हैकम जमाउने आफ्नो मार्ग त्याग्दै

20 जनवरी 2022

चेङ्ग नुओ, फ्रान्स

वास्तवमा, पहिला अगुवाले सिस्टर लीनलाई मसँगै नवआगन्तुकहरूको मण्डलीलाई पानी हाल्न खटाउँदा, म त्यति खुसी थिइनँ। मलाई लाग्यो, म एक्लैले दुई वटा मण्डलीहरू सम्हालेकी थिएँ, तब एउटा मात्र मण्डली सम्हाल्नका लागि किन पार्टनर चाहियो र? कुनै पनि उपलब्धि निश्‍चय नै दुई जनाले प्राप्त गरेको देखिनेथियो, त्यसपछि, अरूको ध्यान ममाथि पर्नेथिएन र कसैले पनि मेरो मान गर्नेथिएन। यदि म एक्लैले यो कर्तव्य सह्मालेँ भने, दाजुभाइ-दिदीबहिनीहरूले मलाई एक्लैले यत्ति धेरै गर्न सक्ने रहेछ भनेर देख्नेछन्। म त्यो कर्तव्यको लागि नभई नहुने व्यक्ति हुनेथिएँ। म साँच्चै चम्कनेथिएँ। साथै, पार्टनरसित काम गर्दा त, मेरो अन्तिम निर्णय चल्दैन, मेरो आधै शक्ति जान्छ नि होइन र? मैले हरेक कुरामा पार्टनरको विचार सोध्नुपर्ने हुन्थ्यो र म अयोग्य देखिन्थें। यस्तो सोचाइले गर्दा त्यो प्रबन्धको साँच्चै विरोध गरें र ती अगुवाले कतै गल्ती पो गरेकी हुन् कि वा मलाई तुच्छ ठानेकी पो हुन् कि भनेर सोचें। अरू सबै मण्डलीहरूमा दुई जना इन्चार्जहरू छन् भनेर मलाई थाहा थियो, तर म अरू जस्तो होइन, निकै योग्य छु भन्ने मलाई लाग्थ्यो। मैले सिस्टर लीनलाई एकदमै बेवास्ता गरें, अनि मैले गरेको धेरै कुराबारे समेत तिनलाई बताइनँ। एक पटक, केही सदस्यहरूले समूह छोडेर गएको हुनाले दुईवटा समूहलाई मिसाउनुपर्ने भयो। मलाई लाग्यो म आफैले गर्न सकिहाल्ने कुरा त हो नि। पहिला पनि मैले त्यस्तो कुरा हल गरेकी थिएँ, त्यसैले छलफल गर्नु आवश्यक छैन। मैले अग्रसर भएर ती समूहहरूलाई मिसाएँ। सिस्टर लीनले सोधखोज गर्दा, मैले त्यो गरिसकें भनेर निर्धक्कसित भनें। अर्को पटक, एक जना अगुवाले हामीलाई नवआगन्तकहरूमध्ये कसलाई चाहिँ सुसमाचार प्रचारका लागि जगेर्ना गर्न सकिन्छ भनेर हेर्न लगाए, तसर्थ, मैले सीधै असल व्यक्तिहरूको एउटा समूह बनाएँ। तिनीहरूले त्यस कामका लागि सिद्धान्तहरू सिक्दै गर्दा, तीमध्ये एक जना आफ्‍नै काममा व्यस्त भएको देखें। मैले तिनलाई एकतर्फी निर्णय गर्दै समूहबाट निकालें र तिनलाई कर्तव्य गर्न अयोग्य ठहर गरें। सुसमाचारको कामका इन्चार्ज ब्रदर झाङले यो कुरा थाहा पाएपछि मलाई निराकरण गर्नुभयो, उहाँले मलाई निर्णयहरू गर्दा साथीलाई सामेल नगरी हैकम जमाएको र मनमानी गरेको भन्नुभयो। त्यति बेला मैले उहाँ सही हो भनेर मात्र भनें, तर मेरो भ्रष्टता त्यति खराब रहेछ भनेर भित्रदेखि विश्‍वासै लागेन।

त्यस्ता कुराहरू धेरै पटक भइसकेपछि, एक दिन सिस्टर लीनले मलाई भेटेर भनिन्, “हामी पार्टनर हौं। तपाईंले आफै कामकुरा गर्न सक्नुहुने भए तापनि, मलाई जानकारी दिनुपर्छ ताकि हाम्रो काममा कसरी प्रगति भइरहेको छ भनेर मैले पनि थाहा पाउन सकूँ। सिस्टर झाङले जहिले पनि आफ्ना पार्टनरसित कामकुराबारे छलफल गर्ने प्रयास गर्नुहुन्छ। उहाँहरूले सबै कुराबारे सँगै छलफल गर्नुहुन्छ।” मैले सोचें, “यदि मैले तपाईंलाई बताएँ भने पनि, तपाईंले मेरो सल्लाह लिने नै हो, त्यसैले के त्यो औपचारिकता पूरा गर्नु मात्र हुँदैन र? कुनै कुरा कसरी गर्ने भनेर थाहा छैन भने, मानिसहरूले सोध्ने गर्छन्। मैले गर्न सकिरहेकी छु भने, त्यसमा किन चिन्ता? पार्टनर त झन्झट हो, हरेक कुराबारे तपाईंसित छलफल गर्नुपर्छ। यस्तो लाग्छ कि म अधीनमा बसेर वरिष्ठ व्यक्तिलाई रिपोर्ट गर्दैछु र म अयोग्य ठहरिरहेकी छु।” तिनले मलाई निकै पटक यो कुरा बताइन्, तर मैले पहिलाकै तरिकामा कामकुरा गरिरहेँ। कहिलेकाहीँ, तिनले मलाई निश्‍चित कुराहरूबारे सोध्थिन्, तर म तिनलाई तिरस्कार गर्थें। हामीले पहिल्यै छलफल गरिसकेको कुराबारे तिनी सोध्ने गर्छिन् भनेर म सोच्ने गर्थें त्यसैले, मैले तिनलाई बेवास्ता गर्थेँ। हाम्रा कार्य छलफलहरूमा, कहिलेकाहीँ तिनले घरीघरी सुस्केरा हालेको म सुन्थें, र मैले तिनलाई विवशमा पारेको पो महसुस भएको हो कि भनेर सोच्थें। मलाई अलिक नराम्रो लाग्थ्यो। तर त्यसपछि, मैले तिनलाई केही पनि गरेकी छैनँ भनेर सोच्थें, त्यसैले, त्यसलाई गम्भीरतासित लिँदिनथिएँ। एक दिन तिनले मलाई सोधिन्, “यो मण्डली तपाईं आफै सम्हाल्न सक्नुहुन्छ, होइन त?” त्यति बेला तिनले किन त्यसो भनेकी होला भनेर बुझिनँ र कतै तिनी स्थानान्तरण पो हुँदैछिन् कि भन्ने मलाई लाग्यो। मलाई लाग्यो, त्यो त राम्रो हुनेछ, मैले तिनलाई कामकुराको रिपोर्ट त दिनुपर्नेछैन, म इन्चार्ज बन्न सक्छु। मैले फ्याट्ट भनिहालें, “अँ सक्छु।” तिनले केही भनिनन्। मैले तिनलाई असाध्यै बाधा दिएको हुनाले, तिनले केही गर्न नसकेकी र राजीनामा दिन चाहेकी कुरा पछि मैले थाहा पाएँ। मैले तिनीप्रति राम्रो आचरण राखेकी थिइनँ भनेर स्वीकार त गरें, तर त्यति आत्मसमीक्षा गरिनँ।

अगुवाले सिस्टर लीनलाई अर्को परियोजनाको लागि आफ्नो प्रयास लगाउनमा ध्यान दिन लगाए त्यसैले म मण्डलीका अझ धेरै कामको लागि जिम्मेवार भएँ। म मनमनै खुसी थिएँ। अन्त्यमा आफ्नो सीप देखाउन र अन्तिम निर्णय गर्न सक्छु भनेर सोचें। तर कुरा सोचेको जस्तो पटक्कै भएन। मेरो कर्तव्य स्पष्ट रूपमा नै झनै गाह्रो भयो, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्यमा समस्या आइपर्दा, त्यसको सार बुझ्न सक्दिनथिएँ र त्यसलाई जरैदेखि निमिट्यान्न पार्न सक्दिनथिएँ। केही समयपछि, झन्-झन् धेरै नवआगन्तुकहरू नियमित तवरमा भेला भइरहेका थिएनन्, र अगुवाले मलाई मेरो कार्य प्रस्तुति खराब भइरहेको कुरा बताए। सिस्टर लीनले पनि धेरै पटक मेरा समस्याहरू औंल्याउनुभयो, मलाई एकलकाँटे र अरूसित परामर्श नगर्ने, अनि कामकुरामा सत्यता नखोज्ने खालको व्यक्ति हो भनेर भनिन्। त्यति बेला, म एकदमै कठोर थिएँ र त्यसलाई स्वीकार गरिनँ वा आत्मसमीक्षा गरिनँ। त्यसपछि, मेरो स्थिति झनै खराब हुँदै गयो र म अलमल्लमा परें। एक दिन, अगुवाले मेरो स्थितिबारे कुरा गर्न चाहेको कुरा बताइन्, र अर्की सिस्टर सहित भेट्ने प्रबन्ध मिलाइन्। ती सिस्टरको कार्य प्रस्तुति राम्रो छैन भनेर सुनेकी थिएँ, त्यसैले, म ती सिस्टर जस्तो छु भनेर अगुवाले सोचेकी होलान् भन्ने मलाई लाग्यो। मलाई एक प्रकारको डर लागिरहेको थियो। के मेरो समस्या साँच्चै त्यत्ति खराब थियो? के मैले आफ्नो कर्तव्य गुमाउँछु? पहिला दुई वटा मण्डली सम्हाल्दा त सबै कुरा ठीकठाकै चलिरहेको थियो, र अहिले एउटा मण्डली सम्हाल्दा चाहिँ, पहिला गरिसकेको चिरपरिचित काम गर्दा पनि, किन मैले राम्ररी गरिरहेकी छैनँ? ममा केही खराबी छ। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरें, मेरो समस्याबारे चिन्तन गर्न र बुझ्न उहाँलाई मार्गदर्शन मागें। त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्‍मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्‍नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्‍ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्‍नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, सहकर्मी छ भनेर देखाउन राखेको व्यक्ति मात्रै हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, तिनीहरू तिनीहरूका सहकर्मी हुँदै होइनन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले आफ्‍नो दिमागमा यस कुराको बारेमा विचार गर्छन्, चिन्तन गर्छन्, र कुनै कार्यदिशा निर्धारित गरेपछि, तिनीहरूले त्यो काम कसरी गर्ने भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्‍न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? तथ्य के हो भने, निर्णय गर्नेहरू तिनीहरू नै हुन्छन्। तिनीहरू आफै बोल्दै, समस्या समाधान गर्दै, र कामको जिम्‍मा आफै लिँदै एकलै काम