आमाबुबाले हामीलाई हुर्काएर गरेको उपकारप्रति कस्तो व्यवहार गर्ने
शेन मिङ्ग, चीनम गाउँले परिवारमा जन्मेको हुँ, र मेरा आमाबुबा खेतीपाती गरेर गुजारा चलाउनुहुन्थ्यो। मैले थाहा पाएदेखि नै मेरा आमाबुबाको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरी आमाले मेरो भाइ र मलाई हुर्काउन धेरै कष्ट भोग्नुभयो। उहाँ प्रायः भाइ र मेरो जीवन राम्रो भएसम्म जतिसुकै दुःख भोग्नु परे पनि त्यो सार्थक हुन्छ भन्नुहुन्थ्यो। मेरी आमा नै संसारमा मलाई सबैभन्दा प्रेम गर्ने व्यक्ति हुनुहुन्छ र उहाँले गरेका हरेक थोक मेरै भलाइका लागि हुन् भन्नेमा म विश्वस्त थिएँ। म ठूली हुँदै जाँदा, मेरो विवाह मेरा आमाबुबाको सबैभन्दा ठूलो चिन्ताको विषय बन्यो। म तेइस वर्षकी भएपछि, आमाले मलाई यसो भन्दै कचकच गरिरहनुहुन्थ्यो, “तँ अब ठूली भइसकिस्। अब एउटा योग्य जीवनसाथी खोज्ने बेला भयो। तैँले अझै ढिला गरिस् भने, राम्रा केटाहरू सबै अरूले नै लग्नेछन्।” मलाई विवाह भनेको जीवनभरको प्रतिबद्धता हो जसलाई होसियारीपूर्वक अघि बढाउनुपर्छ भन्ने लाग्थ्यो; म यत्तिकै विवाह गर्न चाहन्नथेँ। त्यसमाथि, त्यतिबेला मेरो उमेर त्यति धेरै भइसकेको थिएन, त्यसैले म उहाँलाई यसो भन्दै टार्ने गर्थेँ, “कुनै हतार छैन। सही व्यक्ति भेटेपछि मात्र म भेटघाट गर्न थाल्नेछु।” संयोगवश त्यही वर्ष मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरका वचनहरू पढेर, मैले यो चरण मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण हो, र परमेश्वरद्वारा सिद्ध पारिने अत्यन्तै दुर्लभ अवसर हो भन्ने थाहा पाएँ। मैले जरुरीपनका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने थियो र गम्भीरतापूर्वक सत्यतालाई पछ्याउनुपर्ने थियो। यस्तो समयमा विवाह गर्दा मेरो मुक्ति पाउने अवसर सजिलै बर्बाद हुन सक्थ्यो। त्यसैले, म विवाहको विषयमा अझ बढी होसियार भएँ र केटा खोज्ने कुरालाई टारिरहेँ। मेरी आमा धेरै चिन्तित हुनुहुन्थ्यो। कसैले मलाई कुनै केटासँग भेट गराउन खोज्यो भने, उहाँ मलाई भेट्न जान कर गर्नुहुन्थ्यो। मलाई यो कुरा मन पर्दैनथ्यो। मलाई उहाँले मलाई कुनै सामानजस्तै बेच्न खोजिरहनुभएको छ जस्तो लाग्थ्यो। त्यसमाथि, म अलि अन्तर्मुखी स्वभावकी छु र मलाई त्यसरी भेटघाट गर्न जाने कुरा पटक्कै मन पर्दैनथ्यो, त्यसैले म ती तय गरिएका भेटघाटहरूमा जानै चाहन्नथेँ। तर आमाले मलाई विवाह गर्न दबाब दिँदा म असहाय महसुस गर्थेँ। उहाँले मेरो भाइ र मलाई हुर्काउन धेरै कष्ट भोग्नुभएको थियो, र उहाँले हामीलाई यो कति गाह्रो थियो भनेर सुनाइरहनुहुन्थ्यो। “आमाबुबाको प्रेम प्रशंसनीय हुन्छ” र “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” जस्ता भनाइहरूका कारण, मलाई उहाँले जे गर्नुभए पनि मेरै भलाइका लागि हो भन्ने लाग्थ्यो। उहाँको चित्त नदुखोस् भनेर, म उहाँको कुरा मान्थेँ र उहाँले तय गरिदिएका भेटघाटहरूमा जान्थेँ, चाहे मलाई जतिसुकै जान मन नलागेको किन नहोस्। तर मलाई यो परमेश्वरको कामको महत्त्वपूर्ण समय हो, र भेटघाट तथा विवाहले मेरो परमेश्वरप्रतिको विश्वासमा बाधा पुर्याउँछ भन्ने थाहा थियो। त्यसैले धेरैजसो समय, म ती तय गरिएका भेटघाटहरूमा जान्थेँ, अनि पछि कुनै बहाना बनाएर हाम्रो कुरा मिल्दैन भनिदिन्थेँ। यसरी नै म ती कुराहरूलाई टार्थेँ। त्यसपछि सन् २०१३ मा, म पच्चीस वर्षकी भएपछि, मैले एउटा अपरिचित भेटघाटमा ठ्याक्कै मैले चाहेजस्तो एउटा केटालाई भेटेँ। ऊ समझदार थियो र आफ्ना आमाबुबालाई राम्रो व्यवहार गर्थ्यो, अनि मेरी आमालाई पनि ऊ साँच्चै मन परेको थियो। मैले मनमनै सोचेँ, “म ऊसँग भेटघाट गर्दै गर्न सक्छु। म उसलाई सुसमाचार प्रचार गर्नेछु, अनि त्यसपछि हामी सँगै परमेश्वरमा विश्वास गर्न सक्नेछौँ।” मैले ऊसँग परमेश्वरमा विश्वास गर्ने बारेमा तीन पटक कुरा गरेँ, तर उसले त्यति चासो नदिई सुन्थ्यो, र मुस्कुराउँदै भन्थ्यो, “परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो। म तिमीलाई यसो गर्नबाट रोक्नेछैन।” म एकदमै निराश भएँ, र यसले मलाई कतै हामी साँच्चै सँगै भयौँ भने, उसले पनि मलाई अन्य सिस्टरहरूले आफ्ना श्रीमान्हरूबाट भोगे जस्तै विरोध र सतावट दिने त होइन भन्ने चिन्ता थपिदियो। हामीले चार महिनाभन्दा बढी समय भेटघाट गर्यौँ, र हामीले जति धेरै समय सँगै बितायौँ, मलाई ऊ त्यति नै मन पर्न थाल्यो। मैले सोचेँ, “हामी सँगै भएको केही महिना मात्र भएको छ, तर मेरो दिमाग अहिले नै यी कुराहरूले भरिइसकेको छ। म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ, म भेलाहरूमा झाराटारुवा मात्र गरिरहेकी छु, र मैले परमेश्वरका वचनहरू पढ्नमा आफ्नो हृदय लगाइरहेकी छैन। यदि हामीले साँच्चै विवाह गर्यौँ भने, के म हरेक दिन यिनै सानातिना पारिवारिक मामिलाहरूमा फस्ने र आफ्नो कर्तव्यमा पूर्ण रूपले केन्द्रित हुन नसक्ने हुन्न र? म त्यत्तिकै अन्धाधुन्ध विवाह गर्न सक्दिनँ।” तर मेरा आमाबुबा हामीले चार महिनापछि नै विवाह गरौँ भन्ने चाहनुहुन्थ्यो। मलाई विवाहले मेरो परमेश्वरप्रतिको विश्वासमा मुक्ति पाउने अवसर साँच्चै बर्बाद गरिदिनेछ कि भन्ने डर लाग्यो। तर म ऊसँग छुट्टिन पनि सक्दिनँथेँ। मैले मन पराउने मान्छे भेट्टाउनु निकै दुर्लभ थियो, र म उसलाई गुमाउन चाहन्नथेँ। त्यसमाथि, मेरा आमाबुबा र मेरी बज्यै सबैले उसलाई मन पराउनुहुन्थ्यो। मैले ऊसँग विवाह गरिनँ भने, मेरा आमाबुबा धेरै निराश हुनुहुनेथ्यो र मेरो विवाहको बारेमा चिन्ता मात्र गरिरहनुहुनेथ्यो। मेरो हृदयमा निरन्तर द्वन्द्व चल्यो, र मलाई के गर्ने भन्ने नै थाहा भएन। आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गर्दै मलाई सही छनौट गर्न मार्गदर्शन दिनुहोस् भनी बिन्ती गरेँ। पछि, मैले प्रभु येशूका यी वचनहरू पढेँ: “अनि गर्भवतीहरू र दूध पिलाउने आमाहरूलाई धिक्कार