कस्ता मानिसहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन् र कस्ता मानिसहरूले सक्दैनन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ, र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनु हुँदैन। पवित्र आत्‍माको कार्यलाई नजान्‍नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थियो, र पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्दैन थियो। अनाज्ञाकारीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थियो। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्‍चित रूपमा नै आजको कामबाट अलग हुन्छर आजको कामसँग मिल्दैन। यी जस्ता पुराना भैसकेका मानिसहरू परमेश्‍वरको इच्‍छालाई हासिल गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्‍वरका गवाहीको रूपमा खडा हुन सक्‍ने मानिसहरू बन्‍नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू, र कुनै बेला क्रूसको लागि कष्ट भोग्‍नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ, र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्‍नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्‍नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्‍ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तन बारे, विगत र आजको अभ्यासका भिन्‍नताहरूको बारेमा, अघिल्‍लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्‍ने बारेमा, र आजयो कसरी गरिन्छ त्यसको बारेमा किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूका बारेमा सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ, र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्‍छ भने, यसले परमेश्‍वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊ असक्षम छ भन्‍ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापन सम्‍बन्धी परमेश्‍वरको योजना परिवर्तन भएको छैन भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्‍माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सहि छन् भन्‍ने सँधै विचार गर्छन्, तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्‍वरको काम रोकियो, र पवित्र आत्‍माको कार्य तिनीहरूमा छैन। परमेश्‍वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्‍नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्‍नुहुन्छ। धर्ममा हुनेहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन्, र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्‍वरले यी मानिसहरूलाई त्याग्‍नुभएको छ, र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्‍नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन्, र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्‍वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ, र मानिसको अभ्यास सँधै माथि बढिरहेको छ। परमेश्‍वरले सँधै काम गरिरहनुहुन्छ, र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्‍नो शीर्ष विन्दुमा पुग्‍छन् र परमेश्‍वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्‍वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो, र परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यही अनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन्, र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा, र