तपाईं भन्नुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरले प्रत्येकलाई त्यसको वर्गअनुसार छुट्ट्याउन, असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन, पुरानो युगलाई अन्त्य गर्न न्यायको काम गर्नुहुन्छ, र अन्त्यमा ख्रीष्टको राज्य पृथ्वीमा पूरा हुनेछ। ख्रीष्टको राज्य पृथ्वीमा कसरी देखापर्नेछ? र त्यो राज्यको सुन्दरता कस्तो देखिनेछ?

7 फ्रेवुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि म यूहन्‍नाले पवित्र सहर, नयाँ येरुशलेम, आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ। अनि मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्” (प्रकाश २१:२-४)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानवजातिको बीचमा राज्य विस्तार भइरहेको छ, यो मानवजातिको बीचमा निर्माण भइरहेको छ, र यो मानवजातिको बीचमा खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमा, तिमीहरूमध्ये को मानवजातिका बीचमा रहेको मानव होइनौ र? तिमीहरूमध्ये को मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब कसरी मानवजातिले प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै नजरले देखेका छौ; यो संसारमा सदासर्वदा रहने आशालाई तिमीहरूले पक्‍कै पनि अझै राखेका छैनौ? म अहिले मेरा मानिसहरूका बीचमा हिँडडुल गरिरहेको छु र म तिनीहरूका बीचमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्यका हुन्। मप्रति समर्पित हुनेहरू धन्यका हुन्, अवश्य नै तिनीहरू मेरो राज्यमा रहनेछन्। मलाई चिन्‍नेहरू धन्यका हुन्, अवश्य नै तिनीहरूले मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। मलाई खोजी गर्नेहरू धन्यका हुन्, निश्‍चय नै तिनीहरू शैतानको बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिषहरूको आनन्द लिनेछन्। आफैलाई त्याग्न सक्षम हुनेहरू धन्यका हुन्, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको उदारताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरो वचनमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरूलाई अड्याउने खम्‍बाहरू हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १९” बाट उद्धृत गरिएको

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ, अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्‍कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नु अघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्‍णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब अन्तिम दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ, त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्तता प्रवेश गरिसकेको हुनेछ। अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिसकिएपछि मात्रै मानिस जतासुकै गए तापनि स्वतन्त्र हुन्छ अनि ऊ विद्रोहीपन वा विरोधरहित हुनेछ। शैतानलाई बन्धनभित्र राखिनुपर्छ र मानिसको सबै कुरा ठीक-ठाक हुनेछ; शैतानले अझै पृथ्वीमा सबै ठाउँमा समस्या उत्पन्न गर्ने भएकोले र परमेश्‍वरको व्यवस्थापन यसको लक्ष्यमा पुग्न बाँकी रहेकोले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्‍वरलाई प्राप्त गर्छ र शैतानको अधिकारक्षेत्रबाट बाहिर आउँछ, उसले धार्मिकताको सूर्यलाई हेर्नेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछ। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति झल्मिलाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय १८” बाट उद्धृत गरिएको

मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य पृथ्वीमा स्थापित हुन्छ। राज्यमा, परमेश्‍वरका सबै मानिसहरूले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद जान्छन्, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित हुन्छ जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। मानिसहरूले अब उसो मानिसको उदास, दयनीय संसारको सामना गर्नुपर्दैन र तिनीहरूले अब उसो मानिसको ठन्डा चिसो संसारलाई सहनुपर्दैन। मानिसहरू एक-अर्कासँग झगडा गर्दैनन्, देशहरू एक-अर्काको विरुद्धमा लडाइँ गर्दैनन्, अब उसो नरसंहार र नरसंहारबाट बग्‍ने रगत हुँदैन; सारा भूमि खुसीले भरिन्छ र मानिसहरूको बीचको न्यानोले जताततै न्यानो पार्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूको अनुहारहरूमा अब उसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैन। अब उसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामुन्‍ने जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गरेको सबैभन्दा ठूलो आशिष् यही होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २०” बाट उद्धृत गरिएको

विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहितको जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ “शैतान” शब्दले शत्रुका शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टताविनाको जीवन हो, अनि यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन होइन; यो सबै थोकले आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्‍नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन, न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरसँग परमेश्‍वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्‍नुहुन्‍न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्‍वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर आफ्‍नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्‍नो मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्‍वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका आ-आफ्नै जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्‍वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्‍वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्‍वर विश्राम हुनुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू दासत्वमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो कठिन हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित त्यस्तो हृदय हुन्छ जसले परमेश्‍वरलाई आदर र प्रेम गर्दछ। परमेश्‍वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि, अर्थात्, शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू दासत्वमा परेपछि पृथ्वीमा मानिसको जीवन समस्यारहित हुनेछ, र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ, र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन, र तैंले कसैको बारेमा चिन्ता लिइरहनु पर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन, र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरू जस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूत जस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्दछ तब मानिसले सृष्टिकर्तालाई आराधना गर्दछ, अनि मानिसले मुक्तिलाई हासिल गरिसकेको र अनन्तताभित्र प्रवेश गरिसकेको हुने भएकोले उसले अरू कुनै उद्देश्यहरूको खोजी गर्नेछैन, यसबाहेक न त उसले शैतानद्वारा घेराबन्दी हुने कुराको चिन्ता गर्नुपर्नेछ। त्यस समयमा मानिसले आफ्नो स्थान जान्नेछ र आफ्नो कर्तव्य पालना गर्नेछ र यदि तिनीहरूको सजाय र न्याय नभएको भए पनि हरेक व्यक्तिले आफ्नो कर्तव्य पालना गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवैमा एक सृष्टि हुनेछ। त्यहाँ अब उप्रान्त माथिल्लो र तल्लो दर्जाको भिन्नता हुनेछैन; हरेक व्यक्तिले फरक-फरक भूमिका निर्वाह गर्नेछ। तापनि, मानिस अझै पनि मानवजातिको निम्ति व्यवस्थित र उचित गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्तालाई आराधना गर्नको खातिर कर्तव्य पालना गर्नेछ र यही मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा प्रज्वलित जीवन हासिल गरिसकेको हुनेछ, एउटा यस्तो जीवन जुन परमेश्‍वरको वास्ता र संरक्षणको अधीनतामा अनि परमेश्‍वरको साथमा रहने जीवन हुनेछ। मानवजातिले पृथ्वीमा एउटा जीवन जिउनेछ र सबै मानिसहरू ठीक मार्गमा प्रवेश गर्नेछ। ६,००० वर्षे व्यवस्थापन योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरिसकेको हुनेछ, यसको अर्थ, परमेश्‍वरले उहाँको सृष्टिमा मानिसको सुरुको स्वरूप पुनर्स्थापित गरिसक्नुभएको हुनेछ र त्यही रूपमा परमेश्‍वरको सुरुको उद्देश्य पूरा भइसकेको हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

सारा भूमि हाँसोको आवाजले भरिन्छ, पृथ्वीमा जताततै प्रशंसाको वातावरण हुन्छ, र कुनै ठाउँ पनि मेरो महिमा विहीन हुँदैन। मेरो बुद्धि पृथ्वीमा जताततै र सम्पूर्ण ब्रह्माण्डभरि छ। सबै थोकहरूको बीचमा मेरो बुद्धिका फलहरू छन्, सबै मानिसहरूको बीचमा मेरो बुद्धिका कृतिहरू भरिपूर्ण छन्; मेरो राज्यमा हरेक थोक सबै थोकहरू जस्ता छन् र मेरा चरनहरूका भेडाहरू झैँ सबै मानिसहरू मेरा स्वर्गहरूमुनि आरामसँग बसोबास गर्छन्। म सबै मानिसहरू माझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिले जस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु, र म पूर्ण रूपमा सन्तुष्ट छु किनकि सबै थोकहरूले आफ्ना पवित्रता पुनः प्राप्त गरेका छन् र म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु, अनि पृथ्वीका मानिसहरूले मेरो मार्गदर्शनमा निर्मल र सन्तुष्ट जीवन जिउन सक्छन्। सबै मानिसहरूले मेरा हातमा सबै कुराहरूको व्यवस्थापन गरिरहेका छन्, सबै मानिसहरूले आफ्ना पहिलेको बुद्धि र मौलिक स्वरूप प्राप्त गरेका छन्; तिनीहरू अब उप्रान्त धूलोले ढाकिएका छैनन्, तर मेरो राज्यमा ती हिरा जस्तै पवित्र छन्, हरेकको मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै, किनकि मेरो राज्य मानिसहरूको बीचमा स्थापित गरिएको छ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १६” बाट उद्धृत गरिएको

