प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

17 अगस्ट 2021

युटिंग, जापान द्वारा

प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु

प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें, “अहिले हामी आखिरी दिनहरूमा बाँचिरहेका छौं। प्रभुको पुनरागमन नजिकै छ, र मण्डलीबाहिर धेरै जनाले झुटा मार्गहरू प्रचार गर्छन्, त्यसैले हामीले तिनीहरूका कुरा सुन्नुहुँदैन। किनकि प्रकाश २२:१८-१९ ले भन्छ, ‘किनकि यस पुस्तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछः र यदि कुनै मानिसले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटायो भने, परमेश्‍वरले जीवनको पुस्तकबाट, पवित्र सहरबाट र यस पुस्तकमा लेखिएका कुराहरूबाट उसको हिस्‍सा हटाउनुहुनेछ।’ परमेश्‍वरका वचनहरू बाइबलमा छन्, र बाइबलमा केही थप्न वा त्यसबाट केही घटाउन सकिंदैन। यदि कसैले बाइबलमा केही थप्छ वा त्यसबाट केही घटाउँछ भने, तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन्। परमेश्‍वरमाथिको हाम्रो विश्वासमा, हामीले केवल बाइबल पढ्नुपर्छ। प्रवचनहरू सुन्न हामी मण्डलीबाहिर जानु पर्दैन।” ती पास्टरहरूका शब्दहरूले मेरो हृदयमा गहिरो जरा गाडे, र मैले मण्डलीबाहिरका प्रवचनहरू नसुन्नु भन्ने तिनीहरूको सल्लाह मानें।

२०१७ को डिसेम्बरमा एक दिन म एक बहिनीसँग उनको बिरामी साथीको घरमा गएँ, र त्यहाँ मैले तीन जना भाई-बहिनीहरू भेटें। जब हामी सबै बातचित गर्न थाल्‍यौं, मैले बुझें कि उनीहरू सबैले प्रभुमा विश्वास गर्दोरहेछन्, त्यसैले हामीले बाइबलको बारेमा सङ्गति गर्ने निर्णय गऱ्यौं। एक जना भाईले हामीलाई नयाँ करार र पुरानो करारबीचको सम्बन्ध, र प्रकाशको पुस्तकको बारेमा सङ्गति गरे, साथै व्यवस्थाको युग र अनुग्रहको युगको कार्यको पृष्ठभूमि र महत्त्व प्रस्टसँग व्याख्या गरे। उनको सङ्गतिबाट, मैले बुझें कि पुरानो करारको युगमा परमेश्‍वरको कार्य व्यवस्था जारी गर्नु थियो। त्यस बेलाका मानिसहरूसित जीवनको बारेमा सामान्य ज्ञानको अभाव थियो र तिनीहरूले परमेश्‍वरको आराधना कसरी गर्नुपर्छ भनी जान्दैनथे, त्यसैकारण परमेश्‍वरले व्यवस्था र आज्ञाहरू जारी गर्नका निम्ति मोशालाई प्रयोग गर्नुभयो, साथै सुरुसुरुका यस पृथ्वीमा जिउने मानवजातिलाई पनि अगुवाइ गर्नुभयो। नयाँ करारको युगमा परमेश्‍वरले छुटकाराको काम गर्नुभयो। किनकि मानिसहरूले झन्-झन् बढी पाप गरिरहेका थिए, र सबैले व्यवस्थाअनुसार मृत्युदण्डको सामना गरे, परमेश्‍वर आफै देहधारी प्रभु येशूको रूपमा आउनुभयो, पश्‍चात्ताप गर्ने मार्ग बताउनुभयो, मानिसहरूलाई सहनशील, धीरजी बन्न, र आफ्ना शत्रुहरूलाई प्रेम गर्न सिकाउनुभयो, साथै बिरामीहरूलाई निको पार्नुभयो, भूतात्माहरू निकाल्नुभयो, धेरैवटा आश्चर्यकर्महरू गर्नुभयो, र मानिसलाई प्रशस्त अनुग्रह दिनुभयो, यी सबैपछि अन्त्यमा उहाँलाई क्रूसमा टाँगियो र मानवजातिलाई पापबाट छुटाकारा दिनुभयो। यदि मानिसहरूले प्रभु येशूको अनुग्रहलाई स्वीकार गर्नु थियो भने, तिनीहरूले आफ्ना पापहरू स्वीकार र पश्चात्ताप मात्र गर्नुपर्थ्यो, र तिनीहरूका पापहरू क्षमा हुनेथिए। यसैबीच प्रकाशको पुस्तकका अगमवाणीहरूले परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने कामको वर्णन गर्दछ। मैले महसुस गरें कि धेरै वर्षसम्म प्रभुमा विश्वास गरेपछि र बारम्बार बाइबल पढेर अनि मेरा पास्टरहरूका प्रवचनहरू सुनेर पनि, ममा बाइबलका धर्मसिद्धान्तहरूको सतही ज्ञान मात्र थियो, र मैले परमेश्‍वरले गर्नुभएका कुराहरू पछि रहेका अभिप्रायहरू वा व्यवस्थाको युग र अनुग्रहको युगमा भएका कामका दुई चरणबीचको सम्बन्ध बुझ्न सकेकी थिइनँ। तर, मेरो भाइको सङ्गति सुनेपछि मेरो हृदयले धेरै कम अन्योलता महसुस गऱ्यो, र मैले प्रभुमा वर्षौंसम्म विश्वास गरेर पनि बुझ्न नसकेकी सत्यताहरू बुझें। घर फर्कने क्रममा मैले मेरो दिदी र मैले त्यस दिन के प्राप्त गऱ्यौं भनेर कुराकानी गऱ्यौं। हामी दुवैले त्यस भाईको सङ्गतिमा धेरै प्रकाश भएको महसुस गऱ्यौं, र प्रभुमा विश्वास गरेको त्यत्ति धेरै वर्षमा हामीले त्यस्तो व्यावहारिक सङ्गति कहिल्यै सुनेका थिएनौं।

