प्रभुको पुनरागमनको रहस्य

17 अगस्ट 2021

By Li Chunmei, South Korea

मैले २०१२ मा प्रभुमा विश्‍वास गरें। मैले प्रायजसो पाष्टरले भेलाहरूमा यसो भनेको सुन्थें, “बाइबलले भन्छ, ‘ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ’ (प्रेरित १:११)। ‘अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमासित बादलमा आइरहेको देख्‍नेछन्’ (लूका २१:२७)। प्रभु येशू उहाँको आत्मिक शरीरमा बादलको सवारीमा स्वर्गमा उक्लेर जानुभयो। यसैले उहाँ निश्चय त्यसरी नै फर्कनुहुनेछ, हामीकहाँ बादलमा देखा पर्नुहुनेछ। धेरै वटा बाइबलीय अगमवाणीहरू अहिले पूरा भइसकेका छन्—प्रभु चाँडै फर्कनुहुनेछ। उहाँ बादलमा आउनुहुनेछ भनी हामीले विश्‍वास गर्नुपर्छ। प्रभुले देहधारी हुनुभएको छ भन्ने कुनै पनि खबर झूटो हो, हामीले त्यसमा विश्‍वास गर्नु हुँदैन। नत्र हामी धोकामा पर्नेछौं र स्वर्गमा हाम्रो मौका गुमाउनेछौं।” मैले पाष्टरका कुराहरू सधैँ मनमा राखेँ। पछि, मैले मण्डलीमा सेवा गरें। मैले बारम्बार आफैलाई स्मरण गराउथें, म एक असल भण्डारे हुनुपर्छ र प्रभुका भेडाहरूको देखरेख गर्नुपर्छ।

जुन २०१८ को एक दिन दुई जना बहिनी र म बाइबल पढ्न दिदी लीको घरमा गयौं। उनकी भतिजी, बहिनी जिन पनि त्यहाँ थिई, यसैले हामी सबै जना पवित्र-शास्त्रको गहन अध्ययनमा लाग्यौं। बहिनी जिनले प्रभुको पुनरागमनका यी अगमवाणीहरूको बारेमा बोलिन्। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्ना ५:२२)। “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ(१ पत्रुस ४:१७)। उनले भनिन्, जब प्रभु फेरि आउनुहुन्छ उहाँले न्यायको काम गर्नुहुनेछ। उहाँले उहाँको न्यायको कामद्वारा गहुँलाई सामाबाट, भेडाहरूलाई बाख्राहरूबाट, असल नोकरहरूलाई दुष्ट नोकरहरूबाट अलग गर्नुहुनेछ। बहिनी जिनको सङ्गति साँच्चै नयाँ र ज्ञान दिने प्रकारको थियो। त्यो आनन्द दिने किसिमको थियो र मैले धेरै कुरा प्राप्त गरें। हामीले त्यो समाप्त गर्दा बहिनी जिनले हामीलाई भनिन्, “प्रभु येशू पहिले नै आइसक्नुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ। परमेश्‍वर देह बन्नुभएको छ र पृथ्वीमा आउनुभएको छ, सत्यता प्रकट गर्दै र परमेश्‍वरको परिवारबाट सुरु गरी न्यायको काम गर्दै…।” उनले यसो भनेकी सुनेर मेरो अनुहारबाट मुस्कान हरायो। प्रभु येशू फर्कनुभयो र उहाँले देहमा काम गर्दैहुनुहुन्छ? त्यो कसरी सम्भव हुन सक्छ? पाष्टरले सधैँ नै प्रभु उहाँको आत्मिक स्वरूपमा फर्केर आउनुहुनेछ अनि उहाँ देहधारी हुनुभएको छ भन्ने कुनै पनि खबर झूटा हो भनी भन्थे। मैले तुरुन्तै बहिनी जिनसित सतर्क भएँ। म अरू कुनै कुरा सुन्न चाहँदिन थिएँ। हामी त्यहाँबाट जान लाग्दा उनले मलाई थुमाले खोल्नुभएको चर्मपत्रको मुट्ठोको एक प्रति दिइन्। र मलाई ध्यान लाएर पढ्न आग्रह गरिन्। मैले देखावटीका निम्ति मात्र त्यो पुस्तक स्वीकार गरें।

