छली मानिसहरूले किन मुक्ति प्राप्त गर्न सक्दैनन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुनसक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदी तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छैन भने तँभित्र अनाज्ञाकारिता, छलकपट, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीतादेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

म ती सबैलाई प्रेम गर्दछु जसले इमानदारीसाथ आफैलाई मेरो निम्ति समर्पित गर्छन्, र आफैलाई ममा अर्पण गर्छन्। मबाट जन्मेर, पनि मलाई नचिन्‍ने र मेरो विरोध समेत गर्ने सबैलाई म घृणा गर्छु। जो मेरो लागि इमानदार छ म उसलाई त्‍याग्‍नेछैनँ; बरु, म त्यो व्यक्तिका आशिषहरू दोबर गरिदिनेछु। जो अकृतज्ञ छन् र मेरो दयालाई उल्लङ्घन गर्दछन् म तिनीहरूलाई दोबर दण्ड दिनेछु, र म तिनीहरूलाई सजिलै छोड्‌नेछैनँ। मेरो राज्यमा कुनै कुटिलता वा छलकपट छैन, र कुनै सांसारिकता छैन; अर्थात्, त्यहाँ मृतकको कुनै दुर्गन्ध छैन। बरु, सबै विशुद्धता र धार्मिकता छन्; सबै शुद्धता र खुलापन छ, जसमा कुनै कुरा लुकाइएको वा गुप्त राखिएको छैन। सबै कुरा ताजा छन्, सबै थोक रमाइला छन्, र सबै थोक सुधार गर्ने किसिमका छन्। जो कसैसित अझै पनि मृतकको दुर्गन्ध छ त्यो कुनै पनि प्रकारले मेरो राज्यमा रहन सक्दैन, र यसको सट्टामा मेरो फलामको डन्डाले त्योमाथि शासन गरिनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०

म आफ्नो सम्पूर्ण क्रोध, मेरो महान् शक्ति र मेरो सम्पूर्ण बुद्धि प्रकट गर्न तिनीहरू प्रत्येकलाई सजाय दिन्छु, जो मद्वारा जन्मेर पनि मलाई चिन्दैनन्। ममा, सबै धर्मी छ, र कुनै अधर्म, कुनै छल र कुनै कुटिलपन हुँदैन; जो कुटिल र छली छ त्यो पातालबाट जन्मेको नरकको छोरो हुनुपर्छ। ममा सबै कुरा खुल्ला छ; म जे-जे भन्छु ती पूरा हुनेछन्, साँच्चै पूरा हुनेछन्; मैले जे-जे स्थापित हुनेछन् भनी भन्छु ती स्थापित हुनेछन्, र कसैले पनि यी कुराहरू बदल्न वा अनुकरण गर्न सक्दैनन्, किनकि म एक मात्र परमेश्‍वर स्वयम्‌ हुँ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९६

तिनीहरू सबै जसले परमेश्‍वरमा विश्‍वास गर्छन्, तापनि सत्यताको अनुसरण गर्दैनन्, तिनीहरूसँग शैतानको प्रभावदेखि उम्कने कुनै उपाय छैन। तिनीहरू जो इमान्दारितासहित आफ्नो जीवन जिउँदैनन्, जसले अरूको सामु एउटा प्रकारले व्यवहार गर्छन् तर तिनीहरूको पछाडि अर्कै प्रकारले व्यवहार गर्छन्, जसले नम्रता, धैर्यता तथा प्रेमको बाह्य रुप मात्रै देखाउँछन्, यद्यपि तिनीहरूको सार घातक, धूर्त र परमेश्‍वरप्रति वफादाररहित हुन्छ—त्यस्ता मानिसहरू अन्धकारको प्रभावमुनि जिउनेहरूका खास प्रतिनिधिहरू हुन्; तिनीहरू सर्पका वर्गका हुन्। तिनीहरू जसले सधैँ तिनीहरूका आफ्नै फाइदाको निम्ति मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्, जो स्वधर्मी र अभिमानी छन्, जसले देखावटी गर्छन्, अनि जसले आफ्नै हैसियतलाई रक्षा गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले शैतानलाई प्रेम गर्छन्, सत्यतालाई विरोध गर्छन्। यी मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन् तिनीहरू