व्यक्तिले कसरी पवित्र आत्माको काम प्राप्त गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

अहिले, पवित्र आत्माले लिनुभएको बाटो भनेको परमेश्‍वरका वर्तमान वचनहरू हुन्। त्यसरी नै, यदि मानिसहरू पवित्र आत्माको बाटोमा खुट्टा टेक्नु छ भने, तिनीहरूले देहधारी परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नुपर्छ, खानुपर्छ र पिउनुपर्छ। उहाँले गर्नुहुने काम भनेको वचनहरूको काम हो; सबै कुरा उहाँका वचनहरूबाट सुरु हुन्छ, र सबै कुरा उहाँका वचनहरूमाथि, उहाँका वर्तमान वचनहरूमाथि निर्माण हुन्छन्। चाहे देहधारी परमेश्‍वरको बारेमा निश्चित हुने कुरा होस्, वा देहधारी परमेश्‍वरलाई चिन्ने कुरा होस्, यी दुई मध्ये, प्रत्येकको लागि उहाँका वचनहरूमा धेरै प्रयास गर्नु आवश्यक हुन्छ। नत्र भने, मानिसहरूले केही पनि पूरा गर्न सक्दैनन् र खाली हात हुनेछन्। परमेश्‍वरको वचन खाने र पिउने जगमाथि निर्माण गरेर, अनि त्यसरी उहाँलाई चिनेर र उहाँलाई सन्तुष्ट पारेर मात्र, मानिसहरूले बिस्तारै परमेश्‍वरसँग सामान्य सम्बन्ध निर्माण गर्न सक्छन्। मानिसका लागि, परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि उहाँका वचनहरूलाई अभ्यास गर्नुभन्दा अझ राम्रो सहकार्य अर्को कुनै छैन। यस्तो अभ्यासद्वारा तिनीहरू परमेश्‍वरका मानिसहरूको रूपमा रहेको तिनीहरूको साक्षीमा राम्ररी दृढ रहन सक्छन्। जब मानिसहरूले परमेश्‍वरको वर्तमान वचनको सार बुझ्‍न र पालन गर्न सक्छन्, तब तिनीहरू पवित्र आत्माले डोऱ्याउनुभएको मार्गमा जिउँछन् र मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको सही मार्गमा खुट्टा टेकेका हुन्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तैँले उहाँका वचनहरूको आज्ञापालन गर्छस् वा तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

यदि तँ परमेश्‍वरका वचनहरूमा जिउँछस् भने, पवित्रआत्माले आफ्नो काम गर्ने अवसर पाउनुहुनेछ; यदि तँ शैतानको प्रभावमुनि जिउँछस् भने, तैँले पवित्रआत्मालाई त्यस्तो कुनै अवसर दिने छैनस्। पवित्रआत्माले जुन काम मानिसहरूमा गर्नुहुन्छ, जुन ज्योति उहाँले तिनीहरूमाथि चम्काउनुहुन्छ र जुन निर्धक्कता उहाँले तिनीहरूलाई दिनुहुन्छ, त्यो केवल एकक्षणको लागि रहन्छ; यदि मानिसहरू सावधान छैनन्, तिनीहरूले ध्यान दिँदैनन् भने, पवित्र आत्माको कामले तिनीहरूलाई छोडिदिनुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावसहित जिउँछन् भने, तिनीहरूसित पवित्रआत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्‍वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ यस्तो व्यक्ति होस् जो उहाँकै हो, अनि उहाँको काम तँ मा सम्पन्न हुनेछ; यदि तँ परमेश्‍वरका मागहरूको सीमाहरूमा जिइरहेको छैन तर शैतानको राज्य-क्षेत्रमुनि जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको छस्। केवल परमेश्‍वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्‍वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभएको अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्‍वरको हुनेछस्। यदि तैँले वास्तवमै परमेश्‍वरको इच्छाअनुरूप अभ्यास गर्छ भने, उहाँले तँमा काम सम्पन्न गर्नुहुनेछ, अनि तँउ हाँका आशिषहरूमुनि, उहाँको मुहारको ज्योतिमा जिउनेछस्; पवित्र आत्माले गर्नुहुने काम तैँले बुझ्ने छस्, परमेश्‍वरको उपस्थितिको आनन्द तैँले अनुभव गर्नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

