भूतपिशाच लाग्नु भनेको के हो र भूतपिशाच लागेको अवस्थाको के-कस्ता प्रकटीकरणहरू हुन्छन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

यदि, वर्तमान दिनका दौरान, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू निकाल्न, बिरामीलाई निको पार्न, र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुनु छ भने, र यदि आएकाहरू येशू हुनुहुन्छ भन्ने यो व्यक्तिले दाबी गर्छ भने, यो येशूलाई नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्पर विरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथियो। येशू एक पटक पहिले नै आइसक्नु भएकाले, यदि येशू यो पटक फेरि आउनुभयो भने, यो गलत हुनेथियो। प्रत्येक युगको लागि एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतलाई निकाल्नुपर्छ, र सधैँ येशू जस्तै हुनुपर्छ। तर पनि यस पटक, परमेश्‍वर यस्तो हुनुहुन्न। यदि, आखिरी दिनहरूमा, अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभयो भने, र अझ पनि भूतप्रेतहरूलाई निकाल्नुभयो र बिरामीलाई निको पार्नुभयो भने—यदि उहाँले येशूले गर्नुभए जस्तै ठ्याक्कै गर्नुभयो भने—परमेश्‍वरले उही काम दोहोर्याउनुभएको हुनेथियो, र येशूका कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई दुष्ट आत्माहरूले चाँडै नै नक्कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरीका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्नथ्यो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्छन् भने त्यो यथार्थ परक हुनेथियो। यदि तिनीहरूले आफ्‍ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्छन् भने त्यो पनि यथार्थ परक हुनेछ र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथियो। यदि पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, तिनीहरूले परमेश्‍वरबाट अन्तर्दृष्टि पाएका छन् र प्रत्येक क्षण पवित्र आत्माद्वारा छोइएका छन् र हरसमय नयाँ ज्ञान प्राप्त गर्दछन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्माहरू हुन् भन्‍नेमा कुनै शङ्का छैन! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदा समेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्दछ भने—मानिसको बारेमा त झन् केही नभने हुन्छ। दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्न सक्छन्, तिनीहरू भावनाबाट मुक्त हुन्छन्, यातना सहन सक्ने हुन्छन् र अलिकति पनि थकान महसुस गर्दैनन्, मानौं तिनीहरूले शरीरलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! विवेकको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसित जोश छ, ठूलो विश्‍वास छ भनी तिनीहरू भन्छन्, र कमजोरीको सानोभन्दा सानो चिन्‍ह समेत कहिल्यै देखाउँदैनन्! वास्तवमा ती सबै दुष्ट आत्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही नै हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

