के मुक्ति पाउन हैसियत चाहिन्छ?

25 फेब्रुअरी 2023

यिक्सुन, चीन

वर्षौँदेखि, मैले घरबाट टाढा गएर कर्तव्य निर्वाह गर्दै आइरहेकी थिएँ, र म मण्डलीको कामको लागि जिम्‍मेवार थिएँ। मलाई जन्मैदेखि मुटुरोग भए पनि, ठूलो समस्याचाहि कहिल्यै भएको थिएन। तर उमेर बढ्दै गएकोले विगत केही वर्षदेखि, मानसिक र शारीरिक रूपमा म पहिलेजस्तो छैन। राती अलिक अबेरसम्‍म बस्यो भने भोलिपल्‍ट म निकै थकित हुन्छु, पूरै शरीर कमजोर हुन्छ, र मेरो मुटुमा के भयो-भयो जस्तो हुन्छ। अगष्ट २०२१ मा, अगुवाले मेरो समस्याको बारेमा विचार गरे र मेरो शरीरले अगुवाजस्तो अत्यन्तै तनावपूर्ण पद निरन्तर लिइरहन सक्दैन भन्‍ने डरले, मलाई मेरो स्वास्थ्य हेरचाह गर्नू र आफूले गर्नसक्‍ने कर्तव्य पूरा गर्नू भनी घर पठाइन्। मलाई यो सुन्दा निकै नरमाइलो लाग्यो। मैले सोचेँ, “मैले आफ्नो कर्तव्यमा असल कर्म बटुल्‍ने महत्त्वपूर्ण समय यही हो। स्थानान्तर भएपछि, अगुवा नभई साधारण विश्‍वासी मात्र हुँदा, मैले अभ्यास गर्ने थोरै मौका पाउनेछु, सत्यता सिकेर वास्तविकतामा प्रवेश गर्ने मेरो गति निकै कम हुनेछ, त्यसैले मुक्ति पाउने मेरो सम्भाव्यता घटेर जानेछ। यो अगुवा हुनु, सधैँ ब्रदर-सिस्टरहरूका विभिन्‍न समस्या र कठिनाइहरू समाधान गर्नु, सत्यता सिकेर तुरुन्तै त्यसमा प्रवेश गर्नु, र यसरी मुक्ति पाउने ठूलो सम्भाव्यता प्राप्त गर्नुजस्तो हुँदैन। कतै परमेश्‍वरले मलाई खुलासा गर्न र हटाउन यो परिस्थिति प्रयोग गरिरहनुभएको त होइन?” यसबारेमा जति सोचेँ मलाई उति नरमाइलो लाग्यो, र मैले मेरो आँसु रोक्‍न सकिनँ। पछि, मलाई कस्तो अनुभव भइरहेको छ भन्‍ने थाहा पाएपछि एक सिस्टरले मसँग सङ्गति गरिन्। उनले भनिन्, “यसमा परमेश्‍वरको दयालु इच्‍छा लुकेको छ, र परमेश्‍वरको इच्‍छा नबुझ्दा, हामी सुरुमा यसमा समर्पित हुनुपर्छ, अझै बढी प्रार्थना र खोजी गर्नुपर्छ, तर कहिल्यै पनि गलत रूपमा बुझ्‍नु वा गुनासो गर्नु हुँदैन।” उनको सङ्गतिले मलाई यो अवस्था संयोगवश आएको होइन, र यसमा मैले खोजी र प्रवेश गर्नुपर्ने सत्यता छ, र म यसमा समर्पित हुनुपर्छ भन्‍ने कुरा स्मरण गरायो। तर अझै पनि म एकदमै उदास थिएँ। राती बिउँझेर यस्तो कुरा याद आउँदा, म कोल्टे फेरेर बसिरहन्थेँ, निदाउन सक्दिनथेँ, अनि बारम्‍बार सोचिरहन्थेँ, “मैले विश्‍वास गरेको यतिका वर्ष भयो, र अन्ततः परमेश्‍वरको काम महत्त्वपूर्ण अवस्थामा पुगेको बेला, मैले अगुवाको रूपमा सेवा गर्ने मौका गुमाएँ। म साधारण विश्‍वासी मात्र हुँ। के मसँग अझै पनि मुक्ति पाउने र सिद्ध पारिने आशा छ?” म अझै पनि त्यहीँ बसेर अगुवाको रूपमा सेवा गरिरहन चाहन्थेँ, तर मेरो अवस्था अझ खराब होला र यसले मण्डलीको काममा बाधा पुर्‍याउला भन्‍ने डर थियो। मैले केवल आफ्‍नै बारेमा मात्रै सोचेर मण्डलीको कामलाई खतरामा पार्नु हुँदैनथ्यो। यसबारेमा मैले जति सोचेँ, म त्यति नै चिन्तित भएँ। यो अवस्थाबाट मैले कसरी पार पाउन सक्छु, मलाई थाहै थिएन।