“म सबै मानिसहरू माझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिले जस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु…।” परमेश्‍वरको वर्तमान कामको परिणाम यही हो। परमेश्‍वरका सबै चुनिएका मानिसहरू आफ्ना मौलिक स्वरूपमा फर्कन्छन्, जसको कारण स्वर्गदूतहरू स्वतन्त्र हुन्छन् जसले यतिका धेरै वर्षदेखि कष्ट भोगेका छन्, जसरी परमेश्‍वर भन्‍नुहुन्छ “मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै।” किनकि स्वर्गदूतहरू पृथ्वीमा काम गर्छन् र पृथ्वीमै परमेश्‍वरको सेवा गर्छन्, अनि परमेश्‍वरको महिमा संसारभरि फैलिने हुनाले, स्वर्गलाई पृथ्वीमा ल्याइएको छ र पृथ्वीलाई स्वर्गमा उचालिएको छ। यसैले मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने कडी हो; स्वर्ग र पृथ्वी अब उसो अलग छैनन्, छुट्टिएका छैनन्, तर एक भएर जोडिएका छन्। संसारभरि, परमेश्‍वर र मानिस मात्र अस्तित्वमा छन्। धूलो वा मैलो छैन, र परमेश्‍वरका सारा अनुग्रहको आनन्द लिँदै आकाशमुनिको हरियो चरनमा सानो थुमा सुतिरहेको जस्तै सबै थोक नवीकरण भएका छन्। र हरियालीको आगमनको कारण जीवनको सास चम्कन्छ, किनकि जसरी परमेश्‍वरको मुखबाट “म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु” भनी भनिएको थियो त्यसरी नै सारा अनन्तसम्म मानिसहरूसँगै बस्‍न परमेश्‍वर संसारमा आउनुहुन्छ। यो शैतानको हारको सङ्‍केत हो, यो परमेश्‍वरको विश्रामको दिन हो र सबै मानिसहरूले यस दिनको गुणगान र घोषणा गर्नेछन् र सबै मानिसहरूले स्मरण गर्नेछन्। जब परमेश्‍वर सिंहासनमा विश्राम गर्नुहुन्छ, परमेश्‍वरले पृथ्वीमा आफ्नो कामको समाप्त गर्ने समय त्यही हो र परमेश्‍वरका सारा रहस्यहरू मानिसहरूलाई देखाइने क्षण यही नै हो; परमेश्‍वर र मानिस कहिल्यै नछुट्टिने गरी, सदाको लागि सद्भावमा रहनेछन्—राज्यका सुन्दर दृश्यहरू यस्ता छन्!

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय १६” बाट उद्धृत गरिएको

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिले प्रज्वलित भएर, मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ, र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ। ए, सारा मानव जाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा संघर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असंख्य थोकहरू जसलाई म मेरा हातहरूमा समात्छु! तिनीहरू मेरा वचनहरूद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना कामहरू कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड् र दुःखी छैन। स्वर्ग र पृथ्वी, एक शून्यताद्वारा अब अलग छैन, ती फेरि कहिल्यै अलग नहुने गरी, एक भएर जोडिएका छन्। हर्षोल्‍लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानव जातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यस बेला, को खुसी छैन, र को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रताको कारण, मानिसको नवीकरणको कारण, स्वर्ग उप्रान्‍त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ, र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एक-अर्कासित घुस्सा प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँको बदनाम गर्ने कोही छन्? सबै मानिसहरूले आफ्ना श्रद्धालु नजर मतिर लगाउँछन्, र तिनीहरूका हृदयमा, तिनीहरूले मलाई गुप्तमा पुकार्छन्। मैले मानव जातिका सबै कार्यहरू खोजेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मेरो अनाज्ञाकारी छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिसहरू मेरो स्वभावले भरिएका छन्। सबै मानिसहरू मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको रगतको नसामा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैन, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १८” बाट उद्धृत गरिएको

मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले तिनीहरूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट आउँछु। जब मेरो महिमा चम्कन्छ, सबै राष्ट्रहरू उज्यालो हुनेछन्, सबैलाई ज्योतिमा ल्याइन्छ, एउटै पनि कुरा अन्धकारमा रहनेछैन। राज्यमा, परमेश्‍वरका मानिसहरूले परमेश्‍वरसँग जिउने जीवन नाप्नै नसकिने गरी आनन्दमय हुन्छ। ती मानिसहरूको आशिषित जीवनमा समुद्रहरू आनन्दले नाच्छन्, पहाडहरू मेरो प्रशस्ततामा मानिसहरूसँगै आनन्दित हुन्छन्। सबै मानिसहरूले प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा उनीहरूको बफादारी देखाइरहेका छन्। परमेश्‍वरको राज्यमा उप्रान्त विद्रोह हुँदैन, कुनै विरोध हुँदैन; आकाश र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, मानिस र म एक-अर्कामा अडेस लाग्दै मीठो सुखको गहिरो भावनामा घनिष्ठ हुन्छौं…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। उप्रान्त शैतानको बाधा हुँदैन, र मानिसहरू विश्राममा प्रवेश गर्छन्। सम्पूर्ण ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू मेरो महिमामा, तुलना नै गर्न नसकिने आशिषमा जिउँछन्, मानिसहरूको बीच बस्ने मानिसहरू जस्तो होइन, तर परमेश्‍वरसँग बस्ने मानिसहरू जस्तो भएर। सारा मानव जाति शैतानको भ्रष्टताबाट भएर गएको छ, अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र पीठो पिएको छ। अब, मेरो ज्योतिमा जिउँदा को आनन्दित हुन नसक्ला? यो सुन्दर क्षणलाई कसले हलकासाथ छोडिदिन र उम्कन दिनसक्छ? हे मानिसहरू हो! तिमीहरूका हृदयमा गीत गाओ र मेरो लागि आनन्दले नाच। तिमीहरूका निष्कपट हृदय उचाल र ती मलाई चढाओ! तिमीहरूको ढोल बजाओ र आनन्दसाथ मेरो निम्ति बजाओ। म सारा ब्रह्माण्डमा मेरो आनन्द चम्काउँछु! मानिसहरूलाई म मेरो महिमित अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले पहिले नै मानिसहरू माझ शासन गरें। म मानिसहरूद्वारा उच्च पारिएको छु! म माथि नीलो आकाशमा तैरिन्छु र मानिसहरू मसँग हिंड्नलाई जान्छन्। म मानिसहरूको माझ हिँड्छु र मेरा मानिसहरू मेरा वरिपरि हुन्छन्! मानिसहरूका हृदय आनन्दित छन्, तिनीहरूका गीतहरूले अन्तरिक्षलाई चिर्दै ब्रह्माण्डलाई हल्लाउँछन्! ब्रह्माण्ड अब कुहिरोमा ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिमीहरू आफ्नो वास्तविक अनुहार देखाओ। तिमीहरू फोहोरले ढाकिएका मानिसहरू होइनौ, तर पवित्र मोतीजस्ता शुद्ध सन्तहरू हौ, तिमीहरू सबै मेरा प्रियहरू हौ, तिमीहरू सबै मेरो खुसी हौ! सबै थोकहरू फेरि जीवित हुन्छन्! सन्तहरू सबै मेरो न्यानो अङ्गालोमा प्रवेश गर्दै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, अब रुवाइ हुनेछैन, अब चिन्ता हुनेछैन, आफूलाई ममा अर्पण गर्दै, मेरो घर फर्किरहेका छन्, र तिनीहरूको आफ्ना मातृ भूमिमा तिनीहरूले मलाई कुनै बाधाविना प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैन! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! पृथ्वी बितेर जान्छ, तर स्वर्ग सदासर्वदा रहन्छ। म सबै मानिसमा देखा पर्दछु, र सबै मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, अनन्त कालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “हे सबै मानिस हो, आनन्दित होओ!” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभुले यसो भन्दै हामीसँग प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्‍ना १४:२-३)। प्रभु येशू पुनरुत्थान हुनुभयो र हाम्रो निम्ति ठाउँ तयार पार्न स्वर्गमा चढिजानुभयो, यसैले यो ठाउँ स्वर्गमा नै हुनुपर्दछ। तापनि तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र पृथ्वीमा परमेश्‍वरको राज्य स्थापना गर्नुभएको छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझिनँ: स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ?

सन्दर्भका लागि बाइबल पदहरू: “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि...

सारा संसारमा विपत्तिहरू बारम्बार आइरहेका छन्, र आकारमा ती वृद्धि भइरहेका छन्, यसरी आखिरी दिनहरूको आगमनको घोषणा गर्दैछन्। बाइबलले भन्छ, “तर सबै कुराको अन्त्य नजिकै छ” (१ पत्रुस ४:७)। हामीलाई थाहा छ, जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ र मानिसहरूको अन्त्य निर्धारण गर्नुहुनेछ। त्यसो भए उहाँले कसरी असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ, र उहाँले मानिसहरूका अन्त्यहरू कसरी निर्धारण गर्नुहुनेछ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्