गर्छन्, र तिनीहरूको सहकर्मी नाम मात्रको सहकर्मी हुन्छन्। अनि कसैसँग काम गर्न नसक्‍ने हुनाले, के तिनीहरूले अरूसँग आफ्‍नो कामको बारेमा सङ्गति गर्छन्? गर्दैनन्। धेरैपटक, तिनीहरूले काम सकेपछि वा समाधान गरिसकेपछि मात्रै अरू मानिसहरूले पत्ता लगाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, ‘सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईंले त्यो व्यक्तिलाई कहिले निराकरण गर्नुभयो? तपाईंले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई किन यसबारेमा कसरी थाहा भएन?’ तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, तिनीहरूको सहकर्मीको कुनै काम हुँदैन। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन् र आफै निर्णय गर्छन्, र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्; ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै हुन्। यस तरिकाले, के अरूसँगको तिनीहरूको सहकार्यबाट कुनै वास्तविक परिणाम आउँछ? आउँदैन, तिनीहरूले झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्, भूमिका खेलेको बहाना मात्र गरिरहेका हुन्छन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, ‘समस्याको सामना गर्दा किन तपाईंले सबैसँग सङ्गति गर्नुहुन्‍न?’ यस प्रश्‍नको जबाफ तिनीहरूले यसरी दिन्छन्, ‘तिनीहरूलाई के थाहा छ? समूहको अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।’ अरूले भन्छन्, ‘अनि तपाईंले किन तपाईंको सहकर्मीसँग सङ्गति गर्नुभएन?’ तिनीहरूले उत्तर दिन्छन्, ‘मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।’ तिनीहरूले आफै नियम हातमा लिएर काम गरिरहेका हुन्छन् भन्‍ने तथ्यलाई ढाकछोप गर्नको लागि आफ्‍नो सहकर्मीसँग कुनै राय छैन वा आफू एकलैले विचार गर्न सक्दैन भन्‍ने कुरालाई प्रयोग गर्छन्। तर यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्‍लेषण गर्दैनन्, तिनीहरूले सत्यतालाई स्वीकार गर्ने कुरा त परै जाओस्—त्यो त असम्‍भव नै हुन्छ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। यो खण्ड मलाई साँच्चै मार्मिक लाग्यो। हरेक वचन पढ्दा परमेश्‍वरले सीधै मेरो खुलासा गरिरहनुभएको जस्तो लाग्यो। मैले अन्त्यमा के बुझें भने, हरेक कुरामा आफै अन्तिम निर्णय गर्न खोज्नु, सिस्टर लीनको अस्तित्व नै छैन जस्तो व्यवहार गर्नु, र आफै गर्न सकिहाल्छु भन्ने बहाना गर्दै तिनीसित परामर्श नगर्नु भनेको त तानाशाह हुनु र ख्रीष्टिविरोधीको मार्गमा हिंड्नु पो रहेछ। मैले सदैव त्यही प्रकारले काम गर्दै आइरहेकी थिएँ। ती दुई वटा समूहहरू मिसाउँदा, मैले सिस्टर लीनलाई एक वचन पनि सोधिनँ। मिसाइएको कुरा समेत तिनलाई बताइनँ। मैले एक जना नवआगन्तुक आफ्नो काममा व्यस्त भएको देख्दा चाल्नुपर्ने सबैभन्दा राम्रो कदम के हो भनेर छलफल गरिनँ, तर मैले तिनलाई सीधै समूहबाट निकालें र तिनको कर्तव्य छिनेँ। सिस्टर लीनले परियोजना र नयाँ विश्‍वासीहरूबारे सोध्दा, मैले धीरजी भई जवाफ दिइनँ तर रिसाएँ, जानकारी दिनुलाई, मानौं म तिनीभन्दा तल्लो दर्जाकी हुँ र आफूभन्दा वरिष्ठलाई रिपोर्ट गर्नु जस्तो हो भन्ठानें। र मैले तिनलाई बेवास्ता गरिरहेकी थिएँ। जहिले पनि म नै अन्तिम निर्णय गर्न चाहन्थें, अख्तियार जमाउन चाहन्थें। म आफ्नो कर्तव्यमा हैकम जमाउथें र मनमानी गर्थें, कसैसित पनि काम गर्न चाहँदिनथिएँ र तिनलाई बाधा दिएँ। त्यो त कर्तव्य निर्वाह भइरहेको थिएन। त्यसो गरेर त परमेश्‍वरको घरको काममा बाधा पुऱ्याइरहेकी थिएँ र शैतानको दासको रूपमा काम गरिरहेकी थिएँ।