मैले मेरो भक्तिका समयहरूमा कसरी ख्रीष्टविरोधीहरूले आफ्‍नो कर्तव्यमा आउने परिवर्तनहरूलाई सम्‍हाल्छन् भन्‍ने कुरा खुलासा गर्ने परमेश्‍वरका केही वचनहरू पढेँ र आफ्‍नो बारेमा केही मात्रामा बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिन्छन्, तब कम्तीमा पनि तिनीहरू समर्पित हुनुपर्छ, तिनीहरूले आत्मचिन्तन गरी फाइदा लिनुपर्छ, साथै आफ्नो कर्तव्य निर्वाह मानकअनुरूप छ कि छैन भनी सही मूल्याङ्कन गर्नुपर्छ। तर ख्रीष्टविरोधीहरूका हकमा भने यस्तो हुँदैन। तिनीहरूलाई जेसुकै हुँदा पनि तिनीहरूले प्रकट गर्ने कुरा सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। यो भिन्‍नता कहाँनेर हुन्छ त? तिनीहरू आज्ञापालन गर्दैनन्, सक्रियतापूर्वक आफूले गर्नुपर्ने काम गर्दैनन्; न त तिनीहरू अलिकति मात्र पनि सत्यता नै खोजी गर्छन्। त्यसको साटो, तिनीहरूलाई समायोजनप्रति वितृष्णा लाग्छ र तिनीहरू त्यसको विरोध गर्छन्, विश्‍लेषण गर्छन्, चिन्तन गर्छन् र अनुमान लगाउँदै आफ्नो दिमाग खियाउँछन्: ‘मलाई किन यो कर्तव्य निभाउन दिइँदैन? मलाई किन महत्त्वहीन कर्तव्यमा खटाइयो? के यो मलाई खुलासा गर्न र हटाउनका लागि हो?’ तिनीहरूले जे भएको छ सो कुरालाई मनमा खेलाइरहन्छन्, त्यसैका बारेमा अनन्त रूपमा विश्‍लेषण र चिन्तन गरिरहन्छन्। केही पनि नहुँदा तिनीहरू ठिकठाक हुन्छन्, तर जब केही आइपर्छ, तब भुमरीको पानीजस्तै तिनीहरूको हृदय बटारिन थाल्छ, र तिनीहरूको मष्तिष्क प्रश्‍नैप्रश्‍नले भरिन्छ। बाहिरबाट हेर्दा तिनीहरू समस्याहरूबारे मनन गर्न अरूभन्दा उत्तम देखिन्छन्, तर वास्तवमा ख्रीष्टविरोधीहरू सामान्य मानिसहरूभन्दा बढी दुष्ट मात्रै हुन्छन्। … ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका प्रबन्धहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापरवाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्‍वरमा समेत भर पर्न सकिँदैन। म तीमध्ये कसैलाई भरोसा गर्न सक्दिनँ। तँ सबभन्दा बढी भर पर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन्, जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्। त्यसैले, आफ्ना कर्तव्यहरूको प्रबन्धमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले आफूसँग आशिष पाउने आशा छ भन्‍ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो भने, तिनीहरू यो ठूलै समस्या हो भन्‍ने अनुमान गर्छन् र आशिष्‌हरू पाउने आशा थोरै छ भन्‍ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण बेतुकको छ!(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। “हृदयमा, ख्रीष्टविरोधीहरू सधैँ आफ्नो पद कति ठूलो वा सानो छ भन्‍ने कुरालाई आफूले कति ठूला वा साना आशिष्‌हरू पाउँछु भन्‍ने कुरासित बराबर ठान्छन्। चाहे परमेश्‍वरका घरमा होस् वा अरू कुनै समूहमा, तिनीहरूका लागि मानिसहरूको हैसियत र वर्ग विभाजन गरिएका हुन्छन्, साथै तिनीहरूका अन्तिम परिणामहरू पनि त्यसैगरी हुन्छन्; व्यक्तिको हैसियत जति उच्‍च हुन्छ र उसले यस जीवनमा परमेश्‍वरका घरमा जति धेरै शक्ति पाउँछ त्यो उसले आउँदो संसारमा पाउने आशिष्‌, इनाम, र मुकुटको बराबर हुन्छ—यी कुराहरू जोडिएका छन्। के त्यो दृष्टिकोण मान्य छ? परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, न त उहाँले कहिल्यै