मुक्ति प्राप्त गरेकाहरू र सिद्ध तुल्याइएकाहरूलाई परमेश्‍वरले के प्रतिज्ञा गर्नुहुन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानवजातिको बीचमा राज्य विस्तार भइरहेको छ, यो मानवजातिको बीचमा निर्माण भइरहेको छ, र यो मानवजातिको बीचमा खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमा, तिमीहरूमध्ये को मानवजातिका बीचमा रहेको मानव होइनौ र? तिमीहरूमध्ये को मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब कसरी मानवजातिले प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै नजरले देखेका छौ; यो संसारमा सदासर्वदा रहने आशालाई तिमीहरूले पक्‍कै पनि अझै राखेका छैनौ? म अहिले मेरा मानिसहरूका बीचमा हिँडडुल गरिरहेको छु र म तिनीहरूका बीचमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्यका हुन्। मप्रति समर्पित हुनेहरू धन्यका हुन्, अवश्य नै तिनीहरू मेरो राज्यमा रहनेछन्। मलाई चिन्‍नेहरू धन्यका हुन्, अवश्य नै तिनीहरूले मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। मलाई खोजी गर्नेहरू धन्यका हुन्, निश्‍चय नै तिनीहरू शैतानको बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिषहरूको आनन्द लिनेछन्। आफैलाई त्याग्न सक्षम हुनेहरू धन्यका हुन्, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको उदारताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरो वचनमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरूलाई अड्याउने खम्‍बाहरू हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिहरूको घाँटी दबाउने कार्यलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९

परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌। मानिसहरूले प्रेम गरून्‌ भन्ने पक्षमा परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति कायम राख्न सक्दैनन्‌। तिनीहरूले परमेश्‍वरको साक्षी दिन समर्थ हुने भएकाले र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाएका हुनाले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूलाई विरोध गर्न आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न गर्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरूले विभिन्न भाषा बोल्छन्‌ र तिनीहरूका वर्णहरू फरक-फरक छन्‌, तर तिनीहरूको अस्तित्वको एउटै अर्थ छ; तिनीहरू सबैसँग एउटै हृदय छ जसले परमेश्‍वरलाई प्रेम गर्छ, तिनीहरू सबैले एउटै साक्षी प्रदान गर्छन्‌, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै इच्छा छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा, राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन्, र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन्, र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। संकष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकार अनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ, र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो, र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ, र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ, अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्‍कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नु अघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्‍णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब अन्तिम दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ, त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्तता प्रवेश गरिसकेको हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू दासत्वमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो कठिन हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित त्यस्तो हृदय हुन्छ जसले परमेश्‍वरलाई आदर र प्रेम गर्दछ। परमेश्‍वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि, अर्थात्, शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू दासत्वमा परेपछि पृथ्वीमा मानिसको जीवन समस्यारहित हुनेछ, र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ, र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन, र तैंले कसैको बारेमा चिन्ता लिइरहनु पर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन, र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरू जस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूत जस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