छ!” (मत्ती २४:१९)। मैले सर्वशक्तिमान् परमेश्वरका यी वचनहरू पनि पढेँ: “केही मानिसका परिवारहरूले उनीहरूलाई थिचोमिचो गर्छन्, त्यसैले तिनीहरू विवाह नगरेसम्म परमेश्वरमा विश्वास गर्न सक्दैनन्। यस प्रकारले, विवाह वास्तवमा उनीहरूका लागि उपयोगी हुन्छ। अरूका लागि विवाहले कुनै फाइदा गर्दैन, बरु उनीहरू आफूसँग पहिले भएको कुरा गुमाउँछन्। तेरो आफ्नै मामिला तेरा वास्तविक परिस्थितिहरू र तेरो आफ्नै सङ्कल्पले निर्धारण गर्नुपर्दछ। म यहाँ तिमीहरूसँग मागहरू गर्नका निम्ति नियम र सर्तहरू आविष्कार गर्न आएको होइन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७))। परमेश्वरका वचनहरूबाट, मैले सत्यताको खातिर विवाह त्याग्नु एउटा बहुमूल्य कुरा हो भन्ने बुझेँ। यसो गर्दा, मसँग आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउन अझ बढी समय र ऊर्जा हुनेथ्यो। यदि मैले विवाहका कारण आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर गुमाएँ, र अन्ततः सत्यता प्राप्त गर्न वा मुक्ति पाउन असफल भएँ भने, मैले जे प्राप्त गर्थेँ, त्योभन्दा धेरै गुमाउने थिएँ। महाविपत्तिहरू पहिल्यै सुरु भइसकेका छन्, र अब धेरै समय बाँकी छैन। मैले आफूलाई सत्यताले सुसज्जित गर्न यस समयको सदुपयोग गर्नु नै पर्छ। अहिले, म विवाहित छैन र पारिवारिक उल्झनहरू पनि छैनन्, त्यसैले म पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु। यदि मैले विवाह गरेँ भने, म पक्कै पनि दिनभरि घरमै अल्झिनेछु। म निकै भावुक व्यक्ति पनि हुँ, त्यसैले यदि मैले भविष्यमा साँच्चै परिवार सुरु गरेँ भने, पक्कै पनि आफ्ना भावनाहरूका कारण आफ्नो कर्तव्यलाई बेवास्ता गर्नेछु, र त्यसले मेरो मुक्ति पाउने अवसरलाई बर्बाद गरिदिनेछ। यस विषयमा बारम्बार सोचविचार गरेपछि, मैले अन्ततः ऊसँग छुट्टिने निर्णय गरेँ। मेरी आमाले यो कुरा थाहा पाएपछि, उहाँ चिन्तित र क्रोधित हुनुभयो। उहाँले मलाई आफ्नो निर्णय बदल्न सम्झाउँदै भन्नुभयो, “तेरो बुबा र म वृद्ध हुँदै छौँ, र मेरो स्वास्थ्य पनि राम्रो छैन। हामी सधैँभरि तेरो ख्याल राख्न सक्दैनौँ! हामी यस परिवारलाई राम्ररी चिन्छौँ। तैँले छिट्टै विवाह गरिस् भने, तेरो बुबा र मैले अन्ततः यो भावनात्मक बोझ बिसाउन पाउने छौँ।” मेरी आमाले यसो भन्नुभएको सुनेर मलाई धेरै दुःख लाग्यो। मेरा आमाबुबा हरेक दिन मेरो विवाहको बारेमा यति धेरै चिन्ता गरिरहनुहुन्थ्यो कि यो एउटा भावनात्मक बोझ बनिसकेको थियो। मलाई हुर्काउने क्रममा उहाँहरूले पहिले नै धेरै चिन्ता भोगिसक्नुभएको थियो। उहाँहरूको भारी बाँड्नु र उहाँहरूमाथिको दबाब कम गर्नुको सट्टा, म सबैभन्दा ठूलो बोझ बनिरहेकी थिएँ। म आत्मग्लानिले भरिएकी थिएँ, मलाई आफू आमाबुबाको आदर नगर्ने छोरी भइरहेकी छु जस्तो लाग्यो। यो केटा मैले चाहेजस्तै भए पनि उसलाई परमेश्वरमाथि विश्वास गर्नमा कुनै रुचि थिएन। हाम्रा दृष्टिकोणहरू फरक थिए र हामी फरक-फरक मार्गमा थियौँ। हामी सँगै जिउँदा खुसी हुने थिएनौँ। अनि हामीले भेटघाट गरेका ती केही महिनामा, मैले सम्बन्धको आनन्द होइन, बरु आत्मिक सास्ती मात्र भोगिरहेँ। मलाई सधैँ विवाहपछि मेरो परिवार मेरा लागि एउटा उल्झन र तगारो बन्नेछ, जसले मलाई सत्यताको पछ्याइबाट पछाडि तान्नेछ र मेरो मुक्ति पाउने अवसरलाई बर्बाद गरिदिनेछ भन्ने चिन्ता लाग्थ्यो। यस्तो सोचेपछि, मेरो अठोट दृढ भयो र मैले ऊसँग छुट्टिने छनौट गरेँ। त्यसपछि, मेरी आमाको मप्रतिको मनोवृत्ति बदलियो। कहिलेकाहीँ उहाँ रिसाउनुहुन्थ्यो र मलाई झोँक्किँदै कराउनुहुन्थ्यो, “यति गम्भीर भएर परमेश्वरमा कसले विश्वास गर्छ र? एउटी केटीले वास्तवमा गर्नुपर्ने भनेकै राम्रो परिवार खोजेर विवाह गर्नु र साना-ठुला सबैको ख्याल राख्नु हो!” कहिलेकाहीँ उहाँ मलाई उक्साउन नराम्रा कुराहरू पनि बोल्नुहुन्थ्यो। मलाई साँच्चै दुःख लाग्थ्यो, तर मैले उहाँलाई दोष दिइनँ। एउटा भनाइ छ नि, “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।” उहाँले जे गर्नुभए पनि त्यो मेरै भलाइका लागि हो भन्ने मलाई लाग्थ्यो। आखिर, “प्रेम जति गहिरो हुन्छ, हप्काइ पनि उति नै कठोर हुन्छ।” उहाँलाई केवल मेरो विवाहको फिक्री थियो, र मेरो चिन्ताले नै उहाँले मलाई कराउनुभएको थियो। त्यसैले मैले केवल चुपचाप सहिरहेँ।
चिनियाँ नयाँ वर्ष र अन्य चाडपर्वहरूमा, मेरा आमाबुबाले अरू परिवारका छोरीहरू आफ्ना श्रीमान् र छोराछोरीका साथ खुसी हुँदै माइत आएको देख्नुहुन्थ्यो, जबकि म सधैँ एक्लै घर आउँथेँ। उहाँहरू निकै चिन्तित देखिनुहुन्थ्यो र निरन्तर सुस्केरा हालिरहनुहुन्थ्यो। हरेक पटक, मेरी आमा मलाई सम्झाउने प्रयास गर्दै भन्नुहुन्थ्यो, “फलानोलाई हेर् त। उसको विवाह भइसक्यो र उसका सासु-ससुराले उसलाई कति राम्रो व्यवहार गर्छन्। तैँले पनि एउटा राम्रो परिवार खोजेर विवाह गरेको भए कति राम्रो हुनेथियो, तेरो ख्याल राख्ने मान्छेहरू पनि थपिन्थे। अनि तेरो बुबा र म अन्ततः ढुक्क हुन पाउनेथियौँ। तैँले अलिकति हतार गरिनस् र यसलाई गम्भीरतापूर्वक लिइनस् भने, पछि राम्रो केटा पाइनस् भने के गर्छेस्? म तेरी आमा हुँ। म कहिल्यै तेरो कुभलो चिताउँला र? म यो सब तेरै भलाइका लागि मात्र गरिरहेकी छु।” मेरो विवाहको कुरामा मेरा आमाबुबालाई दिनभरि यति धेरै चिन्ता र फिक्री गरेको अनि दुःखको सुस्केरा हालिरहेको देख्दा, मलाई साह्रै नराम्रो लाग्थ्यो र म आत्मग्लानिले भरिन्थेँ। म ठूली भइसकेकी थिएँ, तर अझै पनि उहाँहरूलाई यति धेरै चिन्ता दिइरहेकी थिएँ। म आमाबुबाको आदर नगर्ने खालकी थिएँ! पछि, मैले एउटा यस्तो कुरा अनुभव गरेँ जसले मलाई मेरा आमाबुबाले मेरा लागि गरेको तथाकथित “भलाइ” वास्तवमा मेरा लागि भलाइ थिएन रहेछ भन्ने महसुस गरायो।