पवित्र आत्‍माको कुनै पनि कार्य विहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू, र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन्, र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ, र दण्ड समेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन्, र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र मागयही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन्, र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्त अनुसार गर्ने बाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ, र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाको बारेमा तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरले ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू अनुसरण गर्छन् र तिनलाई सम्हालेर राख्छन्। तँ जति धेरै परमेश्‍वरका वचनहरू सम्हालेर राख्छस्, उहाँका पवित्र आत्माले त्यत्ति नै बढी तँभित्र काम गर्नुहुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू जति धेरै मनमा सम्हालेर राख्छ ऊ परमेश्‍वरद्वारा सिद्ध पारिने त्यति नै बढी सम्भावना हुन्छ। परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ जसले साँच्चै उहाँलाई प्रेम गर्छन्, र जसको हृदय उहाँको अघि शान्तिमा हुन्छ तिनीहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ। परमेश्‍वरका सबै कामलाई कदर गर्न, परमेश्‍वरको ज्ञानलाई कदर गर्न, परमेश्‍वरको उपस्थितिलाई कदर गर्न, परमेश्‍वरको वास्ता र सुरक्षालाई कदर गर्न, परमेश्‍वरका वचनहरू कसरी तेरो निम्ति वास्तविकता बन्छ र तिनले तेरो जीवनका निम्ति कसरी प्रबन्ध गर्छ त्यसलाई कदर गर्न—यी सबै परमेश्‍वरको हृदयसित राम्ररी मेल खान्छ। यदि तँ परमेश्‍वरको कामको कदर गर्छस् भने, अर्थात्, यदि उहाँले तँमाथि गर्नुभएका सबै कामलाई कदर गर्छस् भने उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूको कदर गर्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन, तर उहाँले तँलाई नगण्य अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, वा तँलाई थोरै धन र तेरो परिवारलाई थोरै सुरक्षाले आशिष् दिनुहुनेछ। तैंले परमेश्‍वरका वचनहरूलाई तेरो वास्तविकता बनाउन प्रयास गर्नुपर्दछ, र उहाँलाई सन्तुष्ट पार्न र उहाँको आफ्नै हृदय अनुसारको हुन सक्नुपर्छ; तैंले उहाँको अनुग्रहको आनन्द लिने प्रयास मात्र गर्नुहुँदैन। विश्‍वासीहरूका लागि परमेश्‍वरको काम प्राप्त गर्नु, सिद्धता प्राप्त गर्नु, र परमेश्‍वरको इच्छाबमोजिम गर्नेहरू हुनुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तँ यही लक्ष्यको पछि लाग्नुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वरले यति धेरै बोलेपछि, उहाँका वचनहरू खान र पिउन तैँले आफ्नो सक्दो कोसिस गर्नुपर्छ, र त्यसपछि, थाहै नपाई तैँले यो बुझ्नेछस्, थाहै नपाई, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुन्छ, यो प्रायः मानिसको जानकारी विना नै हुन्छ। जब तँ तृषित हुन्छस् र खोजी गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। पवित्र आत्माले काम गर्ने सिद्धान्त तैँले खाने र पिउने परमेश्‍वरका वचनहरूमा केन्द्रित छ। परमेश्‍वरका वचनहरूलाई महत्त्व नदिने र उहाँका वचनहरूका बारेमा सँधै फरक आचरण राख्‍ने—तिनीहरूका मूर्ख सोचाइमा, तिनीहरूले वचनहरू पढे पनि वा नपढे पनि यो उदासीनताको कुरा हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरू वास्तविकता नभएकाहरू हुन्। यस्ता व्यक्तिमा न त पवित्र आत्माको काम न त उहाँको अन्तर्दृष्टि देख्न नै सकिन्छ। यस्ता मानिसहरू योग्यता विनाका बहाना गर्नेहरू, केही गरेजस्तो गर्नेहरू मात्रै हुन्, दृष्टान्तका नाङ्गुवोजस्तै।[क]