“आशिषहरू” को अर्थ भविष्यमा तिमीहरूमा तिमीहरूले घृणा गर्ने कुराहरू हुनेछैन, जसको अर्थ ती कुराहरू तिमीहरूको वास्तविक जीवनमा आउनेछैनन् भन्‍ने हुन्छ; ती तिमीहरूकै आँखाको अगाडि पूर्ण रूपले हटाइएको हुनेछन्। परिवार, काम, पत्नी, पति, छोराछोरी इष्ट-मित्र र आफन्त, र दिनको तीन पटकको भोजन जसलाई तिमीहरू हरेक दिन घृणा गर्छौ ती पनि हट्नेछन्। (यसको अर्थ समयद्वारा नियन्त्रित हुँदैनौ, शरीरबाट पूर्ण रूपमा बाहिर निस्कनेछौ। केवल तेरो तृप्त आत्माले मात्रै तेरो शरीरलाई कायम राख्न सक्छ, तर यसले तेरो शरीरलाई जनाउँछ, देहलाई होइन। तँ पूर्ण रूपमा स्वतन्त्र र उच्‍च स्तरको बन्‍नेछस्। यो परमेश्‍वरले संसारको सृष्टि भएदेखि यता प्रकट गर्नुभएको सबैभन्दा ठूलो र सबैभन्दा स्पष्ट आश्‍चर्यकर्म हो।) तिमीहरूका शरीरबाट माटोका सबै तत्वहरूलाई हटाइनेछ, र तिमीहरू पूर्णतया आत्मिक शरीर हुनेछौ जुन पवित्र र निष्खोट हुन्छ, तिमीहरूले ब्रह्माण्ड र पृथ्वीको अन्त्यसम्म सम्पूर्ण यात्रा गर्न सक्नेछौ। त्यस समयदेखि उप्रान्त तैंले सबै कठिनाइसाथ धुवाइ र सफाइबाट छुटकारा पाउनेछस्, र तिमीहरूले आफैमा पूर्ण आनन्द पाउनेछौ। त्यस बेलादेखि उप्रान्त तिमीहरूले विवाहको बारेमा सोच्नेछैनौ (किनकि मैले संसार सृष्टि गरिरहेको हुनेछैनँ, बरु युगको अन्त्य गरिरहेको हुनेछु), र महिलाले ठूलो यातना सहनुपर्ने त्यो प्रसव पीडा हुनेछैन। न त तिमीहरूले भविष्य कुनै काम वा परिश्रम गर्नेछौ। तँ मैले तिमीहरूलाई दिएका आशिषहरूमा रमाउँदै आफैलाई मेरो प्रेमको अङ्गालोमा पूरै डुबाउनेछौ। यो निश्चित छ। जब तिमीहरूले यी आशिषहरूको आनन्द लिइरहेको हुन्छौ, अनुग्रहले तिमीहरूलाई पछ्याइरहनेछ। मैले तिमीहरूका लागि तयारी गरेका सबै—अर्थात् संसारभरिका दुर्लभ र बहुमूल्य सम्पत्तिहरू—तिमीहरूलाई दिइनेछ। अहिले, तिमीहरूले न त यी सबै बुझ्न सक्छौ न कल्पना नै गर्न सक्छौ, र कसैले पनि पहिले ती उपभोग गरेको छैन। जब यी आशिषहरू तिमीहरूमाथि आउँछन्, तिमीहरू अन्त्यहीन रूपमा उल्लसित हुनेछौ—तर यो नबिर्स, कि यी सबै मेरो शक्ति, मेरा कार्यहरू, मेरो धार्मिकता, त्योभन्दा बढी मेरो प्रतापको कारण भएको हो। (म जुन मानिसहरूप्रति अनुग्रही हुने निर्णय गर्छु, तिनीहरूप्रति अनुग्रही हुनेछु, र म जुन मानिसहरूप्रति कृपालु हुने निर्णय गर्छु, म तिनीहरूप्रति कृपालु हुनेछु।) त्यस बेला तिमीहरूको कुनै आमाबुबा हुनेछैन, र त्यहाँ रगतको कुनै सम्बन्ध हुनेछैन। तिमीहरू सबै मैले प्रेम गर्ने, मेरा प्रिय छोराहरू हौ। त्यस समयदेखि उसो, कसैले पनि तिमीहरूलाई थिचोमिचो गर्ने आँट गर्नेछैन। त्यो तिमीहरूका निम्ति बढेर वयस्कहरू हुने समय हुनेछ, साथै तिमीहरूले फलामको डन्डाले शासन गर्ने समय हुनेछ! मेरा प्रिय छोराहरूलाई कसले बाधा दिने आँट गर्छ? कसले तिनीहरूमाथि आक्रमण गर्ने आँट गर्छ? सबैले मेरा प्रिय छोराहरूलाई आदर गर्नेछन् किनकि पिताको महिमा भएको छ। कसैले कल्पना गर्न नसक्‍ने सबै कुराहरू तिमीहरूका आँखा अगाडि देखा पर्नेछन्; ती असीमित, कहिल्यै नसकिने र अन्त्यहीन हुनेछन्। चाँडै नै तिमीहरू निश्चय घामले फेरि डढ्नु पर्दैन वा पीडादायी ताप सहनु आवश्यक पर्दैन, न त तिमीहरूले ठन्डा भोग्नुपर्नेछ वा वर्षा, हिउँ, वा बतासको स्पर्श महसुस गर्नुपर्नेछ। किनभने म तिमीहरूलाई प्रेम गर्छु, र त्यो पूर्ण रूपमा मेरो प्रेमको संसार हुनेछ। म तिमीहरूले चाहने सबै थोक तिमीहरूलाई दिनेछु, र तिमीहरूलाई चाहिने सबै थोक म तिमीहरूको निम्ति तयार पार्नेछु। म धर्मी छैन भनेर कसले दाबी गर्ने आँट गर्छ? म तँलाई तुरुन्तै मार्नेछु, किनभने मैले पहिलेबाट भनिसकेको छु कि, (दुष्टहरू विरुद्ध) मेरो क्रोध अनन्तसम्म रहनेछ, र म अलिकति पनि नरम हुनेछैनँ। तापनि, (मेरा प्रिय छोराहरूप्रतिको) मेरो प्रेम पनि सदासर्वदा रहिरहनेछ; म यसलाई अलिकति पनि रोकेर राख्‍नेछैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८४

