परमेश्वरले किन दुष्ट आत्माहरूको काम बोक्ने वा भूतपिशाच लागेको व्यक्तिहरूलाई मुक्ति दिनुहुन्न
परमेश्वरका प्रासंगिक वचनहरू:
मैले धेरै पहिलेदेखि दुष्टात्माका विभिन्न कार्यहरू स्पष्टसँग देखेको छु। र दुष्टात्माद्वारा प्रयोग गरिएका मानिसहरू (गलत मनसाय भएका व्यक्तिहरू, देह र धनको लालसा गर्नेहरू, आफूलाई बढुवा दिनेहरू, मण्डलीलाई बाधा दिनेहरू, आदि) प्रत्येकलाई पनि मैले देखेको छु। दुष्टात्मा बाहिर निकालिएपछि सबै समाप्त हुन्छ भनेर नसोच्। म तँलाई भन्दछु! अबदेखि, म यी व्यक्तिहरूलाई कहिल्यै प्रयोग नगर्ने गरी एक-एक गर्दै हटाउनेछु! भन्नुको अर्थ, दुष्टात्माद्वारा भ्रष्ट पारिएको कुनै पनि व्यक्तिलाई म प्रयोग गर्नेछैन, अनि त्यसलाई बाहिर निकालिनेछ! मसँग भावनाहरू छैनन् भनेर नसोच्! यो जान्! म पवित्र परमेश्वर हुँ, र म फोहोर मन्दिरमा बस्दिनँ। म ती इमानदार र बुद्धिमान् मानिसहरूलाई मात्र प्रयोग गर्दछु जो मप्रति पूर्ण बफादार छन् र मेरो बोझको बारेमा सोच्छन्। किनकि त्यस्ता मानिसहरू मद्वारा पूर्वनियुक्त गरिएका थिए, र तिनीहरूमा दुष्टात्माहरूले अलिकति पनि काम गरिरहेका हुँदैनन्। म एउटा कुरा स्पष्ट पार्छु: अबदेखि उसो पवित्र आत्माको काम नभएकाहरू सबैमा दुष्टात्माहरूको काम हुन्छ। म फेरि दोहोऱ्याएर भन्छु: म त्यस्तो एक जना व्यक्ति पनि चाहन्नँ जसमा दुष्टात्माहरूले काम गर्दछ। तिनीहरू सबैलाई तिनीहरूका देहसहित पातालमा फालिनेछन्।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७६
मानिसहरूले प्रायजसो नरक र पातालको बारेमा उल्लेख गर्छन्। तर यी दुई शब्दले के बुझाउँछन् र ती दुईबीच के भिन्नता छ? के तिनले साँच्चै केही चिसो, अँध्यारो कुनालाई जनाउँछन्? मानिसको दिमागले जहिले पनि उनीहरूको आफ्नै अनियमित सोच-विचारहरू अति नै उत्तम छ भन्ने सोचेर मेरो व्यवस्थापनमा बाधा पुर्याइरहेको छ! तर ती तिनीहरूका आफ्नै कल्पना बाहेक अरू केही होइनन्। पाताल र नरक दुवैले फोहोरको मन्दिरलाई जनाउँछ जहाँ पहिले शैतान वा दुष्टात्मा बस्थे। भन्नुको अर्थ, पहिले ज-जसमा शैतान वा दुष्टात्माहरूले ठाउँ ओगटेको थियो—तिनीहरू नै पाताल हुन् र नरक पनि तिनीहरू नै हुन्—त्यसमा कुनै गल्ती छैन! यसैकारण मैले विगतमा म फोहोरको मन्दिरमा बस्दिनँ भनी बारम्बार जोड दिएको छु। के म (परमेश्वर स्वयम्) पातालमा, वा नरकमा बस्न सक्छु? के यो हास्यास्पद मूर्खता हुनेछैन र? मैले यो धेरै पटक भनेको छु, तर तिमीहरू अझै पनि मैले भनेको कुरा बुझ्दैनौं। नरकको तुलनामा पाताललाई शैतानले अझ बढी भ्रष्ट पारेको हुन्छ। ती मानिसहरू जो पातालका लागि हुन् तिनीहरूको अवस्था सबैभन्दा गम्भीर हुन्छ, र मैले यी मानिसहरूलाई पूर्वनियुक्ति गरेको छैनँ; जुन मानिसहरू नरकको लागि हुन् तिनीहरू मैले पूर्वनियुक्त गरेको, र त्यसपछि हटाइएका मानिसहरू। सरल शब्दमा भन्दा, मैले यी मानिसहरूमध्ये एकै जनालाई पनि चुनेको छैनँ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९०