पवित्र आत्माले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ: मानिसहरूको सहकार्यद्वारा, सक्रियतापूर्वक प्रार्थना गरेर, खोजेर र परमेश्‍वरको नजिक आएर उनीहरूद्वारा परिणामहरू प्राप्त गर्न सकिन्छ र पवित्र आत्माद्वारा उनीहरूलाई प्रकाश दिन र ज्योतिर्मय पार्न सकिन्छ। पवित्र आत्मा एकपक्षीय रूपमा काम गर्नु हुन्छ, वा मानिस एकपक्षीय रूपमा काम गर्छ भन्ने होइन। दुवै अपरिहार्य छन्, र मानिसले जति बढी सहकार्य गर्छ, र उनीहरूले परमेश्‍वरका आवश्यकताहरूका मापदण्डहरूको प्राप्तिको जत्ति बढी खोजी गर्छन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ। पवित्र आत्माको काममा थपिएको मानिसहरूको वास्तविक सहकार्यले मात्र, परमेश्‍वरका वचनहरूका वास्तविक अनुभवहरू र तात्विक ज्ञान पैदा गर्न सक्छ। विस्तारै, यस प्रकारले अनुभव गर्दै, सिद्ध व्यक्ति अन्ततः तयार पारिन्छ। परमेश्‍वरले अलौकिक कुराहरू गर्नुहुन्न; मानिसहरूका धारणाहरूमा, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्‍वरद्वारा नै सबै कुरा गरिन्छ—परिणामस्वरूप मानिसहरूले निष्क्रिय भएर पर्खिन्छन्, परमेश्‍वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र पवित्र आत्माको स्पर्शलाई केवल पर्खिन्छन्। यद्यपि, सही समझ भएकाहरूले यो विश्‍वास गर्छन्: परमेश्‍वरका कामहरू मेरो सहकार्यसम्म मात्र अगाडि बढ्न सक्छन्, र ममा परमेश्‍वरको कामको प्रभाव मैले कसरी सहकार्य गर्छु त्यसमा भर पर्छ। जब परमेश्‍वर बोल्नुहुन्छ, परमेश्‍वरका वचनहरू खोजी गर्न र यसप्रति प्रयत्न गर्न आफूले गर्न सक्ने सबै मैले गर्नुपर्छ; मैले प्राप्त गर्नुपर्ने यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

पवित्र आत्माले तँमा केवल त्यसबेला काम गर्न सक्नुहुन्छ जब तैँले साँच्चै तालिम लिन्छस्, साँच्चै खोजी गर्छस्, साँच्चै प्रार्थना गर्छस्, र सत्यको खोजीको लागि कष्ट उठाउन तत्पर हुन्छस्। सत्यको खोजी नगर्नेहरूसँग शाब्दिक अर्थहरू र सिद्धान्तहरू, र रित्तो सैद्धान्तिक नियमहरू सिवाय केही पनि हुँदैन, र सत्य विहीनहरूसँग स्वाभाविक रूपमै परमेश्‍वरबारे धेरै धारणाहरू हुन्छन्। यस्ता मानिसहरू उनीहरूको दैहिक शरीरलाई आत्मिक शरीरमा बदल्न मात्र परमेश्‍वरको चाहना राख्छन् ताकि उनीहरू तेस्रो स्वर्गमा उक्लन सकून्। यी मानिसहरू कति मूर्ख छन्! यस्ता कुराहरू भन्ने सबैसँग परमेश्‍वरबारे, वा वास्तविकताबारे कुनै ज्ञान हुँदैन; यस्ता मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्नै सक्दैनन्, र निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्न सक्छन्। यदि मानिसहरूले सत्य बुझ्नु छ, र सत्यलाई स्पष्ट रूपमा देख्नु छ, र यसको अतिरिक्त, यदि उनीहरू सत्यमा प्रवेश गर्नु छ र यसलाई व्यवहारमा लागू गर्नु छ भने, उनीहरूले साँच्चै तालिम गर्नुपर्छ, साँच्चै खोजी गर्नुपर्छ, र साँच्चै भोकाउनु र तिर्खाउनुपर्छ। जब तँ भोकाउँछस् र तिर्खाउँछस्, र जब तँ परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्, परमेश्‍वरको आत्माले तँलाई निश्चय नै छुनुहुनेछ र तपाईंभित्र काम गर्नुहुनेछ, जसले तँमा अझै बढी प्रकाश ल्याउनेछ, र तँलाई वास्तविकताको अझ बढी ज्ञान दिनेछ, र तेरो जीवनलाई ठूलो सहायता हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