घरमा पुगेपछि मैले उत्सुकतावश त्यस पुस्तकका केही पृष्ठहरू हेरें। मैले ती वचनहरू आधिकारिक र शक्तिशाली रहेछन् भनी सोचेँ। तर पाष्टरका कुरा सोच्ने साथ मैले त्यो पढ्न छाडेँ। भोलिपल्ट दुई जना बहिनीले मलाई बहिनी जिनको सङ्गति सुन्न बोलाए। यसैले मैले मेरो चिन्ता उनीहरूलाई बताएँ। उनीहरू प्रभुको आगमन एउटा ठूलो घटना हो भनी जबाफ दिए अनि उनको सङ्गति ज्ञानवर्द्धक भएकोले हामीले त्यसको खोजी गर्नुपर्छ र यसलाई हेर्नुपर्छ भनी भने। प्रभु साँच्चै आउनुभएको छ कि छैन भनी निश्चित गर्ने एउटै मात्र तरिका त्यो मात्र हो भनी तिनीहरूले भने। उनीहरूले भनेका कुरा तर्कसंगत हो भन्‍ने मलाई लाग्यो, यसैले म फेरि दिदी लीको घरमा गएँ।

बहिनी जिनलाई देखेपछि मैले सोधेँ, “तपाईं भन्नुहुन्छ प्रभु येशू देह बन्नुभएको छ र फर्केर आउनुभएको छ। तपाईंलाई कसरी थाहा भयो? के तपाईंले परमेश्‍वरलाई देख्नुभएको छ?” उनी मुस्कुराइन् र जबाफ दिइन्, “प्रभु येशूले भन्नुभयो, ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)।” “प्रभु आखिरी दिनहरूमा आउनुहुनेछ र वचनहरू बोल्नुहुनेछ अनि परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्‍नेछन् र उहाँको सामु आउनेछन् भन्‍ने बारेमा यी अगमवाणीहरू साँच्‍चै स्पष्ट छन्।” “प्रभुलाई स्वागत गर्नका निम्ति, हामी जे देख्छौं त्यस अनुसार चल्न सक्दैनौं तर प्रभुलाई चिन्न र स्वागत गर्नका निम्ति हामीले परमेश्‍वरको आवाज सुन्नुपर्छ।” “परमेश्‍वरको आवाज सुन्नु भनेको उहाँ देखापर्नुभएको कुराको साक्षी दिनु हो। जब अय्यूबले यहोवा परमेश्‍वर आँधीबेहरीबाट बोल्नुभएको सुने, तिनले भने, ‘मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरा आँखाले तपाईंलाई देख्छ’ (अय्यूब ४२:५)। अय्यूबले उहाँलाई देखेको छु भनी भने, तर के तिनले आफ्ना आँखाले यहोवा परमेश्‍वरलाई देखे त?” “तिनले आँधीबेहरीबाट यहोवाको आवाज सुनेका मात्र थिए अनि तिनले आफ्नो हृदयमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी जाने। त्यो परमेश्‍वरलाई नै देख्नु सरह थियो। अनि जब प्रभु येशू आउनुभयो र उहाँको काम गर्नुभयो पत्रुस, नथानेल, सामरी स्त्री र अरू सबैले प्रभुका वचनहरूबाट परमेश्‍वरको आवाज चिन्न सके अनि उहाँ मसीह हुनुहुन्छ भनी निश्चित बने र तिनीहरूले प्रभुलाई पछ्याउन थाले। यदि हामीले परमेश्‍वरको आवाज सुन्दैनौं भने हामीले उहाँलाई देख्यौं, उहाँको आमनेसामने भयौं भने पनि हामीले उहाँलाई चिन्‍नेछैनौं। त्यो त ठीक फरिसीहरूले प्रभु येशूलाई देखेको जस्तो हुन्छ। तिनीहरूले उहाँलाई मसीहको रूपमा स्वीकार गरेनन्, तर उहाँको विरोध र निन्दा गरे। यसैकारण हामी प्रभु देखा पर्ने घटनाको निम्ति हाम्रा आफ्नै आँखामा भर पर्न सक्दैनौं। मुख्य कुरा परमेश्‍वरको आवाज सुन्नु र त्यसलाई हाम्रो हृदयमा जाँच्नु हो।” “हामी आखिरी दिनहरूका परमेश्‍वरको कामलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर र ती सत्य हुन्, ती परमेश्‍वरका आवाज हुन् भन्‍ने बुझेर स्वीकार गर्दछौं। अनि उहाँ नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरा हामी आफ्नो हृदयबाट जान्दछौं।” यो कुरा मलाई साँच्‍चै मन पर्‍यो। तर जब मैले पाष्टरले भनेका कुरा सोच्‍ने बित्तिकै प्रभु देहमा फर्केर आउनुभएको कुरालाई मैले विश्‍वास गर्न सकिनँ अनि भनें, “मैले पहिले यसको बारेमा अनुसन्धान गर्नुपर्छ।” त्यो रात म छटपटाएँ र यताउति पर्खिरहेँ, म निदाउनै सकिनँ। मैले बहिनी जिनको सङ्गतिको बारेमा सोचिरहें। र मैले मनमनै विचार गरें, “उनको सङ्गतिमा साँच्चै ज्योति थियो। मैले त्यस्तो अचम्मको सङ्गति पहिले कहिल्यै सुनेकी थिइनँ। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्चै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भने के गर्ने? मैले त्यसको अनुसन्धान गर्न इन्कार गरें भने, के मैले प्रभुको आगमन छुटाउँदिन? तर पाष्टरले हामीलाई प्रभु देहमा होइन तर उहाँको आत्मिक शरीरमा फर्कनुहुनेछ भनेर स्पष्ट बताएका थिए। यदि मैले गलत बाटो समातेँ भने मैले अरूलाई नाशमा पुऱ्याउनेथिएँ!” त्यस बेला मैले घुँडा टेकेँ र प्रभुसित प्रार्थना गरेँ: “हे प्रभु येशू, म अहिले साँच्चै अन्योलमा छु। तपाईं नै फर्केर आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न मलाई केही थाहा छैन। कृपया, मलाई ज्ञान दिनुहोस् र मलाई बुझ्ने विवेक दिनुहोस्, ताकि म तपाईंको बाटोबाट तर्केर जनाऊँ।”