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

पवित्र आत्‍माले कस्तो प्रकारको व्यक्तिलाई अन्तर्दृष्टि दिनुहुन्छ? प्रखर र तीक्ष्ण बौद्धिकता भएकाहरूलाई। जब तिनीहरूलाई कुनै भावना वा अन्तर्दृष्टि दिइन्छ, तब तिनीहरूले यो पवित्र आत्‍माको कार्य हो, र यो परमेश्‍वरले गर्नुभएको काम हो भनेर अनुभूति गर्न सक्छन्। कहिलेकहीँ, तिनीहरूलाई पवित्र आत्‍माले गाली गर्नुहुने बित्तिकै तिनीहरूले यो कुरा बताउन सक्छन्, त्यसकारण तिनीहरूले आफैलाई वशमा राख्छन्। पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुहुने मानिसहरू यिनीहरू नै हुन्। यदि कुनै व्यक्ति लापरवाह छ र आत्मिक कुराहरूलाई बुझ्दैन भने, तिनीहरूले आफूलाई कुनै भावना दिइँदा पनि सो कुरा थाहा पाउनेछैनन्। तिनीहरूलाई पवित्र आत्‍माको कार्यको बारेमा कुनै ध्यान हुँदैन, त्यसकारण पवित्र आत्‍माले तिनीहरूलाई फेरि अन्तर्दृष्टि दिने प्रयास गर्नुहुनेछैन। यदि तीन वा चार पटकको प्रयासमा पनि तिनीहरू स्वीकार नगर्ने अवस्थामा नै रहन्छन् भने, पवित्र आत्‍माले तिनीहरूमा फेरि कहिल्यै काम गर्नुहुनेछैन। किन कतिपय मानिसहरूले तिनीहरू जति-जति अघि बढ्छन् त्यति नै अन्धकार, निराश, खोक्रो हुँदै गएको, पवित्र आत्‍माको अन्तर्दृष्टिको अभाव भएको महसुस गर्दै जान्छन्? तिनीहरूभित्र निर्जीव कुराहरू, निर्जीव धर्मसिद्धान्तहरूबाहेक केही पनि हुँदैनन्, तब तिनीहरूले कसरी उर्जा पाएको अनुभव गर्न सक्छन् र? आफ्‍ना उत्साहमा मात्रै भरोसा गरेर मानिसहरू त्यति लामो समयसम्‍म रहन सक्दैनन्। सामर्थ्य पाउनको लागि तिमीहरूले सत्यतालाई बुझेको हुनैपर्छ। त्यसकारण, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासमा, तिमीहरू तीक्ष्ण बौद्धिकता भएको हुनैपर्छ, तिमीहरूले परमेश्‍वरका वचनहरूलाई गम्‍भीरता पूर्वक लिनैपर्छ, र आफैलाई चिन्‍ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ। सत्यतालाई बुझेर, जानेर अनि अनुभव गरेर तिमीहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍नैपर्छ; त्यसपछि मात्रै तिमीहरूले पवित्र आत्‍माको कार्य प्राप्त गर्नेछौ। पवित्र आत्‍माको कार्य असाधारण रूपमा व्यवहारिक छ। कतिपय मानिसहरूसँग सत्यतालाई बुझ्‍ने क्षमता हुन्छ, तैपनि तिनीहरूसँग पवित्र आत्‍माको कार्यको बारेमा कुनै व्यक्तिगत अनुभव हुँदैन। अघि बढ्ने क्रममा, तिमीहरूले सानोभन्दा सानो अनुभूतिहरूलाई, र सानोभन्दा सानो ज्योतिलाई ध्यान दिनुपर्छ। तँलाई केही हुँदा, प्रत्येकपटक तैँले यसलाई अवलोकन गर्नुपर्छ र यसलाई सत्यताको दृष्टिकोणले हेर्नुपर्छ, अनि त्यसो गरेर, तैँले क्रमिक रूपमा सही मार्गमा पाइला चाल्‍नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सबै थोकलाई सत्यताको आँखाले हेर”