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “कतिपय ख्रीष्टविरोधीहरूले भन्छन्, ‘जब म कुनै समस्या देख्छु, त्यसलाई कसरी समाधान गर्ने भनी आफै पहल गर्न चाहन्छु। मलाई यसबारेमा अरू कसैसँग छलफल गर्न मन पर्दैन—त्यस कार्यले मलाई मूर्ख र अयोग्य देखाउँछ!’ यो कस्तो प्रकारको दृष्टिकोण हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्‍न विषयमा छलफल गर्नु, अरूबाट उत्तरहरू खोज्‍नु र तिनीहरूलाई प्रश्‍न गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्‍ने ठान्छन्। त्यसकारण, आफ्‍नो आत्मसम्‍मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफू असक्षम छु भन्‍ने देखाउनु हो; सधैँ अरूका विचार माग्‍नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्‍ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग काम गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको हृदयमा भएको हास्यास्पद दृष्टिकोण होइन र? अनि के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? जब तिनीहरूको मन त्यस्तो स्वभावद्वारा सञ्चालित हुन्छ, तब तिनीहरूले अरूसँग राम्रोसँग काम गर्न सक्दैनन्। के यसमा अहङ्कार र आत्म-धार्मिकता सामेल छ? निःसन्देह। सधैँ आफू ठीक छु, मुख्य कार्यभारी र निर्णय गर्ने व्यक्ति मै हुनुपर्छ भनेर सोच्‍नु—के यो तिनीहरूको मानसिकता हो? एकतर्फ, यो तिनीहरूको भ्रष्ट मानसिकता र मनसाय हो; सबैभन्दा मुख्य कुरा, यो तिनीहरूको भ्रष्ट स्वभाव हो। तिनीहरूको भ्रष्ट स्वभावको कारण, तिनीहरूले अरूसँग काम गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्‍नै शक्ति कम हुन्छ भन्‍ने विश्‍वास गर्छन्। अन्तिम निर्णय गर्ने मौका त्यति नपाउनु भनेको वास्तविक शक्तिको नहुनुसरह हो, र यो तिनीहरूको नजरमा अत्यन्तै ठूलो घाटा हो। त्यसकारण, तिनीहरूले जस्तोसुकै समस्याको सामना गरे पनि, यदि तिनीहरूले मौका पाए भने र आफै गर्न सके भने, तिनीहरूले यसबारेमा अरू कसैसँग छलफल गर्दैनन्, अरू मानिसहरूलाई थाहा दिनुभन्दा, अरू कसैसँग शक्ति बाँड्नुभन्दा गल्ती गर्न रुचाउँछन्, र आफ्नो काममा अरू मानिसहरूलाई हात हाल्‍न दिनुभन्दा निष्कासित हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो। तिनीहरूले आफ्‍नो शक्ति अरू कसैसँग बाँड्नुभन्दा, परमेश्‍वरको घरका हितहरूमा हानि पुर्‍याउन, परमेश्‍वरको घरका हितहरूमा सम्झौता गर्न चाहन्छन्। तिनीहरूलाई के लाग्छ भने, तिनीहरूले कुनै काम गर्दा वा कुनै मामलाको सामना गर्दा, तिनीहरूले सत्यता बुझेका छन् भने र तिनीहरूले त्यो काम आफै गर्न सक्छन् भने, तिनीहरूले अरू कसैसँग सहकार्य गर्नु पर्दैन, र तिनीहरूले सिद्धान्तहरूको खोजी पनि गर्नु पर्दैन; तिनीहरूले सोच्छन्, यो काम आफै अघि बढाउनुपर्छ र आफै पूरा गर्नुपर्छ, र त्यसरी मात्रै यसले तिनीहरूलाई दक्ष बनाउन सक्छ। यो बहानाको खोल ओढेर, तिनीहरूले आफ्‍नो उद्देश्य हासिल गर्छन्: तिनीहरूले आफ्‍नो प्रदर्शन गर्न, आफूलाई पृथक देखाउन, शक्ति प्रदर्शन गर्न आफूले सक्‍ने जेसुकै गर्छन्। यसरी ख्रीष्टविरोधीहरू आफूले पाएको शक्तिमा लीन हुन्छन्, र यसलाई कहिल्यै पनि त्याग्दैनन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। मैले यो पढ्दा, के चिन्तन गरें भने, म त्यति बिघ्न हैकम जमाउने बन्‍नु र अरूसित काम गर्न इच्छुक नहुनुको कारण त, यदि मण्डलीको काममा धेरै मानिसहरू सामेल गरियो भने, मेरो अधिकार विभाजन हुन्छ र म एकमात्र इन्चार्ज हुँदिनँ, अरूलाई अह्राउखटाउ गर्न पाउँदिनँ, वा अरूबाट प्रशंसा पाइँदैन भनेर पो रहेछ। सिस्टर लीनसँग काम गर्दा, मैले अघि पनि नवआगन्तुकहरूका मण्डलीहरूको लागि जिम्मेवारी सम्हालिसकेको हुनाले, मसित अनुभव छ, यसको लागि क्षमता छ र म योग्य छु भनेर सोचेकी थिएँ। मैले यसैको आडमा अहङ्कारी हुँदै, म विशेष व्यक्ति हुँ र उच्च ओहोदामा हुनुपर्छ भन्ने सोचाइ राखें। केही गर्नुअघि मैले तिनलाई जानकारी दिएको तिनी चाहन्थिन्, तर तिनीसित कामकुराबारे छलफल गर्दा म असक्षम देखिन्छु