अनुभवबाट देख्न सकिन्छ कि परमेश्‍वरको सामुन्ने आफ्नो हृदय शान्त बनाउनु अति महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। यो एक विषय हो जसले मानिसहरूको आत्मिक जीवनसँग र उनीहरूको जीवनमा उनीहरूको वृद्धिसँग सरोकार राख्छ। परमेश्‍वरको सामुन्ने तेरो हृदय शान्त भए मात्र, सत्यको तेरो खोजी र स्वभावमा भएका तेर परिवर्तनहरूले फल दिने छन्। तँ परमेश्‍वरका सामुन्ने अभिभारा बोकेर आउँछस् र धेरै मात्रामा तँमा कमी छ, तैँले थाहा पाउनुपर्ने सत्यहरू धेरै छन्, तैँले अनुभव गर्नु पर्ने वास्तविकता धेरै छ र परमेश्‍वरको इच्छालाई तैँले हरतरहले ध्यान दिनु छ भन्‍ने तँलाई सँधै लाग्छ, त्यसकारण यी कुराहरू तेरो मनमा सधैँ छन्। यो यस्तो छ कि तिनीहरूले जोडतोडले तँलाई दबाब दिइरहेका छन् जसले तँलाई सास फेर्न असमर्थ बनाउँछ, र त्यसैले तँ हृदयमा भारी अनुभव गर्छस् (यद्यपि तँ नकारात्मक स्थितिमा छैनस्)। यस्ता मानिसहरू मात्र परमेश्‍वरका वचनहरूका अन्तर्दृष्टि स्वीकार गर्न र परमेश्‍वरको आत्माद्वारा प्रभावित हुन योग्य छन्। उनीहरूको अभिभाराको कारणले, उनीहरूको हृदय भारी भएकाले र यसो भन्न सकिन्छ, उनीहरूले चुकाएको मूल्यको कारणले र परमेश्‍वरको सामुन्ने उनीहरूले पाएको यातनाका कारणले, उहाँको अन्तर्दृष्टि र प्रकाश उनीहरूले प्राप्त गर्छन्। किनकि परमेश्‍वरले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न। मानिसहरूसँगको उहाँको व्यवहारमा उहाँ सधैँ निष्पक्ष हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई मनोमानी ढङ्गले वा विना सर्तले पनि दिनुहुन्न। यो उहाँको धर्मी स्वभावको एउटा पक्ष हो। वास्तविक जीवनमा, अधिकांश मानिसहरूले यो राज्य प्राप्त गर्न बाँकी नै छ। कम्तीमा पनि, उनीहरूको हृदय परमेश्‍वरमा पूर्णरूपमा फर्किन बाँकी नै छ, र त्यसैले उनीहरूको जीवनको स्वभावमा अझै कुनै उल्लेखनीय परिवर्तन भएको छैन। यसको कारण हो उनीहरू परमेश्‍वरको कृपामा मात्र बाँच्छन् र उनीहरूले पवित्र आत्माको कामको लाभ उठाउन बाँकी नै छ। परमेश्‍वरद्वारा प्रयोग हुनको लागि मानिसहरूले पूरा गर्नै पर्ने मापदण्डहरू निम्न अनुसार छन्: उनीहरूको हृदय परमेश्‍वरमा फर्किन्छ, उनीहरू परमेश्‍वरका वचनहरूका अभिभाराको जिम्मेवारी लिन्छन्, उनीहरूसँग इच्‍छाको हृदय छ र उनीहरूसँग सत्यको खोजी गर्ने सङ्कल्प छ। यस्ता मानिसहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न सक्छन् र उनीहरूले बारम्बार अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