भोलिपल्ट म हतार-हतार दाई वाङलाई भेट्न गएँ, जो धेरै वर्षदेखिका अगुवा थिए, र उनलाई बाइबलको राम्रो ज्ञान थियो। उनी समर्पित भएर खोजी गर्ने व्यक्ति थिए। मैले उनलाई प्रभुको पुनरागमन भइसकेको बारेमा बताएँ। यो सुनेर दाई वाङले भने, “यो प्रभुको पुनरागमनको एक महत्त्वपूर्ण समय हो। यदि कसैले उहाँ आउनुभएको छ भन्‍ने खबर दिएको हामी सुन्छौं भने, हामीले खुल्ला मनले खोज्नुपर्छ। हामीले त्यसै हलकासाथ दोष लाउनु हुँदैन। प्रभु येशूले भन्नुभयो, ‘आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:३)। रोमी १०:१७ ले भन्छ: ‘यसैले तब विश्‍वास सुनाइबाट आउँछ र ख्रीष्टको वचन सुनाइबाट।’” “हामी खोजेर अनि अनुसन्धान गरेर मात्र सर्वशक्तिमान्‌ परमेश्‍वर फर्केर आउनुभएका परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनी जान्न सक्छौं। यदि प्रभु साँच्चै फर्कनुभएको हो र हामी विश्‍वास गर्दैनौं भने के हामीले उठाइ लैजाने आफ्नो मौकालाई गुमाउँदैनौं?” यदि दाई वाङले भनेका कुरा तर्कसंगत हो भने, हामीले परमेश्‍वरप्रति आदर भाव देखाउँदै प्रभुको आगमनको नजिक आउनुपर्छ, अन्धाधुन्ध दोष लाउनु मात्र हुँदैन। यसैले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा गएर हेर्ने निर्णय गरें।

केही दिनपछि, दाई वाङ र म अन्य केही दिदी-बहिनीहरूको साथमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा गयौं। मैले मेरो चासो व्यक्त गरेँ: “बहिनी जिनले विगत समयमा दिएकी सङ्गति बाइबलसित मिल्दो थियो, र त्यसमा साँच्चै ज्योति थियो, तर प्रभु देहमा फर्की आउनुभएको छ भनी तपाईंले दिनुभएको गवाही म स्वीकार गर्न सक्दिनँ, किनकि बाइबलमा भनिएको छ: ‘अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमासित बादलमा आइरहेको देख्‍नेछन्(लूका २१:२७)। जब प्रभु फर्केर आउनुहुन्छ, उहाँ आफ्नो आत्मिक शरीरमा ठूलो महिमाको साथ हामीकहाँ देखा पर्नुपर्छ। उहाँ कसरी देहमा फर्केर आउन सक्नुहुन्छ?”