भन्ने मलाई लाग्यो, त्यसैले, म आफै कामकुराहरू गर्थें। कहिलेकाहीँ चाहिँ तिनीसित परामर्श लिनुपर्छ कि भनेर सोच्थें, तर आडम्बर देखाउन र अरूको प्रशंसा पाउन, तिनले आफ्ना धारणा राख्नुपर्दैन, जे भए पनि तिनी मसित सहमत भइहाल्ने त हुन् नि भनेर बहाना बनाउथें। हामी दुवैले सँगै मण्डलीको काम गरून् भनेर मण्डलीले प्रबन्ध गरेको थियो। हरेक प्रकारका काममा सहभागी हुने, त्यसको विस्तृत जानकारी र प्रगतिबारे जान्ने तिनको अधिकार थियो, तर मैले ती आफै गर्नका लागि तिनलाई पन्छाएँ, कामकुरा जान्ने र बोल्ने तिनको अधिकार छिनेँ, तिनलाई नाम मात्रका इन्चार्ज बनाएँ। मैले तिनलाई सहभागी हुन नदिई सबै कामकुरा आफ्नो हातमा लिएँ। के आफ्नै साम्राज्य खडा गरेर म ख्रीष्टविरोधी भएकी थिइनँ र? मैले त्यो ठूलो रातो अजिङ्गरको तानाशाही र अन्तिम नियन्त्रणबारे, र मानिसहरूले त्यसको कुरा चुपचाप सुन्नुपर्छ भन्‍ने बारेमा सोचेँ। अनि मैले आफूले गर्ने सबै कुराको इन्चार्ज हुन, हैकम जमाउन चाहें र अरूसित कामकुराबारे छलफल गर्न इच्छुक भइनँ। म मण्डलीमा तानाशाह थिएँ र पूरै नियन्त्रण जमाउथें। म कसरी त्यो ठूलो रातो अजिङ्गरभन्दा फरक थिएँ र? मैले यसबारे जति धेरै सोचें, अरूसित सहकार्य गर्न इन्कार गर्ने मेरो समस्या उति नै धेरै गम्भीर भएको पाएँ, र मलाई एक प्रकारको डर लाग्यो। मण्डलीमा ख्रीष्ट र सत्यताको शक्ति चल्छ। जेसुकै भए तापनि, हामीले सत्यता खोज्नुपर्छ र सिद्धान्तअनुसार कामकुरा गर्नुपर्छ। तर मैले मण्डलीमा आफूले देखरेख गरेको कामकुरामा सधैँ सर्वेसर्वा निर्णय गर्न चाहें। के मैले शासक हुन खोजेकी थिइनँ र? कसरी सत्यता अभ्यास गर्ने र परमेश्‍वरको घरका हितहरूलाई रक्षा गर्ने भनेर विचार गरिनँ, तर आफ्ना व्यक्तिगत चाहनाहरू पूरा हुन्छ कि हुँदैन भनेर सोचें। अन्त्यमा गएर, मैले नेतृत्व गरेको मण्डलीको काममा कुनै प्रगति भएन, बरु, मैले पूर्ण रूपमा रोकावट ल्याइरहेकी थिएँ। परमेश्‍वरले मलाई त्यो कर्तव्य पूरा गर्न उचाल्नुभएको थियो, म सत्यताको पछि लाग्छ, मैले दाजुभाइ-दिदी-बहिनीहरूसित मिलेर काम गर्ला, र नयाँ विश्‍वासीहरूलाई राम्रोसँग पानी हाल्छ होला भनेर आशा गर्नुभएको थियो, ताकि तिनीहरूले चाँडै साँचो मार्गमा पाइला टेक्न सकून्। तर, मैले यसलाई आडम्बर देखाउने, आफ्नो शक्ति प्रयोग गर्ने र अरूलाई मेरो मान गर्न लगाउने मौकाको रूपमा लिएँ। म सधैँ हैकम जमाउने व्यक्ति थिएँ, आफ्ना सीपहरू देखाइ टोपल्थें। यसले परमेश्‍वरको घरको काममा बाधा मात्र पुऱ्याएन, तर दाजुभाइ-दिदीबहिनीहरूलाई चोट पनि पुऱ्यायो, साथै, मेरो आफ्नै जीवनमा पनि हानि गऱ्यो।

मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियो हेरें, जसले मेरा गलत दृष्टिकोणलाई पुरै बद्लिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मैत्रीपूर्ण सहकार्यको लागि अरूलाई विचार राख्‍न दिनुपर्छ र तिनीहरूलाई वैकल्‍पिक सुझाव दिन दिनुपर्छ, र यसको अर्थ अरूको सहयोग र जानकारीलाई कसरी स्वीकार गर्ने, त्यो सिक्‍नु हो। कहिलेकहीँ मानिसहरूले केही पनि भन्दैनन्, र तैँले तिनीहरूलाई विचार राख्‍न प्रोत्साहित गर्नुपर्छ। तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तैँले सत्यताका सिद्धान्तहरूको खोजी गर्नुपर्छ र सहमतिमा पुग्‍ने प्रयास गर्नुपर्छ। यसरी काम गर्दा मैत्रीपूर्ण सहकार्य हुन्छ। यदि अगुवा वा सेवकको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र सधैँ तेरो पदबाट आउने लाभहरूको लोभ गर्दै, आफ्‍नै योजनाहरू बनाउँदै, सधैँ आफ्‍नै कामकाज अघि बढाउँदै, सधैँ सफलता र बढुवाको लोभ गर्दै कुनै सरकारी अधिकारीले जस्तो आफ्‍नो कर्तव्यमा मस्ती गर्छस् भने, यो समस्या हो: यसरी सरकारी अधिकारीले जस्तो काम गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो। यदि तैँले