रिपोर्ट गर्दाको प्राप्ति

7 जुन 2025

सन् २०१९ को ग्रीष्मयाममा, मैले एक जना मण्डली अगुवा सिस्टर जोसेलिनले ब्रदर इलाइलाई मलजल गर्ने कामको सुपरिवेक्षक नियुक्त गरेकी र उनको क्षमता धेरै राम्रो भएको अनि भेलामा उनको सङ्गति अन्तर्दृष्टिपूर्ण हुन्छ भनेको सुनेँ। यो खबर सुनेर म अलि चकित परेँ। मैले पहिले पनि मेरो कर्तव्यमा उनीसँगै काम गरेकी थिएँ, त्यसैले मलाई उनका बारेमा केही कुरा थाहा थियो। यो साँचो हो कि उनी एक राम्रो वक्ता थिए र भेलामा सङ्गति गर्दा नरोकिई बोल्थे, तर उनीसँग भन्नलाई धेरैजसो शब्द र धर्मसिद्धान्तहरू मात्र हुन्थे र त्यसले साँच्चिकै वास्तविक समस्याहरू समाधान गर्दैनथ्यो। उनी निकै अहङ्कारी पनि थिए र आफ्नै तरिकाले काम गर्थे, अनि अरूसँग छलफल नगरी आफैँ कामको निर्णय लिन्थे। यसले गर्दा केही समस्याहरू निम्तिएका थिए जसले मण्डलीको कामलाई हानि पुर्‍याएको थियो। एउटा सिस्टर र मैले पटक-पटक यी समस्याहरू उनलाई भनेका थियौँ, तर उनी विवाद गरिरहन्थे, स्वीकार गर्दैनथे, कहिल्यै आत्मचिन्तन गर्दैनथे, र अन्ततः उनले कहिल्यै आफूलाई परिवर्तन गरेनन्। केही समयपछि, मैले महसुस गरेँ कि उनी सधैँ शब्द र धर्मसिद्धान्तहरू फलाक्ने तर सत्यता स्वीकार गर्न नसक्ने व्यक्ति रहेछन्। मण्डलीमा अगुवा र कामदारहरू छनौट गर्ने सिद्धान्त के हो भने व्यक्तिसँग सत्यताको शुद्ध बुझाइ हुनुपर्छ, ऊ सत्यता स्वीकार गर्न सक्ने हुनुपर्छ, उनीहरूमा बोझको बोध हुनुपर्छ र राम्रो क्षमता हुनुपर्छ। अझ, मलजल गर्ने कामको सुपरिवेक्षक त सत्यतामा सङ्गति गरेर समस्याहरू समाधान गर्न सिपालु हुनुपर्छ र केही वास्तविक काम गर्न सक्षम हुनुपर्छ। जोसेलिनले इलाइसँग केवल थोरै क्षमता र वाक्पटुता भएका कारणले मात्र मलजल गर्ने कामको सुपरिवेक्षक बनाएकी थिइन्। त्यो सिद्धान्तअनुरूप थिएन। यस बारेमा जति सोच्थेँ, मलाई त्यति नै बेचैनी हुन्थ्यो, र म गएर जोसेलिनलाई आफ्ना विचारहरू बताउन चाहन्थेँ, तर म हिचकिचाएँ। मैले मनमनै सोचेँ, “म भर्खरै मलजल गर्ने कामको सुपरिवेक्षकको कर्तव्यबाट बर्खास्त भएकी छु। यदि मैले अगुवाद्वारा भर्खरै छानिएको व्यक्तिप्रति आपत्ति जनाएँ भने, त्यसले मलाई कस्तो देखाउँछ होला? के मानिसहरूले म भर्खरै त्यो कर्तव्यबाट बर्खास्त भएकीले त्यस पद पाउने व्यक्तिप्रति ईर्ष्यालु भएकी हुँ, र म जानाजानी उसमा गल्ती खोज्दै छु भन्नेछन्? यदि उनीहरूले मलाई मण्डलीको काममा अवरोध पुर्‍याइरहेकी भने भने के गर्ने? जे सुकै होस्, समस्या निम्त्याउनुभन्दा कुरालाई सामान्य राख्नु नै बेस।” त्यसैले मुखमै आएका शब्दहरूलाई मैले निलेँ। पछि, मैले सुनेँ कि केही ब्रदर-सिस्टरहरूले पनि पहिले इलाइसँग काम गरेका रहेछन्, र उनीहरूलाई पनि इलाइले आफ्नो कर्तव्यका लागि कहिल्यै बोझ उठाउँदैनन्, र उनी सुपरिवेक्षकका रूपमा सेवा गर्न उपयुक्त छैनन् भन्ने लागेको रहेछ। यो सुनेर, म उनका बारेमा सही थिएँ भन्नेमा म अझ निश्चित भएँ र मैले सोचेँ, “मैले जोसेलिनसँग जतिसक्दो चाँडो कुरा गर्नुपर्छ ताकि गलत व्यक्तिको हातमा काम परेर मण्डलीको काममा ढिलाइ नहोस्। तर इलाइलाई नियुक्त गर्ने उनी नै थिइन्, त्यसैले यदि मैले उनीसँग यो कुरा गरेँ भने, के यो त उनको मुखेन्जी उनकै गल्ती देखाएजस्तो हुँदैन र? पहिले उनीसँग काम गर्दा, मैले उनलाई निकै अहङ्कारी, आत्मधर्मी र हुकुम चलाउने खालकी पाएकी छु। मैले उनीसँग यी कुराहरू गरेकी थिएँ, तर उनले स्वीकार गर्न अस्वीकार मात्र गरिनन्, मलाई बेसरी हप्काएकी पनि थिइन्। त्यसैले अहिले उनले पदोन्नति गरेको व्यक्तिमा समस्या छ भनेर मैले उल्लेख गरेँ भने, उनले मलाई उनीसँग निहुँ खोजिरहेकी र उनलाई असफल बनाउन खोजीरहेकी भनेर सोच्न सक्छिन्। त्यसपछि यदि उनले मलाई गाह्रो पारिन् भने मैले के गर्ने होला? मलाई याद छ, केही वर्षअघि एउटा सिस्टर र मैले एक जना अगुवाका केही गल्तीहरू औँल्याउँदा, ती अगुवाले हामीलाई मिलेर उनीमाथि आक्रमण गरेको आरोप लगाएका थिए। त्यसै कारणले मैले मेरो कर्तव्य गुमाएकी थिएँ। पछि ती अगुवा ख्रीष्टविरोधी भएको खुलासा भए र निष्कासित गरिए, तर म तिनै ख्रीष्टविरोधीको दमनमा परेर लामो समयसम्म मैले कुनै कर्तव्य पाएकी थिइनँ। मलाई डर छ, जोसेलिनले मैले उठाएको समस्या स्वीकार नगर्न सक्छिन्, र त्यसपछि मबाट मेरो कर्तव्य खोस्ने बहाना खोज्नेछिन्। तब म के गर्ने? अहिले कर्तव्य निर्वाह गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो। यदि यस्तो समयमा मैले कर्तव्य गर्न र सुकर्महरू तयार गर्न सकिनँ भने, मलाई डर छ, मैले मुक्ति पाउने मौका गुमाउनेछु। त्यसो हुँदा म पूर्ण रूपमा घाटामा पर्नेछैनँ र?” यस्तो विचार आएपछि, मैले समस्या बताउने सोच दिमागबाट हटाएँ।