एक जना भाइले यो सन्देश दियो: “प्रभु आखिरी दिनहरूमा कसरी देखा पर्नुहुनेछ भन्ने विषयमा भन्दा, उहाँ सबैले देख्ने गरी बादलमा आउनुहुनेछ भन्ने बाइबलीय अगमवाणीहरू बाहेक अरू पनि धेरै वटा अगमवाणीहरू छन्, जसले उहाँ मानिसको पुत्रको रूपमा देहमा फर्कनुहुनेछ भन्‍नेबारे बताउँछ।” म यो सुनेर छक्क परेँ। प्रभु देहमा फर्कनुहुन्छ भन्‍ने अगमवाणीहरू पनि छन् र? मैले कसरी त्यसमा कहिल्यै ध्यान दिइनँ? ती भाइले भने, “उदाहरणको लागि, ‘यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(लूका १२:४०)। ‘किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)।” “अनि ‘किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)।” “यी अगमवाणीहरूले मानिसको पुत्रको र मानिसको पुत्रको आगमनको बारेमा कुरा गर्छन्—मानिसको पुत्र भन्नुको अर्थ, उहाँ मानिसद्वारा जन्मनुभएको र सामान्य मानवता धारण गर्नुभएको भन्ने हो। यदि उहाँ आफ्नो आत्मिक शरीरमा देखा पर्नुभयो भने, उहाँलाई मानिसको पुत्र भनिँदैन। उदाहरणको लागि, यहोवा परमेश्‍वर आत्मा हुनुहुन्थ्यो र उहाँलाई मानिसको पुत्र भनिएन। प्रभु येशू देहमा मानिसको पुत्र हुनुहुन्थ्यो, उहाँ ख्रीष्ट हुनुहुन्थ्यो, किनकि उहाँ देह धारण गर्नुभएका परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। बाहिर रूपमा उहाँ अति साधारण देखिनुहुन्थ्यो, तर उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्थ्यो र स्वयम् परमेश्‍वरको काम गर्न सक्नुहुन्थ्यो। अनि यसैले जब प्रभु येशूले ‘मानिसको पुत्र आउँछ’ र ‘मानिसको पुत्रको आगमन’ भनी भन्नुभयो, उहाँले आखिरी दिनहरूमा परमेश्‍वर देहमा फर्कनुहुन्छ भन्‍ने कुरालाई सङ्केत गरिरहनुभएको थियो। विशेष गरी यो पद—‘तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’—यो प्रभु येशू फर्केर आउनुहुँदा के हुनेछ भन्ने कुराको यो अगमवाणी हो। यो प्रभु येशू पहिलो पटक देह बन्नुहुँदा भोग्नुभएको विषयमा होइन।” “यदि प्रभु येशू उहाँको आत्मिक शरीरमा ठूलो महिमाको साथ आउनुभयो भने, त्यो घटनाले सारा संसारलाई हल्लाउनेथियो। सबै जना काम्दै लम्पसार पर्नेथिए। उहाँको विरोध गर्ने साहस कसले गर्नेथियो?” “उहाँले दुःख भोग्नुहुने थिएन वा यो पुस्ताद्वारा इन्कार गरिनुहुने थिएन। जब परमेश्‍वर देखा पर्नुहुन्छ र मानिसको पुत्रको रूपमा देहमा काम गर्नुहुन्छ, जब उहाँ अति सामान्य देखिनुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ भनी मानिसहरूले जान्दैनन् र तिनीहरूले उहाँसित सामान्य व्यक्तिलाई जस्तो व्यवहार गर्छन्। तिनीहरू आफ्‍ना धारणाहरूको आधारमा उहाँको विरोध र निन्दा गर्छन्, र त्यसले बाइबलले भनेको कुरालाई पूरा गर्दछ: ‘तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ जब हामीले प्रभुको दोस्रो आगमनको बारेमा विचार गरिरहेका हुन्छौं यदि हामी एक वा दुई वटा पदलाई मात्र हेर्छौं र उहाँ बादलमा ओर्लनुहुनेछ भनी निश्चित हुन्छौं भने सायद हामी परमेश्‍वरको विरोध गरिरहेका हुन्छौं र आखिरी दिनहरूमा मुक्ति पाउने हाम्रो मौकालाई गुमाउनेछौं।”