सन् २०१७ को एक दिन, मेरा बुबा भर्याङबाट लड्नुभयो र उहाँको ढाडमा चोट लाग्यो। त्यो साँझ म घर पुग्दा, मेरी आमाले ममाथि रिस पोख्दै भन्नुभयो, “तेरो बुबा किन लड्नुभयो तँलाई थाहा छ? किनभने उहाँ तेरा बारेमा धेरै चिन्ता लिनुहुन्छ! उहाँ यति धेरै चिन्ता लिनुहुन्छ कि उहाँलाई न भोक लाग्छ न निद्रा, अनि चिन्ताले उहाँको कपाल फुल्न थालिसक्यो। यो पूरै परिवार तेरो विवाहको चिन्ताले बिरामी परिसक्यो। तँ यति स्वार्थी कसरी हुन सक्छेस्? तँ केवल आफ्नै बारेमा मात्र सोच्छेस् र आमाबुबा हुनु कस्तो हुन्छ भन्ने तँलाई अलिकति पनि थाहा छैन!” उहाँले यसो भन्नुभएको सुनेर, मलाई गहिरो ग्लानि महसुस भयो। आमाले मलाई टाउको निहुराएर चुपचाप बसेको देख्नुभयो र भन्दै जानुभयो, “के तँलाई थाहा छैन? तेरो विवाह नभएकै कारण, तिम्रो बुबा र म अरूका अगाडि शिर ठाडो पारेर हिँड्न सक्दैनौँ। छिमेकीहरू सबै तँ तीस वर्षकी भइसकिस् र अझै पनि तेरो विवाह भएको छैन भन्दै कुरा काट्छन्। तैँले तेरो बुबा र मलाई कति धेरै लज्जित गराएकी छस्!” मेरी आमाले यसो भन्नुभएको सुनेर, म साँच्चै स्तब्ध र मर्माहत भएँ। मैले बुझ्नै सकिनँ। मैले केवल विवाह नगरेकी न हो; कुनै लाजमर्दो काम नै गरेकी त होइन। यसले उहाँहरूलाई कसरी शिर ठाडो पारेर हिँड्न नसक्ने बनायो त? त्यसैले मैले उहाँलाई सोधेँ, “मेरो विवाह नहुँदा तपाईँहरूलाई कसरी लज्जित बनाउँछ र? मैले कुनै खराब काम गरेकी छैन। जो पायो त्यहीसँग लहसिने मानिसहरूजस्तो हुनुभन्दा त अविवाहित हुनु नै राम्रो होइन र? विवाह भनेको जीवनभरको कुरा हो। तपाईंहरूको इज्जत जोगाउनकै लागि म जो पायो त्यहीसँग विवाह गर्न सक्दिनँ! त्यसमाथि, यदि मैले विवाह गरेँ र त्यो सफल भएन अनि मैले सम्बन्धविच्छेद गरेँ भने, त्यसले तपाईंहरूलाई झन् धेरै लज्जित बनाउनेछैन र?” हेपाहा र व्यङ्ग्यात्मक स्वरमा, मेरी आमाले भन्नुभयो, “सम्बन्धविच्छेद भए के भो त? अर्को केटा खोज्ने! आजभोलि सबैले त्यस्तै गर्छन्। एउटा लोग्नेमान्छे खोज्न सक्नु त वास्तविक खुबी हो! तेरो मामाकी छोरीलाई हेर्। उसको सम्बन्धविच्छेद भएको जम्मा छ महिना मात्र भएको थियो र अहिल्यै अर्को केटा फेला पारिसकी। त्यसलाई पो भन्छन् त सक्षम हुनु! अनि तँसँग के छ र? तेरा लागि त एउटा लङ्गडो भए पनि धेरै राम्रो हुन्थ्यो।” मेरी आमाका शब्दहरू मेरो हृदयमा गहिरोसँग बिझाए। मेरी आफ्नै आमाले यस्ता कुराहरू भन्न सक्नुहुन्छ भनेर मैले विश्वासै गर्न सकिनँ। अचानक, उहाँ मलाई पूरै पराईजस्तो लाग्न थाल्नुभयो। म आफ्नो कोठामा फर्किएँ र रूँदारूँदा मेरा आँखा नै सुन्निए। मलाई सधैँ यति धेरै प्रेम गर्ने आमाले यस्तो निष्ठुरी कुरा भन्न सक्नुहुन्छ भनेर मैले कहिल्यै कल्पनै गरेकी थिइनँ। के उहाँले साँच्चै मेरै भलाइका लागि यसो गरिरहनुभएको थियो त? के यो साँचो प्रेम थियो? आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई थाहा छ यस्ता बिझाउने शब्दहरू नभएका भए, मेरो हृदयलाई साँच्चै कहिल्यै चोट लाग्ने थिएन। तर मलाई अझै पनि मेरी आमा नै मलाई सबैभन्दा राम्रो व्यवहार गर्ने व्यक्ति हुनुहुन्छ जस्तो लाग्छ। परमेश्वर, यसलाई कसरी अनुभव गर्ने मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म तपाईंका अभिप्रायहरू बुझ्न सकूँ।”
पछि, मैले परमेश्वरका वचनहरू सम्झेँ: “छोराछोरीहरू किन बुबाआमाप्रतिको धर्म निभाउँछन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूलाई लाडप्यार गर्छन्? सबै मानिसहरूले राख्ने मनसाय के हो? के यो उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू पूरा गर्नु होइन र? के यो साँच्चै परमेश्वरको व्यवस्थापनको योजनाका खातिर कार्य गर्नका लागि हो र? के यो साँच्चै परमेश्वरको कामका खातिर कार्य गर्नका लागि हो र? के यो सृजित प्राणीका कर्तव्यहरू पूरा गर्नका लागि हो र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। “व्यक्तिको जीवनका लागि कसले सबैभन्दा ठुलो बोझ वहन गर्छ? (परमेश्वरले।) परमेश्वरले मात्रै मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। के मानिसहरूका आमाबुबा र आफन्तहरूले तिनीहरूलाई साँच्चै प्रेम गर्छन्? के तिनीहरूले दिने प्रेम साँचो प्रेम हो? के यसले मानिसहरूलाई शैतानको प्रभावबाट बचाउन सक्छ? सक्दैन। मानिसहरू संवेदनहीन र मोटो-बुद्धिका हुन्छन्, यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनन्, र सधैँ भन्छन्, ‘परमेश्वरले मलाई कसरी प्रेम गर्नुहुन्छ भनी म महसुस गर्नै सक्दिनँ। जे होस्, मेरा आमा र बुबाले मलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँहरूले मेरो पढाइको खर्च तिरिदिनुहुन्छ र मलाई प्राविधिक सीपहरू सिक्न लगाउनुहुन्छ, ताकि म हुर्केपछि केही बन्न सकूँ, अरूभन्दा माथि उठ्न सकूँ, र एक तारा, एक सेलिब्रेटी बन्न सकूँ। मेरा आमाबुबाले फारो गरेर खानामा पैसा बचाएर मलाई संवर्धन गर्न र मेरो शिक्षामा सहयोग गर्न यति धेरै पैसा खर्च गर्नुहुन्छ। त्यो कति ठूलो प्रेम हो! म उहाँहरूलाई कहिल्यै प्रतिदान गर्न सक्दिनँ!’ के तिमीहरूलाई त्यो प्रेम हो भन्ने लाग्छ? तेरा आमाबुबाले तँलाई अरूभन्दा माथि उठ्न, संसारमा सेलिब्रेटी बन्न, राम्रो जागिर खान, र संसारमा घुलमिल हुन धकेल्नुका परिणामहरू के-के हुन्? तिनीहरूले तँलाई निरन्तर अरूभन्दा माथि उठ्न, आफ्नो परिवारलाई सम्मान दिलाउन, र संसारका दुष्ट प्रचलनहरूमा समाहित हुन खोज्न लगाउँछन्। फलस्वरूप, तँ पापको भुमरीमा फस्छस्, अनन्त विनाश भोग्छस्, र नाश हुन्छस्, र शैतानद्वारा निलिन्छस्। के त्यो प्रेम हो? त्यो तँलाई प्रेम गर्नु होइन, त्यो तँलाई हानि पुर्याउनु हो, तँलाई बर्बाद पार्नु हो। यदि कुनै दिन तँ यति तल डुबिस् कि तैँले फर्केर आउन नसक्ने बिन्दु पार गरिस्, यति तल कि तैँले आफूलाई बाहिर निकाल्न सकिनस्, र तँ नरकमा झरिस् भने, तब मात्रै तैँले महसुस गर्नेछस्, ‘ओहो, आमाबुबाको प्रेम त दैहिक प्रेम रहेछ, र यसले परमेश्वरमा विश्वास गर्न वा सत्यता प्राप्तिमा फाइदा गर्दैन—यो साँचो प्रेम होइन!’ तिमीहरूले यो अहिलेसम्म महसुस नगरेका हुन सक्छौ। कतिपय मानिसहरू भन्छन्, ‘परमेश्वरले मलाई कसरी प्रेम गर्नुहुन्छ, म महसुस गर्न नै सक्दिनँ। मलाई अझै पनि मेरी आमाले नै मलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ भन्ने लाग्छ। यो संसारमा उहाँ नै मेरा निम्ति सबैभन्दा नजिकको व्यक्ति हुनुहुन्छ। “आमा संसारकै सर्वश्रेष्ठ हुन्” भन्ने एउटा गीत छ। यसले वास्तविकतालाई प्रतिबिम्बित गर्छ; यो कथन पूर्ण रूपमा साँचो हो!’ कुनै दिन, जब तैँले साँच्चै जीवन प्रवेश पाउँछस्, र जब तैँले सत्यता प्राप्त गरेको हुन्छस्, तब तैँले भन्नेछस्, ‘मलाई सबैभन्दा बढी प्रेम गर्ने मेरी आमा होइनन्, न त मेरा बुबा हुन्। परमेश्वरले मलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ, र उहाँ मेरो सबैभन्दा प्रिय हुनुहुन्छ, किनभने उहाँले मलाई जीवन दिनुभयो, र उहाँले सधैँ मलाई अगुवाइ गरिरहनुभएको छ, मेरो लागि प्रबन्ध गरिरहनुभएको छ, र मलाई शैतानको प्रभावबाट मुक्ति दिनुभएको छ। परमेश्वरले मात्र मानिसहरूलाई जीवन प्रदान गर्ने, अगुवाइ गर्ने, र यावत् थोकमाथि सार्वभौमिकता राख्ने गर्नुहुन्छ।’ जब तैँले सत्यता बुझ्छस् र पूर्ण रूपमा सत्यता प्राप्त गरेको हुन्छस्, तब मात्रै तैँले यी वचनहरूलाई गहिरो रूपमा कदर गर्न सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। पहिले, मैले परमेश्वरका वचनका यी दुई खण्डलाई वास्तविक रूपमा स्विकार्न सकेकी थिइनँ। मलाई मेरा आमाबुबा नै संसारमा मलाई सबैभन्दा धेरै प्रेम गर्ने मानिसहरू हुनुहुन्छ भन्ने लाग्थ्यो, विशेष गरी मेरी आमा, जसले मेरो भाइ र मलाई हुर्काउन धेरै कष्ट भोग्नुभएको थियो। जब मैले विवाह नगरेकोमा उहाँले मलाई गाली गर्नुभयो, के त्यो “प्रेम जति गहिरो हुन्छ, हप्काइ पनि उति नै कठोर हुन्छ” भन्ने भनाइले सङ्केत गरेको कुरा थिएन र? मलाई मेरी आमा मैले एउटा राम्रो परिवार पाओस् र खुसी रहोस् भन्ने मात्र चाहनुहुन्छ, र संसारमा उहाँहरू मात्रै मलाई कहिल्यै छलछाम वा कुभलो नगर्ने मानिसहरू हुनुहुन्छ भन्ने लाग्थ्यो। तर यो कुरा भोगिसकेपछि जब मैले परमेश्वरका यी वचनहरू फेरि पढेँ, तब मात्र मैले यसलाई अन्ततः स्विकार्न सकेँ। मैले राम्रो परिवारमा विवाह गरेर खुसी रहनु मेरै भलाका लागि हो भन्ने मेरो आमाको दाबी थियो। तर वास्तवमा, उहाँले केवल आफ्नै अभिमानको बारेमा सोचिरहनुभएको थियो, ताकि मानिसहरूले उहाँको पछाडि कुरा नकाटून्, र उहाँले अरूको अगाडि शिर ठाडो पार्न सक्नुहोस्। त्यसैकारण उहाँ मलाई स्वीकार्ने जुनसुकै केटासँग मेरो छिट्टै विवाह गरिदिन चाहनुहुन्थ्यो—यहाँसम्म कि एउटा लङ्गडो भए पनि हुन्छ भन्दै हुनुहुन्थ्यो। उहाँले मेरो खुसीको बारेमा त सोच्दै सोच्नुभएको थिएन! मेरी आमाको प्रेममा मिसावट थियो। उहाँ केवल आफ्नै बारेमा सोचिरहनुभएको थियो र उहाँ मलाई साँचो प्रेम गर्नुहुन्नथ्यो। त्यसमाथि, उहाँ मेरो विवाह होस् भन्ने असाध्यै चाहनुहुन्थ्यो ताकि उहाँले विवाहलाई एउटा पासोका रूपमा प्रयोग गरी मलाई घरमै श्रीमान्को टहल गर्ने र छोराछोरी हुर्काउने जीवनमा जिउन बाध्य परी परमेश्वरमाथि विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्नबाट रोक्न सक्नुहोस्। अन्ततः मैले के देखेँ भने मेरी आमाले साँच्चै मेरा हितहरू हेरिरहनुभएको थिएन उहाँ मलाई परमेश्वरबाट टाढा लैजाने र शैतानको ओडारतिर तान्ने प्रयास गर्दैहुनुहुन्थ्यो! यदि मैले वास्तवमै उहाँको कुरा सुनेकी भए, मेरो देह त सन्तुष्ट हुने थियो होला, तर मसँग आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउन थोरै मात्र समय र ऊर्जा हुनेथियो। अन्तमा, मैले आफ्नो मुक्ति पाउने अवसर बर्बाद गर्नेथिएँ। विवाहका बारेमा मेरी आमाले मलाई सिकाउनुभएको दृष्टिकोण गलत थियो। यसले मलाई विवाहको सम्मान नगर्ने बनाउँथ्यो, र विवाह अनि सम्बन्धविच्छेदलाई एउटा खेलजस्तो व्यवहार गर्न लगाउँथ्यो। उहाँले मलाई जीवनको सही मार्ग देखाउन सक्नुभएन। परमेश्वरद्वारा व्यक्त सत्यताले नै मलाई जीवनको सही पछ्याइ दियो। उदाहरणका लागि, परमेश्वरले हामीलाई विवाहको सम्मान गर्न र व्यभिचार नगर्न भन्नुहुन्छ; यो सामान्य मानवताको अभिव्यक्ति हो। साथै, सृजित प्राणीको कर्तव्य पूरा गर्नु नै सबैभन्दा अर्थपूर्ण प्रकारको जीवन हो, र सत्यता पछ्याएर अनि स्वभावमा परिवर्तन ल्याएर मात्र हामीले मुक्ति पाउन र बाँच्न सक्छौँ। परमेश्वरका वचनहरूमार्फत, मैले मप्रतिको मेरी आमाको प्रेम साँचो प्रेम होइन रहेछ भन्ने स्पष्ट देखेँ। मलाई सबैभन्दा धेरै प्रेम गर्ने परमेश्वर नै एकमात्र हुनुहुन्छ।
मैले सधैँ मेरा आमाबुबालाई आफ्ना सबैभन्दा नजिकका मानिसहरू मान्दै आएकी थिएँ। उहाँहरूका कुन कार्यहरू सही थिए र कुन गलत थिए भनेर मैले कहिल्यै खुट्याइनँ, उहाँहरूसँग कसरी सही व्यवहार गर्ने भन्ने मलाई थाहा थिएन। मैले परमेश्वरका वचनहरू पढेपछि मात्र उहाँहरूका बारेमा केही खुट्याइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, तिनीहरूका भ्रष्ट स्वभावहरू पनि उस्तै छन्, तिनीहरूको भिन्नता भनेको तँसँगको रगतको सम्बन्ध मात्रै हो, र यदि तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन् भने, गैरविश्वासीसरह हुन् भनेर थाहा पाउनेछस्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो देहको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पाटोबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्वरप्रतिको विश्वासमा तिनीहरूको दृष्टिकोण, संसारबारे र मामलाहरू सम्हाल्नेसम्बन्धी तिनीहरूको दृष्टिकोण, र सबैभन्दा महत्त्वपूर्ण, परमेश्वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा हेरिस् भने, तैँले तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्नेछस्। एक