पूर्णरुपले शैतानका हुन्। तिनीहरू जसले परमेश्‍वरका बोझहरूलाई ध्यान दिँदैनन्, जसले सम्पूर्ण हृदयले परमेश्‍वरको सेवा गर्दैनन्, जोसित सधैँ तिनीहरूका आफ्नै स्व-रुचिहरू र आफ्नै परिवारका रुचिहरूको चासो हुन्छ, जो परमेश्‍वरको निम्ति तिनीहरू स्वयम्लाई समर्पित गर्न हरेक कुरा त्याग्न असक्षम हुन्छन्, र जो कहिल्यै परमेश्‍वरको वचनद्वारा जिउँदैनन्, तिनीहरू परमेश्‍वरको वचनबाट बाहिर रहने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुने आग्रह गर्नुभएको कुराले यो प्रमाणित गर्छ कि उहाँले छलीहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र उहाँले छली मानिसहरूलाई मन पराउनुहुन्‍न। परमेश्‍वरले छली मानिसहरूलाई मन पराउनुहुन्‍न भन्‍ने तथ्यको अर्थ यो हो कि उहाँले तिनीहरूका कार्यहरू, स्वभाव र उत्प्रेरणाहरूलाई मन पराउनुहुन्‍न; अर्थात्, उहाँले उनीहरूको काम गर्ने तरिका मन पराउनुहुन्‍न। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्न चाहन्छौं भने हामीले पहिले हाम्रा कार्यहरू र हामी जुन प्रकारले अस्तित्वमा रहन्छौं त्यो परिवर्तन गर्नुपर्छ। पहिले, हामी मानिसहरूका माझमा जिउनका निम्ति झुट र बहानामा भर पर्थ्यौं, हामीले त्यसैलाई हाम्रो पूँजीको रूपमा र अस्तित्वको आधार, जीवन र जगको रूपमा प्रयोग गर्थ्यौं, जसद्वारा हामीले आफैलाई सञ्‍चालन गर्थ्यौं। यो त्यस्तो कुरा थियो जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। संसारका अविश्‍वासीहरूका बीचमा, तँलाई चालबाजी गर्न वा छल गर्न आउँदैन भने, तँलाई दह्रिलो गरी खडा हुन कठिन हुन सक्छ। राम्रो जीवन प्राप्त गर्नको लागि आफूलाई रक्षा गर्न र आफूलाई छलावरणले ढाक्‍न तैँले झूट बोल्‍न, छलछाम गर्न, र धूर्त र छली तरिकाहरूको प्रयोग गर्न सक्छस्। परमेश्‍वरको घरमा भने यसको ठीक विपरीत हुन्छ: तँ जति छली हुन्छस्, र देखावटी काम गर्न र आफूलाई राम्रो रूपमा प्रस्तुत गर्न तैँले जति परिष्कृत चालबाजीको प्रयोग गर्छस्, तँ त्यति नै कम रूपमा दह्रिलो गरी खडा हुन सक्छस् र परमेश्‍वरले तँलाई त्यति नै घृणा र इन्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन् भनेर परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। यदि तँ इमानदार छैनस् भने, र तेरो जीवनमा तेरो अभ्यास इमानदार बन्‍ने कार्यतर्फ निर्देशित छैन र तैँले आफ्‍नो साँचो अनुहार प्रकट गर्दैनस् भने, तैँले परमेश्‍वरको कार्य वा स्याबासी प्राप्त गर्ने कुनै मौका पाउनेछैनस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”

घुसघुसेहरू सबैभन्दा मूर्ख हुन्छन्। कपटी नबन्। यदि तँ अविश्‍वासीहरूको संसारमा घुसघुसे हुन्छस् भने, तैँले आफैलाई रक्षा गरिरहेको हुन्छस्; कसैले पनि तेरो वास्तविकता देख्‍न सक्दैन, र तँलाई औंल्याउने आँट कसैले पनि गर्दैन। तर परमेश्‍वरको घरमा पनि तँ त्यस्तै छस् भने, तँ बुद्धिमानी छैनस् भनेर परमेश्‍वर भन्‍नुहुन्छ; तँ घुसघुसे मूर्ख होस्, र परमेश्‍वरले तँसँग मित्रवत् व्यवहार गर्नुहुनेछैन। के उहाँले घुसघुसे मानिसहरू, जहिल्यै षड्यन्त्र रचिरहने, चिप्‍लो घस्‍ने र चतुर व्यक्तिहरूलाई मन पराउनुहुन्छ भनेर परमेश्‍वरका