मैले उनको सङ्गतिलाई खण्डन गर्न सक्दिनँ। ती पदहरूले साँच्चै प्रभु मानिसको पुत्रको रूपमा देहमा फर्कनुहुनेछ भनी अगमवाणी गरेका छन्। मैले बाइबल धेरै चोटि पढेँ, तर त्यो कुरा किन देखेकी थिइनँ? म सतर्क हुन छाडेँ तर फेरि मैले सोचेँ यदि प्रभु देहमा आउनुभएको हो भने उहाँ बादलमा आउनुहुनेछ र सबै मानिसले उहाँलाई देख्नेछन् भन्‍ने अगमवाणी कसरी पूरा हुन्छ? त्यसपछि उनले मानिसको पुत्रको आगमनको रहस्य नामक एउटा भिडियो देखाए त्यो भक्तिको रहस्य नामक चलचित्रबाट लिइएको थियो जुन सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीद्वारा बनाइएको थियो। तब मैले के बुझेँ भने प्रभु आखिरी दिनहरूमा प्रभु दुई तरिकाले आउनुहुन्छ। एउटा बादलमा सबैले देख्ने गरी, अर्को गुप्त रूपले। त्यो परस्पर विरोधी पटक्कै होइन। परमेश्‍वरको काम अगि बढ्दै जाँदा यी अगमवाणीहरू पूरा हुन्छन्। आखिरी दिनहरूमा परमेश्‍वर पहिले देह बन्नुहुन्छ अनि गुप्त रूपले मानिसहरूको बीचमा बास गर्नुहुन्छ सत्यता प्रकट गर्नुहुन्छ न्याय गर्ने र मानव जातिलाई शुद्ध पार्ने काम गर्नुहुन्छ। जस-जसले परमेश्‍वरका आवाज सुन्छन् र आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायलाई स्वीकार गर्छन् तिनीहरू बुद्धिमती कन्याहरू हुन् र तिनीहरूलाई परमेश्‍वरको सिंहासनको सामु ल्याइन्छन्। तिनीहरू परमेश्‍वरको वचनका न्याय र सजायबाट भएर जान्छन् र तिनीहरू भ्रष्टता पखालिन्छ। परमेश्‍वरले विपत्तिहरूको अघि उनीहरूलाई विजेताहरू बनाउनुहुनेछ। विजेताहरूको यो समूह बनाइएपछि परमेश्‍वरको गुप्तको काम समाप्त हुन्छ। अनि उहाँले असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन विपत्तिहरू बर्साउनुहुनेछ। अनि उहाँ सबै मानिस र देशहरूले देख्ने गरी देखा पर्नुहुनेछ। जस-जसले परमेश्‍वरको न्यायलाई स्वीकार गर्छन् र शुद्ध पारिएका हुन्छन् तिनीहरू उहाँको राज्यमा लगिन्छन् जस-जसले परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई इन्कार गर्छन् अनि ख्रीष्टको विरोध र निन्दा गर्छन् तिनीहरूले विपत्तिहरू रोक्न सक्दैनन्, तिनीहरू रुन्छन् र दाह्रा किट्नेछन्। त्यसले यो अगमवाणीलाई पूरा गर्नेछ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)

त्यस चलचित्रमा सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड थियो जसले साँच्चै मेरो हृदय छोयो। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन देहमा देखा पर्नुहुन्छ)। यी वचनहरू मलाई परमेश्‍वरको चेताउनी जस्तो लाग्यो। यदि म त्यो बादलको कुरामा अल्झिरहन्छु र आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार गर्दिनँ भने, मैले परमेश्‍वर देखा पर्नुभएको देख्दा त्यो धेरै ढिलो भइसकेको हुनेछ। त्यसपछि म ढुक्क भएँ, तर परमेश्‍वर मानव जातिलाई बचाउन किन देहमा आउनुभयो भनी मैले अझै पनि बुझिनँ उहाँको आत्मिक स्वरूपको साटो मैले मेरो अन्योलता बताएँ।

