परमेश्वरले अब्राहामलाई इसहाकको बलिदान चढाउन आज्ञा दिनुहुन्छ
अब्राहामलाई एउटा छोरो दिनुभएपछि, परमेश्वरले अब्राहामलाई भन्नुभएको वचन पूरा भयो। यसको अर्थ यो होइन कि परमेश्वरको योजना यहाँ रोकियो; यसको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
उत्पत्ति १७:१५-१७ अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, तेरी श्रीमती साराईलाई तैँले साराई नामले नबोलाउनू, तर त्यसको नाम सारा हुनेछ। अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु: हो, म त्यसलाई आशिष् दिनेछु र त्यो जातीहरूकी आमा हुनेछे; त्यसबाट मानिसहरूका राजाहरू आउनेछन्। तब अब्राहम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्चा जन्माउलिन् र?
उत्पत्ति १७:२१-२२ तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्न छोड्नुभयो र परमेश्वर अब्राहामदेखि माथि जानुभयो।
२. अब्राहामले इसहाकलाई बलि चढाउँछन्
उत्पत्ति २२:२-३ अनि उहाँले भन्नुभयो, अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा लिएर मोरीयाहको देशमा जा; अनि मैले तँलाई पर्वतहरूमध्ये जुन पर्वतमा जा भन्नेछु त्यसलाई त्यहाँ होमबलि चढा। अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे र उठेर परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा गए।
उत्पत्ति २२:९-१० अनि तिनीहरू परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए।
परमेश्वरले जुन काम गर्ने संकल्प गर्नुहुन्छ त्यसमा कसैले बाधा दिन सक्दैन
यसैले, तिमीहरू सबैले भर्खरै अब्राहामको कथा सुन्यौ। जलप्रलयले संसारलाई नाश पारेपछि परमेश्वरले तिनलाई चुन्नुभएको थियो, तिनको नाउँ अब्राहाम थियो, र जब तिनी एक सय वर्षको र उनकी पत्नी सारा नब्बे वर्षकी भए, तब परमेश्वरको प्रतिज्ञा तिनीकहाँ आयो। परमेश्वरले तिनीसँग कस्तो प्रतिज्ञा गर्नुभयो? परमेश्वरले त्यो कुराको प्रतिज्ञा गर्नुभयो जुन कुरालाई धर्मशास्त्रमा उल्लेख गरिएको छ: “अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु।” परमेश्वरले तिनलाई सन्तान दिने प्रतिज्ञाको पछि कस्तो पृष्ठभूमि थियो? धर्मशास्त्रले निम्न विवरण दिएको छ: “तब अब्राहम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्चा जन्माउलिन् र?” अर्को शब्दमा भन्दा, यस वृद्ध दम्पती सन्तान जन्माउनको लागि धेरै वृद्ध भइसकेका थिए। परमेश्वरले तिनीसित प्रतिज्ञा गर्नुभएपछि अब्राहामले के गरे? तिनी हाँस्दै घोप्टो परे, अनि आफैलाई भने, “के सय वर्ष पुगेको व्यक्तिबाट बच्चा जन्मेला र?” अब्राहामले त्यो असम्भव छ भन्ने विश्वास गरे—जसको अर्थ के हो भने, परमेश्वरले तिनीसँग गर्नुभएको प्रतिज्ञा एउटा ठट्टाभन्दा बढी केही पनि होइन भनी विश्वास गरे। मानिसको दृष्टिकोणबाट, यो मानिसद्वारा हासिल नहुने कुरा हो, र त्यस्तै यो परमेश्वरका निम्ति पनि हासिल गर्न नसकिने र एउटा असम्भव कुरा