त्यसपछि, हामी यस भाईको प्रचार सुन्न धेरै पटक गयौं। प्रत्येक पटक हामीले विगतमा नबुझेका रहस्यहरू बुझ्यौं, र हाम्रा आत्माहरूलाई प्रावधान गरियो। मलाई यस भाईको सङ्गति सुन्नुमा धेरै आनन्द लाग्यो। एकचोटि, सेवा समाप्त हुने लागेको थियो, उनले गम्भीरताका साथ भने, “वास्तवमा, हामीले हेर्ने इच्छा गरेका प्रभु येशू अघिबाटै फर्केर आइसक्नुभएको छ, र उहाँले दस लाख भन्दा बढी वचन बोल्नुभएको छ र प्रकाशको पुस्तकमा अगमवाणी गरिएझैं चर्मपत्रको मुट्ठो खोल्नुभएको छ। मैले परमेश्‍वरद्वारा व्यक्त गर्नुभएको नयाँ वचनहरूबाट मैले बोलेका सबै कुरा बुझ्न सकें।” जब उनले बोलिसके, उनले आफ्नो झोलाबाट एउटा पुस्तक निकाले र हामीलाई यो देखाए, तब उनले भने, “यो पुस्तक, वचन देहमा देखा पर्नुहुन्छ थुमाद्वारा खोलिएको चर्मपत्रको मुट्ठो हो। यी आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा बोलिएका वचनहरू हुन्।” जब मैले उनले भनेका कुरा सुनें, यो मेरो टाउकोबाट एक झंकार गइगएको जस्तो भयो। मैले सोचें, “परमेश्‍वरका नयाँ वचनहरू? के बाइबलमा परमेश्‍वरका सबै वचनहरू छैनन् र? बाइबलमा केही थप्न वा घटाउन सकिंदैन, तपाईंले परमेश्‍वरले बाइबलभन्दा बाहिर नयाँ वचनहरू बोल्नुभएको छ भनी कसरी भन्न सक्नुहुन्छ?” म अलमल्ल परें, र मैले गहन संघर्षको महसुस पनि गरें कि मैले उनको सङ्गतिको अर्को वचन सुन्न सकिनँ। हामी त्यहाँबाट जानुभन्दा अघि उनले हामी त्यो किताब सापट लिन र पढ्न सक्छौं भनेर भने। शिष्टताले गर्दा मसँग त्यसलाई स्वीकार गर्नुबाहेक अरू विकल्प थिएन।

जब म घर पुगें, मैले त्यो पुस्तक मेरो टेबलमा राखें। मेरा पास्टरहरूले भनेका कुरा मलाई सम्झना आईरह्यो, जसले भन्थे, परमेश्‍वरको वचन सबै बाइबलमा छ, र बाइबलबाट केही पनि थप्न वा घटाउन सकिंदैन। बाइबलदेखि बाहिरको कुनै पनि कुरा झुटा र गलत शिक्षा हो। तर त्यस भाईले चाहिँ यो पुस्तकमा परमेश्‍वरका नयाँ वचनहरू छन् भने। के त्यो बाइबलदेखि बाहिरको र बाइबलमा थपेको जस्तो हुनेथिएन र? तर तब मैले सोचें, मण्डलीमा धेरै वर्ष बिताएपछि पनि मैले उनीहरूको प्रवचनमा कुनै ज्योति पाइनँ, र मैले महसुस गरेकी आत्मिक नकारात्मकता र कमजोरी समाधान भएको महसुस गरेकी थिइनँ, तैपनि मेरो भाईको सङ्गति स्पष्ट र बुद्धिमानीपूर्ण थियो। त्यसले मलाई परमेश्‍वरको कामको पृष्ठभूमि र महत्त्वको बारेमा ठूलो बुझाई प्रदान गर्‍यो, मैले विगतमा नबुझेकी धेरैवटा सत्यताहरू बुझ्ने मौका दियो र मेरो आत्मालाई आपूर्ति प्रदान गऱ्यो। मलाई उनको प्रवचनहरू पवित्र आत्माद्वारा उत्पन्न भएका हुन् जस्तो लाग्यो र प्रकाशको पुस्तकले परमेश्‍वर फर्केर आउनुभएपछि उहाँले त्यो चर्मपत्रको मुट्ठो खोल्नुहुनेछ भनी अगमवाणी गरेकोले, के मेरो भाईले मलाई दिएको पुस्तक साँच्चै फर्केर आउनुभएका परमेश्‍वरको वचन हुने सम्भाव्यता थियो? के त्यो मैले पढ्नुपर्छ? म ठूलो द्वन्द्वमा थिएँ, र के गर्ने होला भनी मलाई थाहा थिएन। असहाय बनेर मैले परमेश्‍वरसँग प्रार्थना गरें, र मैले परमेश्‍वरको मुक्ति गुमाउन नपरोस् भनेर उहाँले मलाई सही छनौट गर्न अगुवाइ गरून् भनी बिन्ती गरें।