दिन तैँले तिनीहरू पनि तँजस्तै भ्रष्ट स्वभाव भएका मानिस हुन्, तिनीहरू बिलकुलै तैँले कल्पना गरेजस्तो तँलाई साँचो प्रेम गर्ने दयालु हृदयका मानिस होइनन्, र तिनीहरूले तँलाई सत्यतामा वा जीवनको सही मार्गमा डोर्याउन सक्दैनन् भनेर प्रस्ट रूपमा देख्न सक्छस्। तैँले स्पष्ट रूपमा देख्न सक्छस् कि तिनीहरूले तेरा लागि जे गरेका छन्, त्यसले तँलाई कुनै ठूलो फाइदा गर्दैन, र त्यसले तँलाई जीवनमा सही मार्गमा हिँड्न कुनै मद्दत गर्दैन। तैँले यो पनि पाउन सक्छस् कि तिनीहरूका धेरै कार्य र विचारहरू सत्यताको विरुद्धमा जान्छन्, ती देहका हुन्, र तिनले तँलाई अवहेलना, दिगमिग, र तिरस्कार महसुस गराउँछन्। यदि तैँले यी कुराहरू देख्न थालिस् भने, तब तैँले हृदयमा आफ्ना आमाबुबालाई सही तरिकाले व्यवहार गर्न सक्नेछस्, र अब तँलाई उनीहरूको याद आउनेछैन, तँ उनीहरूको बारेमा चिन्तित हुनेछैनस्, वा उनीहरूबाट अलग भएर जिउन नसक्ने हुनेछैनस्; उनीहरूले आमाबुबाका रूपमा आफ्नो मिसन पूरा गरिसकेका छन्। तैँले अब उनीहरूलाई आफ्नो सबैभन्दा नजिकको मानिसका रूपमा व्यवहार गर्नेछैनस् वा आदर्श मान्नेछैनस्। बरु, तैँले उनीहरूलाई साधारण मानिसका रूपमा व्यवहार गर्नेछस्, र त्यस समयमा, तँ स्नेहको बन्धनबाट पूर्ण रूपमा मुक्त हुनेछस् र साँच्चै स्नेह र पारिवारिक प्रेमबाट बाहिर निस्कनेछस्। जब तँ स्नेह र पारिवारिक प्रेमबाट टाढा भइसक्छस्, तब तैँले ती कुराहरू कदर गर्न लायक छैनन् भनी महसुस गर्नेछस्। त्यस बिन्दुमा, तैँले आफन्त, परिवार, र दैहिक सम्बन्धहरू सत्यता बुझ्न र स्नेहबाट आफूलाई मुक्त गर्नमा बाधक बन्छन् भनी देख्नेछस्। तैँले के देख्नेछस् भने तेरा आमाबुबासँग तेरो त्यो पारिवारिक सम्बन्ध, त्यो दैहिक सम्बन्ध भएको, जसले तँलाई पक्षाघात तुल्याउने र बहकाउने हुनाले, तैँले तिनीहरू तेरो सबैभन्दा नजिक छन्, तिनीहरूले अरू कसैले भन्दा राम्ररी तेरो ख्याल राख्छन्, र तँलाई सबैभन्दा धेरै प्रेम गर्छन् भनी विश्वास गर्छस्, र तँ तिनीहरू असल मानिस हुन् कि खराब भनी स्पष्ट रूपमा खुट्ट्याउन असक्षम हुन्छस्। जब तँ साँच्चै स्नेहबाट टाढा भइसक्छस्, के तैँले अझै पनि तिनीहरूलाई आफ्नो सारा हृदयले याद गर्नेछस्, तिनीहरूको बारेमा सोचिरहनेछस्, र बेला-बेलामा तिनीहरूको बारेमा सोच्दा अहिले जस्तै तिनीहरूप्रति चिन्ता महसुस गर्नेछस्? गर्नेछैनस्। तैँले यसो भन्नेछैनस्: ‘म जो व्यक्तिविना रहन सक्दिन त्यो मेरी आमा हुनुहुन्छ; मलाई सबैभन्दा बढी प्रेम गर्ने, हेरचाह गर्ने, र मेरो सबैभन्दा धेरै ख्याल राख्ने उहाँ नै हुनुहुन्छ।’ जब तँसँग यो स्तरको बोध हुन्छ, के तैँले अझै पनि तिनीहरूलाई यति धेरै याद गर्नेछस् कि तँ रुन्छस्? गर्नेछैनस्। यो समस्या समाधान हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। विगतमा, म मेरी आमालाई आफ्नो सबैभन्दा नजिकको व्यक्तिका रूपमा व्यवहार गर्थेँ। उहाँ मेरी आमा हुनुभएको हुनाले, उहाँले जे गरे पनि मेरै भलाइका लागि हो भन्ने मलाई लाग्थ्यो। उहाँ मलाई तय गरिएका भेटघाटहरूमा जान र विवाह गर्न सधैँ दबाब दिइरहनुहुन्थ्यो। मलाई यो कुरा पटक्कै मन नपर्ने र यसप्रति वितृष्णा जागेर आउने भए पनि, म अझै पनि उहाँकै इच्छाअनुसार ती भेटघाटहरूमा जाने गर्थेँ। मेरा आमाबुबाले मेरो विवाहबारे निरन्तर फिक्री गरेको र चिन्ता लिएको देख्दा मलाई ग्लानि महसुस हुन्थ्यो, र आमाबुबाप्रतिको धर्म पूरा गर्ने र आज्ञाकारी छोरी बन्न नसकेको भन्दै आफैँलाई दोष दिन्थेँ। साँचो कुरा त के हो भने, मेरी आमाले मभित्र विवाहका बारेमा एउटा गलत दृष्टिकोण हालिदिनुभएको थियो, तर रगतको नाताका कारण ममा उहाँबारे अलिकति पनि खुट्याइ थिएन। परमेश्वरले हामीलाई विवाहको सम्मान गर्न र व्यभिचारमा नलाग्न भन्नुहुन्छ, तर मेरी आमाले भने विवाहलाई एउटा खेल जस्तै लिनुभयो। उहाँ धेरै जीवनसाथी भेटाउन सक्नुलाई सक्षम हुनुको सङ्केतका रूपमा हेर्नुहुन्थ्यो। उदाहरणका लागि, मेरा मामाका छोरीहरू विवाहको सम्मान गर्दैनन् र यसलाई खेल जस्तै लिन्छन्, तिनीहरू लहडमै विवाह गर्छन् र लहडमै सम्बन्धविच्छेद गर्छन्। मेरो मामाकी जेठी छोरी विवाहित थिई, तर एउटा विवाहित पुरुषको रखौटी बनेर व्यभिचार गरिरहेकी थिई। मेरी आमा यसलाई कुनै लाजमर्दो वा बेइज्जती कुराका रूपमा हेर्नुहुन्नथ्यो; उहाँ त यसलाई सक्षम हुनु हो भन्ने सोच्नुहुन्थ्यो। म विवाहको बारेमा होसियार थिएँ। म अरूजस्तै हतारमा विवाह गर्ने अनि सम्बन्धविच्छेद गर्ने वा जथाभावी भेटघाट गर्दै हिँड्ने गर्न चाहन्नथेँ। यसैकारण, मेरी आमा मलाई असक्षम भनेर गाली गर्नुहुन्थ्यो र मैले विवाह नगर्दा उहाँहरूको बेइज्जती भइरहेको छ अनि उहाँहरूलाई शिर ठाडो पार्न नसक्ने बनाइरहेको छ भन्नुहुन्थ्यो। मेरी आमाले दुष्ट प्रवृत्तिका विचारहरूलाई अँगाल्नुभएको थियो अनि सही र गलत छुट्याउन नसक्ने भइसक्नुभएको थियो; उहाँले सही र गलतलाई उल्ट्याइदिनुभएको थियो। परिस्थितिप्रतिको उहाँको दृष्टिकोण पूर्ण रूपमा विकृत थियो। यो सबै समय, म हाम्रो पारिवारिक बन्धनले अन्धी भएकी थिएँ, र सधैँ मेरी आमाले जे गरे पनि मेरै भलाइका लागि हो भनी सोचिरहन्थेँ। तर वास्तविकतामा, उहाँ शैतानका अस्तित्वका नियमहरूअनुसार जिइरहनुभएको थियो, अनि शैतानद्वारा मूर्ख बन्न र हानि बेहोर्नबाट जोगिन सकिरहनुभएको थिएन। उहाँले मलाई जीवनको सही मार्गमा कसरी डोर्याउन सक्नुहुन्थ्यो र? त्यसपछि मात्र मैले मेरी आमाबारे केही खुट्याइ प्राप्त गरेँ र उहाँहरूका मागहरू पूरा गर्न नसकेको भन्दै आफैलाई दोष दिने काम गर्न छोडेँ।
सन् २०१८ मा, परमेश्वरमाथिको मेरो आस्थाका कारण एउटा यहूदाले ममाथि घात गर्यो। राष्ट्रिय सुरक्षा दलका मानिसहरू मलाई पक्राउ गर्न मेरो घर आए, तर म अर्कै ठाउँमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी हुनाले म प्रकोपबाट बचेँ। त्यसयता मैले घर जाने आँट गरेकी छैन। विवाह गर्नका लागि आमाबुबाले दिने दबाबबाट मुक्त भएपछि, म आफ्नो कर्तव्यमा हृदयलाई अझ बढी समर्पित गर्न सक्षम भएँ, र पहिलेभन्दा सत्यतालाई अझ बढी बुझेँ।