हो। सायद, अब्राहामका लागि यो हाँसोको कुरा थियो: परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, तर त्यस्तो वृद्ध व्यक्तिले सन्तान जन्माउन सक्दैन भन्ने उहाँलाई थाहा छैन जस्तो छ; उहाँले मलाई सन्तान जन्माउन लगाउन सक्नुहुन्छ भन्ने परमेश्वरलाई लाग्छ, उहाँ मलाई एउटा सन्तान दिने कुरा गर्नुहुन्छ—यो निश्चय असम्भव छ! यसैले, अब्राहाम मनमनै यो सोच्दै घोप्टो परे अनि हाँसे: असम्भव—परमेश्वरले मसँग ठट्टा गर्दैहुनुहुन्छ, यो सत्य हुन सक्दैन! तिनले परमेश्वरका वचनहरूलाई गम्भीरताका साथ लिएनन्। यसैले परमेश्वरको नजरमा, अब्राहाम कस्तो किसिमका मानिस थिए? (धार्मिक)। तिनी धर्मी मानिस भनेर कहाँ उल्लेख गरिएको थियो? तिमीहरूलाई लाग्छ, कि परमेश्वर जसलाई बोलाउनुहुन्छ तिनीहरू सबै धर्मी र सिद्ध हुन्छन्, तिनीहरू सबै परमेश्वरसँग हिँड्ने मानिसहरू हुन्। तिमीहरू सिद्धान्त पालन गर्छौ! तिमीहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ कि जब परमेश्वरले कसैलाई परिभाषित गर्नुहुन्छ, उहाँ मनमानी रूपमा त्यसो गर्नुहुन्न। यहाँ, परमेश्वरले अब्राहाम धर्मी थिए भन्नुभएन। उहाँको हृदयमा, परमेश्वरसँग प्रत्येक व्यक्तिलाई नाप्ने मापदण्डहरू हुन्छन्। परमेश्वरले अब्राहाम कस्तो किसिमका व्यक्ति थिए भनी नबताउनुभएको भए पनि, तिनको आचरणको हिसाबले, परमेश्वरमाथि अब्राहामको विश्वास कस्तो किसिमको थियो? के यो थोरै अमूर्त थियो? वा के तिनी ठूलो विश्वास भएको व्यक्ति थिए? थिएन, तिनी त्यस्तो थिएनन्। तिनको हाँसो र विचारले तिनी वास्तवमा को हुन् भनेर देखाए, त्यसैले तिनी धर्मी थिए भन्ने तिमीहरूको विचार तिमीहरूको कल्पनाको कुरा मात्र हो, यो सिद्धान्तको अन्धाधुन्ध प्रयोग हो, र यो एक गैरजिम्मेवार मूल्याङ्कन हो। के परमेश्वरले अब्राहामको हाँसो र उनका थोरै अभिव्यक्तिहरू देख्नुभयो? के उहाँले ती कुराहरू जान्नुहुन्थ्यो? परमेश्वरले जान्नुहुन्थ्यो। तर के परमेश्वरले आफूले गर्न खोज्नुभएको कुरा बदल्नुभयो? बदल्नुभएन! जब परमेश्वरले योजना बनाउनुभयो र यो मानिसलाई चुन्ने संकल्प गर्नुभयो, त्यो पूरा भयो। न त कुनै मानिसका विचारहरूले, न उसको आचरणले परमेश्वरलाई अलिकति पनि प्रभाव पार्न सक्छ वा उहाँलाई हस्तक्षेप नै गर्दछ; परमेश्वरले मनमानी ढङ्गले आफ्नो योजना परिवर्तन गर्नुहुन्न, न त उहाँले मानिसको आचरण, वा उसले अनजानमा गरेको व्यवहारको कारण आवेगमा आएर आफ्नो योजनालाई बदल्नुहुन्छ। त्यसोभए, उत्पत्ति १:२१-२२ मा के लेखिएको छ? “तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्न छोड्नुभयो र परमेश्वर अब्राहामदेखि माथि जानुभयो।” परमेश्वरले अब्राहामले सोचेको वा भनेका कुरामा अलिकति पनि ध्यान दिनुभएन। उहाँले बेवास्ता गर्नुको कारण के थियो? किनभने त्यतिखेर, परमेश्वरले मानिस ठूलो विश्वास भएको, वा परमेश्वरको ठूलो ज्ञान प्राप्त गर्न सक्ने, वा त्यसबाहेक, तिनी परमेश्वरले गर्नुभएको वा भन्नुभएको कुरा बुझ्ने क्षमता भएको हुनुपर्छ भनी माग गर्नुभएन। त्यसकारण, उहाँले संकल्प गर्नुभएको काम, उहाँले चुन्ने संकल्प गर्नुभएका मानिसहरू वा उहाँका कार्यहरूका सिद्धान्तहरू मानिसले राम्ररी बुझ्नुपर्छ भनी उहाँले भन्नुभएन, किनकि मानिसको कद अपर्याप्त थियो। त्यसबेला, अब्राहामले जे गरे पनि र तिनले जसरी व्यवहार गरे पनि त्यसलाई परमेश्वरले सामान्य मान्नुभयो। उहाँले निन्दा वा गाली गर्नुभएन, तर केवल यति भन्नुभयो: “अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसाहकलाई जन्माउनेछे।” परमेश्वरले यी वचनहरू घोषणा गर्नुभएपछि, यो कुरा एक-एक चरण गर्दै पूरा भयो; परमेश्वरको दृष्टिमा, उहाँको योजनाले जुन कुरा हासिल गर्नुपर्ने थियो त्यो प्राप्त भइसकेको थियो। यसका लागि गरिएका बन्दोबस्तहरू पूरा गरेपछि, परमेश्वर जानुभयो। मानिसले जे गर्दछ वा सोच्दछ, मानिसले जे बुझ्छ, मानिसका योजनाहरू—यी कुनैको पनि परमेश्वरसित कुनै सम्बन्ध हुँदैन। सबै कुरा परमेश्वरको योजना अनुसार, उहाँले तोक्नुभएको समय र चरणहरूलाई कायम गर्दै अगाडि बढ्छन्। परमेश्वरको कामको सिद्धान्त यस्तै हुन्छ। मानिसले सोच्ने वा जान्ने कुनै पनि कुरामा परमेश्वरले हस्तक्षेप गर्नुहुन्न, तैपनि मानिसले विश्वास गरेन वा बुझेन भन्दैमा उहाँले आफ्नो योजनालाई वा आफ्नो कामलाई त्याग्नुहुन्न। ती तथ्यहरूलाई परमेश्वरको योजना र विचार अनुसार पूरा हुन्छन्। हामी बाइबलमा ठ्याक्कै त्यस्तै देख्छौं: परमेश्वरले इसहाकको जन्म उहाँले तय गर्नुभएको समयमा हुने बनाउनुभयो। के यी तथ्यहरूले मानिसको व्यवहार र आचरणले परमेश्वरको काममा बाधा पुर्यायो भनी प्रमाणित गर्दछन्? तिनीहरूले परमेश्वरको काममा बाधा पुऱ्याएनन्! के परमेश्वरमाथिको मानिसको थोरै विश्वास, र परमेश्वरको बारेमा तिनको धारणा र कल्पनाले परमेश्वरको कामलाई असर गरे? गरेनन्, तिनीहरूले गरेनन्! थोरै पनि गरेनन्! परमेश्वरको व्यवस्थापनको योजना कुनै मानिस, पदार्थ, वा वातावरणद्वारा भावित हुँदैन। उहाँले गर्न अठोट गर्नुभएका सबै कुरा ठीक समयमा र उहाँको योजना अनुसार पूरा हुन्छन्, र उहाँको काममा कुनै पनि मानिसले हस्तक्षेप गर्न सक्दैन। परमेश्वरले मानिसको मूर्खता र अज्ञानताका केही पक्षहरूलाई बेवास्ता गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको प्रतिरोध र धारणाहरूलाई पनि बेवास्ता गर्नुहुन्छ, र चाहे जे भए पनि उहाँले गर्नुपर्ने काम उहाँले गर्नुहुन्छ। यो परमेश्वरको स्वभाव हो, र यो उहाँको सर्वव्यापकताको प्रतिबिम्ब हो।
— वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अब्राहामलाई एउटा छोरो दिनुभएपछि, परमेश्वरले अब्राहामलाई भन्नुभएको वचन पूरा भयो। यसको अर्थ यो होइन कि परमेश्वरको योजना यहाँ रोकियो; यसको...
उत्पत्ति २२:१६-१८ यहोवाले भन्नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरालाई रोकेको...