यस्ता केही मानिसहरू छन्, जो समस्या पैदा नहुँदा सामान्य नै हुन्छन्, सामान्य रूपमा नै बोल्‍ने र कुराकानी गर्ने गर्छन्, जो सामान्य नै देखिन्छन्, र जसले कुनै पनि खराब कुरा गर्दैनन्। तर जब भेलाहरूमा परमेश्‍वरका वचनहरू पढिन्छ, जब सत्यताको बारेमा सङ्गति गरिन्छ, तब तिनीहरू अचानक असामान्य व्यवहार गर्न थाल्छन्। कतिपय सुन्‍नै सक्दैनन्, कतिपय झुल्छन्, र कतिपय बिरामी पर्छन्, र तिनीहरूले आफूलाई नरमाइलो लाग्यो र अबउप्रान्त सुन्‍न चाहँदैनौं भनी भन्छन्। त्यसपछि तिनीहरू पूर्ण रूपमा चेतनाविहीन हुन्छन्—यहाँ वास्तवमा के भइरहेको हुन्छ? तिनीहरूलाई दुष्ट आत्मा लागेको हुन्छ। तिनीहरूलाई दुष्ट आत्मा लागेको बेला, किन तिनीहरू “म यो सुन्‍न चाहन्‍नँ” भनी भनिरहन्छन् त? के भइरहेको हुन्छ भनेर कहिलेकहीँ मानिसहरूले बुझ्‍न सक्दैनन्, तर दुष्ट आत्माको लागि यो पूर्ण रूपमा स्पष्ट हुन्छ। यो ख्रीष्टविरोधीहरूभित्र हुने दुष्ट आत्मा हो। तिनीहरू सत्यताप्रति किन तिनीहरू यति शत्रुवत् छन् भनी तैँले तिनीहरूलाई सोधिस् भने, तिनीहरूले हामी यस्तो छैनौं भनी भन्छन्, अनि तिनीहरूले यस कुरालाई स्वीकार गर्न मान्दै मान्दैनन्। तर तिनीहरूको हृदयमा, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जब परमेश्‍वरका वचनहरू पढिएको हुँदैन, तब तिनीहरू अरूसँग अन्तरक्रिया गरिरहेको बेला सामान्य नै देखिन्छन्। तिनीहरूभित्र के छ सो तँलाई थाहा हुँदैन। जब तिनीहरूले प्रयास गर्दै परमेश्‍वरका वचनहरू पढ्छन्, तब “म यो सुन्‍न चाहन्‍नँ” भन्‍ने शब्‍दहरू निस्‍कन्छन्; तिनीहरूको प्रकृति खुलासा भएको हुन्छ, र तिनीहरू‍ यस्तै नै हुन्छन्। के परमेश्‍वरका वचनहरूले तिनीहरूलाई भड्काएको हुन्छ, वा तिनीहरूको खुलासा गरेको हुन्छ, वा तिनीहरूलाई दुख्‍ने ठाउँमा हिर्काएको हुन्छ? माथिको कुनै पनि होइन। के भएको हो भने, जब सबैले परमेश्‍वरका वचनहरू पढिरहेका हुन्छन्, तिनीहरूले यसलाई सुन्‍न चाहन्न भनेर भन्छन्। के तिनीहरू दुष्ट होइनन् र? दुष्ट हुनु भनेको के हो त? यसको अर्थ कुनै कुराप्रति र सकरात्मक कुराप्रति कुनै पनि स्पष्ट कारण र किन यस्तो भयो भन्‍ने थाहै नभई नै शत्रुवत् हुनु हो। तिनीहरू भन्छन्, “मैले परमेश्‍वरका वचनहरू सुन्‍नेबित्तिकै, मलाई ती सुन्‍न मन लाग्दैन; मैले परमेश्‍वरको गवाही सुन्‍नेबित्तिकै, मलाई अनिच्छा हुन्छ, र किन यसो भयो भन्‍नेसमेत मलाई थाहा छैन। जब म सत्यताको खोजी गर्ने, वा सत्यतालाई प्रेम गर्ने कसैलाई देख्छु, तिनीहरूलाई चुनौती दिन मलाई मन लाग्छ, मलाई सधैँ तिनीहरूलाई हप्काउन मन लाग्छ, तिनीहरूको पछाडि तिनीहरूलाई हानि गर्ने कुनै कार्य गर्न मन लाग्छ, तिनीहरूलाई मार्न मन लाग्छ।” यसो भनेको कारण तिनीहरू दुष्ट हुन्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (१)”

के तिमीहरूले कहिल्यै ख्रीष्टविरोधीहरूको यस्तो भीडभाड देखेका छौ? यति तँ तिनीहरूमध्येको एक होस् भने तँलाई कस्तो लाग्छ? बाहिरी रूपमा तिनीहरू पूर्ण रूपमा भद्रतापूर्ण देखिन्छन्—तर जब तैँले तिनीहरूसँग सत्यता र परमेश्‍वरको इच्छाको बारेमा सङ्गति गर्छस्, तब तिनीहरूले देखाउने आचरण तिनीहरूको बाहिरी भद्रताभन्दा ठ्याक्कै उल्टो हुन्छ, अर्थात् तिनीहरूमा अत्यन्तै अरुचि र अनिच्छा पैदा हुन्छ। जब तैँले तिनीहरूसँग सत्यताको बारेमा सङ्गति गर्छस्, तब तिनीहरूले तँ बाह्य व्यक्ति भएको अनुभूति गर्छन् र जब तैँले मण्डलीको कामको बारेमा सङ्गति गर्छस्, तब तिनीहरूले झन् बढी रूपमा त्यस्तै अनुभूति गर्छन्; जब तैँले मण्डलीको कामको विशिष्ट कुराहरू कार्यान्वयन गरिए कि गरिएनन्, र तिनलाई कति राम्ररी कार्यान्वयन गरिए भन्ने बारेमा सङ्गति गर्छस्, तब तिनीहरू टाउको हल्‍लाउन थाल्छन् र नरपिशाचको