सन् २०२४ मा, परमेश्वरले “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने भ्रामक दृष्टिकोणका बारेमा सङ्गति र चिरफार गर्नुभयो। त्यो पढेर म धेरै प्रभावित भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।’ अनि, यो भनाइको अर्थ के हो? यसको अर्थ के हो भने, तेरा आमाबुबा सही भए नि वा गलत भए नि, तेरा आमाबुबाले तँलाई जन्माएका र हुर्काएका हुनाले, तेरो लागि तेरा आमाबुबाले गर्ने सबै कुरा सही हुन्छन्। तैँले तिनीहरू सही छन् कि गलत छन् भनेर मूल्याङ्कन गर्न सक्दैनस्, न त तैँले तिनीहरूको कुरा इन्कार गर्न सक्छस्, तिनीहरूको विरोध गर्न सक्नु त परको कुरा हो। यो आमाबुबाप्रतिको भक्ति हो। तेरा आमाबुबाले गलत काम गरेका छन् नै भने पनि, र तिनीहरूका केही विचार र दृष्टिकोणहरू पुरानो वा गलत नै छन् भने पनि, वा तिनीहरूले तँलाई शिक्षा दिने तरिका र तँलाई सिकाउने विचार र दृष्टिकोणहरू सही वा सकारात्मक छैनन् नै भने पनि, तैँले तिनीहरूलाई शङ्का वा अस्वीकार गर्नु हुँदैन, किनकि भनाइ नै छ कि ‘आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।’ जब आमाबुबाको कुरा आउँछ, तैँले तिनीहरू सही छन् कि गलत छन् भनेर खुट्याउने वा मूल्याङ्कन गर्ने कहिल्यै गर्नु हुँदैन, किनभने सन्तानले पाएको जीवन र सबै कुरा आमाबुबाबाटै आएका हुन्छन्। तेरो आमाबुबाभन्दा माथि कोही पनि हुँदैन, त्यसैले यदि तँसँग विवेक छ भने, तैँले तिनीहरूको आलोचना गर्नु हुँदैन। तेरा आमाबुबा जतिसुकै गलत, बेठीक वा असिद्ध भए पनि, तिनीहरू तेरा आमाबुबै हुन्। तिनीहरू नै तेरा सबैभन्दा नजिकका मानिसहरू हुन्, जसले तँलाई हुर्काए, जसले तँसँग सबैभन्दा राम्रो व्यवहार गर्छन्, र जसले तँलाई तेरो जीवन दिए। के यो भनाइलाई सबैले स्वीकार गर्दैनन् र? अनि, ठ्याक्कै यही मानसिकता रहेकोले नै, तेरा आमाबुबाले तँलाई बिनाहिचकिचाहट जस्तोसुकै व्यवहार गर्न, र विभिन्न विधिहरू प्रयोग गरी तँलाई हरप्रकारका काम गर्ने दिशातर्फ डोर्याउन, र तँमा विभिन्न विचारहरू हालिदिन सकिन्छ भन्ने सोच्छन्। तिनीहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले यस्तो सोच्छन्, ‘मेरा अभिप्रायहरू सही छन्, यो तेरो आफ्नै भलाइको लागि हो। तँसँग भएका सबै कुराहरू मैले नै दिएको हो। तँलाई मैले जन्माएँ-हुर्काएँ, त्यसैले मैले तँलाई जे-जस्तो व्यवहार गरे पनि, म गलत हुन सक्दिनँ, किनभने मैले गर्ने सबै कुरा तेरो आफ्नै भलाइको लागि हो र म तँलाई चोट पुर्याउने वा हानि गर्नेछैनँ।’ छोराछोरीको दृष्टिकोणबाट हेर्दा, के आमाबुबाप्रतिको तिनीहरूको मनोवृत्ति ‘आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ’ भन्ने भनाइमा आधारित हुनु सही हो त? (होइन, यो गलत छ।) यो पक्कै पनि गलत छ। … हामीले कसरी यो मामिलालाई सत्यताअनुसार हेर्नुपर्छ? यसलाई भन्ने सही तरिका के हो? के छोराछोरीको शरीर र जीवन तिनीहरूका आमाबुबाले तिनीहरूलाई दिएका हुन् त? (होइन।) व्यक्तिको दैहिक शरीर उसका आमाबुबाबाट जन्मन्छ, तर बच्चा जन्माउने आमाबुबाको क्षमता कहाँबाट आउँछ? (यो परमेश्वरले दिनुभएको हो र परमेश्वरबाट आउँछ।) अनि, व्यक्तिको प्राण? यो कहाँबाट आउँछ? यो पनि परमेश्वरबाटै आउँछ। त्यसैले मूल रूपमा, मानिसहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्, र यी सबै कुरा उहाँद्वारा नै पूर्वनियोजित गरिएका हुन्। तँलाई यो परिवारमा जन्म लिनको लागि परमेश्वरले नै पूर्वनियोजित गर्नुभएको हो। परमेश्वरले यो परिवारमा एउटा प्राण पठाउनुभयो, र त्यसपछि तँ यस परिवारमा जन्मिस्, अनि तेरा आमाबुबासँग तेरो यो पूर्वनिर्धारित सम्बन्ध रहेको हो—यो कुरा परमेश्वरद्वारा पूर्वनियोजित गरिएको हो। परमेश्वरको सार्वभौमिकता र पूर्वनियोजनका कारण मात्र तेरा आमाबुबाले तँलाई जन्माएका हुन् र तँ यो परिवारमा जन्मेको होस्। यसलाई मूल रूपमा हेर्दा यस्तै देखिन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१३))। “सबै जना यस दुष्ट मानवजातिमाझ जिउने हुनाले, तिनीहरू सबै यस्तो वातावरणमा हुर्कन्छन् जहाँ तिनीहरू आफ्ना परिवारका परम्परागत तरिकाहरू, राज्यको शिक्षा, र सामाजिक रूपमा सिकाइएको कुरा स्वीकार गर्छन्। मानिसहरूले ग्रहण गर्ने सबै कुरा दुष्ट संसारबाट आउने ती विभिन्न विचार र दृष्टिकोण हुन्, जुन आखिरमा शैतानबाट आउने सबै प्रकारका विधर्म र भ्रमहरू हुन्, जुन सत्यतासँग पटक्कै मिल्दैनन्, र तिनमा कुनै सत्यता हुँदैन; योभन्दा पनि बढी, मानिसहरू सत्यता के हो भनेर बुझ्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, आमाबुबा र छोराछोरी समान हुन्छन् र तिनीहरूका विचार र दृष्टिकोणहरू पनि समान हुन्छन्। यति मात्र हो कि आमाबुबाले यी विचार र दृष्टिकोणहरू २०-३० वर्ष पहिले स्विकारेका हुन्छन्, जबकि छोराछोरीले ती कुरा अलिक पछि स्विकारेका हुन्छन्। भन्नुको अर्थ, सामाजिक पृष्ठभूमि उही हो, र तँ सामान्य व्यक्ति होस् भने, तँ र तेरा आमाबुबा दुवैले शैतानबाट आएको उही भ्रष्टता, सामाजिक प्रचलनहरूको उही अभ्यस्तीकरण, र समाजका विभिन्न दुष्ट प्रवृत्तिहरूबाट उत्पन्न उही विचार र दृष्टिकोणहरू स्विकारेका छौ। यस दृष्टिकोणबाट हेर्दा, छोराछोरी तिनीहरूका आमाबुबासँग एउटै प्रकारका हुन्। … अनि आमाबुबाले आफ्ना छोराछोरीलाई जन्म दिने र हुर्काउने र तिनीहरूसँग यो विशेष हैसियत हुने हुनाले, छोराछोरी आफ्ना आमाबुबाप्रति समर्पित हुनुपर्छ र तिनीहरूले आमाबुबाप्रति आफ्ना दायित्वहरू पूरा गर्नुपर्छ। आफ्ना आमाबुबाप्रति मानिसहरूको एक मात्र जिम्मेवारी यही हो। तर आमाबुबा र छोराछोरी दुवै उस्तै भ्रष्ट मानव भएकाले, आमाबुबा आफ्ना छोराछोरीका लागि नैतिक