हाल संसारभरि विभिन्न धार्मिक समुदायहरूमा झूटा ले धोखा दिएका घटनाहरू धेरै छन्। यो धोखा वास्तवमा के हो भनी बुझ्न नसकेर धेरै मानिसहरू यी झूटा ख्रीष्टहरूको पछि लागेका छन्, यसरी प्रभु येशूको अगमवाणी पूरा गर्दैछन्: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। त्यसैले हामी के विश्‍वास गर्छौं भने, जो प्रभुको आगमन हो भनी गवाही दिइन्छ त्यो निस्सन्देह एक झूटा ख्रीष्ट हो, र तिनीहरूलाई खोज्नु र तिनीहरूलाई जाँच्नु कुनै आवश्यक हुँदैन। के हामीले यो विश्‍वास गर्नु गलत छ?

7 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

पृथ्वीमा ख्रीष्‍टले परमेश्‍वर स्वयमको प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए तापनि, सबै मानिसलाई देहमा रहेको आफ्नो स्वरूपलाई देखाउने अभिप्रायका साथ उहाँ आउनुहुन्‍न। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुहुन्‍न; उहाँको हातद्वारा मानिसलाई डोर्‍याउनको निम्ति उहाँ आउनुहुन्छ, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको देहको उद्देश्य परमेश्‍वर स्वयमको कार्य, अर्थात्, देहमा गरिने परमेश्‍वरको कार्यको लागि हो, तर उहाँको देहको सारलाई पूर्ण रूपमा बुझ्‍न मानिसलाई सक्षम गराउनु होइन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्‍त गर्न सकिनेभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले सामान्य मानवताद्वारा देहमा त्यो गर्नुहुन्छ, र मानिसलाई परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, देहमा उहाँले गर्ने कार्य मानिसले विचार गर्ने जत्तिको अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले देहमा परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभए तापनि र परमेश्‍वर स्वयमले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए तापनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त, नम्र रहनुहुन्छ। ख्रीष्‍ट बाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैन। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, देहको कुन आचरण साँचो ख्रीष्‍ट हो त्यस कुरालाई छर्लङ्ग पारिदिन्छ। तिनीहरू जति झूट हुन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफैप्रति घमण्ड गर्छन्, र मानिसहरूलाई धोका दिनका लागि त्यति नै तिनीहरूले चिन्‍हरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरको गुणहरू हुँदैन; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

यदि, वर्तमान दिनका दौरान, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू निकाल्न, बिरामीलाई निको पार्न, र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुनु छ भने, र यदि आएकाहरू येशू हुनुहुन्छ भन्ने यो व्यक्तिले दाबी गर्छ भने, यो येशूलाई नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्पर विरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथियो। येशू एक पटक पहिले नै आइसक्नु भएकाले, यदि येशू यो पटक फेरि आउनुभयो भने, यो गलत हुनेथियो। प्रत्येक युगको लागि एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतलाई निकाल्नुपर्छ, र सधैँ येशू जस्तै हुनुपर्छ। तर पनि यस पटक, परमेश्‍वर यस्तो हुनुहुन्न। यदि, आखिरी दिनहरूमा, अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभयो भने, र अझ पनि भूतप्रेतहरूलाई निकाल्नुभयो र बिरामीलाई निको पार्नुभयो भने—यदि उहाँले येशूले गर्नुभए जस्तै ठ्याक्कै गर्नुभयो भने—परमेश्‍वरले उही काम दोहोर्याउनुभएको हुनेथियो, र येशूका कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई दुष्ट आत्माहरूले चाँडै नै नक्कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरीका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्नथ्यो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

भर्खरै, मैले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेको छु, र तिनमा शक्ति र अख्तियार दुवै मैले पाएको छु। उहाँका प्रत्येक वाणीहरू सत्य छन्, ती साँच्चै परमेश्‍वरको आवाज हुन्, र सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ। तर मैले एउटा कुरा बुझेको छैन: अहिले फर्केर आउनुभएका प्रभु येशू भएको बहाना गर्ने कतिपय मानिसहरू, र तिनीहरूले पनि केही वचनहरू बोलेका छन्। तिनीहरूका केही वचनहरूका पुस्तकहरू बनाइएको छ, र धेरै मानिसहरूलाई झुक्याएर तिनीहरूको पछि लाग्ने बनाइएको छ। हामी झूटा ख्रीष्टहरूका वचनहरू वास्तवमा के हुन् भनी कसरी भन्न सक्छौं?

परमेश्‍वरका प्रासंगिक वचनहरू: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्