त्यसपछि, मैले केही ब्रदर-सिस्टरहरूले के भनेको सुनेँ भने इलाइ मलजल गर्ने कामको सुपरिवेक्षक बनेदेखि नै उनी भेलाहरूमा केवल शब्द र धर्मसिद्धान्तहरू फलाक्ने र जथाभावी बोल्ने गरिरहेका छन्, र मानिसहरूका वास्तविक समस्याहरूमा कत्ति पनि मद्दत गरिरहेका छैनन्। उनले आफ्नो कर्तव्यमा पनि कुनै बोझ उठाइरहेका थिएनन्, र उनले जिम्मेवारी लिएका नयाँ सदस्यहरूमध्ये धेरै जना कम्युनिस्ट पार्टीका अफवाहहरूद्वारा भ्रममा पारेर भेलामा आउन छोडेका थिए। उनले समयमै उनीहरूलाई सङ्गति र सहयोग प्रदान नगरेकाले, उनीहरूमध्ये केहीले आस्था त्यागेका थिए। यो सुनेर समस्या कति गम्भीर रहेछ भन्ने मैले महसुस गरेँ। यदि उनी सुपरिवेक्षकका रूपमा रहिरहेमा, यसले मण्डलीको काममा अझ बढी हानि पुर्‍याउने थियो, र मैले तुरुन्तै जोसेलिनलाई यो कुरा रिपोर्ट गर्नुपर्छ भन्ने मलाई थाहा थियो। तर म उनलाई चिढ्याउने र आफैँ समस्यामा पर्ने डरले निकै दोधारमा परेँ: “मैले रिपोर्ट गरूँ, कि नगरूँ? यदि गरेँ भने, यसले ममाथि पार्ने असरदेखि मलाई डर लाग्छ, नगर्दा, मलाई दोषी महसुस हुनेछ। म कसरी यो कुरा राख्न सक्छु होला जसले गर्दा म पनि सुरक्षित रहूँ र केही गडबड नहुने पनि पक्का होस्?” माकुराको जालोमा फसेजस्तै म यी विचारहरूमा अल्झिएँ, जसले मलाई बेचैन र अशान्त बनायो।

एकपटक एउटा भेलामा, हाम्रो टोली अगुवाले हामीलाई इलाइको पदोन्नतिबारे केही राय छ कि भनेर सोधे, र यदि छ भने, हामीले उनलाई ती रायबारे लेखेर पठाउनुपर्छ भने। यो सुनेर म निकै उत्साहित भएँ र सोचेँ, “यो त गजबको मौका हो। उनी अगाडि हुनेछन्, र उनले हाम्रा रायहरू सङ्कलन गरेर अगुवासँग साझा गर्नेछन्, त्यसपछि कसले के लेख्यो भन्ने कुरा अगुवालाई थाहा हुनेछैन। यदि उनले साँच्चै खोतल्न खोजिन् भने पनि, टोली अगुवा ढाल बनेर अगाडि हुनेछन्।” त्यसैले मैले आफूले देखेका समस्याहरू लेखेँ र टोली अगुवालाई दिएँ। भोलिपल्ट बिहान, मलाई चकित पार्दै, उनले मैले लेखेको कुरा सिधै अगुवालाई पठाइसकेको बताए। उनले सिधै मेरो कुरा अगुवालाई पठाएको सुन्नेबित्तिकै म निकै आत्तिएँ, किनकि उनले त्यो हाम्रो समूहको साझा पृष्ठपोषणका रूपमा पठाएका थिएनन्। मैले सोधेँ, “तपाईँले किन मेरो सन्देश सिधै जोसेलिनलाई पठाउनुभएको?” मेरो कडा प्रतिक्रिया देखेर उनले भने, “तपाईँको सँगै सबैका विचारहरू अगुवालाई पठाइएको हो र हामी सबै आफ्नो रायमा इमानदार हुनुपर्छ। यसमा डराउनुपर्ने के छ र?” यसको जवाफमा के भन्ने मलाई थाहै भएन। म छक्क परेँ र अलि लजाएँ, अनि सोचेँ, “हो त नि, म समस्याका बारेमा खुलेर कुरा गर्न किन यति डराएकी?” म मार्गदर्शन खोज्दै र आत्मचिन्तन गर्दै प्रार्थनामा परमेश्‍वरको सामु आएँ।