दुई दिनपछि, मैले जुन बहिनीसित प्रवचन सुनेकी थिएँ, उनले हामीलाई उनको घरमा बाइबलको बारेमा बातचित गर्न बोलाइन् र मलाईचाहिँ परमेश्‍वरले मेरो प्रार्थना सुन्नुभयो भनी थाहा भयो। त्यो प्रश्नको बारेमा बुझ्न र प्रभुको पुनरागमन प्राप्त गर्न मैले उनको निम्तो स्वीकारें।

“त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन” को वास्तविक अर्थ

भेलामा मैले त्यस भाईलाई सोधें, “हाम्रा पास्टरहरूले हामीसँग प्रायः प्रकाश २२:१८-१९ को बारेमा कुरा गर्छन्, ‘किनकि यस पुस्तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछः र यदि कुनै मानिसले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटायो भने, परमेश्‍वरले जीवनको पुस्तकबाट, पवित्र सहरबाट र यस पुस्तकमा लेखिएका कुराहरूबाट उसको हिस्‍सा हटाउनुहुनेछ।’ उनीहरूले हामीलाई भन्दछन् कि परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन्, र बाइबलमा केही थप्न वा घटाउन सकिंदैन, तापनि प्रभु फर्केर आउनुभएको छ र नयाँ वचनहरू बोल्नुभएको छ भन्ने कुरा तपाई गर्नुहुन्छ। के त्यसो गर्नु बाइबलमा थपिएको हुँदैन र? यस प्रश्नको बारेमा तपाईंको बुझाइ म सुन्न चाहन्छु।”

जब उनले मेरो कुरा सुने, उनी मुस्कुराए र जबाफ दिए, “धेरै मानिसहरूले यी वचनहरू पढ्छन् र परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन्, परमेश्‍वरले बाइबलदेखि बाहिर केही बोल्नुभएको छैन, र यदि कसैले उहाँले बोल्नुभएको दाबी गर्छ भने, तिनीहरूले बाइबलमा थपिरहेका हुन्छन् भनी विश्वास गर्छन्। तर धेरैचोटि हामी यो विचार तथ्यहरूसँग मिल्छ कि मिल्दैन भनी विचार गर्दैनौं। यो पदहरूमा संकेत गरिएको ‘त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन’ को वास्तविक अर्थ के हो? यस खण्डबाट हामी जान्दछौं कि यूहन्नाले ‘यस भविष्यवाणी’मा केही थप्ने मानिसहरूको विषयमा संकेत गरिरहेका थिए। तिनले ‘बाइबल’मा केही थप्ने सम्बन्धमा केही भनेनन्। साथै, जब यूहन्नाले यी वचनहरू भने, बाइबलमा नयाँ करार थिएन, बाइबलमा नयाँ र पुरानो करारहरू हुने कुरा त परै जाओस। नयाँ करार ख्रीष्टाब्द ३०० तिर संकलित गरिएको थियो, र प्रभु येशूले उहाँ जानुभएको करिब ९० वर्षपछि यूहन्नालाई प्रकाशको पुस्तक लेख्न प्रेरित गर्नुभयो। स्पष्ट छ, यूहन्नाले ‘यस पुस्तक’ भन्नुको अर्थ प्रकाशको पुस्तक थियो, सम्पूर्ण बाइबल होइन, र ‘त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन’ भनाइको अर्थ प्रकाशको पुस्तकमा भएका अगमवाणीहरूमा त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन भनिएको हो। तर केही मानिसहरूले यी पदहरूको वास्तविक अर्थ बुझ्दैनन्, बरु तिनीहरू यसको अर्थ बाइबलमा केही पनि थप्न सकिंदैन भनी सोच्छन्। तिनीहरू परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् र परमेश्‍वरको वचनहरू र काम बाइबलबाहिर छैनन् भनी दाबी गर्छन्, त्यसैले उनीहरू बाइबलबाहिर मण्डलीहरूसँग पवित्र आत्माले बोल्नुभएका वचनहरू खोज्न वा परमेश्‍वरको नयाँ कामको अनुसन्धान गर्न कोसिस गर्ने हिम्मत गर्दैनन्, जसले तिनीहरूलाई थुमाको पाइला पछ्याउन असफल तुल्याउँदछ, र आखिरी दिनहरूमा परमेश्‍वरको मुक्तिलाई ढोका बाहिर छोड्दछन्। मानिसहरूले यी पदहरूलाई अशुद्ध प्रकारले बुझेकोले यस्तो नतिजा भएको हो!” उनको सङ्गति सुनेपछि मात्र मैले अन्त्यमा “यस पुस्तक” भनेर यूहन्नाले बाइबल होइन, प्रकाशको पुस्तकलाई संकेत गरिरहेका थिए भनी बुझें, र जब यूहन्नाले प्रकाशको पुस्तक लेखेका थिए, त्यस बेला नयाँ करार छँदैथिएन, पुरानो र नयाँ करारहरूको कुरा त परै जाओस। साथै, तिनले “त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन,” भन्नुको अर्थ प्रकाशको पुस्तकमा भएका अगमवाणीहरूमा थप्न वा घटाउन हुँदैन भन्ने थियो। तर हामीले यो सम्पूर्ण बाइबलको विषयमा भनिएको हो भनी विश्वास गरेका थियौं! हामी धेरै अनभिज्ञ थियौं!