यस्तो कुनै वाचा नै गर्नुभएको छ, तर ख्रीष्टविरोधीका मनमा यस्तै सोचाइ पैदा हुन्छ। … ल भन् त, के यी ख्रीष्टविरोधीहरू अलि मगज बिग्रेका हुँदैनन् र? के तिनीहरूमा चरम दुष्टता छैन र? तिनीहरू परमेश्‍वरका वचनहरूले भन्ने कुनै पनि कुरा बेवास्ता गर्छन् र स्विकार्न मान्दैनन्, तिनीहरू आफूले सोच्ने र परमेश्‍वरमा विश्‍वास गर्ने तरिका सही भएको भन्ठान्छन्, अनि रमाउँदै र आफ्नै प्रशंसा गर्दै यसैमा आनन्द लिन्छन्। तिनीहरूले सत्यता खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूले यस्ता कुराहरू भन्छन् कि भन्दैनन् वा परमेश्‍वरले यस्ता प्रतिज्ञाहरू गर्नुभएको छ कि छैन भनेर अनुसन्धान नै गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूले के देखाउँछन् भने, ख्रीष्टविरोधीहरूले आशिष्‌हरू र इनाम पाउनको लागि मात्रै विश्‍वास गरेका हुन्छन्। तिनीहरूले विभिन्‍न कर्तव्यहरूलाई वर्गीकरण गरेर ठूलो वा सानो हैसियतलाई धेरै वा थोरै आशिष्‌हरू प्राप्त हुनसक्‍ने अवस्थासँग जोड्छन्। तिनीहरू हैसियतविना आफूलाई मुक्ति पाउने मौका विरलै हुनेछ भन्‍ने सोँच्छन्, त्यसैले तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्छन्, दोष दिन्छन्, वा उहाँविरुद्ध लडाइँसमेत गर्छन्। तिनीहरू आफ्‍नै हितको बारेमा र आशिष्‌हरू पाउन सक्‍छु कि सक्दिनँ भनेर मात्र विचार गर्छन्, तर सत्यताको खोजी गर्ने वा पाठ सिक्‍ने कहिल्यै गर्दैनन्। त्योभन्दा पनि बढी, तिनीहरूको हृदयमा साँच्‍चै नै परमेश्‍वरप्रतिको कुनै डर वा समर्पण हुँदैन, र प्रकृतिले नै तिनीहरू दुष्ट र कुटिल हुन्छन्। मेरो व्यवहारको आधारमा त म ख्रीष्टविरोधीजस्तै नै थिएँ। मैले मेरो हैसियतलाई मेरा आशिष्‌हरूको आकारसँग जोडिरहेकी थिएँ, र म सधैँ नै अगुवा नहुनु भनेको हैसियत नहुनु र मुक्ति पाउने वा आशिष्‌हरू पाउने आशा नहुनु हो भन्‍ने सोच्थेँ। फलस्वरूप, मैले कर्तव्यमा गरिएको सामान्य परिवर्तनलाई समेत उचित रूपमा सम्‍हाल्‍न सकिनँ, र मेरो मनमा धेरै कुरा थिए। तर वास्तवमा, मण्डलीले सिद्धान्तहरू र मानिसहरूको वास्तविक परिस्थितिको आधारमा तिनीहरू हरेकको कर्तव्य मिलाउने गर्छ। ममा स्वास्थ्यसम्‍बन्धी समस्याहरू थिए। अगुवाहरूले धेरै कुराहरू सम्‍हाल्‍नुपर्छ, तिनीहरूलाई धेरै तनाव हुन्छ, र मेरो शरीरले त्यो थेग्‍न सक्दैनथ्यो। मेरो कर्तव्यमा समस्या आउनेथ्यो। मण्डलीले मैले जे गर्न सक्छु त्यो मात्र गर्ने बन्दोबस्त मिलाउनु म र मण्डलीको काम दुवैको लागि राम्रो कुरा थियो। तर मैले सन्देह र शङ्का गरेँ। म अब अगुवा रहन्‍नँ भन्‍ने कुरा आउँदा, मभित्र आएको पहिलो सोच भनेकै मसँग मुक्ति पाउने आशा थोरै हुनेछ भन्‍ने थियो। आशिष्‌ नपाउने अनि असल गन्तव्यरहित हुने भन्‍ने सोच आउँदा, मलाई मेरो विश्‍वासको एउटै आशासमेत खोसिएको छ जस्तो लाग्यो। मैले अचानक मेरो सबै जाँगर गुमाएँ, र म नकारात्मक बनेँ। मैले सत्यता सिद्धान्तहरूका आधारमा परिस्थितिहरूलाई नहरको, बरु तीबाट मैले फाइदा पाउँछु कि पाउँदिन भन्‍ने आधारमा हेरेको थाहा पाएँ। मेरा आफ्‍नै महत्त्वाकाङ्क्षा र इच्‍छाहरू पूरा नहुँदा, परमेश्‍वरले मलाई खुलासा गर्न र हटाउनको लागि यो परिस्थितिको प्रयोग गरिरहनुभएको छ भन्‍ने सोचेँ। मलाई म साँच्‍चै नै धूर्त रहेको थाहा भयो। मैले परमेश्‍वर भ्रष्ट मानवजाति जस्तै निष्पक्षता वा न्यायविनाको हुनुहुन्छ भनेर कल्‍पना गरिरहेकी थिएँ। म त सोच्थेँ—उहाँले हाम्रो कद वा कर्तव्यको आधारमा हामीलाई मापन गर्नुहुन्छ र हाम्रो परिणाम निर्धारित गर्नुहुन्छ। अनि, यदि मनिसहरूसँग हैसियत छ भने, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ, नत्र तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। के त्यो परमेश्‍वरको धार्मिकतालाई इन्कार गर्नु र उहाँको निन्दा गर्नु थिएन र? विश्‍वास गरेको यतिका वर्षमा, मैले परमेश्‍वरलाई पटक्‍कै बुझेकी वा उहाँको आज्ञापालन गरेकी रहेनछु भन्‍ने मलाई थाहा भयो। तथ्यहरूद्वारा मेरो खुलासा नभएको भए, खोजीप्रतिको मेरो दृष्टिकोण कति गलत रहेछ भनेर मैले महसुस गर्नेथिनँ।

मैले परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढेँ, र तिनले मलाई आफ्‍नो गलत दृष्टिकोण बुझ्न मदत गरे। परमेश्‍वरका वचनहरूले भन्छन्: “धेरै मानिस मुक्ति प्राप्त गर्नुको अर्थ के हो भनी स्पष्ट रूपमा देख्न सक्दैनन्। कतिपय मानिस के सोच्छन् भने, यदि तिनीहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन् भने, तिनीहरूले सायद मुक्ति पाउनेछन्। कतिपय मानिसहरू के सोच्छन् भने, यदि तिनीहरूले धेरै आत्मिक धर्मसिद्धान्त बुझेका छन् भने, तिनीहरूले सायद मुक्ति पाउनेछन्। अनि कतिले के सोच्छन् भने, यदि तिनीहरू अगुवा र कामदारहरू बने भने, तिनीहरूले निश्चित रूपमा मुक्ति पाउनेछन्। यी सबै मानवीय धारणा र कल्पनाहरू हुन्। मुख्य कुरा के हो भने, मानिसहरूले मुक्ति प्राप्त गर्नुको अर्थ के हो भनी बुझ्नैपर्छ। मुक्ति प्राप्त गर्नुको मुख्य अर्थ पापबाट र शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्‍वरतर्फ फर्कनु र परमेश्‍वरमा समर्पित हुनु हो। पापबाट र शैतानको प्रभावबाट मुक्त हुन मानिसहरूसँग के हुनैपर्छ? सत्यता। सत्यता प्राप्त गर्नका लागि, मानिसहरूले आफूलाई परमेश्‍वरका धेरै वचनद्वारा सुसज्जित गर्नैपर्छ, र तिनीहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्न र तिनलाई अभ्यासमा लागू गर्न सक्षम हुनैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सकून्—त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउनेछन्। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरासँग उसले कति लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छ, उसको ज्ञान कति उन्नत छ, ऊसँग वरदान र सामर्थ्यहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्‍ने कुराको कुनै सम्बन्ध छैन। मुक्ति प्राप्त गर्नुसँग प्रत्यक्ष सम्बन्ध भएको एउटै मात्र कुरा भनेको कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ कि गर्दैन भन्ने हो। त्यसोभए, तैँले अहिले हृदयमा कतिवटा सत्यताहरू बुझेको छस्? अनि परमेश्‍वरका कतिवटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्‍वरका सबै मागमध्ये, तैँले कुन-कुनमा प्रवेश प्राप्त गरेको छस्? यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन, वा