सधैँ यसरी काम गर्छस् अनि तँ कसैसित सहकार्य गर्न चाहँदैनस्, अरूलाई आफ्नो अधिकार बाँड्न चाहँदैनस्, आफ्नो श्रेय अरूले चोरेको चाहँदैनस्, तेरो शिरमा भएको गौरव अरूले खोसेको चाहँदैनस्—यदि तँ सबै कामकुरा आफैमा मात्र राख्न चाहन्छस् भने, तँ गलत ख्रीष्टविरोधी होस्। तथापि, यदि तैँले सत्यतालाई प्रायजसो खोजी गर्छस् भने, यदि तँ देहलाई, आफ्नो मनसाय र योजनाहरूलाई पिठिउँ फर्काउँछस् भने, अनि यदि तँ अरूसित सहकार्य गर्न पहल गर्छस्, यस क्रममा अरूसित परामर्श लिन सधैँ तेरो हृदय खोल्छस् र तिनीहरूको परामर्श खोजी गर्छस्, अनि यदि तँ अरूका सल्लाहहरूलाई अपनाउन सक्छस् र तिनीहरूका विचारहरू र वचनहरूलाई ध्यानपूर्वक सुन्छस् भने तँ ठीक बाटोमा, ठीक दिशामा गइरहेको छस्। अरूभन्दा धर्मी छु भन्ने दम्भलाई त्याग् र तेरो उपाधिलाई एकातिर पन्सा। यी कुराहरूलाई ध्यान नदे, त्यसलाई केही जस्तो होइन जस्तै गरी व्यवहार गर् अनि त्यसलाई हैसियतको चिन्‍ह, ख्यातिको रूपमा नहेर्। आफू र अरू बराबर हौँ भनी तेरो हृदयमा विश्‍वास गर्; आफैलाई अरूसित समान स्तरमा राख्न सिक् अनि अरूको राय माग्नको निम्ति निहुरिन पनि सिक्। अरूले जे भन्छन्, यसलाई गम्भीरतापूर्वक, होशियारीपूर्वक र ध्यानपूर्वक सिक्। यस प्रकारले तैँले आफू र अरूबीच शान्तिपूर्ण सहकार्य उत्पन्न गर्नेछस्। त्यसोभए, शान्तिपूर्ण सहकार्यले के उद्देश्य पूरा गर्दछ त? यसले वास्तवमै ठूलो उद्देश्य पूरा गर्दछ। यसबाट तैँले पहिले कहिल्यै नपाएका, नयाँ कुराहरू, उच्‍च क्षेत्रका कुराहरू प्राप्त गर्नेछस्; तैँले अरूका सद्गुणहरू पत्ता लगाउनेछस् र अरूका सबलताहरूबाट सिक्‍नेछस्। अनि अर्को कुरा पनि छ: तेरा धारणाहरूको माझमा रहेका पक्षहरू जहाँ तैँले अरूलाई मन्दबुद्धिको, बेवकुफ, मूर्ख, आफूभन्दा तुच्छ ठान्छस्—जब तँ अरूका सुझावहरूलाई सुन्छस् वा जब अरूले तँसित हृदय खोलेर कुरा गर्छन्, तब तैँले अज्ञानतापूर्वक के महसुस गर्न पुग्छस् भने, कोही पनि पूरै सीधा साधा छैन, तिनीहरू जोसुकै भए पनि सबै जनासित ध्यान दिन लायकका विचारहरू हुन्छन्। अनि यस तरिकाले, तँ सबै-जान्‍ने-सबै-बुझ्ने हुन छोड्नेस्, आफूलाई अबउप्रान्त अरूभन्दा चलाक वा श्रेष्ठ ठान्‍न छोड्नेस्। यसले तँलाई सधैँभरि आत्म-मोह र आत्म-प्रशंसाको स्थितिमा जिउनदेखि जोगाउँछ। यसले तँलाई रक्षा गर्ने काम पूरा गर्छ, गर्दैन र? अरूसँग मिलेर काम गर्दाको परिणाम र फाइदा यस्तो हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। मैले यो हेरेर के बुझें भने, मैले सिस्टर लीनसित सहकार्य गर्न नचाहनु र मेरो अधिकार विभाजन हुन्छ भनेर डराउनुको कारण त परमेश्‍वरले मलाई दिनुभएको कर्तव्यलाई मैले उहाँको कार्य र अभियानको रूपमा नहेरेकोले गर्दा पो रहेछ। मैले त्यसलाई आफ्नो आधिकारिक पद ठानें, मानौं त्यो मेरो ओहोदा र शिरपेच हो। मैले अरूसित सहकार्य गर्न मानिनँ, बरु सधैँ उच्च र पराक्रमी हुन खोजें, आफूलाई विशिष्ट व्यक्ति बनाउन चाहें। त्यो गलत मार्ग थियो। मसित सत्यता र समस्याहरू समाधान गर्ने तरिकाबारे सतही बुझाइ थियो भनेर त्यस समय अवधिले प्रकट गऱ्यो। मैले हाम्रो कामलाई समग्र रूपमा विचार गरिरहेकी थिइनँ र कुनै व्यवहारिक काम त गर्दै गरिनँ भन्दा पनि हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूलाई जीवन प्रवेशमा आइपर्ने समस्याहरूमा मदत गर्नु त संघर्ष नै थियो, म एक्लैले गर्न नसकेका थुप्रै कामहरू थिए। अरूको सामर्थ्यबाट सिक्न र आफ्ना कमजोरीलाई बलमा परिणत गर्नका लागि मसित सँगै काम गर्ने, कामकुराबारे छलफल गर्ने र प्रतिक्रिया दिने अरू कसैको मलाई खाँचो थियो। मैले सोचें, देहधारी परमेश्‍वरले मानिसजातिको मुक्तिको लागि धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ तर उहाँले कहिल्यै आफूलाई परमेश्‍वरको ओहोदामा