चिन्तन गर्दै गर्दा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवता नभएको व्यक्ति, र साँच्चै खराब मानवता भएको व्यक्ति हो। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … कतिपय मानिसहरू यस्ता हुन्छन् जसले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरू आफूले पत्ता लगाएका समस्याहरू तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। मानिसहरूले अवरोध र बाधाहरू सिर्जना गरिरहेको देख्दा, तिनीहरूले आँखा चिम्लिदिन्छन्। दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा, तिनीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको पटक्कै सुरक्षा गर्दैनन्, वा आफ्नो कर्तव्य र जिम्मेवारी के हो भनी अलिकति पनि ख्याल गर्दैनन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू आराममा लिप्त हुन्छन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्, तिनीहरू केवल आफ्नै आडम्बर, इज्जत, हैसियत, र हितका लागि बोल्छन् र काम गर्छन्, र आफूलाई फाइदा हुने कुराहरूमा मात्रै केही मेहनत र ऊर्जा लगाउन इच्छुक हुन्छन्। यस्तो व्यक्तिको कार्य र नियत सबैले प्रस्ट देख्छन्: चर्चामा आउने वा केही आशिष्‌ प्राप्त गर्ने अवसर आउनेबित्तिकै तिनीहरू देखा पर्छन्। तर जब चर्चामा आउने अवसर हुँदैन, वा जब कष्ट भोग्ने समय आउँछ, तब तिनीहरू कछुवाले आफ्नो टाउको लुकाएझैँ गायब हुन्छन्। के यस्तो व्यक्तिसँग विवेक र समझ हुन्छ? (हुँदैन।) के विवेक र समझ नभएको व्यक्तिले यसरी काम गरेकोमा आत्म-ग्लानि महसुस गर्छ? तिनीहरूले आत्म-ग्लानि महसुस गर्दैनन्; यस्तो व्यक्तिको विवेकले कुनै काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने हप्काइ वा ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूले म जुन स्थितिमा थिएँ, ठ्याक्कै त्यसको वर्णन गरेका थिए। मलाई थाहा थियो, अगुवाले सिद्धान्तअनुसार मानिसहरू नियुक्त गरिरहेकी थिइनन्, र मैले देखेकी थिएँ, इलाइले सुपरिवेक्षकका रूपमा वास्तविक काम गरिरहेका थिएनन्, र उनले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा पुर्‍याइरहेका थिए। मण्डलीको कामको रक्षा गर्नका लागि मैले उठेर समस्या रिपोर्ट गर्नुपर्थ्यो। परमेश्‍वरका चुनिएका जनहरूमध्ये एक भएकाले यो मेरो परम कर्तव्य हो। तर यसको सट्टा, म जोसेलिनलाई चिढ्याउँला, अनि दमनमा परूँला र कर्तव्य गुमाउँला कि भनेर डराएँ, त्यसैले मैले आफ्नो खोलभित्र लुक्ने निर्णय गरेँ र समस्याप्रति आँखा चिम्लिएँ। यद्यपि मैले लिखित रूपमा टोली अगुवालाई आफ्नो राय बुझाएँ, तर त्यो लेख्ने मै हुँ भन्ने कुरा जोसेलिनले थाहा पाऊन् भन्ने म चाहन्नथेँ, र यसले मलाई समस्यामा पार्छ भन्ने मलाई डर थियो। मैले महसुस गरेँ कि म हरेक कुरामा केवल आफ्नो व्यक्तिगत स्वार्थका बारेमा मात्र सोचिरहेकी थिएँ, मण्डलीको हित कसरी रक्षा गर्ने भन्ने बारेमा त रत्तिभर पनि सोचेकी थिइनँ। ममा विवेक र समझको कति अभाव थियो। मैले परमेश्‍वरका वचनको मलजल र आपूर्तिको यति धेरै आनन्द लिएकी थिएँ, तर जब मण्डलीको कामले नोक्सान बेहोरिरहेको थियो, मैले केवल आफूलाई जोगाउने बारेमा मात्र सोचेँ। ममा परमेश्‍वरप्रति कुनै बफादारी थिएन। मलाई जसले खुवाएको थियो, उसैको हात टोकिरहेकी थिएँ। ममा रत्तिभर पनि मानवता थिएन। यस बारेमा जति सोच्थेँ मलाई त्यति नै दोषी महसुस हुन्थ्यो, र मैले मनमनै सोचेँ: “यस्तो समस्या आइपर्दा म किन डरले थुरथुर भएँ, किन यति धेरै आत्तिएँ? एउटा इमानदार शब्द बोल्नु पनि मेरा लागि यति गाह्रो किन भयो—म कस्तो प्रकारको स्वभावद्वारा नियन्त्रित भइरहेकी थिएँ?”