यदि तँ परमेश्‍वरका कुनै पनि वचनहरूको वास्तविकतामा प्रवेश प्राप्त गरेको छैनस् भने, म तँलाई एउटा साँचो कुरा भन्छु: तेरो मुक्ति पाउने आशा शून्य छ—तैँले मुक्ति प्राप्त गर्नै सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यी खण्डहरूले साँच्‍चै नै मेरो मन छोए। मैले के थाहा पाएँ भने, मुक्ति पाउनुसँग अगुवा बन्‍नु वा हैसियत हुनुको कुनै सम्‍बन्ध छैन। मुक्ति भनेको शैतानका भ्रष्ट स्वभावहरूलाई त्याग्‍नु र परमेश्‍वरमा समर्पित हुनु हो। सत्यता अभ्यास गर्नेहरू, आफ्‍नो भ्रष्ट स्वभाव बदल्नेहरू, परमेश्‍वरमा समर्पित हुनेहरू र उहाँका वचनहरूअनुसार जिउनेहरूले मात्रै साँचो मुक्ति पाउन सक्छन्। हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, हामीले सत्यतालाई स्वीकार गर्न, आफूलाई काटछाँट र निराकरण गरिँदा आत्मचिन्तन गर्ने कार्यमा ध्यान केन्द्रित गर्न, परमेश्‍वरका वचनहरूद्वारा हाम्रो भ्रष्टता र गल्तीहरूलाई चिन्‍न, पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्यौँ भने, खोजीद्वारा हामीले सत्यता र मुक्ति प्राप्त गर्न सक्छौँ। कसैको हैसियत जति उच्‍च भए पनि वा तिनीहरूले जति नै कष्ट भोगे पनि, यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूलाई हटाइनेछ। ठीक पावललाई जस्तै। तिनीसँग निकै ठूलो हैसियत र प्रतिष्ठा थियो, र तिनले धेरै उपलब्धि प्राप्त गरेका थिए, तर तिनले आफ्नो काममा खर्चेका प्रयत्‍नहरू सबै नै आशिष्‌हरू र इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कहिल्यै पनि सत्यता वा स्वभाव परिवर्तनको खोजी गरेनन्। अन्त्यमा, तिनीसँग आफ्‍नो वा परमेश्‍वरको बारेमा कुनै पनि बुझाइ थिएन। तिनले सधैँ आफ्‍नै बारेमा, र प्रभुको लागि तिनले कति दुःख भोगे भन्‍नेबारेमा गवाही दिइरहेका हुन्थे। तिनले धाक लगाउँदै भन्थे, “म ती सर्वोच्‍च प्रेरितहरूभन्‍दा कत्ति पनि कम छैन” (२ कोरिन्थी ११:५), र निर्लज्‍ज हुँदै घमण्ड गर्थे, “मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:८)। ख्रीष्टको रूपमा जिइरहेको छु भन्‍नेजस्तो विधर्मी वाक्य बोलेर, तिनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र तिनलाई परमेश्‍वरले दण्ड दिनुभयो। तर पत्रुसले भने आफ्‍नो विश्‍वासमा हैसियत पछ्याउनेबारेमा कहिल्यै वास्ता गरेनन्। तिनले परमेश्‍वरलाई चिनेर उहाँमा समर्पित हुन मात्र प्रयास गरे। तिनले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्ने, आफ्‍नो भ्रष्ट स्वभाव चिन्‍ने प्रयास गरे, र अन्तिममा तिनी परमेश्‍वरको लागि उँधोमुन्टो क्रूसमा टाँगिए। तिनी मृत्युसम्‍मै समर्पित भए, र परमेश्‍वरलाई हदैसम्म प्रेम गरे। यसले हामीलाई उच्‍च हैसियत पाउनु र कुनै ठूलो कर्तव्य निर्वाह गर्नु मुक्ति पाउने सर्त वा मापदण्ड होइन भन्‍ने कुरा देखाउँछ। हैसियत भएका तर सत्यताको खोजी नगर्ने बरु प्राय परमेश्‍वरलाई विरोध गरिरहने, अनि परमेश्‍वरका वचनहरूअनुसार जिउनुको कुनै वास्तविक गवाही नभएका व्यक्तिहरूलाई अवश्य हटाइनेछ। यदि कसैसँग हैसियत छैन नै भने पनि, यदि ऊ सही मार्गमा छ र उसले सत्यताको खोजी गर्छ भने, उसले अझै पनि सत्यता प्राप्त गर्न र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ। यो महसुस गरेपछि मलाई निकै ढुक्‍क महसुस भयो। म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन, र शान्त भएर कर्तव्य परिवर्तनलाई स्वीकार गर्न तयार भएँ।