परमेश्‍वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई ज्ञान दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्‍वरलाई अझ बढी प्रेम गर्न सक्षम तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई फाल्न सक्षम हुन्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्‍वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई जान्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। केवल यस तरिकाले तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्‍वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्‍वरको काम, साथसाथै उहाँको मार्गदर्शन र ज्ञान प्राप्त गर्न सक्षम हुनेछन्। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि ऊ विवेकको कार्य वा परमेश्‍वरको वचनको ज्ञानको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्षम हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

के तिमीहरूले पवित्र आत्‍माले कसरी काम गर्नुहुन्छ त्यसको ढाँचा पत्ता लगाएका छौ? पवित्र आत्‍माले सामान्यतया इमानदार हृदय भएकाहरूमा काम गर्नुहुन्छ, र मानिसहरू समस्यामा पर्दा र तिनीहरूले सत्यताको खोजी गरिरहेको बेलामा उहाँले काम गर्नुहुन्छ। अलिकति पनि मानव तर्कशक्ति वा विवेक नभएकाहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुनेछैन। यदि कुनै व्यक्ति अत्यन्तै इमानदार छ तर, केही समय अवधिदेखि, उसको हृदय परमेश्‍वरबाट टाढा गएको छ, उसँग सुधारको कुनै इच्‍छा छैन, ऊ नकरात्मक स्थितिमा झर्छ र यसबाट निस्कँदैन भने, जब उसले आफ्‍नो स्थितिलाई सुधार गर्न प्रार्थना गर्दैन वा सत्यताको खोजी गर्दैन, र उसले सहकार्य गर्दैन, तब उसको स्थितिमा बेला-बेलामा आउने अन्धकारमय अवस्था वा उसको अस्थायी पतनको अवधिमा पवित्र आत्‍माले उसमा काम गर्नुहुनेछैन। त्यसो भए, मानवताको चेतना नभएको कुनै व्यक्तिमा पवित्र आत्‍माले कसरी काम गर्न सक्‍नुहुन्छ? त्यो त झनै असम्‍भव कुरा हो। त्यसो भए, त्यस्ता मानिसहरूले के गर्नुपर्छ? के तिनीहरूले पछ्याउनुपर्ने कुनै मार्ग छ? तिनीहरूले सच्‍चा रूपमा पश्‍चात्ताप गर्नुपर्छ र तिनीहरू इमानदार मानिसहरू बन्‍नुपर्छ। कुनै मानिस कसरी इमानदार व्यक्ति बन्‍न सक्छ? पहिले, तेरो हृदय परमेश्‍वरको निम्ति खुला हुनैपर्छ, र तैँले परमेश्‍वरबाट सत्यताको खोजी गर्नैपर्छ; तैँले सत्यतालाई बुझिसकेपछि, यसलाई अभ्यास गर्नैपर्छ। त्यसपछि तैँले परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुनैपर्छ र परमेश्‍वरलाई तँमाथि नियन्त्रण गर्न दिनुपर्छ। यसरी मात्रै परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ। तैँले सुरुमा आफ्‍नो प्रतिष्ठा र अभिमानलाई पन्छाउनुपर्छ, अनि तेरा आफ्‍नै रुचिहरूलाई त्याग्‍नुपर्छ। सर्वप्रथम तिनलाई पन्छाउने प्रयास गर्, अनि तिनलाई पन्छाइसकेपछि, आफ्‍नो सम्पूर्ण शरीर र प्राणलाई तेरो कर्तव्य र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने कार्यमा लगा, त्यसपछि परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ सो हेर्, तँभित्र शान्ति र आनन्द पैदा हुन्छ कि हुँदैन, तँसँग यो कुराको निश्‍चयता हुन्छ कि हुँदैन हेर्। सुरुमा तैँले सच्‍चा रूपमा पश्‍चात्ताप गर्नुपर्छ, आफैलाई समर्पण गर्नुपर्छ, परमेश्‍वरको निम्ति आफ्‍नो हृदयलाई खोल्‍नुपर्छ, र तैँले बहुमूल्य ठान्‍ने कुराहरूलाई पन्छाउनुपर्छ। यदि परमेश्‍वरलाई अनुरोधहरू गर्ने क्रममा यदि