पछि मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसले मेरा लागि सबै कुरा छर्लङ्ग पारिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र सत्यता अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र चाहना मात्रै हुन्छ; तर, भित्रबाट, सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। त्यसैले जब तैँले दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्यको सामना गर्छस्—उदाहरणका लागि, जब तैँले झूटा अगुवाहरूले सिद्धान्तहरूको उल्लङ्घन गर्दै मामिलाहरूलाई सम्हाल्ने र वास्तविक काम नगर्ने, वा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने र त्यसकारण परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याउने कुराको सामना गर्छस्—तब तँसँग उठेर बोल्ने साहस हुँदैन। तँसँग यो साहस किन हुँदैन? के यो तँ डरपोक भएकाले वा स्पष्टवक्ता नभएकाले भएको हो, कि तैँले कामकुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भएकाले बोल्ने आँट नगर्ने हुनाले भएको हो? यो यीमध्ये कुनै पनि कुराको कारणले भएको होइन; यो मुख्यतया तँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिएको परिणाम हो। तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूमध्येको एक छली स्वभाव हो: जब केही हुन्छ, तब तैँले विचार गर्ने पहिलो कुरा तेरा आफ्नै हित, तेरा कार्यहरूका परिणाम, र ती तेरा लागि लाभदायक हुनेछन् कि छैनन् भन्‍ने कुरा हो। यो छली स्वभाव हो, होइन र? अर्को भनेको स्वार्थी र नीच स्वभाव हो। तँ सोच्छस्, ‘तिनीहरूले परमेश्‍वरको घरको हितलाई हानि पुऱ्याउनुसँग मेरो के सरोकार छ र? म अगुवा होइन, त्यसैले म किन संलग्न हुनुपर्‍यो र? यसको मसित कुनै सरोकार छैन, र यो मेरो जिम्मेवारी होइन।’ यस्ता विचार र शब्दहरू तैँले जानाजानी सोचेका कुराहरू होइनन्, बरु तैँले अनजानमा उत्पन्न गरेका कुराहरू हुन्—यी तिनै भ्रष्ट स्वभावहरू हुन्, जुन मानिसहरूले कुनै समस्याको सामना गर्दा प्रकट गर्छन्। तेरा विचारहरू यिनै भ्रष्ट स्वभावहरूको अधीनमा हुन्छन्, तिनले तेरा हात-खुट्टाहरू बाँध्छन्, र तैँले भन्‍ने कुरालाई नियन्त्रण गर्छन्। तेरो हृदयमा, तँ उठेर बोल्न चाहन्छस्, तर तँलाई शङ्का लाग्छ, र यदि तैँले बोलिस् भने पनि, तँ घुमाउरो पाराले कुरा गर्छस् र आफ्नो लागि उम्कने ठाउँ छोड्छस्, वा तँ टालटुले कुरा गर्छस् र सत्य बोल्दै बोल्दैनस्। खुट्ट्याउन सक्ने मानिसहरूले यो देख्न सक्छन्, र वास्तवमा, तेरो हृदयमा तँलाई आफूले भन्नुपर्ने सबै कुरा भनेको छैनँ, आफूले नतिजाहरू हासिल गरेको छैनँ, आफूले केवल झारा टारिरहेको थिएँ, र समस्या समाधान भएको छैन भन्ने पनि थाहा हुन्छ। तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस्, तैपनि तँ आत्म-धर्मी भएर आफूले पूरा गरेको छु भनी भन्छस्, वा आफूले त्यतिबेला कुराहरू स्पष्ट रूपमा नदेखेको दाबी गर्छस्। के यी दाबीहरू तथ्यहरूसँग मेल खान्छन्? के तँ साँच्चै यही सोच्छस्? के तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूको नियन्त्रणमा छैनस् र? तैँले भनेका केही कुरा तथ्यहरूसँग मेल खाए पनि, मुख्य ठाउँहरूमा र अत्यन्तै महत्त्वपूर्ण मुद्दाहरूमा, तँ झूट बोल्छस् र मानिसहरूलाई छल गर्छस्। यो कुरा तँ एक झूटो व्यक्ति होस्, र आफ्ना शैतानी स्वभावहरूअनुसार जिउने व्यक्ति होस् भनी प्रमाणित गर्न पर्याप्त छ। तैँले भन्ने र सोच्ने सबै कुरा मानसिक चाल्नीबाट गुज्रिन्छन्। फलस्वरूप, तैँले भन्ने कुराहरू सबै झूट, खोक्रा शब्दहरू, र असत्य कुराहरू हुन्—वास्तवमा, ती सबै तथ्यहरूको विपरीत, कुतर्क प्रयोग गरेर आफूलाई सही ठहराउन बोलिएका शब्दहरू, तेरा आफ्नै फाइदाका लागि बोलिएका शब्दहरू हुन्। जब तैँले सबैलाई भ्रमित पारेको र तिनीहरूलाई आफूमाथि विश्वास दिलाएको हुन्छस्, तब तँलाई आफूले आफ्नो लक्ष्य हासिल गरेको महसुस हुन्छ। तैँले बोल्ने तरिका यही हो, र यसले तेरो स्वभावलाई पनि प्रतिनिधित्व गर्छ। तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूद्वारा नियन्त्रित छस्। तैँले भन्ने र गर्ने कुरा तेरो नियन्त्रणमा छैन। तँ आफूले चाहे पनि, आफूलाई साँच्चै लागेको कुरा भन्न वा सत्य बोल्न सक्दैनस्; तँ आफूले चाहे पनि सत्यता अभ्यास गर्न सक्दैनस्; तँ आफूले चाहे पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने म सत्यताको अभ्यास गरिरहेकी थिइनँ वा मण्डलीको कामको रक्षा गरिरहेकी थिइनँ किनकि मेरो प्रकृति नै छली, स्वार्थी र घृणास्पद थियो। मैले सम्झेँ, जोसेलिनले इलाइलाई नियुक्ति गर्दा सिद्धान्तहरू पालना नगरिरहेकी कुरा र त्यसपछि इलाइले कुनै वास्तविक काम नगरेर मण्डलीको काममा कसरी असर पारिरहेका थिए भन्ने कुरा मलाई थाहा थियो। मैले यो सबै कुरा छर्लङ्ग देखेकी थिएँ र मलाई थाहा थियो, मैले यी कुराहरू औँल्याउनुपर्छ, यो मण्डलीको कामका लागि सहयोगी हुनेछ, र यसले सबैको जीवन प्रवेशलाई फाइदा पुर्‍याउनेछ, तर मैले उठेर केही भन्ने साहस कहिल्यै जुटाउन सकिनँ। त्यसपछि, जब मेरो समूह अगुवाले पहल गरे, तब मैले अन्ततः आफ्ना विचारहरू लिखित रूपमा दिएँ, तर जब मलाई उनले त्यो सिधै अगुवालाई पठाएको थाहा पाएँ, तब उनले मलाई खुलासा गरिदिएको भनेर मैले गुनासो गरेँ। मैले आफूलाई कसरी सुरक्षित राख्ने भनेर हिसाब-किताब गर्दै धेरै दिमाग खियाइरहेकी थिएँ ताकि मैले केही पनि गुमाउनु नपरोस्। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जुन कुराले आफूलाई असर गर्दैन त्यसका लागि टाउको दुखाउनु हुँदैन,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” र “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ” भन्नेजस्ता शैतानी दर्शनअनुसार चलिरहेकी थिएँ। यी कुराले मेरा विचारहरूलाई नियन्त्रण गरिरहेका थिए, मलाई वशमा राखिरहेका थिए, र मलाई धूर्त र छली बनाइरहेका थिए। ममा आस्था रहेको र मैले परमेश्‍वरका वचनहरू पढ्ने गरेकी भए पनि, मेरो हृदयमा परमेश्‍वरका लागि ठाउँ नै थिएन। म सायद नै एउटा इमानदार कुरा भन्न सक्थेँ वा वास्तविक परिस्थितिमा प्रकाश पार्न सक्थेँ। म शैतानको झोले भएकी थिएँ, र दयनीय अस्तित्व जिइरहेकी थिएँ। म स्वार्थी, घृणास्पद थिएँ, र ममा मानवताको एक अंश पनि थिएन। यसले वास्तवमै परमेश्‍वरलाई मप्रति घृणा र तिरस्कार जाग्ने बनाएको थियो। मलाई एकदमै पछुतो लाग्यो र मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म कति स्वार्थी र छली छु। समस्या देख्दा पनि मैले कुनै जिम्मेवारी लिइनँ र मैले सत्यताको अभ्यास वा मण्डलीको कामको रक्षा गरिरहेकी थिइनँ। म यस्तो दयनीय तरिकाले जिइरहेकी छु। हे परमेश्‍वर, म अब यसरी जिउन चाहन्नँ। म सत्यताको अभ्यास गर्न र तपाईँलाई सन्तुष्ट पार्न चाहन्छु।” प्रार्थना गरेपछि ममा अलि बढी आत्मविश्वास आयो र जोसेलिनले मेरो रिपोर्ट पढेपछि मलाई दमन गर्लिन् कि भनी चिन्ता गर्न छोडेँ।