यदि परमेश्‍वरमा मानिसहरूको विश्‍वासमा उनीहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् र यदि उनीहरूको हृदय उहाँमा छैन भने र उहाँको अभिभारालाई उनीहरूले आफ्नै अभिभाराको रूपमा लिँदैनन् भने, उनीहरूले गर्ने सबै कुरा परमेश्‍वरलाई बेइमान गर्ने काम, धार्मिक मानिसहरूको नमूनाको काम हो र उनीहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्। यस प्रकारको व्यक्तिबाट परमेश्‍वरले केही पनि प्राप्त गर्न सक्नुहुन्न। यस प्रकारका व्यक्तिले परमेश्‍वरको घरमा अनावश्यक र प्रयोगहीन सजावट जस्तै, परमेश्‍वरको काममा प्रतिभारको रूपमा मात्र काम गर्न सक्छ। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई कुनै कामको लागि पनि प्रयोग गर्नुहुन्न। यस प्रकारको व्यक्तिमा पवित्र आत्माको कामको लागि कुनै अवसर नहुने मात्र होइन, ऊ पूर्णता हुनुमा समेत कुनै मूल्य हुँदैन। यस प्रकारका व्यक्ति, सच्चाइमा जिउँदो लास हो। यस्ता मानिसहरूमा पवित्र आत्माले प्रयोग गर्न सक्ने केही कुरा पनि हुँदैन, तर यसको विपरीत, उनीहरू सबै शैतानद्वारा हडपिएका र पूरै भ्रष्ट बनेका छन्। परमेश्‍वरले यी मानिसहरूलाई निष्कासन गर्नुहुनेछ। हाल, मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले उनीहरूका ती भागहरू, जुन काम पूरा गर्नको लागि वाञ्छनीय हुन्छन्, तिनीहरू प्रयोग मात्र गर्नुहुन्न, उहाँले उनीहरूका अवाञ्छनीय भागहरूलाई सिद्ध बनाउने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तेरो हृदय परमेश्‍वरमा अर्पित गर्न सकिस् र उहाँको सामुन्ने शान्त रहन सकिस् भने, पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस् र अझ बढी, पवित्र आत्माको लागि तेरा कमजोरीहरूलाई राम्रो बनाउने अवसर तैँले पाउनेछस्। जब परमेश्‍वरलाई तँ आफ्‍नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षमा, तैँले अझ गहन प्रवेश गर्न पाउनेछस् र अन्तर्दृष्टिको उच्च तह प्राप्त गर्न सक्नेछस्। नकारात्मक पक्षमा, तँलाई तेरा आफ्नै गल्तीहरू र कमजोरीहरूको बढी जानकारी हुनेछ, परमेश्‍वरको इच्छा पूरा गर्ने खोजीमा तँ बढी उत्सुक हुनेछस् र तँ निष्क्रिय हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्नेछस्। तसर्थ, तँ सही व्यक्ति बन्नेछस्। परमेश्‍वरका सामुन्ने तेरो हृदय शान्त रहन सक्षम छ भन्‍ने मान्दा, पवित्र आत्माबाट तैँले प्रशंसा प्राप्त गर्छस् वा गर्दैनस् र तैँले परमेश्‍वरलाई खुशी राख्छस् वा राख्दैनस् भन्‍ने कुराको कुञ्‍जी तँ सक्रिय रूपमा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्ने हो। जब पवित्र आत्माले कुनै व्यक्तिलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र उनीहरूको प्रयोग गर्नुहुन्छ, यसले उनीहरूलाई कहिल्यै पनि नकारात्मक बनाउँदैन बरु उनीहरूलाई सक्रिय रूपमा प्रगति गर्ने बनाउँछ। उक्त व्यक्तिमा कमजोरीहरू भए पनि उनीहरू ती कमजोरीहरूमा आधारित भएर उनीहरूको जीवन निर्वाह गर्ने मार्गबाट टाढा रहन सक्छन्। उनीहरूले आफ्नो जीवन वृद्धिको विलम्बलाई टार्न सक्छन् र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्ने खोजीलाई निरन्तरता दिन्छन्। यो एउटा मापदण्ड हो। यदि तैँले यसलाई प्राप्त गर्न सकिस् भने, तैँले पवित्र आत्माको उपस्थिति प्राप्त गरेको यो पर्याप्त प्रमाण हो। यदि कुनै व्यक्ति सधैँ नकारात्मक छ, र यदि अन्तर्दृष्टि प्राप्त गरेपछि पनि र आफूलाई चिन्न सक्षम भए पछि पनि, उनीहरू नकारात्मक र निष्क्रिय नै रहे र खडा हुन र परमेश्‍वरसँग सहकार्य गर्न सकेनन् भने, यस्ता प्रकारका व्यक्तिले परमेश्‍वरको कृपा मात्र प्राप्त गर्छ तर उनीहरूसँग पवित्र आत्मा रहनुहुनेछैन। जब कुनै व्यक्ति नकारात्मक छ, यसको अर्थ उनीहरूको हृदय परमेश्‍वरतिर फर्किएको छैन र उनीहरूको आत्मा परमेश्‍वरको आत्माद्वारा प्रभावित भएको छैन। यो सबैले बुझ्नुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

