मानवजातिको सुन्दर गन्तव्य कस्तो हुनेछ

14 अगस्ट 2021

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि मैले एउटा नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ: किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बितेर गएका थिए; र कुनै समुद्र बाँकी थिएन। अनि म यूहन्‍नाले पवित्र सहर, नयाँ येरुशलेम, आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ। अनि मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्” (प्रकाश २१:१-४)

“अनि सहरमा उज्यालोको लागि कुनै घामको खाँचो थिएन, न त चन्द्रमाको नै खाँचो थियो: किनभने परमेश्‍वरको महिमाले यसलाई ज्योति दिएको थियो, र त्यहाँको ज्योति थुमा नै हुनुहुन्थ्यो। अनि मुक्ति पाएका त्यहाँका राष्ट्रहरू यसको ज्योतिमा हिँड्नेछन्: र पृथ्वीका राजाहरूले यसमा आफ्‍नो महिमा र आदर ल्याउँछन्। अनि यसका प्रवेशद्वारहरूलाई सारा दिन बन्द गरिनेछैन: किनभने त्यहाँ कुनै रात हुनेछैन। अनि तिनीहरूले राष्ट्रहरूको महिमा र आदर यसमा ल्याउनेछन्। अनि त्यहाँ अशुद्ध पार्ने कुनै पनि कुरा प्रवेश गर्नेछैन, न त घृणित काम गर्ने, वा झूट बोल्‍नेहरू नै प्रवेश गर्नेछन्: तर थुमाको जीवनको पुस्तकमा लेखिएकाहरू मात्रै प्रवेश गर्नेछन्। तब तिनले मलाई देखाए, परमेश्‍वर र थुमाको सिंहासनबाट स्फटिक जस्तै जीवनको सफा पानीको विशुद्ध नदी बगी निस्क्यो। त्यो नदीको दुवै किनारामा जीवनको रूख थियो, जसले बाह्र किसिमका फलहरू फलाउथे र हरेक महिना फल दिन्थे: र त्यस रूखका पातहरू जाति-जातिहरूलाई निको पर्नलाई थियो। अनि त्यहाँ उप्रान्त कुनै सराप हुनेछैन: तर यसभित्र परमेश्‍वर र थुमाको सिंहासन हुनेछ; र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्: अनि तिनीहरूले उहाँको मुहार देख्नेछन्; र तिनीहरूको निधारमा उहाँको नाउँ हुनेछ। त्यहाँ कुनै रात हुनेछैन; र तिनीहरूलाई कुनै बत्ती आवश्यक पर्दैन, न त सूर्यको प्रकाशको नै आवश्यक पर्छ; किनभने परमप्रभु परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुहुन्छ: र तिनीहरूले सदासर्वदा नै शासन गर्नेछन्” (प्रकाश २१:२३-२२:५)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य पृथ्वीमा स्थापित हुन्छ। राज्यमा, परमेश्‍वरका सबै मानिसहरूले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद जान्छन्, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित हुन्छ जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। मानिसहरूले अब उसो मानिसको उदास, दयनीय संसारको सामना गर्नुपर्दैन र तिनीहरूले अब उसो मानिसको ठन्डा चिसो संसारलाई सहनुपर्दैन। मानिसहरू एक-अर्कासँग झगडा गर्दैनन्, देशहरू एक-अर्काको विरुद्धमा लडाइँ गर्दैनन्, अब उसो नरसंहार र नरसंहारबाट बग्‍ने रगत हुँदैन; सारा भूमि खुसीले भरिन्छ र मानिसहरूको बीचको न्यानोले जताततै न्यानो पार्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूको अनुहारहरूमा अब उसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैन। अब उसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामुन्‍ने जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गरेको सबैभन्दा ठूलो आशिष् यही होइन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०