मलाई लागेको थियो, जोसेलिनले आफ्ना समस्याबारे हामीले गरेका रिपोर्टहरू पढेपछि आफूले इलाइलाई नियुक्त गर्दा सिद्धान्तहरू उल्लङ्घन गरिरहेकी थिएँ भन्ने बुझ्नेछिन्, तर उनले आत्मचिन्तन गरिनन् र इलाइलाई तुरुन्तै बर्खास्त पनि गरिनन्। साथै, उनले परियोजनाहरू सुस्त हुनु वा प्रभावहीन हुनुका समस्याहरूको सम्बोधन पनि नगरिरहेकी मैले पत्ता लगाएँ। मैले सोचेँ: “उनी सत्यता स्विकार्न वा कुनै वास्तविक काम गर्न सक्दिनन्, त्यसैले झूटा अगुवाहरूलाई खुट्याउने सिद्धान्तहरूको आधारमा हेर्दा, उनी ठ्याक्कै त्यस्तै छिन् भन्ने धेरै सम्भावना देखिन्छ।” म यो कुरा माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ, तर फेरि, म हिचकिचाएँ र सोचेँ, “यदि उनले थाहा पाइन् भने मेरो बारेमा के सोच्लिन्? यदि उनी बर्खास्त भइनन् तर अगुवाकै रूपमा रहिरहिन् भने, के उनले मलाई दमन गर्ने बहाना खोज्लिन्? जे सुकै होस्। परिवर्तन हुन वा वास्तविक काम गर्न अस्वीकार गर्नु उनको समस्या हो, त्यसैले मैले मेरो आफ्नै कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ र हेर्दै जाउँ के हुन्छ।” त्यसैले मैले त्यो कुरालाई त्यत्तिकै छोडिदिएँ।