पवित्र आत्‍माको कार्यका आफ्‍नै सिद्धान्तहरू छन्, र यो सर्तपूर्ण छ। पवित्र आत्‍माले सामान्यतया कस्तो प्रकारको व्यक्तिमा काम गर्नुहुन्छ? पवित्र आत्‍माको कार्य प्राप्त गर्नको लागि व्यक्तिमा के हुनुपर्छ? आफ्‍नो विश्‍वासमा, व्यक्तिले के कुरा स्पष्ट रूपमा बुझ्‍नुपर्छ भने पवित्र आत्‍माको कार्य प्राप्त गर्नको लागि, कम्तीमा पनि व्यक्तिसँग विवेक र इमानदार हृदय हुनुपर्छ, र उसको विवेकमा इमानदारिताका तत्वहरू हुनुपर्छ। तँमा इमानदार हृदय भएपछि मात्रै—साथै व्यक्तिको मानवतामा हुनैपर्ने विवेक र तर्क भएपछि मात्रै—पवित्र आत्‍माले तँमा काम गर्न सक्‍नुहुन्छ। परमेश्‍वरले व्यक्तिको हृदयको गहिराइमा हेर्नुहुन्छ र सबै कुरा अवलोकन गर्नुहुन्छ भनेर मानिसहरूले सधैँ भन्छन्। तैपनि, किन कतिपयले पवित्र आत्‍माबाट कहिल्यै अन्तर्दृष्टि पाउँदैनन्, किन तिनीहरूले कहिल्यै पनि अनुग्रह प्राप्त गर्न सक्दैनन्, किन तिनीहरूसँग कहिल्यै आनन्द हुँदैन, किन तिनीहरू जहिल्यै नकारात्मक र निराश हुन्छन्, र किन तिनीहरू सकारात्मक बन्‍न सक्दैनन् त्यो कुरा मानिसहरूलाई कहिल्यै थाहा हुँदैन। तिनीहरूका स्थितिहरूलाई हेर। यी मानिसहरूमध्ये एक जनामा पनि कार्यशील विवेक वा इमानदार हृदय छैन। जोसँग शान्ति र आनन्द छन्, जो सधैँ सक्रिय हुन्छन् र जसले आफ्‍ना कर्तव्यहरूको प्रस्तुतिलाई सुधार गरिरहेका हुन्छन्, जसले सधैँ केही न केही प्राप्त गर्छन्, जोसँग सधैँ बुझाइ हुन्छ, र जसले केही समयपछि आफ्‍ना प्रयासहरूबाट केही न केही प्राप्त गर्छन्—के तिनीहरूले जे प्राप्त गर्छन् त्यो तिनीहरूका कल्‍पनाहरूद्वारा हासिल हुन्छ र? के ती कुराहरू पुस्तक-पुस्तिका अध्ययन गरेर सिकिन्छ र? तिनीहरूलाई कसरी प्राप्त गरिन्छ त? के पवित्र आत्माको कामलाई हटाउन सकिन्छ त? (सकिँदैन।) पवित्र आत्‍माको कार्य नै मुख्य कुरा हो। जब तँमा इमानदार हृदय, र व्यक्तिमा मानवता हुनका लागि चाहिने विवेक र तर्कशक्ति छ भने, परमेश्‍वरले तँलाई अवलोकन गर्नुहुनेछ। के तिमीहरूले पवित्र आत्‍माले कसरी काम गर्नुहुन्छ त्यसको ढाँचा पत्ता लगाएका छौ? पवित्र आत्‍माले सामान्यतया इमानदार हृदय भएकाहरूमा काम गर्नुहुन्छ, र मानिसहरू समस्यामा पर्दा र तिनीहरूले सत्यताको खोजी गरिरहेको बेलामा उहाँले काम गर्नुहुन्छ। अलिकति पनि मानव तर्कशक्ति वा विवेक नभएकाहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुनेछैन। यदि कुनै व्यक्ति अत्यन्तै इमानदार छ तर, केही समय अवधिदेखि, उसको हृदय परमेश्‍वरबाट टाढा गएको छ, उसँग सुधारको कुनै इच्‍छा छैन, ऊ नकरात्मक स्थितिमा झर्छ र यसबाट निस्कँदैन भने, जब उसले आफ्‍नो स्थितिलाई सुधार गर्न प्रार्थना गर्दैन वा सत्यताको खोजी गर्दैन, र उसले सहकार्य गर्दैन, तब उसको स्थितिमा बेला-बेलामा आउने अन्धकारमय अवस्था वा उसको अस्थायी पतनको अवधिमा पवित्र आत्‍माले उसमा काम गर्नुहुनेछैन। त्यसो भए, मानवताको चेतना नभएको कुनै व्यक्तिमा पवित्र