वचनहरूमा कहिल्यै भनिएको छ? (भनिएको छैन।) परमेश्‍वरले इमानदार मानिसहरूलाई चाहनुहुन्छ; तँ अलि-अलि मूर्ख भए पनि त्यसले केही फरक पार्दैन, तर तँ इमानदार हुनैपर्छ। इमानदारीहरूले जिम्‍मेवारी लिन सक्छन्, तिनीहरूले आफ्‍नै हितको बारेमा सोच्दैनन्, तिनीहरूका विचारहरू शुद्ध हुन्छन्, र तिनीहरूको हृदय इमानदार र दयालु हुन्छ। तिनीहरू कचौराभरि राखिएको पानीजस्तै हुन्—जसको पिँध स्पष्‍टै देख्‍न सकिन्छ। यदि तैँले सधैँ कुरा लुकाइरहेको हुन्छस्, तिनलाई ढाकछोप गर्छस्, आफैभित्र सीमित राख्छस् भने, तेरो हृदयको गहिराइमा वास्तवमा के छ भनेर मानिसहरूले भन्‍न सक्दैनन्, तर परमेश्‍वरले तेरो हृदयको अन्तस्करणलाई देख्‍न सक्‍नुहुन्छ। तँ को होस् भन्‍ने परमेश्‍वरले देख्‍न सक्‍नुहुन्छ र उहाँले तँलाई चाहनुहुन्‍न, उहाँले तँलाई मन पराउनुहुन्‍न। अविश्‍वासीहरूको संसारमा, भूत आत्‍माहरू र दियाबलसका राजाहरूले चलाख र बोल्‍न सिपालुहरूलाई मन पराउँछन्; तिनीहरूका पहरेदार र अनुयायीहरू तीखो आँखा र चनाखो कान भएका हुन्छन्, र तिनीहरूको मुख महजस्तै हुन्छन्। अगुवाले जे सुन्न चाहन्छ तिनीहरूले त्यही भन्छन् र अगुवाले जे गराउन चाहन्छ तिनीहरू त्यही गर्छन्। तिनीहरूको अगुवाले एक नजर हेर्दा नै, तिनीहरूले सोहीअनुसार काम-कुरा मिलाइसक्छन्। तर तिनीहरूले आफ्‍नो हृदयमा के विचार गरिरहेका छन्, तिनीहरूले अगुवालाई मन पराउँछन् कि पराउँदैनन्, वा तिनीहरूसँग के-कस्ता योजना छन् भन्‍ने कुरा अगुवाले कहिल्यै सोध्दैन वा त्यो जान्‍ने चाहना गर्दैन। तिनीहरूले पनि यी कुराहरूको बारेमा कहिल्यै कुरा गर्दैनन् वा तिनलाई कहिल्यै खुलासा गर्दैनन्। अगुवाहरूले त्यस प्रकारको व्यक्तिलाई मन पराउँछन्। तर के परमेश्‍वरले पनि मन पराउनुहुन्छ त? (मन पराउनुहुन्‍न।) भूतहरूलाई त्यस्तो व्यक्ति मन पर्छ, तर परमेश्‍वरले सबैभन्दा घृणा गर्नुहुने मानिसहरू तिनीहरू नै हुन्। तिमीहरूले जे-जे गरे पनि, त्यस्तो व्यक्तिचाहिँ नबन। चिप्‍लो घसेर बोल्‍ने, चलाक, तीखो आँखा हुने र चनाखो कान हुने, सांसारिक रूपमा ज्ञानी, अवस्थालाई स्पष्ट रूपमा बुझिहाल्‍ने, र तिनीहरूले जे गर्छन् त्यसलाई निकै राम्ररी प्रदर्शन गर्ने—म तँलाई भन्छु, परमेश्‍वरको अघि त्यस्ता मानिसहरूलाई घृणा गरिन्छ; परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्‍न, र उहाँ तिनीहरूप्रति घिनाउनुहुन्छ। के परमेश्‍वरले तिनीहरूलाई अनुग्रह र अन्तर्दृष्टि दिन सक्‍नुहुन्छ त? के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई आशिष् दिन सक्‍नुहुन्छ त? सक्‍नुहुन्‍न। तिनीहरू घुसघुसे हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई पशुकै दर्जामा राख्‍नुहुन्छ। उहाँले तिनीहरूलाई मानवको रूपमा होइन, बरु पशुको रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरको नजरमा, यी मानिसहरूले मानव छाला मात्रै लगाइरहेका हुन्छन्, तर तिनीहरूको भित्री सार त दियाबलस शैतानको हुन्छ। तिनीहरू पशु वा जिउँदो लाससरह हुन्, र परमेश्‍वरले तिनीहरूलाई कहिल्यै पनि मुक्ति दिनुहुनेछैन। त्यसो भए, परमेश्‍वरले के गर्नुहुनेछ त? जब यी मानिसहरूमा कुनै घटना घट्छ, तिनीहरूलाई कहिल्यै पनि अन्तर्दृष्टि