केही समयपछि, मैले अर्को एउटा मण्डलीका अगुवा ख्रीष्टविरोधी भएको खुलासा भएर निष्कासित भएको खबर सुनेँ। अगुवा छँदा उनले निकै दुष्टता गरेका थिए, र सबैले यो देखेका थिए, तर कसैले पनि बोल्ने आँट गरेनन्। सम्पूर्ण मण्डलीमा एक जनाले पनि उनका बारेमा रिपोर्ट गरेनन्, र उनी खुलासा भएर निष्कासित भएपछि पनि, उनीहरूले उनले गरेका दुष्ट कामहरूलाई प्रकाशमा ल्याएनन्। उनीहरूले अन्जान भएको दाबी गर्दै दोष पन्छाउने काम मात्र गरे। उनीहरू सबैले त्यो ख्रीष्टविरोधीलाई ढाकछोप गरिरहेका थिए र उसको पक्ष लििरहेका थिए, शैतानका मतियार बनेर परमेश्‍वरको विरोध गरिरहेका थिए, जसले वास्तवमै परमेश्‍वरको स्वभावलाई चिढ्यायो। परिणामस्वरूप, उनीहरूले आत्मचिन्तन गर्न सकून् भनेर सम्पूर्ण मण्डलीलाई अलग राखियो। यसले ममा ठुलो प्रभाव पार्‍यो, र यसले मलाई परमेश्‍वरका केही वचनहरूको याद दिलायो: “यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्‍वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई इन्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई ‘स-साना झिँगोहरू’ ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि त्यस्तो मण्डलीका मानिसहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र चालबाजीहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरूबाट, मैले उहाँको उल्लङ्घन नसहने प्रतापी र धर्मी स्वभाव, र सत्यतालाई व्यवहारमा लागू नगर्नेहरूप्रति उहाँको क्रोधको बोध गरेँ। यद्यपि बाहिरबाट हेर्दा उनीहरूले कुनै साँच्चिकै दुष्ट काम गरेजस्तो देखिँदैनथ्यो, तर ख्रीष्टविरोधीले दुष्ट काम गरिरहँदा उनीहरू रमिते बनेर हेरिरहे र उसलाई रिपोर्ट गर्न वा खुलासा गर्न केही पनि गरेनन्। उनीहरूले ख्रीष्टविरोधीलाई हालीमुहाली गर्न दिए, मण्डलीको काम बर्बाद हुन दिए, तर एउटा औँला पनि उठाएनन्। उनीहरू ख्रीष्टविरोधीलाई ढाकछोप गरिरहेका थिए र शैतानका मतियार थिए। यो ख्रीष्टविरोधीको दुष्टतामा सहभागी हुनु थियो र यसले गम्भीर रूपमा परमेश्‍वरको स्वभावलाई चिढ्यायो। के म पनि ठ्याक्कै त्यस्तै थिइनँ र? मैले परमेश्‍वरका धेरै वचन पढेकी थिएँ र केही खुट्याइ क्षमता प्राप्त गरेकी थिएँ। मैले देखेकी थिएँ, अगुवाले कर्मचारी छनौट गर्दा सिद्धान्तहरू पालना गरिरहेकी छैनन्, सत्यता स्वीकार गर्न सक्दिनन्, र अझ भन्नुपर्दा, उनले वास्तविक काम गरिरहेकी छैनन्, जुन मण्डलीको काममा बाधक बनिसकेको थियो। मैले उनी एक झूटा अगुवा हुन् भन्ने देखेँ, तर म उनलाई चिढ्याउनेछु, र उनले मलाई दमन गर्नेछिन् भन्ने डरले, मैले यसलाई त्यत्तिकै छोडिदिएँ किनकि यसले मलाई व्यक्तिगत रूपमा असर गरेको थिएन। मलाई लाग्थ्यो, उनी परिवर्तन हुन् वा नहुन्, यो उनको कुरा हो, र यसको मसँग कुनै सरोकार छैन। मैले परमेश्‍वरबाट धेरै आपूर्ति पाएकी थिएँ, तर पनि मैले जसले खुवायो उसैको हात टोकेँ र शैतानको पक्षमा उभिएँ। मैले मण्डलीको हितमा सम्झौता भइरहेको देखेँ, तर पनि मैले केही गरिनँ। के म पनि शैतानजस्तै थिइनँ र? यद्यपि म कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तर परमेश्‍वरले मैले गरेको हरेक सानो कामलाई स्पष्ट रूपमा छानबीन गरिरहनुभएको थियो। मलाई थाहा थियो, यदि मैले पश्चात्ताप गरिनँ भने, म उहाँले मलाई घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ। यो विचारले मलाई तर्सायो। मैले तुरुन्तै परमेश्‍वरसामु प्रार्थना र पश्चात्ताप गरेँ: “हे परमेश्‍वर, मैले एक जना झूटा अगुवालाई सिद्धान्तसँग नमिल्ने काम गरिरहेकी र मण्डलीको काममा अवरोध पुर्‍याइरहेकी देखेँ तर मैले केवल आफूलाई जोगाउनका लागि उनलाई खुलासा र रिपोर्ट गरिनँ। म शैतानको मतियार बनेकी छु। म कति विद्रोही र घृणास्पद छु। हे परमेश्‍वर, म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु।”