उनले आफ्नो संगतिलाई जारी राख्दै भने, “हामी सबैलाई थाहा छ कि प्रकाशको पुस्तकबाहेक पनि बाइबलमा धेरैवटा त्यस्ता ठाउँहरू छन् जहाँ तिनीहरूलाई केही ‘घटबढ’ नगर्नू भनी चेतावनी दिइएको छ। उदाहरणका लागि, ‘मैले तिमीहरूलाई आज्ञा गरेको वचनमा तिमीहरूले थप्‍ने छैनौ, न त तिमीहरूले त्यसबाट घटाउने नै छौ, मैले तिमीहरूलाई आज्ञा गरेका यहोवा तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्ने छौ’ (व्यवस्था ४:२)। ‘जे जति मैले तिमीहरूलाई आज्ञा गर्छु, त्यसको पालन गर: त्यसमा केही कुरा नथप, न त त्यसबाट घटाओ(व्यवस्था १२:३२)। ‘तैँले उहाँका वचनहरूमा नथप्, नत्र उहाँले तँलाई धिक्‍कार्नुहुनेछ र तँ झूटो ठहरिनेछस्’ (हितोपदेश ३०:६)। यदि हामीले यी पदहरूलाई ध्यान लाएर हेर्‍यौं भने, हामी देख्छौं कि व्यवस्थाको युगको अवधिमा, पुरानो करारमा, यहोवाले मानवजातिलाई पनि त्यस्तै कुरा भन्नुभएको थियो, ती सबै परमेश्‍वरका आज्ञाहरूको सन्दर्भमा भनिएका थिए, भन्नुको अर्थ के हो भने जहाँसम्म व्यवस्थाहरू, आज्ञाहरू, परमेश्‍वरका शिक्षाहरू वा परमेश्‍वरले अगमवक्ताहरूलाई भन्नुभएका कुराहरूको सवाल छ, जबसम्म ती परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए, मानिसहरूले तिनमा घटबढ गर्नु हुँदैनथ्यो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँका वचनहरू सत्य, स्थायी, अपरिवर्तनीय भनाइहरू हुन्, जसअनुसार हामी जिउनुपर्दछ। सृष्टि गरिएका सबै प्राणीहरूले ती कडाईका साथ पालन गर्नुपर्छ, र कसैले पनि थप्न, निकाल्न, वा परमेश्‍वरको वचनहरू झूटा पार्न सक्दैन, नत्र तिनीहरूले परमेश्‍वरको स्वभावमा चोट पुऱ्याउनेछन् र परमेश्‍वरद्वारा श्रापित हुनेछन्। यसैले, यदि हामी ‘परमेश्‍वरका वचनहरूमा थप्नु वा घटाउनु हुँदैन’ भन्ने भनाइलाई ‘बाइबलमा थप्नु वा घटाउनु हुँदैन,’ भनी अर्थाउँछौं भने, के हामीले परमेश्‍वरका वचनहरूमा हाम्रो आफ्नै मानवीय अर्थहरू थपेर त्यसको मौलिक अर्थलाई झुटा बनाइरहेका हुँदैनौं र? त्यसो गर्दा परमेश्‍वरको स्वभावलाई चोट पुग्दछ, र यो त्यस्तो कुरा हो जसले मानिसहरूलाई धोका दिन्छ, र हामीलाई परमेश्‍वरबाट श्राप पाउनेतिर डोऱ्याउँछ। यस कुराको सार अत्यन्त गम्भीर छ, होइन र? यसबाहेक, ‘परमेश्‍वरको वचनमा थप्नु वा घटाउनु हुँदैन’ भन्ने सल्लाह यस्तो कुरा हो जुन हामीले पालन गरेको परमेश्‍वर चाहनुहुन्छ र यो मानवजातिका निम्ति एउटा चेतावनी हो। हामीले यी वचनहरू परमेश्‍वरलाई सिमित बनाउन प्रयोग गर्नुहुँदैन, परमेश्‍वरले नयाँ वचनहरू बोल्न सक्नुहुन्न न त बाइबलमा पहिलेबाटै नभएको कुनै पनि नयाँ काम गर्नुहुन्छ भनी निर्धारण गर्न ती प्रयोग गर्ने कुरा त परै जाओस। यदि हामीले त्यसो गऱ्यौं भने हामी परमेश्‍वरको स्वभावलाई चोट पुऱ्याउने थियौं, किनकि उहाँ सबै थोकका सार्वभौम हुनुहुन्छ र उहाँले कुनै पनि समयमा मानवजातिको आवश्यकताअनुसार नयाँ वचनहरू व्यक्त गर्न सक्नुहुन्छ।”