राख्नुभएन। उहाँले धेरै कुराहरूमा मानिसहरूका सुझावहरू सुन्नुहुन्छ। उहाँसँग अलिकति पनि अहङ्कार छैन र कहिल्यै आडम्बर देखाउनुहुन्न। उहाँले मानिसजातिलाई पानी हाल्न र पोषण दिन सधैँ चुपचाप सत्यताहरू व्यक्त गरिरहनुभएको छ। परमेश्‍वरको सार कत्ति दयालु र प्रेमिलो छ भनेर मैले बुझें। तर म शैतानद्वारा भ्रष्ट पारिएकी र शैतानी स्वभावहरूले भरिएकी थिएँ अनि मैले सत्यता बुझेकी थिइनँ। मैले बुझ्न नसकेका धेरै कुरा थिए। तरै पनि म आफूलाई विशेष ठान्दै उच्च र पराक्रमी मान्थें, यति काम त पार्टनरविनै, कसैलाई विचारै नगरी आफै सम्हाल्न सकिहाल्छु भनी सोच्थें। आफू हदै पार गर्नेगरि अहङ्कारी भएको मैले देखें। वास्तवमा, आफ्‍नो कर्तव्यमा कामकुराबारे छलफल गर्नु र सङ्गति गर्नु त अक्षमताको प्रदर्शन नभई व्यावहारिक र बुद्धिमान कुरा हो। यो त आफूले देख्न वा बुझ्न नसक्ने कुरा अरूबाट प्राप्त गर्नु, र आफ्‍नो घमण्डको गलत मार्गलाई त्याग्नु हो। आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्‍वरको सुरक्षा प्राप्त गर्ने एकमात्र मार्ग यही हो। अहिले, मैले परमेश्‍वरको इच्छा बुझें। कामकुराबारे छलफल गर्नु, सहयोगी हुनु र एक-अर्काको कमजोरीलाई बलमा परिणत गर्नु नै कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्‍वरलाई खुसी पार्ने एकमात्र तरिका हो।

मैले अर्को खण्ड पनि पढेँ: “जब तिमीहरूले आफ्‍ना कर्तव्यहरू पूरा गर्न अरूसँग समन्वय गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरूले अरूले भनेको कुरालाई स्वीकार गर्न सक्छौ? के तिमीहरूलाई सबै जना सिद्ध हुन्छन् भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्नैपर्छ; तथ्य यही हो। आफ्‍नो सामर्थ्य र सबल पक्ष वा गल्तीहरूलाई सही रूपमा हेर्ने कुनै पनि व्यक्तिको सबैभन्दा उचित मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तँ सत्यताको यो पक्षद्वारा सुसज्जित छस् र तँ सत्यताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, एकअर्काको सबल पक्षको प्रयोग गर्दै आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। यो साँचो हो। महान् र सक्षम हुँदैमा कोही व्यक्ति पूर्ण हुँदैन। सबैसित क्षमता र कमजोरी दुवै हुन्छ अनि त्यसलाई उचित तरिकामा सम्हाल्नुपर्छ। हामीले अरूका सल्लाह-सुझाव सुन्न र एकअर्कालाई बलियो बनाउन सिक्नुपर्छ ताकि अरूसित राम्ररी सहकार्य गर्ने असल समझ हामीसँग होस्। पहिला, मैले नयाँ विश्‍वासीहरूलाई पानी हाल्ने कामलाई मात्र ध्यान दिइरहेकी थिएँ, र सिस्टर लीनले चाहिँ सुसमाचार कामको देखरेख गरिरहेकी थिइन्। यदि मैले ती सबै कामको जिम्मेवारी लिएकी भए, त्यसलाई सम्हाल्न वा राम्ररी पूरा गर्न मेरो वशको कुरा हुनेथिएन। अनि आफ्नो कर्तव्यमा धेरै वटा कुराबारे मेरो दृष्टिकोण सीमित थियो। म हतार गर्ने व्यक्ति थिएँ। अगुवाले मेरो कामबारे सोधपूछ गर्दैपिच्छे, धेरै गल्तीहरू भएका हुन्थे र राम्ररी नगरिएका धेरै कामहरू हुन्थे। त्यस कर्तव्यमा मलाई साँच्चै पार्टनरको आवश्यक भएको मैले महसुस गरें। मैले त्यस कुरालाई पहिला कहिल्यै बुझिनँ र आफूलाई चिनिनँ। म अहङ्कारी थिएँ, इन्चार्ज हुन चाहन्थें र अरूसित काम गर्न सक्दिनँ थिएँ। यसले मण्डलीको काममा बाधा पुऱ्यायो। मलाई असाध्यै दोषी महसुस भयो, त्यसैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरें, उप्रान्त भ्रष्टतामा जिउने चाहना गरिनँ, आफ्नो कर्तव्यमा सिस्टर लीनसित मिलेर काम गर्न तयार भएँ।