परमेश्‍वरले सिद्ध पारिन इच्छा गरेकाहरूले उहाँको आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्छन्। अर्थात्, तिनीहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै तिनीहरूभित्र जे छ सो बन्छ; तिनीहरूसँग तिनीहरूभित्र काम गरिएको परमेश्‍वरको वचनहरू हुन्छ; परमेश्‍वर जस्तो हुनुहुन्छ तिमीहरूले दुरुस्तै रूपमा ती सबै लिन सक्छौ र त्यसै मार्फत सत्यतालाई जीवनमा सक्छौ उतार्छौ। परमेश्‍वरले हासिल गर्नुभएको र सिद्ध पार्नुभएको व्यक्ति यस्तो हुन्छ। यस्ता व्यक्ति मात्र परमेश्‍वरबाट आउने आशिष्‌हरू प्राप्‍त गर्न योग्यका हुन्छन्:

१. परमेश्‍वरको पूरा प्रेम हासिल गर्ने।

२. सबै कुरामा परमेश्‍वरको इच्छाअनुसार काम गर्ने।

३. परमेश्‍वरको मार्गदर्शन हासिल गर्ने, परमेश्‍वरको ज्योतिमा जिउने र परमेश्‍वरको ज्योति हासिल गर्ने।

४. पृथ्वीमा परमेश्‍वरलाई मन पर्ने स्वरूप जीवनमा उतार्ने; परमेश्‍वरको निम्ति क्रूसमा टाँगिएर परमेश्‍वरको प्रेमको बदलामा मर्न योग्य पत्रुसले गरेझैँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने; पत्रुसको जस्तै महिमा हासिल गर्ने।

५. पृथ्वीमा सबैले प्रेम गर्ने, आदर गर्ने र सराहना गर्ने हुने।

६. शैतानलाई त्यसको काम गर्न नै नदिइकन मृत्यु र पातालको बन्धनको हरेक पक्षमाथि विजयी हुने, परमेश्‍वरको अधीनमा भएर, ताजा र जीवन्त आत्माभित्र जिउने र नथाकिने।

७. कसैले परमेश्‍वरको महिमाको दिनको आगमन देखे झैँ गरी सारा जीवनभरि नै उल्लास र जोशको अवर्णनीय भाव हुने।

८. परमेश्‍वरसँग-सँगै महिमा जित्ने र परमेश्‍वरका प्रिय सन्तहरूसँग मिल्ने मुहार हुने।

९. पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने व्यक्ति अर्थात् परमेश्‍वरको प्रिय पुत्र बन्ने।

१०. स्वरूप परिवर्तन गर्ने र परमेश्‍वरसँगै तेस्रो स्वर्गसम्म आरोहण गर्ने र देहलाई माथ गर्ने।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्