वा ज्योति दिइँदैन; तिनीहरूसँग साँचो विश्‍वासको कमी हुन्छ, र तिनीहरूले परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्न सक्दैनन्। त्यही कारणले गर्दा, तिनीहरूले आफैभित्र कहिल्यै पनि साँचो बोझ विकास गर्न सक्दैनन्। अनि यी सबै कुराको कमी भएपछि, के यी मानिसहरूले सत्यतालाई बुझ्‍न र प्राप्त गर्न सक्छन् त? (सक्दैनन्।) त्यसो भए, तिमीहरू के भन्छौ—यी मानिसहरू बुद्धिमानी हुन् कि मूर्ख? तिनीहरूले आफूलाई चनाखो ठान्छन्, तर वास्तवमा तिनीहरू चनाखो होइन, तिनीहरू घुसघुसे हुन्छन्, र यो घुसघुसेपनले तिनीहरूलाई सकाएको छ। परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, र तिनीहरू दोषी ठहरिएका छन्। अनि यदि परमेश्‍वरले तँलाई चाहनुहुन्‍न भने, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तेरो के नै आशा हुन्छ र? परमेश्‍वरमाथिको तेरो विश्‍वासको महत्त्व हराएको छ, तब तैँले किन विश्‍वाससमेत गर्छस् र? आखिरमा, तैँले केही पनि प्राप्त गर्दैनस् भन्‍ने निश्‍चित छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (८)”

छली व्यक्तिलाई उनीहरू चतुर छन्, उनीहरू झूटो बोल्न मन पराउँछन् र सत्य बोल्‍न मन पराउँदैनन्, र तिनीहरूले सधैँ आफूले गरिरहेका कुराहरू अरूबाट लुकाउने कोसिस गरिरहेका हुन्छन् भन्‍ने थाहा हुन सक्छ, तरै पनि तिनीहरूले आफ्नै बारेमा यस्तो सोचेर यसमा आनन्द लिनेछन्, “यसरी जिउनु एकदम राम्रो कुरा हो। मैले निरन्तर अरू मानिसहरूको आँखा छलेको छु, तर तिनीहरूले मलाई त्यसो गर्न सक्दैनन्। जहाँसम्म मेरो आफ्नै रुचि, अहङ्कार, हैसियत, र गर्वको कुरा छ, म त्यसमा प्रायजसो सधैँ सन्तुष्ट नै छु। काम-कुराहरू कुनै त्रुटिविना र सहजताको साथ मेरो योजनाअनुसार अगाडि बढ्छन्, र ती कुराहरूलाई कसैले पनि देख्न सक्दैनन्।” के यस प्रकारको व्यक्ति इमानदार हुन इच्छुक हुन्छ? तिनीहरू इच्‍छुक हुँदैनन्। तिनीहरूले आफ्नो चतुरता र धूर्ततालाई सकारात्मक कुराहरूको रूपमा हेर्छन्। तिनीहरू यी कुराहरूलाई कदर गर्छन् र तिनलाई त्याग्न मान्दैनन्। उनीहरू यस्तो विश्‍वास गर्छन्, “जिउने एउटै मात्र सहज तरिका यही हो, यो जीवनको सही मार्ग हो। यस प्रकारले जिएर मात्र म वास्तविक व्यक्ति बन्छु, म सिद्ध बन्छु, म केही मूल्यको बन्छु, म विशिष्ट बन्छु, अरूमा ईर्ष्या जगाउँछु, र तिनीहरू मलाई आदर गर्ने बन्छन्। यदि म इमानदार व्यक्ति बनें भने, मैले मानिसहरूलाई सबै कुरा भन्नुपर्छ, जसरी प्रभु येशूले भन्नुभयो: ‘तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्’ (मत्ती ५:३७)। त्यस प्रकारका मानिसहरू काँचजस्तै पारदर्शी हुन्छन्; उनीहरू अरूलाई सम्पूर्ण रूपमा आफ्‍नो कुरा देखाउँछन्, उनीहरू आफूलाई सबै कुरामा अरूको चालबाजीमा पार्छन्, तर उनीहरू आफैले भने अरूलाई चालबाजीमा पार्न सक्दैनन्। म कुनै पनि हालतमा त्यस्तो हुनेछैनँ!” के त्यस्तो व्यक्तिले आफ्‍नो छलीपन त्याग्न सक्छ? तिनीहरूले परमेश्‍वरमा जति धेरै समयदेखि विश्‍वास गरेको भए पनि, तिनीहरूले जति धेरै सत्यता सुनेका भए पनि, र तिनीहरूले सत्यताको मार्गको बारेमा जति धेरै बुझेका भए पनि, त्यस्ता मानिसहरूले कहिल्यै पनि साँचो रूपमा