आत्‍माले कसरी काम गर्न सक्‍नुहुन्छ? त्यो त झनै असम्‍भव कुरा हो। त्यसो भए, त्यस्ता मानिसहरूले के गर्नुपर्छ? के तिनीहरूले पछ्याउनुपर्ने कुनै मार्ग छ? तिनीहरूले सच्‍चा रूपमा पश्‍चात्ताप गर्नुपर्छ र तिनीहरू इमानदार मानिसहरू बन्‍नुपर्छ। कुनै मानिस कसरी इमानदार व्यक्ति बन्‍न सक्छ? पहिले, तेरो हृदय परमेश्‍वरको निम्ति खुला हुनैपर्छ, र तैँले परमेश्‍वरबाट सत्यताको खोजी गर्नैपर्छ; तैँले सत्यतालाई बुझिसकेपछि, यसलाई अभ्यास गर्नैपर्छ। त्यसपछि तैँले परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुनैपर्छ र परमेश्‍वरलाई तँमाथि नियन्त्रण गर्न दिनुपर्छ। यसरी मात्रै परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ। तैँले सुरुमा आफ्‍नो प्रतिष्ठा र अभिमानलाई पन्छाउनुपर्छ, अनि तेरा आफ्‍नै रुचिहरूलाई त्याग्‍नुपर्छ। सर्वप्रथम तिनलाई पन्छाउने प्रयास गर्, अनि तिनलाई पन्छाइसकेपछि, आफ्‍नो सम्पूर्ण शरीर र प्राणलाई तेरो कर्तव्य र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने कार्यमा लगा, त्यसपछि परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ सो हेर्, तँभित्र शान्ति र आनन्द पैदा हुन्छ कि हुँदैन, तँसँग यो कुराको निश्‍चयता हुन्छ कि हुँदैन हेर्। सुरुमा तैँले सच्‍चा रूपमा पश्‍चात्ताप गर्नुपर्छ, आफैलाई समर्पण गर्नुपर्छ, परमेश्‍वरको निम्ति आफ्‍नो हृदयलाई खोल्‍नुपर्छ, र तैँले बहुमूल्य ठान्‍ने कुराहरूलाई पन्छाउनुपर्छ। यदि परमेश्‍वरलाई अनुरोधहरू गर्ने क्रममा यदि तैँले ती कुराहरूलाई निरन्तर पक्रिराखिस् भने, के तैँले पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न सक्‍नेछस् त? पवित्र आत्‍माको कार्य सर्तपूर्ण छ, र परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुने पवित्र परमेश्‍वर हुनुहुन्छ। यदि मानिसहरूले सधैँ यी कुराहरूलाई पक्रिरहन्छन्, आफैलाई निरन्तर बन्द गरी परमेश्‍वरबाट टाढा रहन्छन् र परमेश्‍वरको कार्य र अगुवाइलाई अस्वीकार गरिरहन्छन् भने, परमेश्‍वरले तिनीहरूमा काम गर्न छोड्नुहुनेछ। परमेश्‍वरले हरेक व्यक्तिमा काम गर्नुपर्छ, वा उहाँले तँलाई यो र त्यो गर्न जबरजस्ती गर्नुपर्छ भन्ने छैन। उहाँले तँलाई त्यसो गर्न बाध्य गर्नुहुन्‍न। दुष्ट आत्‍माहरूको काम भनेको मानिसहरूलाई यो र त्यो गर्न बाध्य पार्नु हो, र यसले मानिसहरूलाई वशमा पार्ने र नियन्त्रण गर्ने समेत गर्छ। पवित्र आत्‍माले विशेषतः भद्र प्रकारले काम गर्नुहुन्छ; उहाँले तँलाई प्रभावित गर्नुहुन्छ, र तैँले त्यो महसुस गर्दैनस्। तँलाई कुनै कुरा अवचेतन रूपमा आफूले बुझेको वा महसुस गरेको मात्रै अनुभूति हुन्छ। पवित्र आत्‍माले मानिसहरूलाई यसरी नै प्रभावित गर्नुहुन्छ, र, यदि तिनीहरू समर्पित भए भने, तिनीहरूले आफूलाई साँचो रूपमा पश्‍चात्ताप गर्न सक्षम पाउनेछन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”