आदर्श होइनन्, न त तिनीहरू सत्यताको पछ्याइमा छोराछोरीका लागि उदाहरण वा आदर्श पात्र नै हुन्, परमेश्वरको आराधना गर्ने र उहाँप्रति समर्पित हुने सन्दर्भमा आफ्ना छोराछोरीका लागि आदर्श पात्र हुनु त झनै परको कुरा हो। अवश्य नै, आमाबुबा पनि सत्यताका मूर्तरूप होइनन्। छोराछोरीले आफ्ना आमाबुबालाई नैतिक आदर्श मान्नु हुँदैन, उनीहरूसँग तिनीहरूलाई निःसर्त रूपमा पालन गर्नुपर्ने कुनै दायित्व वा जिम्मेवारी हुनु त झनै परको कुरा हो। छोराछोरी आफ्ना आमाबुबाका कार्य, व्यवहार, र स्वभाव सारलाई खुट्ट्याउन पनि डराउनु हुँदैन। अर्थात्, आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्ने भन्ने कुरामा ‘आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ’ भन्ने विचारलाई छोराछोरीले पालन गर्नु हुँदैन। यो दृष्टिकोण आमाबुबाको विशेष हैसियतमा आधारित छ, त्यो के हो भने तिनीहरूले परमेश्वरको पूर्वनियोजनअन्तर्गत आफ्ना छोराछोरीलाई जन्म दिए, र त्यसैले, देहको हिसाबमा, परिवारभित्र तिनीहरूको हैसियत र तिनीहरूको पुस्ता तिनीहरूका छोराछोरीका भन्दा फरक हुन्छन्। यही भिन्नताका कारण, मानिसहरू आफ्ना आमाबुबालाई कहिल्यै गल्ती नगर्ने वर्गका मानिसका रूपमा लिन्छन्। के यो सही हो? (होइन।) यो अविवेकी र सत्यतासँग नमिल्ने कुरा हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१३))।
परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने कुरा शैतानले पारिवारिक शिक्षा र सामाजिक संस्कारका माध्यमबाट हाम्रो दिमागमा हालिदिने गलत विचार हो। यसले हाम्रा आमाबुबा नै हाम्रा सबैभन्दा नजिकका र हामीलाई सबैभन्दा धेरै प्रेम गर्ने व्यक्तिहरू हुन्, त्यसैले उहाँहरूले हामीलाई सिकाउने हरेक कुरा हामीले निःसर्त स्वीकार गर्नुपर्छ भन्ने महसुस गराउँछ। आमाबुबाका कुराहरू सही छन् कि छैनन् भनेर हामी कहिल्यै विचार गर्दैनौँ, र उहाँहरूले जे गर्नुहुन्छ त्यो हाम्रै भलाइका लागि हो भनेर मात्र विश्वास गर्छौँ। हामीलाई के लाग्छ भने छोराछोरीले आफ्ना आमाबुबा सही छन् कि गलत भनेर मूल्याङ्कन गर्नुहुँदैन, बरु निःसर्त उहाँहरूको आज्ञापालन गर्नुपर्छ। यी सोच र विचारहरूले हामीलाई कुनै सिद्धान्तविना नै हाम्रा आमाबुबाको कुरा सुन्न र उहाँहरूको आज्ञापालन गर्न लगाउँछन्। यो आमाबुबाप्रतिको अन्धो भक्ति हो, र यसले हामीलाई गलत मार्गमा डोर्याउँछ। म “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने यही दृष्टिकोणअनुसार जिइरहेकी थिएँ। मेरा आमाबुबाले जे गरे पनि मेरै भलाइका लागि हो—उहाँहरूले मलाई संसारमा अरू कसैले भन्दा बढी प्रेम गर्नुहुन्छ र मेरो कहिल्यै कुभलो गर्नुहुन्न भन्ने मलाई लाग्थ्यो। उहाँहरूले जे भने पनि म निःसर्त र सिद्धान्तविना नै स्वीकार गर्थेँ। आफूलाई आचरणमा ढाल्ने र कार्य गर्नेबारे उहाँहरूका मानकहरू सही छन् वा गलत भनेर मैले कहिल्यै खुट्याउने प्रयास गरिनँ; म केवल आँखा चिम्लेर उहाँहरूमाथि विश्वास गर्थेँ र उहाँहरूको आज्ञा पालन गर्थेँ। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मेरा आमाबुबा पनि मजस्तै शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरू हुनुहुन्छ। उहाँहरूका विचार र दृष्टिकोणहरू पनि शैतानबाटै आउँछन्। उहाँहरूले जे भन्नुहुन्छ त्यो सत्यता होइन र त्यो सधैँ सही हुँदैन। मेरा आमाबुबाले भन्नुहुने हरेक कुराको मैले अन्धाधुन्ध पालन गर्नुहुँदैन वा उहाँहरूका कुराहरूलाई सत्यता नै हुन् झैँ ठानेर तिनमा समर्पित हुनुहुँदैन। मैले कसरी मेरी आमा प्रभु येशूमा विश्वास त गर्नुहुन्थ्यो, तर उहाँ केवल नाम मात्रकी विश्वासी हुनुहुन्थ्यो भन्नेबारे सोचेँ। उहाँको सोच र विचारमा “उमेर पुगेपछि छोराको विवाह गर्नुपर्छ र उमेर पुगेपछि छोरीलाई अन्माउनुपर्छ” भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो। उहाँलाई के लाग्थ्यो भने एउटी उमेर पुगेकी महिलाले विवाह गर्नुपर्छ, परिवार सुरु गर्नुपर्छ, र आफ्नो परिवार, श्रीमान् र छोराछोरीको वरिपरि घुम्ने जीवन जिउनुपर्छ—सामान्य जीवन जिउने एकमात्र तरिका यही हो। उहाँले परमेश्वरप्रतिको आस्थालाई केवल एउटा विश्वासका रूपमा हेर्नुहुन्थ्यो, जसले दैनिक जीवनमा बाधा पुर्याउनुहुँदैनथ्यो। त्यसैले त उहाँ मलाई चाँडै विवाह गर्नका लागि मलाई लगातार दबाब दिइरहनुहुन्थ्यो र मैले परमेश्वरमा विश्वास र आफ्नो कर्तव्य निर्वाह गरोस् भन्ने चाहनुहुन्थ्यो। मैले विवाह गर्न सक्ने केटाको चरित्र वा मानवताको बारेमा उहाँलाई कुनै वास्ता थिएन। मेरो विवाहप्रतिको उहाँको दृष्टिकोण धेरै गैरजिम्मेवारपूर्ण थियो। उहाँ केवल आफ्नो इज्जत जोगाउन र मानिसहरूले उहाँकी एउटी विवाह नभएकी बुढीकन्या छोरी छे भनी कुरा नकाटून् भन्नका लागि उहाँ मलाई एउटा अपाङ्ग मान्छेसँग विवाह गरिदिनसमेत तयार हुनुहुन्थ्यो, वा बारम्बार विवाह गर्ने र सम्बन्धविच्छेद गर्ने कुराको लागिसमेत तयार हुनुहुन्थ्यो। मेरी आमा विवाहलाई परमेश्वरप्रतिको मेरो विश्वासमा बाधा पुर्याउने माध्यम बनाउन पनि चाहनुहुन्थ्यो। यदि मैले उहाँको कुरा सुनेकी भए, म परमेश्वरबाट झन्झन् टाढा हुँदै जानेथिएँ र अन्ततः मेरो जीवन बर्बाद हुनेथियो। मानिसहरूलाई मुक्ति दिने परमेश्वरको आखिरी दिनहरूको काम अत्यन्तै दुर्लभ अवसर हो। म विवाहित नहुनु र पारिवारिक उल्झनहरूमा नपर्नु, यसले मलाई सजिलैसँग विश्वासको मार्गमा हिँड्ने मौका दिइरहेको छ, यो एउटा राम्रो कुरा हो। परमेश्वरलाई पछ्याउन र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न पाउनु नै सबैभन्दा बहुमूल्य र अर्थपूर्ण कुरा हो। मेरा लागि यो सबैभन्दा सही छनौट थियो।