उनको सङ्गति सुन्दा मैले बारम्बार सहमतिमा शिर हल्लाएँ, र सोचें, “हो, यूहन्नाले स्पष्ट रूपमा भने कि प्रकाशको पुस्तकमा भएका अगमवाणीहरूमा ‘त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन’, किनकि यी अगमवाणीहरू प्रत्यक्ष रूपमा परमेश्‍वरद्वारा यूहन्नालाई प्रकट गरिएको थियो, ती परमेश्‍वरका वचनहरू हुन्, यद्यपि हामीले तिनलाई विकृत बनाउँदै त्यसमा थप्न वा त्यसबाट घटाउन सकिंदैन को अर्थ सम्पूर्ण बाइबलमा थप्न वा हटाउन सकिंदैन भन्ने बनायौं। यो बिलकुलै परमेश्‍वरका वचनहरूको मूल अर्थको विरुद्ध जान्छ, र निश्चित रूपमा परमेश्‍वरको स्वभावलाई चोट पुर्‍याउँछ!”

के बाइबलदेखि बाहिर परमेश्‍वरका वचनहरू छन्?

उनले अझै भन्दै गए, “पास्टरहरू र एल्डरहरूले प्रायः परमेश्‍वरका सबै वचन बाइबलमा छन् भन्छन्, र यदि बाइबलदेखि बाहिर परमेश्‍वरका कुनै वचनहरू छन् भने, त्यो बाइबलमा थप्नुजस्तो हो, जुन झुटा शिक्षा र यो झुटो प्रचार हो, के यो तथ्यहरूसँग मेल खान्छ? साथै, प्रभु येशूले यो पनि अगमवाणी गर्नुभयो, ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। अनि प्रकाश २:१७ मा उहाँले यसरी अगमवाणी गर्नुभयो, ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्। जित्नेलाई म गुप्‍त मन्न खान दिनेछु…।’ प्रभु येशूले हामीलाई स्पष्ट रूपमा भन्नुभयो कि उहाँसँग हामीलाई भन्नुपर्ने अझ धेरै कुराहरू छन्, र सत्यको आत्मा हामीलाई सबै सत्यतामा डोऱ्याउन नआउञ्जेल पर्खेर बस्नु भन्नुभयो। प्रकाशको पुस्तकले प्रभु येशू नयाँ वचनहरू बोल्न, न्यायको काम गर्न, र प्रत्येकलाई त्यसको आफ्नै प्रकारअनुसार अलग गर्न फर्केर आउनुहुनेछ भनेर पनि अगमवाणी गर्दछ, तर परमेश्‍वरले न्यायको काम कसरी गर्नुहुनेछ वा गहुँलाई भुसबाट र बाख्राहरूलाई भेडाहरूबाट कसरी अलग गर्नुहुनेछ सो विस्तृत रूपमा बताइएको छैन। जब परमेश्‍वर ती काम गर्न आउनुहुनेछ तब मात्र हामी त्यो विशेष प्रक्रिया बुझ्नेछौं। यी वचनहरू बोलिनुपर्छ र यो काम आखिरी दिनहरूमा गरिनुपर्छ, त्यसो भए यी वचनहरूलाई कसरी आफैआफ ‘बाइबलभित्र’का भनी वर्गीकृत गर्न सकिन्छ? यदि हामी पवित्र आत्माको आवाज खोज्दैनौं, र ‘बाइबलका वचनहरूमा थप्न वा घटाउन सकिंदैन’ भन्दै बरु बाइबलदेखि बाहिरका परमेश्‍वरका वचनहरू र कामहरूलाई सीमित पार्छौं भने, के त्यसको अर्थ हामीले आखिरी दिनहरूमा बोलिएका परमेश्‍वरको वाणीहरूको निन्दा गरेका हुँदैनौं र? यदि हामी हठी बन्दै यो गल्ती गरिरहन्छौं, झुटा विचारहरूको पछि लाग्छौं भने र यदि अरूले आखिरी दिनहरूका परमेश्‍वरको कामको प्रचार गर्दा हामी सक्रियतासाथ त्यसको खोजी र अनुसन्धान गर्दैनौं, परमेश्‍वरको आवाज सुन्दैनौं वा आखिरी दिनहरूका परमेश्‍वरको वाणीहरूलाई सिमित पार्छौं भने हामीले सजिलै आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति सजिलै गुमाउनेछौं।”

उनको सङ्गति सुन्नु मेरो लागि अचानक बिउँझिएको जस्तो थियो। मैले भने, “यो ठिक हो, प्रभु येशूले उहाँ फेरि आउनुहुनेछ र नयाँ वचनहरू बोल्नुहुनेछ भनी अगमवाणी गर्नुभयो। तर प्रकाशको पुस्तकले प्रभु आखिरी दिनहरूमा उहाँको काम गर्न आउनुहुनेछ मात्र भन्छ, तर नयाँ वचनहरू बोल्न आउनुहुनेछ भन्दैन। जब उहाँ फर्केर आउनुहुन्छ, त्यसबेला उहाँले बोल्नुहुने नयाँ वचनहरू पूर्ण रूपमा बाइबलदेखि बाहिरका हुनेछन्। हामी ‘परमेश्‍वरका सबै वचनहरू बाइबलमा समावेश छन्, र यदि तपाईं परमेश्‍वरका कुनै वचनहरू बाइबलबाहिर छन् भन्नुहुन्छ भने तपाईं बाइबलमा थप्ने काम गर्दै हुनुहुन्छ’ भनी कसरी भन्न सक्छौं? त्यस्तो विचार तथ्यहरू वा प्रभुका वचनहरूसँग मेल खाँदैन! यतिका वर्षसम्म मैले पास्टरहरूका वचनहरूमा विश्वास गरें, यस दृष्टिकोणमा अल्झेको थिएँ, मण्डलीदेखि बाहिर कहिल्यै पनि प्रवचनहरू सुनिनँ, र परमेश्‍वरको वचनलाई बाइबलको वचनमा नै सीमित गरेको थिएँ। यसो गर्नु परमेश्‍वरको विरोध गर्नु हो, र यसो गरेर म आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति झन्डै गुमाउन लागेको छु!”