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र त्यसले मलाई परमेश्‍वरको इच्‍छा अझै राम्ररी बुझ्‍न मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्‍वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्‍नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्‍कै स्विकार्दैनन् र आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्‍वरको घरका विभिन्‍न मानिसहरूको ओहदामा कुनै भिन्‍नता हुन्छ? अहिलेका लागि, विभिन्‍न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्‍वरले काम गर्ने अवधिमा, विभिन्‍न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। भिन्‍नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्‍न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र पद अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्‍वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने उहाँको घरमा कुनै पनि कर्तव्यलाई ठूलो वा सानो हैसियतको भनेर छुट्याइँदैन। कामको आवश्यकताअनुसार हरेकले फरकफरक कर्तव्य लिन्छन्, तर वास्तवमा सत्यताको अघि सबैजना समान हुन्छन्। हामीले जहाँसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, हामीसँग हैसियत भए पनि वा नभए पनि, परमेश्‍वरका वचनहरूले हामी हरेकलाई भरणपोषण गर्छन्। उहाँले कसैसँग पनि उसको हैसियतको आधारमा पूर्वाग्रह राख्‍नुहुन्‍न। व्यक्तिले उहाँको काम अनुभव गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सकोस् भनेर, हरेकको खाँचो अनुसार परमेश्‍वरले सबै किसिमका परिस्थिति र घटनाहरू बन्दोबस्त गर्नुहुन्छ। उहाँले हामी कसैलाई पनि सत्यता अभ्यास गर्ने र सत्यतामा प्रवेश गर्ने मौकादेखि वञ्‍चित गर्नुहुन्‍न। परमेश्‍वरले हरेक व्यक्तिसँग निष्पक्ष व्यवहार गर्नुहुन्छ। सत्यता प्राप्त गर्ने वा परमेश्‍वरद्वारा मुक्ति दिइने कुरा हाम्रो कर्तव्यद्वारा निर्धारित हुँदैन, त्यो त हाम्रो आफ्‍नै खोजीमा निर्भर हुन्छ। अगुवाको रूपमा सेवा गरियो भने परमेश्‍वरले विशेष रूपमा अनुग्रह र अन्तर्दृष्टि दिनुहुन्छ भनेर भन्‍न सकिँदैन, र उहाँले साधारण विश्‍वासीहरूलाई बेवास्ता गर्नुहुन्छ भन्‍ने हुँदैन। परमेश्‍वरले मानिसहरूलाई सत्यताप्रतिको उनीहरूको खोजी र मनोवृत्तिको आधारमा अन्तर्दृष्टि दिने र भरणपोषण गर्ने गर्नुहुन्छ। हामी यसमा उहाँको धार्मिकता देख्‍न सक्छौँ। मानिसहरूको फरकफरक कर्तव्य हुन्छ र तिनीहरूले फरकफरक कुरा सामना गर्छन्, तर तिनीहरूले प्रकट गर्ने अहङ्कारी र धूर्त भ्रष्ट स्वभावहरू उही हुन्छन्। तिनीहरू सत्यताको खोजी र अभ्यास गर्न, अनि भ्रष्ट स्वभाव त्याग्‍न तयार छन् भने, तिनीहरूले परमेश्‍वरको मुक्ति पाउन सक्छन्। अर्कोतर्फ, यदि कुनै व्यक्ति सत्यताको पछि लाग्दैन, र समस्याहरूको सामना गर्दा सत्यताको खोजी वा अभ्यास