तैँले ती कुराहरूलाई निरन्तर पक्रिराखिस् भने, के तैँले पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न सक्‍नेछस् त? पवित्र आत्‍माको कार्य सर्तपूर्ण छ, र परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुने पवित्र परमेश्‍वर हुनुहुन्छ। यदि मानिसहरूले सधैँ यी कुराहरूलाई पक्रिरहन्छन्, आफैलाई निरन्तर बन्द गरी परमेश्‍वरबाट टाढा रहन्छन् र परमेश्‍वरको कार्य र अगुवाइलाई अस्वीकार गरिरहन्छन् भने, परमेश्‍वरले तिनीहरूमा काम गर्न छोड्नुहुनेछ। परमेश्‍वरले हरेक व्यक्तिमा काम गर्नुपर्छ, वा उहाँले तँलाई यो र त्यो गर्न जबरजस्ती गर्नुपर्छ भन्ने छैन। उहाँले तँलाई त्यसो गर्न बाध्य गर्नुहुन्‍न। दुष्ट आत्‍माहरूको काम भनेको मानिसहरूलाई यो र त्यो गर्न बाध्य पार्नु हो, र यसले मानिसहरूलाई वशमा पार्ने र नियन्त्रण गर्ने समेत गर्छ। पवित्र आत्‍माले विशेषतः भद्र प्रकारले काम गर्नुहुन्छ; उहाँले तँलाई प्रभावित गर्नुहुन्छ, र तैँले त्यो महसुस गर्दैनस्। तँलाई कुनै कुरा अवचेतन रूपमा आफूले बुझेको वा महसुस गरेको मात्रै अनुभूति हुन्छ। पवित्र आत्‍माले मानिसहरूलाई यसरी नै प्रभावित गर्नुहुन्छ, र, यदि तिनीहरू समर्पित भए भने, तिनीहरूले आफूलाई साँचो रूपमा पश्‍चात्ताप गर्न सक्षम पाउनेछन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”

कहिलेकाहीँ, असामान्य परिस्थितिहरूका कारण, तैँले परमेश्‍वरको उपस्थिति गुमाउँछौ र प्रार्थना गर्दा तँ परमेश्‍वरको अनुभूति गर्न असक्षम छस्। त्यस्तो समयमा, डरको अनुभव गर्नु सामान्य हो। तैँले तत्कालै उहाँलाई खोज्न सुरु गर्नुपर्दछ। यदि तैँले यसो गर्दैनस् भने, परमेश्‍वर तँबाट टाढा हुनुहुनेछ र तँ एक दिन, दुई दिन, एक महिना वा दुई महिनासम्म पनि पवित्र आत्माको उपस्थितिविना र यसको अतिरिक्त, पवित्र आत्माको कामविना नै रहनेछस्। यस्ता परिस्थितिहरूमा, तँ एकदमै अविश्‍वसनीय रूपमा चेतनाशून्य बन्छस् र जब तँ सबै प्रकारका काम गर्न सक्षम हुन्छस्, तब एक पटक फेरि शैतानद्वारा बन्दी बनाइन्छस्। तैँले धनसम्पत्तिको लोभ गर्छस्, तेरा भाइ-बहिनीहरूलाई धोका दिन्छस्, चलचित्र र भिडियोहरू हेर्छस्, महजोङ्ग खेल्छस् र अनुशासनहीन भई धुम्रपान र मद्यपान पनि गर्छस्। तेरो हृदय परमेश्‍वरबाट टाढा भइसकेको छ, तँ गोप्य रूपमा आफ्नै बाटोमा गइसकेको छस् र तैँले स्वेच्छाचारी रूपमा परमेश्‍वरको कामको न्याय पार गरेको छस्। केही घटनाहरूमा मानिसहरू निकृष्टताको यति गहिराइसम्म डुब्छन् कि तिनीहरू यौनजन्य प्रकृतिको पापहरू गर्न समेत कुनै लज्जा वा सङ्कोचको अनुभूति नै गर्दैनन्। यस्तो प्रकारका व्यक्तिलाई पवित्र आत्माद्वारा परित्याग गरिएका हुन्छन्; वास्तवमा, त्यस्ता व्यक्तिमा पवित्र आत्माको काम लामो समयदेखि अनुपस्थित रहेको हुन्छ। त्यस्ता मानिसहरू दुष्टका हातहरूले तिनीहरूलाई अझ धेरै तानिरहँदा भ्रष्टताको झन् गहिराइमा डुबेको मात्र देखिन्छन्। अन्त्यमा, तिनीहरू यस मार्गको अस्तित्व अस्वीकार गर्दछन् र तिनीहरू शैतानद्वारा बन्दी बनाइएका छन् किनभने तिनीहरूले पाप गरेका छन्। यदि तैँले यो पहिचान गर्नुहुन्छ कि केवल तँसँग पवित्र आत्माको उपस्थिति मात्र छ, तैपनि पवित्र आत्माको कामको