति गर्नुपर्छ। आफ्ना जिम्‍मेवारी र कर्तव्य पूरा गर्नु भनेको यही हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। परमेश्‍वरका वचनबाट मैले देखेँ कि आफूलाई जे गर्न मन गरिँदैन, त्यो अरूलाई पनि नगर्ने कुरा त सैतानले मानिसको सोच भ्रष्ट बनाउन र नियन्त्रणमा लिन प्रयोग गर्ने एक रणनीति र धूर्त्याइँ रहेछ जसको कारण उनीहरू सैतानी दर्शनहरूमा बाँच्छन्, र आफ्ना अन्तरक्रियाहरूमा सत्य अभ्यास गर्दैनन्। उनीहरू सहनशील बन्छन् र एकअर्कालाई छुट दिन्छन्। यदि सबैजना आफ्नै भ्रष्ट स्वभावअनुसार बाँच्छन् भने सैतानले नियन्त्रण हासिल गर्छ र दुष्टको हात माथि पर्छ। अन्ततः पवित्र आत्माले उनीहरूलाई त्याग गर्नुहुन्छ। मैले अझै पनि परमेश्‍वरका वचन र उहाँको मापदण्डअनुसार जिउन वा तिनलाई अभ्यास गर्न सकेकी थिइनँ, तैपनि मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो र आफ्नो अन्तर्दृष्टि र परमेश्‍वरका वचनसम्बन्धी बुझाइबारे अरूसँग सङ्गति गर्नुपर्थ्यो। मैले कोही व्यक्ति उनीहरूको काममा सत्यको सिद्धान्तविपरीत गइरहेको देख्दा, उदार वा सहनशील मनोवृत्ति देखाउनुभन्दा पनि सिद्धान्तपरक भएर उनीहरूलाई सङ्गति र आलोचनामार्फत सहयोग गर्नुर्थ्यो। अनि मात्रै मैले मण्डलीको कामलाई कायम राखेको र आफ्नो कर्तव्य पूरा गरेको हुन्थ्यो। म सत्य अभ्यास गर्ने उदाहरणको रूपमा पनि खडा हुनुपर्थ्यो। यो साँचो हो कि मेरो काममा समस्या थियो, तर अब म आफूप्रति लचिलो बन्‍न, अभिनय गर्न वा यथार्थबाट भाग्‍न सक्दिनथेँ। यस्तो गरेको भए, मैले कुनै प्रगति गर्ने थिइनँ। मैले सक्रिय रूपमा आफ्ना समस्याहरू स्विकार्ने, अरूको निगरानी स्विकार्ने, र आफ्नो कर्तव्यलाई गम्भीर रूपमा लिनुपर्थ्यो। मैले यो पनि महसुस गरेँ कि अरूको आलोचना गर्नका लागि आफू गल्ती र समस्याबाट मुक्त हुनुपर्छ भन्‍ने दृष्टिकोण कहीँकतै सत्यअनुरूप छैन—यो त आफूले आफैलाई उच्‍च पार्नुजस्तै हो। म गम्भीर सैतानी स्वभाव भएको एक अर्को भ्रष्ट मानव मात्र हुँ। म प्रायः आफ्नो कर्तव्यमा सत्यको सिद्धान्तविपरीत जान्छु, र मलाई परमेश्‍वरको न्याय तथा काँटछाँट आवश्यक पर्छ। मलाई ब्रदर-सिस्टरहरूको निगरानी पनि आवश्यक छ। यदि धेरै समस्या देखियो भने मैले त्यसलाई सामना गर्नुपर्छ, त्यसबाट भाग्‍नु हुँदैन। यस्तो महसुस गर्नु मेरा लागि अन्तर्दृष्टिपूर्ण थियो, र मैले अभ्यासको बाटो भेटेकी थिएँ। अर्को भेलामा, सबैभन्दा पहिले मैले भर्खरै कर्तव्यमा भोगेका समस्याबारे कुरा गरेँ। आफ्नो बेढङ्गीपनको खुलासा र विश्लेषण गर्दै सबैलाई मेरो निगरानी गर्न अनुरोध गरेँ। मैले यसलाई चेतावनीका रूपमा लिन दिन पनि आग्रह गरेँ। अन्त्यमा, काममा एकदमै लापरवाह रहँदै आएका दुईजना ब्रदर र सिस्टरलाई मैले तोकेरै बोलाएँ, र बदलिन नसक्दा निम्तने परिणामबारे सङ्गति गरेँ। यस्तो गरेपछि मैले निकै सहज महसुस गरेँ।