गर्दैन भने, उसले जुनसुकै कर्तव्य पूरा गरे पनि वा उसले तालिम लिने जतिसुकै मौका पाए पनि, अन्त्यमा उसले कहिल्यै पनि सत्यता र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैन। मेरोजस्तै हाल हुनेछ; त्यति धेरै वर्ष अगुवा भएर, तालिम लिने त्यति धेरै मौका पाएर, मैले वास्तवमा कति धेरै सत्यता प्राप्त गरेकी थिएँ र? मैले मेरो कर्तव्यमा गरिएको परिवर्तनले कसरी मलाई निराश तुल्यायो, र कसरी मैले गलत बुझेँ, र गुनासो गरेँ भनेर सोचेँ। म परमेश्‍वरप्रति अलिकति पनि आज्ञाकारी थिइनँ र मसँग कुनै पनि सत्यता वास्तविकता थिएन। म यसको ठ्याक्‍कै मिल्ने उदाहरण थिएँ। त्यस्तो हुँदाहुँदै पनि, मैले मुक्तिको लागि हैसियत अत्यावश्यक छ भनी मूर्ख तरिकाले सोचिरहेँ। हैसियतले मेरो मनमस्तिष्क भरेको थियो। कतिपय ब्रदर-सिस्टरहरू कहिल्यै पनि अगुवा भएका हुँदैनन् तर तिनीहरूले सत्यता खोजिरहन्छन्, आफ्‍नो कर्तव्यमा बोझ उठाउँछन्, परिस्थिति आइपर्दा सत्यताको खोजी गर्न, र आफूले जानेको सत्यतालाई लागू गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले देखाउने भ्रष्टता क्रमिक रूपमा घट्दै जान्छ र तिनीहरू झन्झन् बढी परमेश्‍वरमा समर्पित हुँदै जान्छन्। तिनीहरूसँग परमेश्‍वरका वचनहरूअनुसार जिउनुको वास्तविक गवाही हुन्छ। त्यसरी परमेश्‍वरको अनुमोदन र आनन्द प्राप्त हुन्छ। यसले मलाई परमेश्‍वरले भन्‍नुभएको यो वचन याद दिलायो: “यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। प्रभु येशूले पनि एकपटक यसो भन्‍नुभएको थियो: “किनकि जोसँग छ, उसैलाई दिइनेछ, र ऊसँग प्रशस्‍त हुनेछ: तर जोसँग छैन, ऊबाट ऊसँग भएको पनि खोसिनेछ(मत्ती २५:२९)। परमेश्‍वरले मानवजातिसँग निष्पक्ष र धर्मी व्यवहार गर्नुहुन्छ र उहाँमा कसैप्रति पनि कुनै पूर्वाग्रह हुँदैन। व्यक्ति साधारण विश्‍वासी होस वा अगुवा, जबसम्म उसले सत्यता पछ्याउँछ, तबसम्म परमेश्‍वरले अन्तर्दृष्टि र अगुवाइ प्राप्त गर्नु नै हुनेछ। मुख्य कुरा व्यक्तिसँग सत्यताको खोजी र अभ्यास गर्ने सङ्कल्प छ कि छैन भन्‍ने हो। यो कुरा बुझेपछि मैले साँच्‍चै नै अन्तर्दृष्टि पाएँ। पहिले, म सधैँ यदि म अगुवा भइनँ भने मैले अभ्यास गर्ने त्यति धेरै मौका पाउनेछैन, र त्यसपछि मैले मुक्ति पाउने आशा कम हुनेछ भनेर चिन्ता गर्थेँ। मैले त परमेश्‍वरले मलाई हटाउन चाहनुहुन्छ, र मलाई अबउप्रान्त मुक्ति दिनुहुन्‍न भन्‍नेसमेत सोचेकी थिएँ। परमेश्‍वरप्रतिको त्यो मेरो गलत बुझाइ थियो, र त्यो ईश्‍वरनिन्दा थियो। परमेश्‍वरका उत्कट अभिप्रायहरूलाई मैले बुझेकी नै थिइनँ। यसबारेमा राम्ररी विचार गर्दा के थाहा भयो भने, त्यतिका वर्षको विश्‍वासमा म गलत दृष्टिकोणको वशमा परेकी रहेछु, आशिष्‌ पाउनको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गर्ने गरेकी रहेछु, अनि मेरो यो खोजी महान् छ भन्‍ने सोचेकी रहेछु। म आफ्‍नै गलत छविको भ्रममा परेकी थिएँ, र मैले आत्मचिन्तन गर्दिनथेँ र म आफूलाई चिन्दै चिन्दिनथेँ। मेरो कर्तव्यमा आएको यस परिवर्तनले मेरो विश्‍वासमा रहेको गलत दृष्टिकोण खुलासा गरिदियो, र म बल्‍ल आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न परमेश्‍वरको अघि आउन सक्षम भएँ। मैले आफ्‍नो भ्रष्ट स्वभाव र मेरो दृष्टिकोणमा रहेका समस्याहरूको बारेमा केही बुझाइ प्राप्त गरेँ, र मैले परमेश्‍वरको धार्मिकता देखेँ। मैले परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ भन्‍नेबारेमा पनि थाहा पाएँ, र परमेश्‍वरप्रतिको केही समर्पण हासिल गरेँ। यो परिस्थिति साँच्‍चै नै मप्रतिको परमेश्‍वरको सुरक्षा र मुक्ति थियो।