अभाव छ भने, यो पहिला देखि नै एक खतरनाक अवस्थामा छ। जब तँ पवित्र आत्माको उपस्थिति पनि महसुस गर्न सक्दैनस्, तब तँ मृत्युको मुखमा हुन्छस्। यदि तैँले प्रायश्चित गर्दैनस् भने, तब तँ पूर्णतया शैतानतर्फ गइसकेको हुनेछस् र तँ हटाइएका तिनीहरूमध्ये एक हुनेछस्। यसकारण, जब तैँले यो थाहा गर्छस् कि तँ यस्तो स्थितिमा छस्, जहाँ केवल पवित्र आत्माको उपस्थिति छ, (तैँले पाप गर्दैनस्, आफूले आफैलाई नियन्त्रण गर्दैनस् र परमेश्‍वरका विरुद्ध तैँले कुनै आडम्बर देखाउँछस्) तर तँसँग पवित्र आत्माको कामको अभाव हुन्छ (तँ प्रार्थना गर्दा आफू भावुक भएको अनुभव गर्दैनस्, जब तैँले परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले स्पष्ट ज्ञान र ज्योति प्राप्त गर्दैनस्, तँ परमेश्‍वरका वचनहरू खाने र पिउने कुरामा अनिच्छुक हुन्छस्, तेरो जीवनमा कहिल्यै कुनै वृद्धि हुँदैन र तँ लामो समयदेखि ठूलो ज्योति हराएकोमा दुःखी हुन्छस्)—यस्तो समयमा, तँ धेरै सतर्क हुनुपर्दछ। तैँले आफैलाई लिप्त नबना, तैँले आफ्नो चरित्रलाई आफैले यो भन्दा धेरै लगाम लगाएर स्वतन्त्र नबना। पवित्र आत्माको उपस्थिति जुनसुकै बखत पनि हराउन सक्छ। त्यसकारण यस्तो स्थिति निकै खतरनाक हुन्छ। यदि तैँले आफूलाई यस्तो स्थितिमा पाउँछस् भने जति सक्दो चाँडो चिजहरू फर्काउने प्रयत्न गर्। सर्वप्रथम, तैँले पश्‍चातापको प्रार्थना गर्नुपर्दछ र परमेश्‍वरलाई तँमाथि उहाँको कृपा एक पटक फेरि बढाइदिन आग्रह गर्नुपर्दछ। अझ धेरै उत्साहका साथ प्रार्थना गर्नुहोस्, परमेश्‍वरका वचनहरू अझ धेरै खान र पिउन तेरो हृदयलाई शान्त बना। यसका आधारमा, तैँले धेरै समय प्रार्थना गर्नमा खर्च गर्नुपर्दछ; गाउन, प्रार्थना गर्न, परमेश्‍वरका वचनहरू खान र पिउन र आफ्नो कर्तव्य पूरा गर्नमा तैँले दुई गुणा प्रयत्न गर्। तँ जब आफ्नो सबैभन्दा कमजोर अवस्थामा हुन्छस्, तब तेरो हृदयलाई सजिलैसँग शैतानले अधीनमा लिन्छ। जब त्यसो हुन्छ, तेरो हृदय परमेश्‍वरबाट लिइन्छ र शैतानलाई फिर्ता दिइन्छ, त्यसपछि तँ पवित्र आत्माको उपस्थितिरहित रहन्छस्। त्यस्तो समयमा, पवित्र आत्माको काम पुनः प्राप्त गर्न दुई गुणा कठिन हुन्छ। पवित्र आत्मा अझै तँसँगै हुनुहुँदा उहाँका कामको खोजी गर्नु धेरै उपयुक्त हुन्छ, जसले परमेश्‍वरलाई तँमाथि अझै बढी उहाँको ज्ञान प्रदान गर्न र उहाँले तँलाई नत्याग्ने तुल्याउने अनुमति दिनेछ। प्रार्थना गर्ने, भजनहरू गाउने, तेरो कार्य पूरा गर्ने र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य—यी सबै काम गरिन्छन् ताकि शैतानले आफ्नो काम गर्ने कुनै अवसर नपाओस्, ताकि पवित्र आत्माले तँभित्र काम गरिरहोस्। यस तरिकाले यदि तैँले पवित्र आत्माको काम पुनः प्राप्त गर्दैनस् र यदि तँ केवल पर्खेर मात्र बस्छस् भने, पवित्र आत्माको पुनः प्राप्ति सहज हुनेछैन जब तैँले पवित्र आत्माको उपस्थिति गुमाउँछस्, पवित्र आत्मा विशेष रूपले तँतिर नफर्किएसम्म वा विशेषगरी परमेश्‍वरले तँलाई ज्योति र ज्ञान प्रदान नगरेसम्म। तथापि, तेरो स्थितिको पुनः प्राप्तिका लागि केवल एक वा दुई दिन मात्र लाग्दैन; कहिलेकाहीँ त कुनै पुनः प्राप्तिविना नै छ महिना पनि बित्न सक्छन्। यो सबै यस्तो छ किनभने मानिसहरू आफैलाई धेरै सहज रूपमा लिन्छन्, सामान्य तरिकामा चिजहरू पनि अनुभव गर्न असक्षम छन् र त्यसकारण पवित्र आत्माद्वारा त्यागिएका छन्। यद्यपि तैँले पवित्र आत्माको काम पुनः प्राप्त गर्छस् भने पनि, परमेश्‍वरको वर्तमान काम तँलाई अझै स्पष्ट नहुन सक्छ, किनभने तँ आफ्ना जीवन अनुभवमा धेरै पछाडि गएको छस्, मानौं कि तँ दशौं हजार माइल पछाडि गएको छस्। के यो त्रासपूर्ण कुरा होइन र? यद्यपि म त्यस्ता मानिसहरूलाई भन्छु, कि अहिले पश्‍चाताप गर्न धेरै विलम्ब भएको छैन, तर एउटा सर्त छ; तैँले अझ धेरै कडा परिश्रम गर्नुपर्दछ, र अल्छीपनमा लिप्त हुनु हुँदैन। यदि अरू मानिसहरूले एक दिनमा पाँच पटक प्रार्थना गर्दछन् भने, तैँले दश पटक गर्नुपर्दछ; यदि अरू मानिसहरूले एक दिनमा दुई घण्टा परमेश्‍वरका वचन खान्छन् र पिउँछन् भने, तैँले यो काम चार वा छ घण्टा गर्नुपर्नेछ; र यदि अरू मानिसहरूले दुई घण्टा भजन सुन्छन् भने तैँले कम्तीमा पनि आधा दिनसम्म सुन्नुपर्छ। तँ परमेश्‍वरका सामु सधैँ शान्तिमय हुनुहोस् र परमेश्‍वरको प्रेमका बारेमा सोच्नुहोस्, तँ प्रभावित नभएसम्म र तेरो हृदय परमेश्‍वरतर्फ नफर्किएसम्म र तँ परमेश्‍वरबाट टाढा हुने साहस नगरेसम्म, तेरो परिश्रमको प्रतिफल प्राप्त हुनेछैन; अनि मात्र तैँले तेरो पहिलाको, सामान्य स्थिति पुनः प्राप्त गर्न सक्‍नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य स्थितिमा कसरी प्रवेश गर्ने

तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्‍वरले तँलाई यो बोझ दिनुहुन्छ, तब परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो, अनि तैँले सधैँ आफ्नो दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले कसरी यी समस्याहरू समाधान गर्नेछस् तँ त्यो जान्‍न उत्सुक हुनेछस्? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस्, अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँको वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरको मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यस बारेमा तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो, अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरको वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरको वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको मार्गलाई ध्यान दिन सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँको वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि पवित्र आत्माद्वारा प्रभावित भएर तँ अझै बढी सक्षम हुन सक्।

परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्‍वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ तँ माथि जति बढी भारको रूपमा रहन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। अरूलाई बोलाइएको हुँदा पनि केही व्यक्तिहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमान्दारिताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने तैँले कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुर्‍याइरहेको छैनन् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्