जब मैले निराकरण गरेका ब्रदरले आफूलाई तोकेरै बोलाइएको कारण आफ्नो समस्या स्विकारे, त्यो मेरा लागि यो निकै मार्मिक कुरा थियो, उनले मलाई यस्तो सन्देश पठाए, “यदि मलाई यसरी खुलासा र निराकरण नगरिएको भए, म मेरो समस्याबारे पूर्णतः अन्जान रहने थिएँ। यसरी मलाई सहयोग गर्नुभएकोमा धन्यवाद। अब म साँच्‍चै आत्मचिन्तन गर्न र सत्यभित्र प्रवेश गर्न चाहन्छु।” यो सन्देशले म निकै भावुक भएँ। निराकरण र खुलासा हुनुलाई म घृणा गर्ने गर्थेँ, त्यसकारण अरूलाई यस्तो कम गराउन चाहन्थेँ, तर खासमा त्यसो गर्दा उनीहरूलाई कुनै लाभ मिलेको रहेनछ। आफ्नै इज्‍जत र हैसियत जोगाउने, सधैँ सबैलाई चाहेजस्तो गर्न दिने र उनीहरूको कर्तव्यका समस्या सहने, र आफ्नो काम वा जिम्मेवारी पूरा नगर्ने गरेकोमा मैले साँच्‍चै पश्‍चात्ताप गरेँ। म परमेश्‍वर र ब्रदर-सिस्टरहरूप्रति ऋणी छु भन्‍ने लाग्यो। परमेश्‍वरका वचनलाई व्यवहारमा उतार्नु नै हाम्रो जिउने सिद्धान्त हो भन्‍ने महसुस भयो। कुनै स्वाङ नपारी अरूका समस्या औँल्याउने क्षमता हुनु उनीहरूका लागि उपयोगी हन्छ, र यसले हामीलाई पनि लाभ मिल्छ। तर आफूलाई जे गर्न मन गरिँदैन, त्यो अरूलाई पनि नगर्ने कुरा वास्तवमा मानिसलाई चोट पुर्‍याउने सैतानी भ्रम हो। मैले यो पनि बुझेँ कि आफ्नो कर्तव्यमा समस्या आएको बेला सधैँ निराकरण हुनुपर्ने डर मान्‍नुको अर्थ मैले निराकरण हुनुको महत्व बुझेकी रहेनछु। परमेश्‍वरका वचनहरूले भन्छन्, “मानिसहरूको रेखदेख गर्नु, तिनीहरूलाई निगरानी गर्नु, तिनीहरूसित परिचित हुनु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य निभाउन सहयोग गर्नका लागि हो, ताकि तिनीहरूले कुनै पनि बाधा वा व्यवधान नल्याऊन्, ताकि तिनीहरूले समय बरबाद नगरून्। यसो गर्नुको उद्देश्य तिनीहरू र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी पूरा गर्नु हो; यसमा कुनै द्वेषभाव लुकेको हुँदैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। यो साँचो हो। सबैसँग भ्रष्ट स्वभाव छ र हामी सबै आफ्नो कर्तव्यमा लापर्बाह तथा धोकेबाज हुन सक्छौँ। यदि हाम्रो कामको निगरानी वा निरीक्षण गर्ने कोही पनि भएन, वा कसैले पनि हाम्रो समस्याबारे सङ्गति वा आलोचना गरेन भने सम्भवतः हामीले राम्रो काम गर्न सक्दैनौँ। हामी केवल आफ्नै सहजतामा रमाउनेछौँ, वा मनमानी ढङ्गले मण्डलीको काममा अवरोध उत्पन्‍न हुने केही काम गर्नेछौँ। त्यसैले जब अगुवाहरूले कामको निगरानी वा आलोचना गर्छन्, उनीहरू आफ्नै काममा जिम्मेवार भइरहेका हुन्छन् र त्यो मण्डलीको कामलाई समर्थन गर्न गरिएको हुन्छ। त्यो हाम्रो जीवन प्रवेशका लागि पनि राम्रो हुन्छ, त्यो हाम्रो परिस्थिति कठिन बनाउन गरिएको होइन। तर म “आफूलाई जे गर्न मन गरिँदैन, त्यो अरूलाई पनि नगर्ने” भन्‍ने सैतानी विचार पछ्याउने सुपरभाइजर थिएँ। मैले अरूको कर्तव्यमा समस्या देख्थेँ, तर तिनीहरूसित राम्रो व्यवहार गर्थेँ। मैले कसैलाई सङ्गति, सहयोग वा निराकरण गरिनँ, उनीहरूलाई आफूखुसी गर्न दिएँ र जोगाएँ। यो गैरजिम्मेवारी थियो, र अरू तथा मण्डलीका लागि हानिकारक थियो भनेर भन्‍नु नपर्ला। यो अनुभवले मेरा गलत विचारहरू बदलिदियो र मलाई निगरानी र खुलासाको महत्व देख्‍ने बनायो।

यो अनुभव मेरा लागि साँच्‍चै मार्मिक थियो। मैले देखेँ कि जब हामी सैतानी दर्शनअनुसार बाँच्छौँ, हाम्रा सबै विचारहरू गलत हुन्छन्। हामीले गलत र सही छुट्याउन सक्दैनौँ, र कुन कुरा सत्यको सिद्धान्त तथा परमेश्‍वरको मापदण्डअनुसार छ भन्‍ने हामीलाई थाहा हुँदैन। सैतानी दर्शन पछ्याउन र मण्डलीको काममा अवरोध पुर्‍याउने काम गर्न सहज छ। परमेश्‍वरका वचनअनुरूप विभिन्‍न कुराहरूलाई हेर्ने र जीवन जिउने काम मात्र उहाँको इच्छाबमोजिम हन्छ। यसको साथै, मैले सत्य अभ्यास गर्दाको मिठास चाख्‍न पाएँ, र भविष्यमा परमेश्‍वरले जे आदेश दिनुहुन्छ, त्यसमा ध्यान केन्द्रित गर्ने आत्मविश्‍वास प्राप्त गरेँ। धन्यवाद परमेश्‍वर!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

नाम र लाभका लागि लडेका ती दिनहरू

मैले गत जून महिनामा मण्डलीको मलजल गर्ने कामको जिम्मेवारी सम्हालेँ, र मलजल गर्ने कर्मचारीहरूको अभावले गर्दा हाम्रो काम प्रभावित भइरहेको...

के मानिसहरूलाई खुशी पार्ने व्यक्तिले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ?

हाओ झेङ्ग, चीनम गरिब, पहाडको पछाडिएको ठाउँबाट आएको हुँ जहाँ सामन्ती प्रचलन र जटिल व्यक्तिगत सम्‍बन्धहरू रहेका छन्। त्यस वातावरण र मेरा...

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्