परमेश्‍वरलाई पछ्याउँदैनन्। उनीहरूले कहिल्यै पनि खुसीसाथ परमेश्‍वरलाई पछ्याउँदैनन्, किनकि त्यसो गर्नका निम्ति उनीहरूले धेरै कुरा त्याग्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको केवल धर्ममा विश्‍वास गर्नु हो, नाम मात्रको विश्‍वासी हुनु हो, केही असल कामहरू गर्नु हो र आफूलाई आत्मिक पोषण दिने कुनै कुरा प्राप्त गर्नु हो, बस त्यत्ति मात्र हो भन्‍ने तिनीहरूलाई लाग्छ। तिनीहरूले तिनीहरूका आफ्नै चासोका कुराहरूलाई प्रभावित गर्न सक्‍ने गरी तिनीहरूले मूल्य चुकाउनुपर्छ, वा तिनीहरूले केही कुरा त्याग्नुपर्छ भन्‍ने तिनीहरूलाई लाग्दैन। यतिसम्म गर्नु नै उनीहरूको लागि राम्रो हुन्छ, उनीहरू यसबाट सन्तुष्ट हुन्छन्, र यस किसिमको विश्‍वास नै उत्कृष्ट हो। के यस्ता मानिसहरूले आखिरमा सत्यता प्राप्त गर्न सक्नेछन्? (उनीहरूले सक्दैनन्।) किन यस्तो हुन्छ? तिनीहरूमा सकारात्मक कुराहरूप्रति कुनै प्रेम हुँदैन, तिनीहरू ज्योतिको तृष्णा गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको मार्गलाई वा सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले दुष्टतालाई प्रेम, आदर, र चाहना गर्छन्—तिनीहरूले नकरात्मक कुराहरूलाई बहुमूल्य ठान्छन्। तिनीहरूले आफ्‍नो हृदयमा आदर गर्ने, सम्‍मान गर्ने, खोजी गर्ने र तृष्णा गर्ने कुरा भनेको सत्यता धारण गर्ने व्यक्ति बन्ने कार्य हुँदैन, न त परमेश्‍वरद्वारा प्रेम गरिएको व्यक्ति बन्ने हुन्छ, तर बाहिरी रूपमा असल कार्यहरू गर्ने व्यक्तिजस्तो देखा पर्ने हुन्छ। उनीहरूले आफ्नो मनमा सोचेका कुराहरू, र उनीहरूका छललाई गुप्तमा राख्न, तिनीहरूले भेट्ने प्रत्येक व्यक्तिको आँखामा छल गर्न सकौं भनेर तिनीहरूले गरेको इच्‍छा वा युक्ति पूरा गर्न सकून्, ताकि कसैले पनि उनीहरूको वास्तविकतालाई देख्न नसकोस् भन्ने तिनीहरू चाहन्छन्। उनीहरू कुनै पनि भीडमा पूरा सहजताका साथ प्रवेश गर्न, कुशलताको साथ हरप्रकारका युक्तिहरू, दाउहरू र चलाकीहरू चलाउन सकूँ भन्‍ने चाहन्छन्, र उनीहरू जहाँ-जहाँ जान्छन् त्यहाँ उनीहरूलाई श्रद्धासाथ अभिवादन र स्वागत गरिएको चाहन्छन्। तिनीहरू यस्तै प्रकारको व्यक्ति बन्न चाहन्छन्। यो कस्तो प्रकारको मार्ग हो? यो भूतात्माहरूको मार्ग हो। यो साँचो मानवले लिने मार्ग होइन। मानिसहरूलाई उनीहरूको व्यक्तिगत भरोसाको आडमा ठग्‍नका निम्ति, उनीहरूलाई एउटा राम्रो अनुभूति र झूटो भ्रम दिनका लागि, तिनीहरूले शैतानको सांसारिक दर्शन, त्यसको तर्क, त्यसले आफ्ना कार्य लक्षित गर्ने दिशा र त्यसका कार्यहरूलाई नियन्त्रित गर्ने सिद्धान्तहरू प्रयोग गर्छन्; उनीहरूले हरेक स्थितिमा हरेक चाल, हरेक छलको प्रयोग गर्छन्। यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हिँड्नु पर्ने बाटो होइन; यसको अन्तिम परिणाम स्वरूप, उनीहरूले मुक्ति नपाउने मात्र होइन, तर उनीहरूले दण्डको पनि सामना गर्नेछन्। यो यस्तो प्रकारको गन्तव्य हुनेछ—यसको बारेमा कुनै शङ्का हुन सक्दैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “धर्ममाथिको विश्‍वासले कहिल्यै पनि मुक्तितर्फ डोर्‍याउँदैन”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्