चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले पागलले झैँ सर्वशक्तिमान् परमेश्‍वरको निन्दा र विरोध गरेको छ, यस क्रममा धेरै अफवाह र भ्रामक कुराहरू फैलाएको छ। ती अफवाहहरू र भ्रामक कुराहरूलाई अन्धाधुन्ध स्वीकार गर्नेहरू, साँचो बाटोको खोजी र अनुसन्धान गर्न कुनै कोसिस नगर्नेहरूलाई परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुनेछ? तिनीहरूको अन्त्य कस्तो हुनेछ?

8 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)

“मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अण्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

जब केही मानिसहरूले परमेश्‍वरको बारेमा अफवाह वा निन्दात्मक कुराहरू सुन्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? तिनीहरूको पहिलो प्रतिक्रिया भनेको यी अफवाहहरू साँचो हुन् कि होइनन् र यी अफवाहहरू विद्यमान छन् कि छैनन् भनी सोच्नु र त्यसपछि पर्ख-र-हेर मनोवृत्ति अपनाउनु हो। त्यसपछि तिनीहरू सोच्न थाल्छन्, “यो कुरालाई पुष्टि गर्ने उपाय नै छैन। के त्यो साँच्चै नै भएकै थियो त? यो अफवाह साँचो हो कि होइन?” यस्ता मानिसहरूले सतही रूपमा यस्तो कुरा नदेखाए तापनि, तिनीहरूले आफ्नो हृदयमा अघि नै शङ्का गर्न थालिसकेका हुन्छन्, र अघि नै परमेश्‍वरलाई इन्कार गर्न थालिसकेका हुन्छन्। यस प्रकारको आचरण र त्यस्तो दृष्टिकोणको सार के हो त? के यो धोका होइन र? तिनीहरूले यो मामलाको सामना नगरुञ्जेलसम्म, तैँले यी मानिसहरूको दृष्टिकोण कस्तो रहेछ भनी देख्‍न सक्दैनस्; तिनीहरू परमेश्‍वरको विपरीत छन् भन्ने देखिँदैनन् र तिनीहरूले परमेश्‍वरलाई दुस्मनको रूपमा लिन्छन् जस्तो लाग्दैन। तथापि, तिनीहरूले कुनै समस्या सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै शैतानको साथमा उभिन्छन् र परमेश्‍वरको विरोध गर्छन्। यसले के कुरा सङ्केत गर्छ त? यसले मानिसहरू र परमेश्‍वर परस्पर विरोधी छन् भन्ने सङ्केत गर्छ। परमेश्‍वरले मानवजातिलाई दुस्मनको रूपमा लिनुहुन्छ भन्ने होइन, बरु यो त मानवताको सार आफै परमेश्‍वरको विरुद्धमा छ भन्ने हो। कुनै व्यक्तिले उहाँलाई जति नै लामो समयसम्म पछ्याएको नै किन नहोस् वा तिनीहरूले जति ठूलो मूल्य तिरेको नै किन नहोस् र तिनीहरूले जस्तोसुकै प्रकारले परमेश्‍वरको प्रशंसा गरेका भए पनि, तिनीहरूले उहाँको प्रतिरोध गर्नबाट आफूलाई जे-जसरी रोकेको भए पनि र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न भनी जति नै जोडसँग आफूले आफैलाई आग्रह गरेको भए पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्दैनन्। के यो कुरा मानिसहरूको सारद्वारा निर्धारण हुँदैन र? यदि तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्छस् र उहाँ नै परमेश्‍वर हुनुहुन्छ भनी साँचो रूपमा विश्‍वास गर्छस् भने, के तैँले उहाँप्रति अझै कुनै शङ्का गर्न सक्छस्? के तेरो हृदयले अझै उहाँको बारेमा प्रश्न चिन्ह खडा गर्न सक्छ? त्यस्तो कहिल्यै हुन सक्दैन, होइन र? यो संसारका प्रवृत्तिहरू एकदमै दुष्ट छन्, र यो मानवजाति पनि दुष्ट नै छ; त्यसैले, तँमा कसरी तिनीहरूको बारेमा कुनै धारणाहरू नहुन सक्छ त? तँ आफै नै त्यति दुष्ट छस्, त्यसैले तँमा कसरी त्यसको बारेमा कुनै धारणा छैन त? तर पनि, केही अफवाहहरू र केही निन्दाले परमेश्‍वरको बारेमा त्यस्ता विशाल धारणाहरू पैदा गर्न सक्छ र तँलाई यति धेरै कुराहरू कल्पना गर्ने तुल्याउँछ, जसले कदमा तँ कति अपरिपक्व छस् भन्ने देखाउँछ! केवल केही लामखुट्टेहरू र केही घिनलाग्दा झिँगोहरूको “भुनभुन” नै तँलाई छल गर्नको लागि काफी हुन्छ त? यो कस्तो प्रकारको व्यक्ति हो? यस्ता मानिसहरूको बारेमा परमेश्‍वरले के सोच्नुहुन्छ, तँलाई थाहा छ? परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने बारेमा उहाँको आचरण वास्तवमा एकदमै स्पष्ट छ। यस्ता मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने व्यवहार भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो—उहाँको आचरण तिनीहरूलाई ध्यान दिनु होइन तर यी अज्ञानी मानिसहरूलाई गम्भीर रूपमा नलिनु हो। किन त्यस्तो हुन्छ त? किनभने उहाँको हृदयमा, परमेश्‍वरले उहाँसँग अन्त्यसम्म नै शत्रुवत रूपमा रहने कसम खाएका र उहाँसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने कहिल्यै योजना नगरेका यी व्यक्तिहरूलाई प्राप्त गर्ने योजना कहिल्यै पनि बनाउनुभएन।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

समझशक्ति नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्‍वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्‍वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सारा संसारमा विपत्तिहरू बारम्बार आइरहेका छन्, र आकारमा ती वृद्धि भइरहेका छन्, यसरी आखिरी दिनहरूको आगमनको घोषणा गर्दैछन्। बाइबलले भन्छ, “तर सबै कुराको अन्त्य नजिकै छ” (१ पत्रुस ४:७)। हामीलाई थाहा छ, जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ र मानिसहरूको अन्त्य निर्धारण गर्नुहुनेछ। त्यसो भए उहाँले कसरी असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ, र उहाँले मानिसहरूका अन्त्यहरू कसरी निर्धारण गर्नुहुनेछ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै...

प्रभुले यसो भन्दै हामीसँग प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्‍ना १४:२-३)। प्रभु येशू पुनरुत्थान हुनुभयो र हाम्रो निम्ति ठाउँ तयार पार्न स्वर्गमा चढिजानुभयो, यसैले यो ठाउँ स्वर्गमा नै हुनुपर्दछ। तापनि तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र पृथ्वीमा परमेश्‍वरको राज्य स्थापना गर्नुभएको छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझिनँ: स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ?

सन्दर्भका लागि बाइबल पदहरू: “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्