असल कार्यहरू भनेका के हुन् र तिनीहरूलाई कसरी प्रकट गरिन्छ
परमेश्वरका प्रासंगिक वचनहरू:
मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरुमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरुको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरुको असल कार्यहरुप्रति चासो राख्छु। जे भए पनि, तिमीहरुले तिमीहरुको आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरुमाथि आइपर्ने विपत्तिबाट तिमीहरु कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरु मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरु विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ। यो विपत्तिको बीचमा, तिमीहरुको कार्य र व्यवहारहरु पूर्ण रुपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरुको विश्वास र प्रेम खोक्रो थियो, र तिमीहरुले आफूलाई कायर वा रुखो मात्रै देखायौँ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरु प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरुको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्दछ: संकष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरुप्रति, अब म कृपालु हुनेछैन, किनभने मेरो कृपा यहीँ सम्मका लागि मात्रै थियो। साथै, मलाई एकपटक विश्वासघात गर्नेहरुलाई म मनपराउँदिन, र आफ्ना साथीहरुको हितलाई बिक्री गर्नेहरुसँग संलग्न हुन झनै मनपराउँदिन। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरुलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरु सधैँ मेरा हृदयमा रहनेछन्।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्
कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा तेरा विचारहरू, शब्दहरू, र व्यवहारहरूमा तँसँग सत्यतालाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्ट कार्य गर्ने व्यक्ति होस् भन्ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा शैतानलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्वरलाई सर्ममा पार्छन्, र परमेश्वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैंले परमेश्वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैंले परमेश्वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैंले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। “तेरो आफ्नै लागि” भन्ने वाक्यांशको अर्थ के हो? शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्वरले भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्वरको नजरमा तैंले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। तँलाई इनाम दिइनेछैन र परमेश्वरले तँलाई सम्झनुहुनेछैन। के यो पूर्ण रूपमा व्यर्थ छैन र? आफ्नो कर्तव्य पूरा गर्ने तिमीहरू प्रत्येकको लागि, चाहे तैँले जति नै गहन रूपमा सत्यतालाई बुझेको भए पनि, यदि तँ सत्य वास्तविकतामा प्रवेश गर्न चाहन्छस् भने, अभ्यास गर्ने सबैभन्दा सरल बाटो भनेको तैँले गर्ने हरेक कुराहरूमा परमेश्वरको घरको हितको बारेमा सोच्नु हो, अनि तेरा स्वार्थी चाहनाहरू, तेरा व्यक्तिगत आसय, अभिप्रायहरू, प्रतिष्ठा र हैसियतलाई छाड्नु हो। परमेश्वरको घरको हितलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्—कम्तीमा पनि तैँले गर्नुपर्ने कुरा यही हो।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”
मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र आज्ञाकारी हुनेछस्? के तँ आफ्ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र आज्ञाकारी बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?
तिमीहरू हरेकले आफ्नो कर्तव्य आफ्नो क्षमताले भ्याएसम्म खुला र इमान्दार हृदयसहित गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, उहाँको निम्ति कष्ट भोग्ने र मूल्य चुकाउने कसैलाई पनि परमेश्वरले बेवास्ता गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र?