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र त्यसले मलाई आफूले लिनुपर्ने मार्ग स्पष्ट रूपमा देख्‍न मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्नुको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो। यदि तैँले सत्यता नै पछ्याउँछस् भने, यदि तैँले सत्यता नै अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तँ हिँड्ने मार्ग सही छ। … तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ, भन्‍नुको अर्थ के पनि हो भने, सफलता वा असफलता व्यक्ति हिँड्ने मार्गमै निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। म सृष्टि गरिएको प्राणी हुँ, त्यसकारण परमेश्‍वरले जे तय गर्नुभए पनि, म उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। मैले आशिष्‌हरू र इनाम पाउनकै लागि मात्रै विश्‍वास गर्नु र कर्तव्य निभाउनु हुँदैन। मैले अन्त्यमा मुक्ति पाए नि नपाए नि, मलाई आशिष्‌ दिइए नि नदिइए नि, जबसम्‍म बाँच्छु, तबसम्‍म मैले सत्यता र परमेश्‍वरको ज्ञानको खोजी गर्नुपर्छ। अन्त्यमा परमेश्‍वरले मलाई इन्कार गर्नुभयो र हटाउनुभयो भने पनि, त्यो उहाँको धार्मिकता हुनेछ। परमेश्‍वरको इच्‍छा बुझिसकेपछि, मलाई आफूले पूरा गर्ने कुनै पनि कर्तव्यले त्यति धेरै असर गर्न छोड्यो। म आफ्नो कर्तव्य समायोजनलाई शान्त भएर स्विकार्न सक्षम भएँ।

यो परिस्थितिले जुन कुरालाई खुलासा गर्‍यो, त्यसमार्फत मैले मेरो विश्‍वासमा रहेका मेरा गलत दृष्टिकोणहरूका बारेमा केही कुराहरू सिकेँ। मैले के पनि सिकेँ भने कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसको हैसियत वा उसले कति धेरै काम गरेको छ भन्‍ने कुरामा भर पर्दैन। मुख्य कुरा भनेको उसले सत्यता प्राप्त गरेको छ कि छैन, ऊ साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति हो कि होइन, र उसको जीवन स्वभावमा परिवर्तन भएको छ कि छैन भन्‍ने हो। त्यसपछिदेखि, मैले आफूलाई वास्तविक धरातलमा राख्दै, परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य राम्रोसित पूरा गर्न मात्रै चाहन थालेँ।

सम्बन्धित विषयवस्तु

पाका उमेरकाहरूले पनि परमेश्‍वरको गवाही दिन सक्छन्

लिउ एन, चीनमैले ६२ वर्षको उमेरमा प्रभु येशूमाथि विश्वास गर्न थालेँ। प्रभुले उहाँका अनुयायीहरूलाई स्वर्गको राज्यमा प्रवेश र अनन्त जीवनको...

मैले बुढेसकालमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसक्ने कुरामा चिन्ता लिनै छोडेँ

सु लियाङ, चीनसन् १९९९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। मैले आखिरी दिनहरूमा प्रभुको स्वागत गर्न...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्