जब राज्य पूर्ण रूपमा पृथ्वीमा झर्छ, सबै मानिसहरूले तिनीहरूको मूल समानता पुनः प्राप्त गर्ने छन्। यसैले परमेश्‍वर भन्‍नुहुन्छ, “म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूको अनुहारहरूमा अब उसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैन। अब उसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन।” यसले यही देखाउँछ कि जुन दिन परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्नुहुन्छ त्यही दिन मानिसले आफ्नो आरामको आनन्द लिन्छ; अब उसो मानिसहरू सैतानको बाधाको कारण हतार गर्दैनन्, संसारले अगाडि प्रगति गर्न छोड्ने छ र मानिसहरू आराममा जिउँछन्—किनकि आकाशमण्डलका असङ्ख्य ताराहरू नवीकरण हुन्छन् अनि सूर्य, चन्द्र, ताराहरू आदि र आकाश र पृथ्वीमा भएका सबै पर्वत र खोलाहरू सबै परिवर्तन हुन्छन्। अनि मानिस परिवर्तन भएको र परमेश्‍वर परिवर्तन हुनुभएको कारण सबै थोकहरू पनि परिवर्तन हुने छन्। परमेश्‍वरको व्यवस्थापन योजनाको आखिरी उद्देश्य यही हो र अन्तमा यही कुरा नै हासिल गरिने छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिले प्रज्वलित भएर, मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ, र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ। ए, सारा मानव जाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा संघर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असंख्य थोकहरू जसलाई म मेरा हातहरूमा समात्छु! तिनीहरू मेरा वचनहरूद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना कामहरू कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड् र दुःखी छैन। स्वर्ग र पृथ्वी, एक शून्यताद्वारा अब अलग छैन, ती फेरि कहिल्यै अलग नहुने गरी, एक भएर जोडिएका छन्। हर्षोल्‍लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानव जातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यस बेला, को खुसी छैन, र को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रताको कारण, मानिस नवीकरणको कारण, स्वर्ग अब उप्रान्‍त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ, र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एक-अर्कासित घुस्सा प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँको बदनाम गर्ने कोही छन्? सबै मानिसहरूले आफ्ना श्रद्धालु नजर मतिर लगाउँछन्, र तिनीहरूका हृदयमा, तिनीहरूले मलाई गुप्तमा पुकार्छन्। मैले मानव जातिका सबै कार्यहरू खोजेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मेरो अनाज्ञाकारी छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिसहरू मेरो स्वभावले भरिएका छन्। सबै मानिसहरू मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको रगतको नसामा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैन, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८

मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले तिनीहरूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट आउँछु। जब मेरो महिमा चम्कन्छ, सबै राष्ट्रहरू उज्यालो हुनेछन्, सबैलाई ज्योतिमा ल्याइन्छ, एउटै पनि कुरा अन्धकारमा रहनेछैन। राज्यमा, परमेश्‍वरका मानिसहरूले परमेश्‍वरसँग जिउने जीवन नाप्नै नसकिने गरी आनन्दमय हुन्छ। ती मानिसहरूको आशिषित जीवनमा समुद्रहरू आनन्दले नाच्छन्, पहाडहरू मेरो प्रशस्ततामा मानिसहरूसँगै आनन्दित हुन्छन्। सबै मानिसहरूले प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा उनीहरूको बफादारी देखाइरहेका छन्। परमेश्‍वरको राज्यमा उप्रान्त विद्रोह हुँदैन, कुनै विरोध हुँदैन; आकाश र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, मानिस र म एक-अर्कामा अडेस लाग्दै मीठो सुखको गहिरो भावनामा घनिष्ठ हुन्छौं…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। उप्रान्त शैतानको बाधा हुँदैन, र मानिसहरू विश्राममा प्रवेश गर्छन्। सम्पूर्ण ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू मेरो महिमामा, तुलना नै गर्न नसकिने आशिषमा जिउँछन्, मानिसहरूको बीच बस्ने मानिसहरू जस्तो होइन, तर परमेश्‍वरसँग बस्ने मानिसहरू जस्तो भएर। सारा मानव जाति शैतानको भ्रष्टताबाट भएर गएको छ, अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र पीठो पिएको छ। अब, मेरो ज्योतिमा जिउँदा को आनन्दित हुन नसक्ला? यो सुन्दर क्षणलाई कसले हलकासाथ छोडिदिन र उम्कन दिनसक्छ? हे मानिसहरू हो! तिमीहरूका हृदयमा गीत गाओ र मेरो लागि आनन्दले नाच। तिमीहरूका निष्कपट हृदय उचाल र ती मलाई चढाओ! तिमीहरूको ढोल बजाओ र आनन्दसाथ मेरो निम्ति बजाओ। म सारा ब्रह्माण्डमा मेरो आनन्द चम्काउँछु! मानिसहरूलाई म मेरो महिमित अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले पहिले नै मानिसहरू माझ शासन गरें। म मानिसहरूद्वारा उच्च पारिएको छु! म माथि नीलो आकाशमा तैरिन्छु र मानिसहरू मसँग हिंड्नलाई जान्छन्। म मानिसहरूको माझ हिँड्छु र मेरा मानिसहरू मेरा वरिपरि हुन्छन्! मानिसहरूका हृदय आनन्दित छन्, तिनीहरूका गीतहरूले अन्तरिक्षलाई चिर्दै ब्रह्माण्डलाई हल्लाउँछन्! ब्रह्माण्ड अब कुहिरोमा ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिमीहरू आफ्नो वास्तविक अनुहार देखाओ। तिमीहरू फोहोरले ढाकिएका मानिसहरू होइनौ, तर पवित्र मोतीजस्ता शुद्ध सन्तहरू हौ, तिमीहरू सबै मेरा प्रियहरू हौ, तिमीहरू सबै मेरो खुसी हौ! सबै थोकहरू फेरि जीवित हुन्छन्! सन्तहरू सबै मेरो न्यानो अङ्गालोमा प्रवेश गर्दै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, अब रुवाइ हुनेछैन, अब चिन्ता हुनेछैन, आफूलाई ममा अर्पण गर्दै, मेरो घर फर्किरहेका छन्, र तिनीहरूको आफ्ना मातृ भूमिमा तिनीहरूले मलाई कुनै बाधाविना प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैन! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! पृथ्वी बितेर जान्छ, तर स्वर्ग सदासर्वदा रहन्छ। म सबै मानिसमा देखा पर्दछु, र सबै मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, अनन्त कालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, हे सबै मानिस हो, आनन्दित होओ! बाट