स्वरूप प्रकट गर्न थाल्छन्, तिनीहरूले टाउको कन्याउँछन्, कान कोट्याउँछन्, हाइ गर्छन्, आँखामा आँसु ल्याउँछन्, र तिनीहरूले हाच्छिउँ समेत गर्न सक्छन्। यो दुष्ट आत्माद्वारा नियन्त्रित हुनु होइन र? तैँले सत्यताको सङ्गति सुरु हुनेबित्तिकै किन तिनीहरूको नरपिशाचको स्वरूप देखा पर्छ त? के तिनीहरूमध्ये हरेकको हृदयमा धेरै प्रेम हुँदैन र? तैँले सत्यताको बारेमा सङ्गति गर्न सुरु गर्न थालेपछि तिनीहरूले कसरी रुचि गुमाउन सक्छन्? के त्यसरी तिनीहरू आफै खुलासा हुँदैनन् र? के तिनीहरूसँग बाह्य कार्यहरूलाई अघि बढाउने बारेमा ठूलो उत्साह र प्रतिबद्धता हुँदैन र? अनि यदि तिनीहरू प्रतिबद्ध छन् भने, के तिनीहरूले वास्तविकता धारण गरेका हुँदैनन् र? यदि तिनीहरूसँग वास्तविकता छ भने, मानिसहरूले सत्यताको बारेमा सङ्गति गरेको सुन्दा तिनीहरू खुसी हुनुपर्छ, तिनीहरूले यसको उत्कट चाहना गर्नुपर्छ। त्यसो भए, दुष्ट आत्माद्वारा अधीनमा लिइने घटना किन पैदा हुन्छ त? यसले तिनीहरूको प्राय देखिने भद्रता पूर्ण रूपमा झूटो हो भन्ने प्रमाणित गर्छ—सत्यताले तिनीहरूलाई उदाङ्गो पारेको हुन्छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले परमेश्‍वरको घरलाई तिनीहरूको आफ्नै व्यक्तिगत घरपरिवारजस्तै व्यवहार गर्छन्”

दाजुभाइ-दिदीबहिनीहरूले भेद छुट्याउने क्षमता प्राप्त गरून् र व्यवहारिक पाठ सिकून् भनेर, परमेश्‍वरले भूत लागेको कुनै व्यक्तिलाई तिनीहरूका बीचमा बस्‍ने बन्दोबस्त गर्नुभएको हुन्छ। सुरुमा, यो व्यक्तिको बोल्‍ने र काम-कुरा गर्ने शैली, साथै तिनीहरूको तर्क सामान्य नै हुन्छ; ऊ समस्या ल्याउने जस्तो देखिँदै देखिँदैन। तर सम्पर्कको केही अवधिपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसले भन्‍ने हरेक कुरा खास अर्थभन्दा फरक छन् भन्‍ने पत्ता लगाएका हुन्छन्—यसमा कुनै सन्दर्भ नै मिलेको हुँदैन। पछि, निश्‍चित “अलौकिक” घटनाहरू घट्दा, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ मैले यो वा त्यो देखेँ वा परमेश्‍वरले मलाई फलानो-फलानो कुरा प्रकट गर्नुभयो भनेर भन्छ। उदाहरणको लागि, एक दिन, उसले बाफमा पकाएको रोटी बनाउनुपर्छ भनेर परमेश्‍वरले उसलाई प्रकाश दिनुभयो—उसले त्यसै गर्नुपर्‍यो—त्यसको भोलि, के हुन पुग्‍यो भने, ऊ बाहिर जानुपर्‍यो, त्यसकारण उसले आफ्‍नो साथमा उक्त रोटी लग्यो र उसले अरू कुनै खानेकुरा लैजानु परेन। त्यसको भोलिपल्ट, ऊ दक्षिणतिर लाग्‍नुपर्छ भनेर परमेश्‍वरले उसलाई सपनामा प्रकाश दिनुभयो; छ माइलअगाडि उसलाई कसैले पर्खिरहेको थियो। ऊ हेर्न गयो, र त्यहाँ येशूको विश्‍वासी बाटो अलमलिएर बसिरहेको रहेछ; उसले ती विश्‍वासीलाई परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा गवाही दिए, र तिनीहरूले यसलाई ग्रहण गरे। उनले सधैँ प्रकाशहरू पाइरहेका हुन्थे, उसले सधैँ आवाजहरू सुनिरहेका हुन्थे, अलौकिक घटनाहरू जहिल्यै घटिरहेका हुन्थे। हरेक दिन, के खाने, कहाँ जाने, के गर्ने, कोसँग कुराकानी गर्ने भन्नेबारेमा, उसले कहिल्यै पनि सामान्य मानव जीवनको नियमहरूलाई पछ्याएन, न त उसले आधार वा सिद्धान्तको रूपमा परमेश्‍वरका वचनहरूलाई नै खोज्यो, न त उसले सङ्गति गर्न मानिसहरूको खोजी नै गर्‍यो। बरु, उसले सधैँ आवाज, वा प्रकाश, वा सपनाको लागि प्रतीक्षा गर्थ्यो। के यो व्यक्ति सामान्य