प्रभु येशूले भन्नुभयो, “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। “प्रभु, प्रभु” भन्ने सबैले विश्‍वास गर्छन् र प्रभुको सेवा गर्छन्। तिनीहरूले सधैँ बलिदान गरेका हुन्छन्, आफैलाई खर्च गरेका हुन्छन्, र प्रभुका लागि कठोर परिश्रम गरेका हुन्छन्, र तिनीहरूले सुसमाचार फैलाएका हुन्छन् र मण्डलीहरू निर्माण गरेका हुन्छन्। के तिनीहरूले यी सब गरेर प्रभुको इच्छा पालन गरेका हुँदैनन् र? जब प्रभु येशू फर्केर आउनुहुन्छ, प्रभुले तिनीहरूलाई किन स्याबासी दिनुहुनेछैन, र त्यसको सट्टामा उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा दोषी ठहर्‍याउनुहुनेछ?

6 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समय परमेश्‍वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरिकन, उनले सजाय र न्याय, साथै शोधन, संकष्ट र उसको जीवनमा नरोकिकन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेमलाई परिवर्तन गर्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरको एकजना सृष्टिको कर्तव्यको पूर्णता थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरको एकजना सृष्टिले हासिल गर्नुपर्ने यही नै हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही नै हो। यदि मानिसले यतिसम्‍म हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरको सुयोग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई यसले जत्तिको राम्ररी सन्तुष्ट पार्ने अरू केही छैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी, तैँले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा नगरेको मात्रै हुने छैनस्, तर तँलाई परमेश्‍वरले दोषी पनि ठहर्याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्ने बारेमा मात्रै चासो गर्छस्, र सत्यतालाई अभ्यास गर्ने वा आफैलाई चिन्‍ने बारेमा चासो गर्दैनस्। तैँले सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्दैनस् वा उहाँलाई प्रेम गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमा अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै भएको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न मात्रै दिन सक्‍नुहुन्‍न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म काम गरेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरका सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँछ भने पनि, के उहाँले मानिसलाई पन्छ्याउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि तय गरेको मापदण्डहरूको उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले माग गरेको कुरालाई सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन्, वा तैँले तिनलाई कति लामो समयदेखि पक्रिराखेको छस् म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस्, र तैँले सत्यलाई प्रेम गर्छस् कि गर्दैनस् र यसको तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ, र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस्, र कुनै वास्ता वा चिन्ता नगरिकन पछ्याउने काम मात्रै गर्दै मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न तँ सक्षम हुनेछस् त? आज, मैले बोलेका वचनहरूलाई तैँले पाल गरेका छस् भने, तँ त्यस्तो प्रकारको व्यक्ति होस् जसलाई म स्वीकार गर्छु। परमेश्‍वरलाई पछ्याउने क्रममा सँधै कष्ट भोगेको छस्, दु:ख र सुख दुवै अवस्थामा तैँले उहाँलाई पछ्याएको छस्, र उहाँसँग खुशीका पलहरू र दु:खका पलहरू बिताएको छस् भनेर तँ भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएका छैनस्; तैँले परमेश्‍वरको लागि दौडधूप गर्ने र हरेक दिन आफैलाई परमेश्‍वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, र तैँले अर्थपूर्ण जीवन जिउने बारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “कुनै हालतमा पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरी हिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे तापनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन, र यो शरीर, वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग अनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन, र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछन् र उनीहरूले मेरो आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिने तिनीहरू नै हुन्। तैँले के-कस्ता परिस्थितिहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउने बाहेक अरू तिमीहरूले के प्राप्त गरेका? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच वटा मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तैपनि बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय तँसँग छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिफल हो, र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्‍म नै पछ्याए तापनि मेरो मार्गमा नहिँड्ने सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता यही नै हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तिमीहरूले कल्पना गर्न सक्छौ कि वर्षौंसम्‍म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र एक सेवाकर्ता भएकै कारण तिमीहरूलाई परमेश्‍वरको घरमा एक कचौरा भात प्रदान गरिनुपर्छ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो आचरणमा कति सुधार गरिस् भन्ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैंले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा शैतानको रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिन।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

अर्को: प्रेरित पावलले भने, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्‍ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रेरित पावलले भने, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्‍ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको...

तपाईं भन्नुहुन्छ, हामीले परमेश्‍वरको आखिरी दिनको न्यायको कामलाई स्वीकार गर्नुपर्छ, तब मात्र हाम्रो भ्रष्ट शैतानी स्वभावहरू शुद्ध पारिन्छन् र परिवर्तन हुन्छन्, तब मात्र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौं। त्यसैले, प्रभुको मापदण्ड अनुसार नै हामी विनम्र र सहनशील छौं, हामी आफ्ना शत्रुहरूलाई प्रेम गर्छौं, हामी आफ्नो क्रूस बोक्छौं, हामी आफ्नो शरीरलाई अनुशासनमा राख्छौं, हामी सांसारिक थोकहरू त्याग्छौं, हामी प्रभुका निम्ति काम र प्रचार गर्छौं, इत्यादि। के यी सबै हामीभित्र भएका परिवर्तनहरू होइनन् र? के तपाईंले यो अझै पनि हामी स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति पर्याप्त छैन भनी भन्नुहुन्छ? म विश्‍वास गर्छु, जबसम्म हामी यस प्रकारले प्रयास जारी राख्छौं, हामी पवित्र बन्नेछौं र स्वर्गको राज्यमा प्रवेश गर्नेछौं।

सन्दर्भका लागि बाइबल पदहरू: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्