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसहरूले खुसीसाथ आफूलाई उहाँको लागि अर्पण गर्छन् र उहाँमा समर्पित हुन्छन्। तैपनि, सच्चा भक्ति र बलिदान दिन सक्नेहरूसँग मात्रै साँचो वास्तविकता हुन्छ। धेरैजसो मानिसहरूले खुसीसाथ सत्यताको खोजी गर्छन्, तर तुलनात्मक रूपमा थोरैले मात्र यसलाई अभ्यास गर्न वा प्राप्त गर्नको लागि मूल्य तिर्न सक्छन्। जब महत्त्वपूर्ण क्षण आउँछ, र तँलाई बलिदान र त्याग गर्न अनुरोध गरिन्छ, तब तैँले यसलाई सहन सक्दैनस्; यो अस्वीकार्य हुन्छ, र यसले तँ परमेश्वरप्रति इमानदार छैनस् भन्ने देखाउँछ। यदि यो क्षण जति धेरै महत्त्वपूर्ण हुन्छ, मानिसहरूले त्यति नै धेरै समर्पित हुन र आफ्नो स्वार्थी रुचि, अभिमान, र अहङ्कारलाई त्यागेर, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन् भने मात्रै, तिनीहरूलाई परमेश्वरले याद गर्नुहुनेछ। ती सबै असल कार्य हुन्! मानिसहरूले जे गरे पनि, कुन बढी महत्त्वपूर्ण छ—तिनीहरूको गौरव र स्वाभिमान कि, परमेश्वरको महिमा? (परमेश्वरको महिमा।) कुन-कुन बढी महत्त्वपूर्ण छन्—तेरा जिम्मेवारीहरू कि तेरा आफ्नै रुचिहरू? तेरा जिम्मेवारीहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र ती पूरा गर्नु नै तेरो कर्तव्य हो। यो कुनै नारा होइन; यदि तैँले आफ्नो अन्तस्करणभित्र त्यही ठान्छस् भने, र तैँले त्यसरी अभ्यास गर्ने प्रयास गर्छस् भने, के तँ थोरै वास्तविकतामा प्रवेश गरेको हुँदैनस् र? कम्तीमा पनि, यसको अर्थ तँसँग वास्तविकताको त्यो पक्ष छ भन्ने हुन्छ। निश्चित कुराहरूको सामना गर्दा, तेरो आफ्नै क्षणिक व्यक्तिगत इच्छाहरू र तेरो अभिमान र गौरव तेरो बाटोमा खडा हुन छोड्नेछ, र तैँले आफ्नै कर्तव्यलाई, परमेश्वरको इच्छालाई, उहाँको लागि गवाही दिने कार्यलाई, र तेरा आफ्नै जिम्मेवारीहरूलाई पहिलो प्राथमिकता दिनेछस्। गवाही दिने उत्तम तरिका यही हो, र यसले शैतानलाई सरममा पार्छ! यो सबैलाई देखेर, शैतानले के विचार गर्छ? यदि तैँले परमेश्वरको लागि साँचो गवाही दिन र शैतानलाई तेरो पिठ्यूँ फर्काउनको लागि वास्तविक कार्यहरूको प्रयोग गर्दै यसो गर्छस्, र तैँले नारा लगाउने काम मात्रै गरिरहेको छैनस् भने, शैतानलाई सरममा पार्ने र परमेश्वरको गवाही दिने त्योभन्दा राम्रो तरिका अरू केही छैन। परमेश्वरको लागि गवाही दिन र शैतानलाई त्याग्ने र इन्कार गर्ने तेरो सङ्कल्प शैतानलाई देखाउनको लागि विभिन्न विधिहरूको प्रयोग गर्नु कति गजब हुन्छ!
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्वर र सत्यतालाई प्राप्त गर्नु नै सबैभन्दा खुसीको कुरा हो”
मण्डलीका अगुवाहरूका रूपमा, तिमीहरूले प्रतिभाहरूको खोजी र संरक्षण कसरी गर्ने, र प्रतिभावान् मानिसहरूप्रति डाह कसरी नगर्ने सो कुरा सिक्नुपर्छ। यसरी, तिमीहरूले आफ्नो कर्तव्य चित्तबुझ्दो रूपमा निर्वाह गरेका हुनेछौ, र तिमीहरूले आफ्नो जिम्मेवारीलाई पूरा गरेका हुनेछौ; तिमीहरूले निष्ठावान बन्नको लागि पनि आफूले सक्दो गरेका हुनेछौ। केही मानिसहरू अरूले तिनीहरूको प्रसिद्धि चोरेर लैजानेछन्, तिनीहरूलाई उछिन्नेछन्, तिनीहरू स्वयमलाई भने बेवास्ता गरिएको बेला अरूले पहिचान प्राप्त गर्नेछन् भनेर सधैं डराउँछन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्नो बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा कुनै सोचविचार नराख्ने, अनि आफ्नो हितको बारेमा मात्र सोच्ने तर परमेश्वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्वरको इच्छालाई साँच्चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछौ। यदि तैँले कसैलाई आफ्नो सिफारिस गरिस्, र त्यो व्यक्ति गोडमेल प्राप्त गरी प्रतिभावान् व्यक्ति बन्यो र यसरी परमेश्वरको घरमा अर्को एक प्रतिभावान् व्यक्ति भित्र्याइयो भने, के तैँले आफ्नो काम राम्ररी गरेको हुनेछैनस् र? त्यसपछि के तँ आफ्नो कर्तव्य पूरा गर्ने क्रममा निष्ठावान भएको हुँदैनस् र? यो परमेश्वरको अघि गरिएको असल कार्य हो, र मानिसहरूमा हुनुपर्ने विवेक र तर्कशक्ति यही हो। सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस् भने, र परमेश्वरको छानबिनलाई स्वीकार्दैनस् भने, के परमेश्वर अझै पनि तेरो हृदयमा हुनुहुन्छ? यस्ता व्यक्तिहरूमा परमेश्वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँ थोरै क्षमता, सतही अनुभव भएको व्यक्ति होस् भने वा तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”
चाहे तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको होस् वा व्यावसायिक ज्ञान सिकिरहेको होस्, तैँले गर्ने सबै कुरामा तैँले सिद्धान्तहरूको पालना गर्नुपर्छ। तैँले गर्ने सबै कुरालाई तैँले सत्यताअनुसार व्यवहार गर्नुपर्छ, र सत्यताअनुसार नै अभ्यास गर्नुपर्छ। समस्याहरूको समाधान गर्न, तँमा प्रकट गरिएका भ्रष्ट स्वभावहरूलाई समाधान गर्न, र तेरा गलत तरिका र विचारहरूलाई समाधान गर्न तैँले सत्यताको प्रयोग गर्नुपर्छ। तैँले यी समस्याहरूलाई निरन्तर पार गर्नुपर्छ। एउटा कुरा के हो भने, तैँले आफूलाई जाँच्नैपर्छ। तैँले त्यसो गरिसकेपछि, यदि तैँले भ्रष्ट स्वभाव पत्ता लगाइस् भने, तैँले यसलाई समाधान गर्नुपर्छ, वशमा पार्नुपर्छ, र यसलाई त्याग्नुपर्छ। तैँले यी समस्याहरूलाई समाधान गरिसकेपछि, जब तैँले यी कुराहरू तेरा भ्रष्ट स्वभावहरूअनुसार गर्न छोडेको हुन्छस्, र जब तैँले तेरा अभिप्राय र रुचिहरूलाई त्याग्न र सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्ने भएको हुन्छस्, तब मात्रै तैँले परमेश्वरलाई साँचो रूपमा पछ्याउने व्यक्तिले गर्नुपर्नेजस्तो काम गरिरहेको हुनेछस्। के परमेश्वरले यो खास व्यवहार, काम गर्ने शैली, र आचरणलाई स्वीकारयोग्य पाउनुहुन्छ? उहाँले यसलाई स्वीकारयोग्य पाउनुहुन्छ; यो असल कार्य हो! तेरो काम गर्ने त्यस तरिकालाई किन असल कार्य मानिन्छ त? तैँले अरूको फाइदाको लागि, परमेश्वरको घरको कामको खातिर, वा परमेश्वरको घरको भलाइको लागि यो काम गर्छस्, यसको साथै, तैँले सत्यताको अभ्यास गरिरहेको हुन्छस्, त्यसैले परमेश्वरले यसलाई स्वीकार गर्नुहुन्छ, र यो असल कार्य हो। यदि तँ यही तरिकाले जिएको छस् भने, यसको अर्थ तैँले परमेश्वरको लागि गवाही दिइरहेको छस् भन्ने हुन्छ।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सबै कुरामा सत्यताको खोजी गरेर मात्रै सत्यता वास्तविकतामा प्रवेश गर्न सकिन्छ”
मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफ्नो हृदयमा के राख्छन्, र तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्वरले छानबिन गर्नुहुन्छ र देख्न सक्नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। सहकार्य पनि निकै महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्वरको निम्ति ऋणी नबन्ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्। यदि आज, तैँले तेरो सारा हृदय र शक्ति लगाउँदैनस् भने, जब पछि कुनै गलत कुरा आइपर्छ, र दुष्परिणामहरू देखिन्छन्, के त्यो बेला पछुताउनको लागि ढिलो भइसकेको हुनेछैन र? तँ सधैँको लागि ऋणी हुनेछस्; यो तेरो निम्ति कलङ्क हुनेछ! व्यक्तिको कर्तव्य प्रदर्शनमा कलङ्क हुनु भनेको अपराध हो। त्यसकारण, तैँले गर्नैपर्ने र गर्ने कुराहरूलाई तेरो सारा हृदय र शक्तिले उचित रूपमा गर्ने प्रयास गर्नुपर्छ। त्यस्ता कुराहरूलाई लापरवाही वा झारातिरुवा शैलीमा गर्नु हुँदैन; तँसँग कुनै पनि पछुतो हुनु हुँदैन। यसरी, तैँले यो बेला गरेका कर्तव्यहरूलाई परमेश्वरले स्मरण गर्नुहुनेछ। परमेश्वरले स्मरण गर्नुहुने कुराहरू असल कार्य हुन्। त्यसो भए, स्मरण नगरिने कुराहरू के-के हुन् त? ती अपराधहरू हुन्। यदि वर्तमानमा तिनको बारेमा यसरी व्याख्या गरियो भने मानिसहरूले ती दुष्ट कार्यहरू हुन् भनेर स्वीकार नगर्न सक्छन्, तर यदि यी कुराहरूको गम्भीर परिणामहरू देखा पर्ने दिन आयो, र ती नकरात्मक प्रभाव बने भने, यी कुराहरू व्यवहारगत अपराध मात्रै होइनन्, ती दुष्ट कार्यहरू नै हुन् भन्ने तैँले थाहा पाउनेछस्। जब तैँले यस्तो महसुस गर्छस्, तँलाई पछुतो हुनेछ, र तैँले मनमनै विचार गर्नेछस्: मैले अलिकति होसियारी अपनाएको भए हुनेथियो! अलिकति बढी सोचेको र प्रयास गरेको भए, मलाई यो समस्या हुनेथिएन। तेरो हृदयबाट यो अनन्त कलङ्कलाई कुनै कुराले पनि हटाउन सक्नेछैन, र यदि यसले तँलाई स्थायी रूपमा ऋणी तुल्यायो भने समस्या हुनेछ। त्यसकारण, तैँले आफ्नो कर्तव्य पूरा गर्दा, वा आज्ञा स्वीकार गर्दा, हरेकपटक तैँले आफ्नो सारा शक्ति र सारा हृदयले त्यो काम गर्ने प्रयास गर्नुपर्छ। तैँले त्यो काम आफूलाई ग्लानि र पछुतो नहुने गरी गर्नुपर्छ, ताकि यसलाई परमेश्वरले स्मरण गर्न सक्नुहोस्, र यो असल काम बन्न सकोस्। आधा मन लगाएर लापरवाही र झारातिरुवा शैलीमा काम नगर्; तँ पछुताउनेछस्, र गरिसकेको गल्तीलाई सुधार्न सक्नेछैनस्। यो अपराध बन्नेछ, र अन्तिममा, तेरो हृदयमा, ग्लानि, ऋणी भावना, र दोषारोपण हुनेछ। यी दुईमध्ये कुन मार्ग उत्तम छ? कुन मार्ग सही मार्ग हो? आफ्नो कर्तव्य आफ्नो सारा हृदय र शक्तिले पूरा गर्नु, र कुनै पनि पछुतो नहुने गरी असल कार्यहरू गर्ने तयारी गर्नु र त्यस्ता कार्यहरू बढाउनु। तेरा अपराधहरूलाई बढ्न नदे, तिनको बारेमा पछुतो हुने, र त्यसप्रति ऋणी भावना आउन दिने काम नगर्। व्यक्तिले धेरै अपराध गरेको छ भने के हुन्छ? तिनीहरूले परमेश्वरको उपस्थितिमा तिनीहरूमाथि उहाँको क्रोध ल्याइरहेका हुन्छन्! यदि तैँले अझै बढी अपराध गर्छस् भने, र तँप्रतिको परमेश्वरको क्रोध अझै बढ्दै गयो भने, अन्तिममा तँलाई दण्ड हुनेछ।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो कर्तव्य पूरा गर्दा लापरवाह बन्ने र झारा टार्ने समस्यालाई कसरी समाधान गर्ने”
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।