थियो? (थिएन।) कतिपय मानिसहरूले उसको वास्तविकता देख्‍न सके र भने: “यो मान्छे नाङ्गै र फोहोरी भएर सडकमा दौडिरहेको नहुन सक्छ, तर यी त दुष्ट आत्माका प्रकटीकरणहरू हुन्।” बिस्तारै तर अवश्य नै, दाजुभाइ-दिदीबहिनीहरूले उसको वास्तविकतालाई देख्‍न थाले, अनि एक दिन उसको समस्या विस्फोट भयो र ऊ पागलजस्तो बोल्दै नाङ्गै र फोहोरी अवस्थामा सडकहरूतिर दगुर्न थाल्यो। दुष्ट आत्मा देखा पर्‍यो; आखिरमा वास्तविकता प्रकट भयो। तसर्थ यो अवधिमा, के दाजुभाइ-दिदीबहिनीहरूले उसको वास्तविकतालाई देख्‍न सके त? के तिनीहरूले दुष्ट आत्मा के हो, दुष्ट आत्माको काम के हो, र मानिसहरूमा दुष्ट आत्माका प्रकटीकरणहरू के-के हुन् भन्‍ने बारेमा ज्ञान पाए त? (पाए।) कतिपय मानिसहरूले अवश्‍य नै ज्ञान र भेद छुट्याउने क्षमता पाए। कतिपय मानिसहरू पक्‍कै पनि ऊद्वारा बहकिए, र उसको समस्या विस्फोट हुँदा मात्रै तिनीहरूले उसको वास्तविकतालाई देखे। तर तिनीहरू बहकिएका भए पनि वा तिनीहरूले उसको वास्तविकतालाई देख्‍न सके पनि, यदि परमेश्‍वरले यो वातावरणको बन्दोबस्त नगर्नुभएको भए, दुष्ट आत्माको काम के हो भन्‍ने बारेमा के मानिसहरूले स्पष्ट रूपमा जान्नेथिए त? (थिएनन्।) परमेश्‍वरले यो वातावरण बन्दोबस्त गर्नु र यी कार्यहरू गर्नुपछाडिको महत्त्व र उद्देश्य के थियो त? यो मानिसहरूलाई भेद छुट्याउने व्यवहारिक क्षमताको विकास गर्न र पाठ सिक्‍न, अनि यस प्रकारको व्यक्तिलाई पहिचान गर्न सिकाउनु थियो। यदि शिक्षकले पाठ पढाएझै, कुनै पनि वास्तविक अभ्यास वा व्यवहारिक प्रयोगविना नै दुष्ट आत्माको कामको बारेमा बताइएको भए, मानिसहरूले सिद्धान्त र शब्‍दहरू मात्रै प्राप्त गर्नेथिए। तैँले व्यक्तिगत रूपमा देखेको छस् भने मात्रै, अर्थात् तैँले आफ्‍नै आँखाले देखेको छस्, आफ्‍नै कानले सुनेको छस् भने मात्रै, तैँले दुष्ट आत्माको काम के हो, र यसका निश्‍चित प्रकटीकरणहरू के-के हुन् भन्‍ने कुरालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्। अनि जब तैँले त्यस्ता मानिसहरूलाई फेरि देख्छस्, तैँले तिनीहरूलाई पहिचान गर्न र तिनीहरूलाई इन्कार गर्न सक्‍नेछस्; तैँले त्यस्तो अवस्थालाई उचित रूपमा सम्‍बोधन गर्न र सम्‍हाल्‍न सक्‍नेछस्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र ख्रीष्टको सारलाई इन्कार गर्छन् (१)”

प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीका लागि समस्या उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा हस्तक्षेप गर्दछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्‍वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई अलग गर्छन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्‍लो घस्‍ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” प्रायः मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ सुटुक्क यताउता जान्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “दिमागी भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई उनीहरूले बाहिर निकालिदिन्छन्, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अन्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैंले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैंले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्