ती दाईले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका अरू केही खण्डहरू पढे। “परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको एक प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। यदि परमेश्‍वर मानिस बन्नुभएको थिएन भने, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए(वचन देहमा देखा पर्नुहुन्छ)। “न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन, तर मानिसको बीचमा गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसको साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्‍नुहुन्‍न, र यस कारणले गर्दा, यसको प्रभाव तत्‍कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको रिस उठाउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्‍न सक्‍नु त परै जाओस्। … यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्‍च हुन्छ, र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्‍नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्‍नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वर सम्‍बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ, र आत्माको बारेमा मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्‍नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्‍न, तर यो देहधारी परमेश्‍वरको काम हो(वचन देहमा देखा पर्नुहुन्छ)

त्यसपछि उनले भने, “परमेश्‍वरले आत्मामा काम गर्नुभए पनि वा देहमा काम गर्नुभए पनि, त्यो सधैँ महत्त्वपूर्ण हुन्छ। यो परमेश्‍वरले आफ्नो कामका लागि जे चाहिन्छ र मानव कसरी भ्रष्ट छन् त्यस कुरामा आधारित हुन्छ। परमेश्‍वरले जुन तरिका उहाँको काम र भ्रष्ट मानव जातिका निम्ति सबैभन्दा बढी फाइदाजनक हुन्छ त्यही चुन्‍नुहुन्छ। विश्‍वासीहरू भएको हैसियतमा हामी गहन रूपले सचेत हुन्छौं कि प्रभु येशूले हाम्रा पापहरू क्षमा गर्नुभए पनि हाम्रो पापमय अवस्थाको जरा र हाम्रो शैतानी प्रकृति अझै पनि अस्तित्वमा छ। प्रायजसो हामी अहङ्कार र छलीपन, दुष्टता, र सत्यतालाई घृणा गर्ने जस्ता शैतानी स्वभावहरू प्रकट गर्छौं। हामी आफ्नै फाइदाका निम्ति झूटो बोल्छौं र ठगी गर्छौं, अनि पैसा र पदका निम्ति अरूसँग झगडा गर्छौं। हामी पाप नगरी र परमेश्‍वरको विरोध नगरी रहनै सक्दैनौं। परमेश्‍वर पवित्र हुनुहुन्छ, यसैकारण हामीजस्तो फोहोर व्यक्ति प्रभुलाई देख्ने र उहाँको राज्यमा प्रवेश गर्ने योग्यको कसरी हुन सक्छौं?” “मानव जातिको भ्रष्ट प्रकृति समाधान गर्न र हामीलाई पूर्ण शुद्ध पारी बचाउनका आखिरी दिनहरूमा, देहधारी परमेश्‍वरले सत्यता प्रकट गर्नुहुन्छ र न्याय गर्ने काम गर्नुहुन्छ। मानिसको पुत्रको रूपमा देहमा आउनुभएका परमेश्‍वरले मात्र साँच्चै हाम्रो बीचमा जिएर यो सब हासिल गर्न सक्नुहुन्छ। उहाँले हाम्रो खाँचोको आधारमा कुनै पनि बेला सत्यता प्रकट गर्नुहुन्छ उहाँले हाम्रो भ्रष्ट स्वभाव र शैतानी प्रकृति खुलासा र न्याय गर्नुहुन्छ र प्रत्यक्ष रूपमा हामीलाई परमेश्‍वरको इच्छा बताउनुहुन्छ। यसमा परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ र उहाँले कसलाई घृणा गर्नुहुन्छ, कसरी इमानदार व्यक्ति बन्ने, कसरी परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्ने आदि यसमा पर्छ। यसरी हामी परमेश्‍वरको इच्छा र मागहरूलाई सही प्रकारले बुझ्न सक्छौं।” “पापलाई त्याग्ने एक मात्र तरिका भनेको परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट भएर जानु हो। तब हाम्रो भ्रष्टता पखालिन्छ र हामी साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र उहाँको अधीनमा बस्न सक्‍नेछौं। अन्त्यमा हामी बचाइन्छौं र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्न सक्छौं।” “यदि परमेश्‍वरले सीधै आत्मामा काम गर्नुहुन्थ्यो भने उहाँको आवाज गर्जन जस्तो हुनेथियो। त्यसले सबैलाई भयभीत पार्नेथियो र तिनीहरू परमेश्‍वरको नजिक आउन सक्ने थिएनन्। कसैले पनि उहाँको इच्छा बुझ्न सक्ने थिएन। परमेश्‍वरको बारेमा मानिसहरूको धारणाहरू र भ्रष्टता प्रकट हुनेथिएन। अनि तिनीहरूले आफैलाई साँचो रूपले जान्ने थिएनन् वा साँचो पश्चात्ताप गरी परिवर्तन हुने थिएनन्।” “साथै, यदि परमेश्‍वर आत्मामा प्रकट हुनुहुन्थ्यो भने मानिसहरू डराउनेथिए अनि कसैले पनि धारणाहरू राख्‍नेथिएन वा उहाँको विरोध गर्नेथिएन अनि असल र खराब मानिसहरू सबै उहाँको सामु घोप्टो पर्नेथिए, यसैले तिनीहरूको भिन्नता कसरी छुट्ट्याउन सकिन्थ्यो? मानिसहरू तिनीहरूका प्रकार अनुसार कसरी अलग-अलग गर्न सकिन्थ्यो र?”