कतिपय ख्रीष्टविरोधीहरू स्पष्ट रूपमा नै दुष्ट आत्माहरू हुन्छन्, जबकि कतिपय ख्रीष्टविरोधीहरू आफैलाई दुष्ट आत्माहरूको रूपमा प्रस्तुत गर्ने सम्मको हदमा जाँदैनन्, त्यसकारण तिनीहरूलाई त्यसरी परिभाषित गर्न सकिँदैन। ती ख्रीष्टविरोधीहरू जो स्पष्ट रूपमा दुष्ट आत्माहरू हुन्, तिनीहरूको हकमा, कसैले तिनीहरूलाई पछ्याइसकेपछि, परमेश्वरको सार र स्वभावलाई ध्यानमा राखी भन्दा के परमेश्वरले त्यस्तो व्यक्तिलाई अझै पनि स्वीकार गर्नुहुन्छ त? परमेश्वर पवित्र हुनुहुन्छ, र उहाँ डाही परमेश्वर हुनुहुन्छ—दुष्ट आत्माहरूलाई पछ्याएकाहरूलाई उहाँले इन्कार गर्नुहुन्छ। यदि सतही रूपमा यो व्यक्ति तँलाई असल लागे पनि, परमेश्वरले त्यो पक्षलाई हेरिरहनुभएको हुँदैन। “डाही” भनेको के हो त? यहाँ “डाही” को अर्थ के हुन्छ त? यदि शब्दद्वारा मात्रै यो स्पष्ट हुँदैन भने, मेरो व्याख्याबाट तैँले यसलाई बुझ्न सक्छस् कि हेर्। व्यक्तिलाई परमेश्वरले छनौट गर्नुभएको समयदेखि सुरु गरेर तिनीहरूले परमेश्वर नै सत्यता हुनुहुन्छ, उहाँ नै धार्मिकता, बुद्धि, र सर्वशक्तिमान्ता हुनुहुन्छ, उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ भनेर निर्धारित गरुञ्जेलसम्म—तिनीहरूले यी सबैलाई बुझेपछि, तिनीहरूले आफ्नो हृदयको गहिराइमा परमेश्वरको स्वभाव र सारको बारेमा, साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा आधारभूत बुझाइ प्राप्त गर्छन्। त्यसपछि, यही आधारभूत बुझाइ नै तिनीहरूको विश्वास बन्छ, र यो नै परमेश्वरलाई पछ्याउने, परमेश्वरको लागि आफैलाई अर्पण गर्ने, र आफ्नो कर्तव्य पूरा गर्न तिनीहरूलाई अघि धकेल्ने वस्तु बन्छ। यो तिनीहरूको कद हो, होइन त? (हो।) यी कुराहरूले तिनीहरूको जीवनमा पहिले नै जरा गाडिसकेका हुन्छन् र तिनीहरूले परमेश्वरलाई फेरि कहिल्यै पनि इन्कार गर्नेछैनन्। तर यदि तिनीहरूसँग ख्रीष्टको बारेमा वा व्यावहारिक परमेश्वरको बारेमा साँचो ज्ञान छैन भने, तिनीहरूले अझै पनि ख्रीष्टविरोधीहरूलाई आराधना गर्न र पछ्याउन सक्छन्। यस्तो व्यक्ति अझै पनि खतरामा हुन्छ। तिनीहरूले दुष्ट ख्रीष्टविरोधीलाई पछ्याउनको लागि देहमा रहनुभएका ख्रीष्टलाई पिठ्यूँ फर्काउन सक्छन्; यो भनेको ख्रीष्टलाई खुलेआम इन्कार गर्नु र परमेश्वरसँगको सम्बन्धलाई तोड्नु हुनेछ। यसको मुख्य कुरा यही हो: “म अब तपाईंलाई पछ्याउनेछैन, तर म शैतानलाई पछ्याइरहेको छु। म शैतानलाई प्रेम गर्छु र यसको सेवा गर्न चाहन्छु; म शैतानलाई पछ्याउन चाहन्छु, र यसले मलाई जसरी व्यवहार गरे पनि, यसले मलाई जसरी बरबाद गरे पनि, कुल्चीमिल्ची पारे पनि, र भ्रष्ट तुल्याए पनि, म अत्यन्तै इच्छुक छु। तपाईं जति नै धर्मी र जति नै पवित्र हुनुभए पनि, म अब तपाईंलाई पछ्याउन चाहन्न। तपाईं परमेश्वर हुनुभए पनि, म तपाईंलाई पछ्याउन चाहन्न।” अनि तिनीहरूले आफूसँग सम्बन्धित नै नभएको कसैलाई, परमेश्वरको शत्रु वा दुष्ट आत्मासमेत रहेको कसैलाई पछ्याउँदै तिनीहरू त्यसरी छोडेर जान्छन्। के परमेश्वरले अझै पनि यस्तो व्यक्तिलाई चाहनुहुन्छ त? के परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नु उचित हुन्छ त? यो पूर्ण रूपमा उचित हुन्छ। सामान्य ज्ञानबाट नै, मानिसहरू सबैलाई के कुरा थाहा हुन्छ भने परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, तर योपछाडि वास्तवमा कस्तो अवस्था हुन्छ के तैँले बुझ्छस् र? के मैले यहाँ जे भनिरहेको छु त्यो सही होइन र? (हो।) हो भने, के परमेश्वरले त्यस्तो व्यक्तिलाई त्याग्ने कार्यलाई उहाँले क्रूरता गर्नुभयो भनेर गन्ती गरिन्छ त? परमेश्वरले सिद्धान्तअनुसार काम गर्नुहुन्छ—यदि तँलाई परमेश्वर को हुनुहुन्छ भन्ने थाहा छ तर तँ उहाँलाई पछ्याउन चाहँदैनस्, र तँलाई शैतान को हो भन्ने थाहा छ र तँ अझै पनि यसलाई पछ्याउन चाहन्छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन। म तँलाई सदासर्वदा शैतानलाई नै पछ्याउन दिनेछु र म तँलाई फर्केर आउन अनुरोध गर्नेछैन, तर म तँलाई त्याग्नेछु। यो परमेश्वरको कस्तो प्रकारको स्वभाव हो? के यो जिद्दीपन हो त? उहाँले भावनाको आधारमा व्यवहार गरिरहनुभएको छ कि गरिमापूर्ण बनिरहनुभएको छ? यो गरिमा होइन, न त जिद्दीपन नै हो, बरु यो त परमेश्वरको “डाहा” को भाग हो। अर्थात्, यदि सृष्टि गरिएको प्राणीको रूपमा, तँ खुशीसाथ भ्रष्ट बन्छस् भने, परमेश्वरले के भन्न सक्नुहुन्छ र? यदि तँ भ्रष्ट बन्न चाहन्छस् भने, त्यो त तेरो व्यक्तिगत निर्णय हो—अन्त्यमा तैँले नै परिणामहरू भोग्नेछस्, र त्यसको दोषी तँ आफै हुनेछस्। मानिसहरूसँग व्यवहार गर्ने परमेश्वरका सिद्धान्तहरू अपरिवर्तनीय छन्, त्यसकारण यदि तँ भ्रष्टतामा खुशी छस् भने, तेरो अपरिहार्य अन्त्य भनेको दण्ड पाउनु नै हो। तैँले पहिले परमेश्वरलाई पछ्याएको जति धेरै वर्ष भएको भए पनि, त्यसले केही फरक पार्दैन; यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, परमेश्वरले तँलाई तेरो निर्णयमा सहायता गर्नुहुनेछैन, न त उहाँले तँलाई जबरजस्ती नै गर्नुहुनेछ। तँ आफै शैतानलाई पछ्याउन, शैतानको भ्रममा पर्न र शैतानद्वारा अशुद्ध पारिन चाहन्छस्, त्यसकारण अन्त्यमा तैँले आफै परिणामहरू भोग्नुपर्छ। यही कारणले गर्दा, यी मानिसहरूलाई सहायता गर्नको लागि अरूले जति प्रयास गरे पनि केही सीप लाग्दैन। परमेश्वरले नै तिनीहरूलाई अबदेखि चाहनुहुन्न भने, मानवले के नै गर्न सक्छ र? यसपछाडिको खास कारण यही हो। तर मानिसहरूले आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, आफ्ना कर्तव्यहरू र जिम्मेवारीहरू पूरा गर्नुपर्छ, र तिनीहरूले त्यसो गरिसकेपछि, अन्तिम परिणाम परमेश्वरको नेतृत्वकै हातमा हुन्छ। मेरो विस्तृत व्याख्याद्वारा, के तिमीहरू सबैले “परमेश्वर डाही परमेश्वर हुनुहुन्छ” भन्ने भनाइको बारेमा थप बुझाइ प्राप्त गर्यौ त? यही नै यसको एउटा पक्ष हो, अर्थात्, दुष्ट आत्माहरूले कलङ्कित तुल्याएकाहरूलाई परमेश्वरले इन्कार गर्नुहुन्छ। अनि परमेश्वरले तिनीहरूलाई किन इन्कार गर्नुहुन्छ त? किनभने तिनीहरूले शैतानलाई चुनेका हुन्छन्। त्यसपछि परमेश्वरले तिनीहरूलाई कसरी चाहन सक्नुहुन्छ र? के परमेश्वरले तिनीहरूलाई अझै पनि कृपा गर्न, तिनीहरू फर्केर आऊन् भनेर तिनीहरूलाई प्रेरणा दिन सक्नुहुन्छ त? के त्यो परमेश्वरले गर्न सक्ने काम हो र? उहाँले अवश्य नै त्यसो गर्न सक्नुहुन्छ, तर उहाँले त्यसो गर्नुहुनेछैन। “डाही” को अर्थ यही हो।
ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (२)”
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।