म बोलिसकेपछि मेरो भाईले खुसीसाथ यसो भने, “परमेश्‍वरलाई धन्यवाद होस्! हामीसँग यो स्तरको समझ छ, परमेश्‍वरको मार्गदर्शनका निम्ति पूर्ण धन्यवाद छ! हामी परमेश्‍वरका वचनहरूका केही अङ्शहरू पढौं, र हामी अझ राम्ररी बुझ्नेछौं। परमेश्‍वर भन्नुहुन्छ, ‘बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले पूर्ण रूपमा परमेश्‍वरको कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू उहाँको क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१))। ‘त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन पालना गर्नु र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। ‘बाइबलका वचनहरूका बारेमा मात्रै चासो राख्‍नेहरू न त सत्यता न मेरो पाइलाहरूको खोजी गर्नमा सरोकार राख्छन्—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलभित्रै सीमाबद्ध गर्छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्‍वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरो इच्‍छा, वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, तर तिनीहरू वचनहरूप्रति लिप्त भएका छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)

“हामी सबैलाई थाहा छ कि परमेश्‍वरले आफ्नो काम गरिसक्नुभएपछि मानिसहरूले बाइबल लेखेका र संकलन गरेका थिए। यदि परमेश्‍वरले काम गर्नु हुन्थेन र बोल्नु हुन्थेन भने, बाइबल हुनेथिएन। भन्नुको अर्थ, बाइबल विगतका परमेश्‍वरका वचनहरू र कामको गवाही मात्र हो, र यसमा अभिलेख राखिएका परमेश्‍वरको काम र वचनहरूका दायरा धेरै सीमित छन्। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, र उहाँले सबै कुरा सृष्टि गर्नुभयो र तीमाथि शासन गर्नुहुन्छ। उहाँ दीनहीन शरीरमा देहधारण हुन सक्नुहुन्छ, तर उहाँ आत्मा पनि हुनुहुन्छ, जो सबैतिर बास गर्नुहुन्छ। उहाँ वास्तविक, स्वयम् जीवित परमेश्‍वर हुनुहुन्छ। उहाँसँग जे छन् र जे हुनुहुन्छ, उहाँको सर्वशक्ति, र उहाँको बुद्धि मानिसले बुझ्नै नसक्ने छ, न ता ती मानिसले सिमित पार्न सक्ने कुराहरू नै हुन् र उहाँका वचनहरू र काम बाइबलले मात्र अभिलेख गर्न वा समावेश गर्न सक्ने कुराहरू होइनन्। यसबाहेक, यदि हामी परमेश्‍वरको वचन र कामलाई सिमित बनाउन बाइबलसम्बन्धी हाम्रो थोरै ज्ञान प्रयोग गर्छौं भने, यदि हामी परमेश्‍वरलाई बाइबलमा सीमित राख्छौं र उहाँलाई त्यसभन्दा बाहिर काम गर्न वा बोल्न अनुमति दिंदैनौं भने के त्यो अहङ्कारी, स्व-धर्मी र अनुचित भएको हुँदैन र? यो त्यस्तो कुरा हो जसले परमेश्‍वरको स्वभावलाई चोट पुऱ्याउँछ, र त्यस कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। त्यसैले, हामीले आफ्नै धारणा र कल्पनाहरू छोड्नुपर्छ, बाइबलदेखि बाहिर जानुपर्छ र यदि हामी थुमाको पाइलालाई पछ्याउन चाहन्छौं भने नम्र बनी परमेश्‍वरका काम र वचनहरूको खोजी र अनुसन्धान गर्नुपर्छ!”

आखिरी दिनहरूमा परमेश्‍वरले बोल्नुभएका वाणीहरू थप अगमवाणीहरू होइनन्, तर अगमवाणीहरूको परिपूर्ति हुन्

मैले सहमतिमा टाउको हल्लाएँ र भने, “भाई, तपाईंको सङ्गति पूर्ण रूपमा ठीक छ। परमेश्‍वर सर्वशक्तिमान् र बुद्धिमान् परमेश्‍वर हुनुहुन्छ। उहाँले बाइबलमा भएका काम मात्र गर्नुभएको कसरी हुन सक्छ? यदि हामी परमेश्‍वरका वचनहरू र कामलाई सिमित गर्दछौं, र बाइबलमा परमेश्‍वरका जुन सिमित काम र वचनहरू छन् उहाँले गर्नुहुने काम र भन्नुहुने वचन त्यत्ति नै हुन् भन्छौं भने त्यो हास्यस्पद हुन्छ!”