भित्री अन्तस्करणमा, मानिसहरूले केही खराब स्थितिहरूलाई स्थान दिएका हुन्छन्—नकारात्मकता, कमजोरी, र नैराश्‍यता वा नाजुकता; वा अटुट नीच अभिप्राय; वा सधैँ प्रतिष्ठा, स्वार्थी इच्छा, र आफ्‍नै फाइदाहरूको बारेमा चिन्ता गरेर बसिरहने; वा तिनीहरूले आफैलाई कमजोर क्षमता भएको र आफूमा निश्‍चित नकारात्मक स्थितिहरू छन् भन्‍ने सोच्छन्। जब तँ निरन्तर रूपमा यस्ता स्थितिहरूमा जिउँछस्, तैँले पवित्र आत्‍माको कार्य प्राप्त गर्नु निकै कठिन हुन्छ। यदि तँलाई पवित्र आत्माको कार्य प्राप्त गर्न कठिन भयो भने, तैँले आफूभित्र निकै थोरै सकारात्मक कुराहरूलाई मात्र स्थान दिनेछस्, र तैँले सत्यता प्राप्त गर्नु अत्यन्तै कठिन हुनेछ। संयमताको अभ्यास गर्न, हिचकिचाउँदै यो र त्यो तरिकाले आफूलाई काबुमा राख्‍नको लागि मानिसहरू सधैँ आफ्‍नो इच्‍छाशक्तिमा भर पर्छन्, तर तिनीहरूले अझै आफूलाई ती नकारात्मक वा प्रतिकूल स्थितिहरूबाट मुक्त गर्न सक्दैनन्। यसको एउटा कारण मानव तर्कहरू हुन्; मानिसहरूले आफूलाई सुहाउँदो अभ्यासको मार्ग भेट्टाउन सक्दैनन्। अर्को कारण—अनि यो पनि मुख्य कारण नै हो—के हो भने, मानिसहरू सधैँ यी नकरात्मक, निराश, भ्रष्ट स्थितिहरूमा पर्छन्, र पवित्र आत्‍माले काम गर्नुहुन्‍न। उहाँले तिनीहरूलाई कहिलेकहीँ अन्तर्दृष्टि दिनुभए पनि, उहाँले तिनीहरूमा मुख्य काम गर्नुहुन्‍न। तसर्थ, कार्य गर्नको लागि मानिसहरूलाई ठूलो प्रयासको आवश्यकता हुन्छ, र तिनीहरूले कुनै कुरा देख्‍न र बुझ्‍न कठिन हुन्छ। तैँले अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्न कठिन हुन्छ, र ज्योति प्राप्त गर्न अत्यन्तै कठिन हुन्छ, किनभने तँभित्रका सबै स्थानमा अत्यन्तै धेरै नकरात्मक र प्रतिकूल कुराहरूले बास लिएका हुन्छन्। यदि कुनै व्यक्तिलाई पवित्र आत्‍माद्वारा अन्तर्ज्ञानी तुल्याइन सकिँदैन, र उक्त व्यक्तिले पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्दैन भने, उसले यी स्थितिहरूलाई त्याग्‍न वा यी नकारात्मक स्थितिहरूलाई रूपान्तरण गर्न सक्दैन; पवित्र आत्‍माले काम गर्नुहुन्‍न, र तैँले अगाडिको मार्ग भेट्टाउन सक्दैनस्। यी दुवै कारणहरूले गर्दा, तैँले सकारात्मक, सामान्य स्थिति प्राप्त गर्न कठिन हुन्छ। तैँले आफ्‍ना कर्तव्यहरू पूरा गर्नको लागि दृढ भई लागिपर्न र कठिन परिश्रम गर्न सक्‍ने भए पनि, र तैँले धेरै प्रयास लगाएको भए पनि र तँ आफ्‍नो घर र पेसालाई त्याग्‍न, र सबै कुरालाई पूर्ण रूपमा छोड्न सक्षम भएको भए पनि, तेरो भित्री स्थिति अझै पनि वास्तविक रूपमा परिवर्तन भएको छैन। तँलाई सत्यताको अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्नबाट रोक्दै धेरै बन्धनहरूले तँलाई अझै कैदी बनाएका छन्। तँभित्रको स्थानलाई धेरै कुराले ओगटेका छन्: व्यक्तिगत धारणा, कल्‍पना, ज्ञान, र जिउनेसम्‍बन्धी दर्शनहरू, साथै नकरात्मक कुराहरू, स्वार्थी इच्‍छा र आत्म-रुचिहरू, प्रतिष्ठाको बारेमा चिन्ता, र अरूसँगका विवादहरू। मानिसहरूभित्र कुनै पनि सकारात्मक कुरा छैन। तिनीहरूका मन-मष्तिष्क नकारात्मक र प्रतिकूल सोचविचारहरूले भरिएका छन्; यो कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। तिनीहरूको हृदय शैतानी कुराहरूले भरिएको र बास गरेका छन्। यदि तैँले यी कुराहरूलाई हटाउँदैनस् भने, यदि तैँले यी स्थितिहरूबाट आफूलाई मुक्त गर्न सक्दैनस् भने, यदि तँ सच्‍चा रूपमा बालकको जस्तो स्वरूपमा रूपान्तरण भएर—निर्दोष, जीवन्त, निष्कपट, सच्‍चा र विशुद्ध भएर—परमेश्‍वरको छेउमा आउन सक्दैनस् भने, र यदि तँ उहाँको सामुन्ने आउँदैनस् भने, तैँले सत्यता प्राप्त गर्न अत्यन्तै कठिन हुनेछ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”

फूटनोट:

क. मूल पाठमा “दृष्टान्तको” भन्ने शब्‍द समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्