त्यसपछि, मैले मनमनै सोचेँ, “म अगुवाका समस्याहरू रिपोर्ट गर्न किन यति डराएकी थिएँ? मलाई साँच्चिकै के कुराको डर थियो?” मेरो प्रार्थना र खोजीको माध्यमबाट, मैले परमेश्‍वरका वचनका दुईवटा खण्डहरू पढेँ जसले मलाई यो समस्या अझ राम्रोसँग बुझ्न मद्दत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको पालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पालन गर्नु हुँदैन र तैँले तिनीहरूको खुलासा गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, खुलासा गर्न र रिपोर्ट गर्न सक्छस्। तर, केही परमेश्‍वरका चुनिएका मानिस सत्यता बुझ्दैनन् र अत्यन्तै कायर हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउलान् र सास्ती देलान् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो खुलासा गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई मुक्ति दिनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई सास्ती दिनु र निष्कासित गर्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तँलाई मुक्ति दिन सकिँदैन भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही खुट्ट्याउने क्षमता प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको चाकर होस् भन्ने प्रमाणित गर्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीले धम्की दिँदा, यदि तँ माथिकालाई तिनीहरूको रिपोर्ट गर्ने हिम्मत गर्दैनस् भने, यसले तँ शैतानको बन्धनमा परिसकेको छस् र तँ तिनीहरूसँग एकै हृदयको होस् भन्‍ने कुरा देखाउँछ; के यो शैतानलाई पछ्याउनु होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन सक्छ र? शुद्ध र सरल ढङ्गमा भन्नुपर्दा, तिनीहरू मैला हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। “मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र अझ बढी त, एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव भावना वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि सृष्टि गरिएको प्राणीविरुद्ध झूटो दाबीहरू गर्नुहुन्न(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। यो पढेपछि, मैले के देखेँ भने मैले अगुवाको समस्या रिपोर्ट गर्ने आँट नगर्नुको कारण मेरो दृष्टिकोण पूर्ण रूपमा भ्रमपूर्ण हुनु थियो। म के सोचिरहेकी थिएँ भने अगुवाले मेरो भविष्य र भाग्य निर्धारण गर्न सक्छन्, त्यसैले यदि मैले अगुवालाई चिढ्याएँ र उनले मलाई दमन गरे, र मलाई कर्तव्य निर्वाह गर्नबाट रोके भने, मैले मुक्तिको सबै आशा गुमाउनेछु। मैले अगुवाहरूलाई परमेश्‍वरभन्दा पनि माथि ठानेकी थिएँ। कुन अर्थमा म विश्वासी थिएँ? मानिसको भाग्य परमेश्‍वरको हातमा हुन्छ। मेरो अन्तिम परिणाम के हुन्छ, र मैले मुक्ति पाउन सक्छु कि सक्दिनँ भन्ने कुरा पूर्णतया परमेश्‍वरमा निर्भर छ। यो कुनै पनि मानिसले निर्णय गर्ने कुरा होइन। यद्यपि विगतमा अगुवाको काममा रहेका समस्याहरू औँल्याउँदा मलाई दमन गरिएको थियो, तर पछि ब्रदर-सिस्टरहरूले उनी ख्रीष्टविरोधी हुन् भन्ने थाहा पाए र उनलाई मण्डलीबाट निष्कासित गरियो। ख्रीष्टविरोधीको अन्यायपूर्ण दमनबाट केही समय कष्ट भोगेका कारणले मैले मुक्ति पाउने मौका गुमाएकी थिइनँ, बरु मैले ख्रीष्टविरोधीहरूलाई खुट्याउने क्षमता विकास गरेँ र केही पाठहरू सिकेँ। केही ब्रदर-सिस्टरहरूले मण्डलीको कामको रक्षा गर्नका लागि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गर्छन्, र त्यसपछि ती झूटा अगुवा र ख्रीष्टविरोधीहरूले उनीहरूलाई दमन गर्छन् र सास्ती दिन्छन्। केहीलाई त मण्डलीबाट बाहिरसमेत निकालिन्छ, तर उनीहरूसँग साँचो आस्था भएकाले र उनीहरूले सुसमाचार सुनाउने र आफ्नो कर्तव्य निर्वाह गर्ने काम जारी राख्ने हुनाले, उनीहरूसँग अझै पनि पवित्र आत्माको काम र परमेश्‍वरको मार्गदर्शन हुन्छ। उनीहरूले अझै पनि असल कार्यहरू तयार गर्न र मुक्ति पाउन सक्छन्। जब ख्रीष्टविरोधीहरू खुलासा भई निष्कासित हुन्छन्, तब उनीहरूलाई मण्डलीमा फर्कन दिइन्छ। यसले मलाई के देखायो भने परमेश्‍वर धर्मी हुनुहुन्छ र परमेश्‍वरको घरमा सत्यताको शासन चल्छ। परमेश्‍वरले सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। मैले फेरि त्यो मण्डलीका बारेमा सोचेँ जहाँ एक जनाले पनि ख्रीष्टविरोधीलाई खुलासा गरेनन् र सबैले उसका दुष्ट कामहरूप्रति आँखा चिम्लिए, आफूलाई व्यक्तिगत रूपमा असर नगर्ने कुराहरूलाई बेवास्ता गरे, र ख्रीष्टविरोधीलाई मण्डलीमा अवरोध पुर्‍याउन छुट दिए। यद्यपि उनीहरू दमनमा परेका थिएनन् र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्थे, तर उनीहरू ख्रीष्टविरोधीलाई बचाउ र ढाकछोप गरिरहेका थिए, र परमेश्‍वर विरुद्ध उभिएका थिए। अन्तमा सम्पूर्ण मण्डलीलाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुभयो। यसबारे सोच्दा, म के कुरामा विश्वस्त भएँ भने झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट नगर्नु भनेको शैतानलाई जोगाउनु र र परमेश्‍वरका चुनिएका जनहरूलाई हानि पुर्‍याउनु हो, र उनीहरूले मण्डलीको काममा बाधा पुर्‍याउँदा रिपोर्ट नगर्नुले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ। मलाई अलिकति डर लाग्यो, र आफैँप्रति निकै घृणा लाग्यो। यसले मलाई सत्यता व्यवहारमा लागू गर्ने प्रेरणा दियो।