उनले सहमतिमा टाउको हल्लाए र भने, “परमेश्‍वरलाई धन्यवाद! वास्तविक कुरा के हो भने, परमेश्‍वरको काम सधैं अगाडि बढिरहन्छ, र परमेश्‍वरले मानवजातिको आवश्यकताको आधारमा आफ्नो कामलाई सधैं अद्यावधिक र सुधार गर्नुभएको छ। आज, प्रभु येशू देहधारी सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्कनुभएको छ। उहाँले त्यस्ता वचनहरू बोल्नुभएको छ जसले सात वटा मोहरलाई तोडेका र चर्मपत्रको मुट्ठो खोलेका छन्, जसले हामीलाई पूर्ण मुक्ति प्राप्त गर्न सत्यको मार्गमा ल्याउँदछ। यदि हामी परमेश्‍वरको वचनको अर्को खण्ड पढ्छौं भने, तपाईंले अझ स्पष्ट बुझ्नुहुनेछ।” त्यसपछि उनले पढे, “जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गर्नेछस्, तब धेरै वर्षदेखिका तेरो इच्छाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति वास्तविक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस समयमा, तैँले परमेश्‍वरमा विश्वास गर्नु भनेको के हो र परमेश्‍वरको इच्छा अनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। तिनीहरू जो सत्य पालन गर्न र परमेश्‍वरको कामको अधीनमा बस्न सक्छन् उनीहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्ः ‘अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो’ (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो। दण्ड र न्यायको प्रवाहमा, मानिसका पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, आफ्नो दण्ड र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार हेर्न दिनुहुन्छ, जुनचाहिँ यूहन्नाले देखेका मानिसका पुत्रको अनुहारको एक विश्वसनीय अनुहारको चित्रण हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

त्यसपछि उनले सङ्गति गरे, “आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर, दस लाखभन्दा बढी वचनहरू व्यक्त गर्नुभएको छ, त्यसरी मानवजातिले संसारका सबै युगहरूमा कहिल्यै नबुझेका सत्यता र रहस्यहरूको घुम्टो उघार्नुभएको छ। यी वचनहरू साँच्चै सात गर्जनको वाणी हुन्, र ती आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा हुन्। उदाहरणका लागि, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको रहस्य, उहाँको कामको तीन चरणहरूको रहस्य, परमेश्‍वरको देहधारणको रहस्य, उहाँको नाउँको महत्त्व, बाइबलका भित्री कथाहरू र सार प्रकट गर्दछ, र हामीले अन्य सबै रहस्यहरू अहिलेसम्म बुझ्दैनौं। उहाँले मानिसहरूलाई परमेश्‍वरले कसरी मुक्ति दिनुहुन्छ, शैतानले मानिसहरूलाई कसरी भ्रष्ट पार्छ, शैतानले मानवजातिलाई भ्रष्ट पारेको वास्तविक तथ्य, परमेश्‍वरप्रतिको विद्रोह र विरोधको जड पनि प्रकट गर्नुहुन्छ। उहाँ हामीलाई बताउनुहुन्छ कि परमेश्‍वरले कस्तो किसिमका मानिसहरू मन पराउनुहुन्छ र सिद्ध पार्नुहुन्छ, साथै परमेश्‍वरले कस्तो किसिमका मानिसहरूलाई घृणा गर्नुहुन्छ र हटाउनुहुन्छ, र जीवनमा प्रवेश गर्ने मार्गहरू पनि औंल्याउनुहुन्छ, जस्तै कसरी परमेश्‍वरको आज्ञापालन गर्ने, कसरी इमानदार मानिसहरू बन्ने, परमेश्‍वरमा साँचो विश्वास के हो, पूर्ण मुक्ति के हो र अरू कुराहरू। सर्वशक्तिमान् परमेश्‍वरको वचनहरूले राज्यको सुन्दरता पनि वर्णन गर्दछ, ख्रीष्टको राज्य कस्तो देखा पर्नेछ, मानवजातिको भविष्यको गन्तव्य, र अरू धेरै कुराहरू बताउँछ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू र कामले प्रकाशको पुस्तकमा भएका प्रभु येशूका वचनहरू र अगमवाणीहरू पूर्ण रूपमा पूरा गर्दछ। सर्वशक्तिमान् परमेश्‍वरका कार्य र वचनहरूबाट हामी निश्चित हुन सक्छौं कि सर्वशक्तिमान् परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरले वचनहरूद्वारा गर्नुभएको मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने कामलाई स्वीकार गरेर मात्र हामी पापको बन्धनबाट पूर्ण रूपमा उम्कन, शुद्ध हुन्, र परमेश्‍वरद्वारा स्वर्गको राज्यमा ल्याइन सक्छौं। तापनि, झुटा विश्वासीहरू र सत्यलाई तुच्छ ठान्नेहरू, अर्थात् परमेश्‍वरको आवाजलाई सुन्ने मानिसहरूले यो सत्य हो भनी स्पष्ट जान्दछ, र तैपनि त्यसलाई स्वीकार्न अस्वीकार गर्दछन्, बरु हठी बन्दै आफ्नै धारणा र कल्पनाहरूमा अडिग रहन्छन्, वा तिनीहरूको आफ्नै अहङ्कारबाट परमेश्‍वरका वचनहरू र कामको न्याय गर्छन् र तिनलाई सिमित बनाउँछन्। त्यस्ता मानिसहरू परमेश्‍वरको कामद्वारा प्रकट गरिन्छन् र हटाइन्छन्।”