त्यसपछि, हामीले सँगै काम गर्दा, तिनीसित थुप्रै क्षमताहरू भएको मैले देखें। तिनी मभन्दा धेरै विचारशील थिइन् र कामकुरा गर्दा सत्यताका सिद्धान्तहरूको खोजी गर्थिन्। समस्याहरूबारे सङ्गति गर्दा तिनी विस्तृत रूपमा जान्थिन्। म अगुवा भएकी त्यति धेरै भएको थिएन, त्यसैले, मण्डलीको काम कसरी सम्हाल्ने भनेर मलाई त्यति राम्रोसित थाहा थिएन। कामलाई विस्तृत रूपमा सम्हाल्नुपर्दा र सङ्गति गर्नुपर्दा म एक प्रकारको अन्धाधुन्ध स्थितिमा हुन्थें। ती कुराहरूमा म तिनको बराबरी थिइनँ। अनि नयाँ विश्‍वासीहरूलाई पानी हाल्ने काममा मभन्दा तिनी धेरै प्रेमिलो थिइन्। तिनीहरूलाई मदत गर्दा, तिनले घरीघरी सङ्गति गर्थिन् र त्यसको बारेमा सोधपुछ पनि गरिरहन्थिन्। तिनले राम्रो काम गरिसकेकी छिन् भनेर मैले सोच्दा, अझै अवस्था बुझ्‍नु छ भनेर तिनी भन्थिन्। मैले कसरी तिनलाई सहयोग गरिनँ तर अनावश्यक ठानें भनेर मैले सोचें। त्यति बेला तिनी नकारात्मक भएकी थिइन्, तर तिनले तुरुन्तै त्यो सोचाइलाई अर्कैतिर मोडेर आफ्नो कर्तव्य पूरा गरिरहिन्। मैले तिनलाई बेवास्ता गरेकी भए तापनि, तिनले मलाई बारम्बार प्रश्नहरू सोधिरहन्थिन्। तिनी प्रेमिलो र धीरजी थिइन् र आफ्नो कर्तव्यको लागि साँचो रूपमा जिम्मेवारी सम्हाल्‍थिन्। मसित ती गुणहरूको कमी थियो। त्यो कुरा बुझेपछि मलाई साह्रै नराम्रो लाग्यो। मेरो भ्रष्ट स्वभावले सिस्टर लीनलाई कत्ति चोट पुऱ्याएकी रहेछु र परमेश्‍वरको घरको काममा कत्ति धेरै हानि गरेकी रहेछु भनेर मैले बुझें। यदि म सुरुदेखि नै तिनीसित सहकार्य गर्न उत्सुक भएकी भए, मैले सबै कुराबारे तिनीसित छलफल गरेकी भए, कामकुराले अर्को मोड लिनेथियो। पछुतोले भरिएर म परमेश्‍वरसामु आएँ र प्रार्थना गरें, “हे परमेश्‍वर, मैले आफ्नो भ्रष्टता र कमीकमजोरीलाई देख्न सकें, र अहिले तपाईंको इच्छालाई बुझें। अबउसो म सिस्टर लीनसित सहकार्य गर्छु र मानव स्वभावमा जिउँछु।”

त्यसपछि, सिस्टर लीनसित काम गर्दा, मैले तिनलाई यस्ता कुराहरू सोध्ने सुनिश्चित गरें, “के तपाईंलाई यो ठीक जस्तो लाग्छ? तपाईंको कुनै सुझाव छ कि?” एक पटक, हामीले कामबारे छलफल गर्दैगर्दा, तिनले मलाई नवआगन्तुकहरूलाई पानी हाल्ने काम कस्तो हुँदैछ भनेर सोधिन्। मैले सोचें, “यसबारे हामीले केही दिनअघि मात्रै कुरा गरेको, फेरि किन कुरा गर्नुपऱ्यो? केही समस्या पऱ्यो भने, त्यसलाई म सम्हाल्न सकिहाल्छु नि।” म फेरि तिनलाई पन्छाउन चाहन्थें। त्यसपछि, फेरि मेरो पुरानो समस्या सुरु हुँदै गरेको मैले महसुस गरें अर्थात् इन्चार्ज हुने चाहना पलाउँदै थियो। मैले तुरुन्तै प्रार्थना गरें, भ्रष्टता अनुसार काम नगरूँ भनेर परमेश्‍वरलाई मार्गदर्शन मागें। प्रार्थनापछि, अहिलेसम्मका मेरा सबै विफलताहरूबारे सोचें, म कत्ति तानाशाही र हैकम जमाउने थिएँ, आफ्नै तरिकामा कामकुरा गर्न चाहने र आडम्बरी थिएँ। त्यसो गर्न त पूर्णतया शैतानलाई व्यक्त गर्नु थियो। मैले आफूलाई त्यागेर परमेश्‍वरका वचनहरू अभ्यास गर्नुपर्थ्यो, र तिनीसित सहकार्य गर्नुपर्थ्यो। तसर्थ, मैले तिनीसित काम गर्दाको विषयमा आफूले जाने जत्ति सबै कुरा इमानदारीपूर्वक बताएँ, र मैले बताइसकेपछि, तिनले पनि आफ्ना विचारहरू पोखिन्। मैले तिनको सङ्गतिबाट केही कुरा सिकें र कर्तव्य पूरा गर्ने उत्कृष्ट तरिका त्यही हो भन्ने मलाई लाग्यो। त्यसपछि, मैले हाम्रो कर्तव्यबारे छलफल गर्न तिनलाई खोज्ने गर्थें, र नवआगन्तुकहरूको समस्याबारे सँगै सत्यता र सङ्गति खोज्थ्यौं। यसको केही समयपछि, मेरो स्थिति सुध्रियो र मेरो कर्तव्य प्रस्तुतिमा पनि सुधार आयो। म परमेश्‍वरप्रति एकदमै कृतज्ञ छु। अनि आफ्नो कर्तव्यमा सत्यता अभ्यास गर्दा अरूसित मिलेर काम गर्दा र एकअर्कालाई सहयोग गर्दा कसरी परमेश्‍वरबाट आशिष प्राप्त भएको छ भनेर मैले देखेकी छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

कर्तव्य गुमाएप्रतिको चिन्तन

वाङ लिन्, दक्षिण कोरिया मसित वेल्डिङ गर्ने केही सीप भएकोले, सन् २०१७ मा म मण्डलीको केही काम सम्हाल्न खटिएँ। यो शारीरिक तवरमा निकै काम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्