मेरो बुद्धि पृथ्वीमा जताततै र सम्पूर्ण ब्रह्माण्डभरि छ। सबै थोकहरूको बीचमा मेरो बुद्धिका फलहरू छन्, सबै मानिसहरूको बीचमा मेरो बुद्धिका कृतिहरू भरिपूर्ण छन्; मेरो राज्यमा हरेक थोक सबै थोकहरू जस्ता छन् र मेरा चरनहरूका भेडाहरू झैँ सबै मानिसहरू मेरा स्वर्गहरूमुनि आरामसँग बसोबास गर्छन्। म सबै मानिसहरू माझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिले जस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु, र म पूर्ण रूपमा सन्तुष्ट छु किनकि सबै थोकहरूले आफ्ना पवित्रता पुनः प्राप्त गरेका छन् र म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु, अनि पृथ्वीका मानिसहरूले मेरो मार्गदर्शनमा निर्मल र सन्तुष्ट जीवन जिउन सक्छन्। सबै मानिसहरूले मेरा हातमा सबै कुराहरूको व्यवस्थापन गरिरहेका छन्, सबै मानिसहरूले आफ्ना पहिलेको बुद्धि र मौलिक स्वरूप प्राप्त गरेका छन्; तिनीहरू अब उप्रान्त धूलोले ढाकिएका छैनन्, तर मेरो राज्यमा ती हिरा जस्तै पवित्र छन्, हरेकको मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै, किनकि मेरो राज्य मानिसहरूको बीचमा स्थापित गरिएको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १६

“म सबै मानिसहरू माझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिले जस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु…।” परमेश्‍वरको वर्तमान कामको परिणाम यही हो। परमेश्‍वरका सबै चुनिएका मानिसहरू आफ्ना मौलिक स्वरूपमा फर्कन्छन्, जसको कारण स्वर्गदूतहरू स्वतन्त्र हुन्छन् जसले यतिका धेरै वर्षदेखि कष्ट भोगेका छन्, जसरी परमेश्‍वर भन्‍नुहुन्छ “मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै।” किनकि स्वर्गदूतहरू पृथ्वीमा काम गर्छन् र पृथ्वीमै परमेश्‍वरको सेवा गर्छन्, अनि परमेश्‍वरको महिमा संसारभरि फैलिने हुनाले, स्वर्गलाई पृथ्वीमा ल्याइएको छ र पृथ्वीलाई स्वर्गमा उचालिएको छ। यसैले मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने कडी हो; स्वर्ग र पृथ्वी अब उसो अलग छैनन्, छुट्टिएका छैनन्, तर एक भएर जोडिएका छन्। संसारभरि, परमेश्‍वर र मानिस मात्र अस्तित्वमा छन्। धूलो वा मैलो छैन, र परमेश्‍वरका सारा अनुग्रहको आनन्द लिँदै आकाशमुनिको हरियो चरनमा सानो थुमा सुतिरहेको जस्तै सबै थोक नवीकरण भएका छन्। र हरियालीको आगमनको कारण जीवनको सास चम्कन्छ, किनकि जसरी परमेश्‍वरको मुखबाट “म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु” भनी भनिएको थियो त्यसरी नै सारा अनन्तसम्म मानिसहरूसँगै बस्‍न परमेश्‍वर संसारमा आउनुहुन्छ। यो शैतानको हारको सङ्‍केत हो, यो परमेश्‍वरको विश्रामको दिन हो र सबै मानिसहरूले यस दिनको गुणगान र घोषणा गर्नेछन् र सबै मानिसहरूले स्मरण गर्नेछन्। जब परमेश्‍वर सिंहासनमा विश्राम गर्नुहुन्छ, परमेश्‍वरले पृथ्वीमा आफ्नो कामको समाप्त गर्ने समय त्यही हो र परमेश्‍वरका सारा रहस्यहरू मानिसहरूलाई देखाइने क्षण यही नै हो; परमेश्‍वर र मानिस कहिल्यै नछुट्टिने गरी, सदाको लागि सद्भावमा रहनेछन्—राज्यका सुन्दर दृश्यहरू यस्ता छन्!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १६

जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्दछ तब मानिसले सृष्टिकर्तालाई आराधना गर्दछ, अनि मानिसले मुक्तिलाई हासिल गरिसकेको र अनन्तताभित्र प्रवेश गरिसकेको हुने भएकोले उसले अरू कुनै उद्देश्यहरूको खोजी गर्नेछैन, यसबाहेक न त उसले शैतानद्वारा घेराबन्दी हुने कुराको चिन्ता गर्नुपर्नेछ। त्यस समयमा मानिसले आफ्नो स्थान जान्नेछ र आफ्नो कर्तव्य पालना गर्नेछ र यदि तिनीहरूको सजाय र न्याय नभएको भए पनि हरेक व्यक्तिले आफ्नो कर्तव्य पालना गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवैमा एक सृष्टि हुनेछ। त्यहाँ अब उप्रान्त माथिल्लो र तल्लो दर्जाको भिन्नता हुनेछैन; हरेक व्यक्तिले फरक-फरक भूमिका निर्वाह गर्नेछ। तापनि, मानिस अझै पनि मानवजातिको निम्ति व्यवस्थित र उचित गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्तालाई आराधना गर्नको खातिर कर्तव्य पालना गर्नेछ र यही मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा प्रज्वलित जीवन हासिल गरिसकेको हुनेछ, एउटा यस्तो जीवन जुन परमेश्‍वरको वास्ता र संरक्षणको अधीनतामा अनि परमेश्‍वरको साथमा रहने जीवन हुनेछ। मानवजातिले पृथ्वीमा एउटा जीवन जिउनेछ र सबै मानिसहरू ठीक मार्गमा प्रवेश गर्नेछ। ६,००० वर्षे व्यवस्थापन योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरिसकेको हुनेछ, यसको अर्थ, परमेश्‍वरले उहाँको सृष्टिमा मानिसको सुरुको स्वरूप पुनर्स्थापित गरिसक्नुभएको हुनेछ र त्यही रूपमा परमेश्‍वरको सुरुको उद्देश्य पूरा भइसकेको हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहित जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ “शैतान” शब्दले वैरी दलहरूलाई जनाउँछ) र शैतानको भ्रष्टता विनाको जीवन हो, अनि न त यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन हो; यो सबै थोक आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, न त त्यहाँ वैरी दलहरूबाट कुनै अरू आक्रमण हुनेछ, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—यस उप्रान्त शैतानद्वारा भ्रष्ट पारिएको मानवजाति हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले उहाँको विश्राम गुमाउनुभयो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन; न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा वैरी दलहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गर्ने सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। एक पटक परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरको परमेश्‍वरकै गन्तव्य छ र मानवको मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनहरूमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। यस उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्दैन; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको निर्दिष्ट रूप हो। मानवलाई नेतृत्व गरिन्छन् र उनीहरू परमेश्‍वर झैँ उही सारका होइनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर उहाँको विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ उहाँको मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ यस उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजाति माझ हुनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; उनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू यस उप्रान्त परमेश्‍वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा उहाँको प्रतिरोध गर्नेछैनन् अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। उनीहरू विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका यी आ-आफ्नै जीवनहरू र गन्तव्यहरू हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य प्रचलन हो। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेश पछि विश्राममा परमेश्‍वरको प्रवेश पनि अनिवार्य प्रचलनहरू भएका छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। जब मानवले विश्राममा परमेश्‍वरको आराधना गर्छन्, तब उनीहरू पृथ्वीमा बस्नेछन् र जब परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुन्छ, तब उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा हुन्छन्। परमेश्‍वरले विश्राम गर्नुहुँदा, उहाँ मानव माझ आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानवले विश्राम लिँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन बन्द हुनेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्न अघि पृथ्वीमा परमेश्‍वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका वैरीहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई अन्तका दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएका हुनेछन्। एक पटक ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नलाई जरुरी कुराहरू यी नै हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मुक्ति प्राप्त गरेकाहरू र सिद्ध तुल्याइएकाहरूलाई परमेश्‍वरले के प्रतिज्ञा गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानवजातिको बीचमा राज्य विस्तार भइरहेको छ, यो मानवजातिको बीचमा निर्माण भइरहेको छ, र यो मानवजातिको बीचमा खडा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्