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू र मेरो भाईको सङ्गति सुनेपछि, अन्त्यमा मैले बुझें कि आखिरी दिनहरूमा आफ्ना वचनहरू व्यक्त गर्न र मानिसलाई न्याय गर्न र शुद्ध पार्नका निम्ति प्रभु फर्किने काम प्रकाशको पुस्तकका अगमवाणीहरूको थपनी होइनन्, बरु यो तिनै अगमवाणीहरूको परिपूर्ति हो। यसबाहेक, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले धेरैवटा रहस्यहरू प्रकट गर्छन्, र हामीलाई जीवनमा प्रवेश प्राप्त गर्न अभ्यास गर्ने मार्गहरू दिन्छ। यस्तो देखा पर्यो कि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू साँच्चै पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुभएका वचनहरू हुन्, र सर्वशक्तिमान् परमेश्‍वर वास्तवमा फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ। प्रभु फर्केर आउनुभएको छ। जब मैले यो बुझें, म धेरै उत्साहित भएँ, र परमेश्‍वरलाई मलाई उहाँको आवाज सुन्ने अनुग्रह गर्नुभएकोमा मैले उहाँलाई धन्यवाद दिएँ। त्यसपछि, मैले सोचें कि मैले कसरी मेरा पास्टरहरूका कुराहरूमा अन्धाधुन्ध विश्वास गरें, परमेश्‍वरको नयाँ काम अनुसन्धान वा स्वीकार गर्न इन्कार गरें र झन्डै परमेश्‍वरको गुमाएँ। म साँच्चै अनभिज्ञ थिएँ!

त्यसपछि, मैले बाइबल सम्बून्धी रहस्यको खुलासा भन्ने सुसमाचारीय फिल्म हेरें, र म धेरै प्रभावित भएँ, किनकि नायिकाका धारणाहरू त्यस्तै थिए जस्तो विगतमा मेरा थिए परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन्, परमेश्‍वरमाथिको हाम्रो विश्वासमा हामी बाइबलबाट अलग हुन सक्दैनौं, इत्यादि भन्ने धारणाहरू। जब मैले परमेश्‍वरको वचन पढें, र बाइबलको विषयमा सत्यताको प्रत्येक पक्षमा मेरा भाई-बहिनीहरूसँग सङ्गति गरें, मैले यसको बारेमा अझ व्यापक र पूर्ण ज्ञान विकास गरें। मैले जानें कि बाइबल केवल परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, केवल एक इतिहासको पुस्तक हो, र यो परमेश्‍वरको कार्यको पूर्ण सारांश होइन। मैले जानें कि हामीले आखिरी दिनहरूका परमेश्‍वरका वचनहरू र कामको मूल्याङ्कन गर्न बाइबल प्रयोग गर्न सक्दैनौं, न ता हामी यसलाई परमेश्‍वरलाई सिमित गर्न वा उहाँको विरोध गर्न प्रयोग गर्न सक्छौं। यसको साटो, हामी बुद्धिमती कन्याहरू हुनुपर्दछ, परमेश्‍वरको आवाज सुन्नुपर्छ, र नम्र भई आखिरी दिनहरूमा परमेश्‍वरको कामको खोजी र अनुसन्धान गर्नुपर्छ। त्यस फिल्मको नायिका अन्त्यमा परमेश्‍वरको वचनले उनलाई नजितिञ्जेल, उनको आफ्नै धारणामा अडिग रहन्छे र परमेश्‍वरको कामलाई स्वीकार गर्न मान्दिन, र उनले वेदनाको आँसुसहित परमेश्‍वरको सामु पश्चात्ताप गरिन्। यसले मलाई परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्दछन्, परमेश्‍वरको वचनको अधिकार सबैभन्दा माथि छ, र मानिसको कुनै पनि धारणा परमेश्‍वरको वचनको सामु टिक्न सक्दैन भनी देखायो। यसले मलाई सर्वशक्तिमान् परमेश्‍वरको वचन सत्य, बाटो, र जीवन हो र सर्वशक्तिमान् परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी अझ बढी निश्चित बनायो। परमेश्‍वरको आवाज सुन्ने र परमेश्‍वरका पाइलाहरू पछ्याउने अनुमति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरको मार्गदर्शनका लागि म आभारी छु। भविष्यमा, म परमेश्‍वरको सत्यता र ज्ञानको पछि लाग्ने र परमेश्‍वरको प्रेमको ऋण तिर्न सृष्टि गरिएको प्राणीका कर्तव्यहरू पूरा गर्ने योजना गर्दछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभुको पुनरागमनको रहस्य

By Li Chunmei, South Korea मैले २०१२ मा प्रभुमा विश्‍वास गरें। मैले प्रायजसो पाष्टरले भेलाहरूमा यसो भनेको सुन्थें, “बाइबलले भन्छ, ‘ए...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्