मैले परमेश्‍वरका वचनको यो खण्ड सम्झेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यास गर्ने बाटो देखाए। यो मामिलाको सामना गर्दा मैले मण्डलीको हितलाई पहिलो स्थानमा राख्नुपर्थ्यो, मैले त्यसलाई प्राथमिकता दिनुपर्थ्यो र सचेत भई आफ्ना गलत मनसायहरू विरुद्ध विद्रोह गर्नुपर्थ्यो। मैले आफ्ना व्यक्तिगत स्वार्थलाई पहिलो स्थानमा राख्न छोड्नुपर्थ्यो। त्यसैले मैले देखेका समस्याहरू लेखेँ र माथिल्लो अगुवालाई रिपोर्ट गर्न तयार भएँ। त्यही बेला, केही अन्य सिस्टरहरूले मलाई उनीहरूले पनि जोसेलिनले वास्तविक काम नगरेकी, मण्डलीमा लामो समयदेखि रहेका समस्याहरू समाधान नगरेकी, आफ्नो इच्छाअनुसार मानिसहरूलाई पदोन्नति गरेकी, र उपयुक्त उम्मेद्वारहरू भेट्टाउन नसकेको बहाना बनाएर काममा असक्षम र लामो समयदेखि आफ्नो कर्तव्यमा झाराटारुवा रहेका कमजोर क्षमता भएका केही मानिसहरूको काम हेरफेर गर्न अस्वीकार गरिरहेको कुरा याद गरेको बताए। यसले मण्डलीको काममा धेरै क्षति पुर्‍याएको थियो। सिद्धान्तअनुसार, जोसेलिन एक झूटा अगुवा थिइन्। त्यसैले हामीले सँगै मिलेर उनका बारेमा रिपोर्ट गर्ने एउटा पत्र लेख्यौँ, र एक जना अगुवालाई बुझायौँ।

पछि, माथिल्ला अगुवाहरूले अवस्थाको छानबिन गरे, र उनीहरूले जोसेलिनले कहिल्यै वास्तविक काम नगरेकी, हुकुम चलाउने कार्यशैली अपनाएकी, र अरूलाई बाँध्न आफ्नो हैसियत प्रयोग गरेकी पत्ता लगाए। उनलाई झूटा अगुवाका रूपमा पहिचान गरियो र पदबाट हटाइयो। इलाइ पनि मलजल गर्ने कामको सुपरिवेक्षक रहन अनुपयुक्त पाइए, त्यसैले उनलाई अर्को कर्तव्यमा खटाइयो। नतिजा यस्तो आएको देख्दा मेरो मनमा अनेकौँ भावनाहरू उर्लिए। मैले परमेश्‍वरको घरमा, साँच्चै नै ख्रीष्ट र सत्यताको शासन चल्छ भन्ने देखेँ, र मलाई सत्यता व्यवहारमा लागू गर्न थप आत्मविश्वास महसुस भयो। म परमेश्‍वरप्रति कृतज्ञताले ओतप्रोत भएँ। म परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनका लागि धेरै आभारी छु जसले मलाई ती शैतानी दर्शनहरूको नियन्त्रण र बन्धनबाट बिस्तारै मुक्त हुन, र सत्यताको अभ्यास गर्ने, झूटा अगुवाको रिपोर्ट गर्ने, र केही मर्यादाका साथ जिउने साहस जुटाउन मद्दत गर्‍यो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार सुनाउने सही मानसिकता

एकपटक, एक जना ब्रदरले मलाई उनकी बहिनी ली पिङ सानैदेखि विश्‍वासी हुन्, र तिनले वर्षौँदेखि प्रभुको लागि उत्साहका साथ काम गर्दै आएकी छिन्, र...

मनको गाँठो फुकाउँदा

चुन्यु, चीन गत वसन्त ऋतुको कुरा हो, म मण्डीलमा सुससमाचार सुनाउने कर्तव्यमा खटिएकी थिएँ। त्यतिबेला, सिस्टर वाङ सुसमाचार डिकन चयन हुनुभएको...

कर्तव्यमा मैत्रीपूर्ण सहकार्य गर्नु महत्त्वपूर्ण हुन्छ

क्याथरिन, अमेरिकासन् २०२० को ग्रीष्ममा, सिस्टर अड्रिया र म मण्डलीमा भिडियोहरू बनाउने काम गरिरहेका थियौँ। त्यो बेला, काम बाँडफाँट गर्ने...

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्