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ र मैले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्नुपर्छ भनेर सिकेँ। परमेश्वर भन्नुहुन्छ: “आफ्ना आमाबुबासँग व्यवहार गर्दा, तँ पहिले तर्कसङ्गत रूपमा यो रक्तसम्बन्धबाट बाहिर निस्कनुपर्छ र आफूले स्विकारिसकेका र बुझिसकेका सत्यताहरू प्रयोग गरेर आमाबुबाको वास्तविकता खुट्ट्याउनुपर्छ। आफ्ना आमाबुबालाई उनीहरूले आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकापछाडिका विचार, दृष्टिकोण र अभिप्रायहरूका आधारमा, अनि आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकाका सिद्धान्त र विधिका आधारमा खुट्ट्या, र यसले उनीहरू पनि शैतानद्वारा भ्रष्ट भएका मानिसहरू हुन् भन्ने पुष्टि हुन्छ। सधैँ तेरा आमाबुबा उच्च, तँप्रति निस्स्वार्थी र दयालु छन् भनेर सोच्नुको साटो, उनीहरूलाई सत्यताको दृष्टिकोणबाट हेर् र खुट्ट्या, र यदि तैँले तिनीहरूलाई त्यसरी हेरिस् भने, तिनीहरूमा के समस्याहरू छन् भनेर तैँले कहिल्यै पत्ता लगाउनेछैनस्। तेरा आमाबुबालाई आफ्नो पारिवारिक सम्बन्ध, वा छोरा वा छोरीको रूपमा रहेको तेरो भूमिकाको दृष्टिकोणबाट नहेर्। यस क्षेत्रबाट बाहिर निस्की, अनि तिनीहरू सत्यता, संसार, अनि मानिस, घटना र कामकुराहरूलाई कसरी लिन्छन् भनेर हेर्। साथै, अझ स्पष्ट रूपमा भन्दा, मानिस र कामकुराहरूलाई कसरी हेर्नुपर्छ, र आफूलाई कसरी आचरणमा ढाल्ने र कार्य गर्नुपर्छ भन्नेबारे तँलाई तेरा आमाबुबाले सिकाएका विचार र दृष्टिकोणहरूलाई हेर्—तैँले तिनीहरूलाई पहिचान गर्नुपर्ने र खुट्ट्याउनुपर्ने यसरी नै हो। यस तरिकाले, तिनीहरूको चरित्र र तिनीहरू शैतानद्वारा भ्रष्ट पारिएको तथ्य तँलाई बिस्तारै स्पष्ट हुनेछ। अनि, तिनीहरू कस्ता मानिसहरू हुन्? यदि तिनीहरू विश्वासी होइनन् भने, परमेश्वरमा विश्वास गर्ने मानिसहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ? यदि तिनीहरू विश्वासी हुन् भने, सत्यताप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? के तिनीहरूलाई सकारात्मक कुराहरू मन पर्छ? जीवन र संसारप्रति तिनीहरूको दृष्टिकोण के छ? अनि यस्तै अन्य कुराहरू के छन्? यदि तँ यी कुराहरूको आधारमा आफ्ना आमाबुबालाई खुट्ट्याउन सक्छस् भने, तैँले तिनीहरूको सार स्पष्ट रूपमा देख्नेछस्, र तेरो मनमा रहेको तेरा आमाबुबाको उच्च, कुलीन र अटल हैसियत परिवर्तन हुनेछ। अनि जब यो परिवर्तन हुन्छ, तब तेरा आमाबुबाको मातृ र पितृ प्रेम देखाउने उनीहरूका निश्चित बोली र व्यवहार, र तँलाई उच्च लाग्ने तिनीहरूको छवि, यी कुराहरू तेरो मनमा त्यति गहिरो गरी गाडिएर बसेका हुनेछैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१३))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, आफ्ना आमाबुबासँग व्यवहार गर्दा ममा सिद्धान्तहरू र उहाँहरूले भनेका कुराहरू खुट्याउने क्षमता हुनुपर्छ। उहाँहरू पनि भ्रष्ट मानिसहरू हुनुहुन्छ, र उहाँहरूका सोच तथा दृष्टिकोणहरू शैतानका विभिन्न विषहरूले भरिएका छन्। यदि मेरा आमाबुबाले भनेका कुराहरू सत्यतासँग मेल खान्छन् भने, म उहाँहरूको कुरा सुन्न सक्छु। यदि खाँदैनन् भने, म आज्ञापालन गर्न सक्दिनँ। सबैभन्दा सही तरिका भनेको परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेर्नु, अनि आत्मआचरण र कार्य गर्नु हो। मेरी आमाको दृष्टिकोण के थियो भने यदि विवाहमा कुरा मिल्छ भने सँगै बस्ने, र मिल्दैन भने सम्बन्धविच्छेद गर्ने। उहाँ धेरै जीवनसाथी भेटाउन सक्नुलाई सक्षम हुनुको सङ्केतका रूपमा हेर्नुहुन्थ्यो। विवाहप्रतिको उहाँको दृष्टिकोण विकृत थियो र परमेश्वरका मागहरूको विरुद्धमा थियो। मैले आँखा चिम्लेर उहाँको आज्ञापालन गर्नुहुँदैनथ्यो। साथसाथै, मैले विवाह परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा निर्भर हुन्छ; यो उहाँद्वारा पूर्वनियोजित हुन्छ भन्ने कुरा पनि बुझेँ। यसको व्यक्तिगत रुचि वा आमाबुबाका अपेक्षाहरूसँग कुनै सम्बन्ध हुँदैन। मैले मेरा आमाबुबाका आशाहरू पूरा गर्न जिउनु हुँदैन वा उहाँहरूका अपेक्षाहरूलाई मेरो बोझको रूपमा लिनु हुँदैन। मेरो आफ्नै विवाहप्रतिको सही मनोवृत्ति भनेको परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनु हो।
फर्केर हेर्दा, यतिका वर्ष म “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने विचारबाट प्रभावित भएकी रहेछु। म सधैँ मेरा आमाबुबाले जे गर्नुहुन्छ त्यो सही हो र मेरै भलाइका लागि हो भनेर सोच्थेँ, र म अन्धाधुन्ध उहाँहरूको आज्ञापालन गर्थेँ। उहाँहरूको काम गर्ने तरिका मेरो इच्छाको विरुद्धमा भए पनि, म अझै पनि आफ्ना इच्छाहरूलाई मारेर उहाँहरूका मापदण्डहरूअनुसार काम गर्थेँ, र जब म उहाँहरूका अपेक्षाहरू पूरा गर्न सक्दिनथेँ, मलाई उहाँहरूप्रति ऋणी महसुस हुन्थ्यो। परमेश्वरका वचनहरूमार्फत नै मैले “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने भ्रामक विचारबारे बिस्तारै खुट्याउने क्षमता प्राप्त गरेँ, आफ्ना आमाबुबालाई व्यवहार गर्ने सही तरिका भेट्टाएँ, र मेरो आत्मामा बन्धनमुक्त भएको महसुस गरेँ। अहिले म आफ्नो कर्तव्यमा अझ बढी समय र ऊर्जा अर्पित गर्न सक्छु र मेरो जीवनका सबैभन्दा राम्रा वर्षहरू सत्यताको पछ्याइमा बिताउन सक्छु। यो सबै परमेश्वरको मार्गदर्शनले भएको हो। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
शेन मिङ्ग, चीनम गाउँले परिवारमा जन्मेको हुँ, र मेरा आमाबुबा खेतीपाती गरेर गुजारा चलाउनुहुन्थ्यो। मैले थाहा पाएदेखि नै मेरा आमाबुबाको...
चेन ली, चीनम अलिकति सानो र तुलनात्मक रूपमा अविकसित अर्थतन्त्र भएको जिल्लामा जन्मेको थिएँ। मेरा आमाबुबा र हजुरबुबा-हजुरआमा सबै किसान...
जियाङ सियाओ, चीनम सानो छँदा, मेरो परिवार एकदमै गरिब थियो। मेरा आमाबुबाले मलाई पढाउन पैसा कमाउनका लागि कडा मिहिनेत गर्नुभयो। उहाँहरू बिरामी...
मियाओसियाओ, चीनम एउटा गरिब किसान परिवारमा हुर्किएँ। मेरा आमाबुबा लगभग ४० वर्षको हुँदा उहाँहरूले मलाई धर्मपुत्री बनाउनुभयो। जबदेखि मैले कुरा...