यस दाईको सङ्गतिले मलाई आखिरी दिनहरूमा भएको परमेश्‍वरको देहधारण कसरी बुद्धिमान् र अर्थपूर्ण छ भन्ने ज्ञान दियो। यदि परमेश्‍वरले देहमा होइन आत्मामा देखा परेर काम गर्नुभएको भए, उहाँले मानिसहरूको विद्रोही वा अइमानदार विश्‍वास प्रकट गर्न सक्नुहुने थिएन वा मानिसहरूलाई शुद्ध पार्न, हटाउन र मुक्ति दिन सक्नुहुने थिएन, प्रत्येकलाई तिनीहरूको आ-आफ्नै प्रकारअनुसार वर्गीकरण गर्न सक्‍नुहुनेथिएन। त्यसपछि हामीले परमेश्‍वरको वचन पाठ गरिएका धेरै वटा भिडियोहरू र सुसमाचारको चलचित्र हेऱ्यौं। केही समय खोजी र अनुसन्धान गरेपछि हामीले सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्चै फर्की आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी निश्चित गऱ्यौं। हामीले आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई स्वीकार गऱ्यौं। हामी अत्यन्तै आनन्दित र धन्यवादी भयौं—हामी परमेश्‍वरलाई धन्यवाद र प्रशंसा चढाउन रोकिनै सकेनौं। मैले त्यस समयको बारेमा सोचेँ, जब मैले परमेश्‍वरको कामलाई बुझेकी थिइनँ, अन्धाधुन्ध पाष्टरको यो कुरामा विश्‍वास गरेकी थिएँ, कि प्रभु बादलमा आत्मिक स्वरूपमा आउनुहुनेछ। मैले आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने कामलाई इन्कार गर्थेँ—म धेरै मूर्ख थिएँ। परमेश्‍वरले बारम्बार सङ्गति दिन ती दाजुभाइ, दिदी-बहिनीहरूलाई प्रयोग नगर्नुभएको भए मेरा धारणहरूको कारण निश्चय म आखिरी दिनहरूको परमेश्‍वरको मुक्ति गुमाउने थिएँ—कस्तो खतरा! परमेश्‍वरको अगुवाइका निम्ति धन्यवाद दिन्छु किनकि यसले मलाई परमेश्‍वरको आवाज सुन्न, प्रभुको आगमनलाई स्वागत गर्न, अनि थुमाका पाइलाहरू पछ्याउन सहायता गर्‍यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

१९९८ मा, मेरो काकाको छोरा याङ्ग मलाई प्रभु येशूको सुसमाचार सुनाउन आए। तिनले मेरो लागि एउटा बाइबल पनि ल्याइदिएका रहेछन्, र सारा बाइबल...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्