प्रेरित पावलले भने, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?
सन्दर्भका लागि बाइबल पदहरू:
“मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
परमेश्वरका प्रासंगिक वचनहरू:
परमेश्वरमाथिको विश्वासमा आएपछि व्यक्तिले धेरै सुकर्म गरेको हुनसक्ने भए पनि, धेरै कुरा उसको लागि अझै बुझ्न गाह्रो हुन सक्छ, र तिनीहरूले सत्यतालाई बुझ्न सक्ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूको धेरै सुकर्मको कारण, तिनीहरूलाई तिनीहरू पहिले नै परमेश्वरका वचनहरूमा जिउन थालिसकेका छन्, र उहाँमा तिनीहरू समर्पित भइसकेका छन्, र उहाँको इच्छालाई धेरै सन्तुष्ट पारिसकेका छन् भन्ने लाग्छ। यस्तो किन हुन्छ भने जब प्रतिकूल परिस्थितिहरू आइपर्छन्, तब तँलाई जे भनिएको छ तँ त्यही गर्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न लगाइन्छ, यो तैँले वहन गर्न सक्ने कष्ट हो र तैँले कुनै गुनासो गर्दैनस्, र जब तँलाई यहाँ वा त्यहाँ दगुर्न लगाइन्छ, वा सानोतिनो परिश्रम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यी कार्य-प्रदर्शनहरूको कारण, तँलाई के लाग्छ भने परमेश्वरमा समर्पित हुने र सत्यताको साँचो विश्वासी तँ नै होस्। तैपनि यदि कसैले तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ सच्चा रूपमा परमेश्वरमा समर्पित हुने व्यक्ति होस्? परिवर्तित स्वभाव भएको व्यक्ति होस्?” भन्दै प्रश्न गर्यो भने, यस्तो प्रश्न गरियो भने, सत्यताको बारेमा सुक्ष्म रूपमा केरकार गरियो भने, तँ अक्क न बक्क हुनेथिइस् र सायद सबै नै त्यस्तै हुनेथिए, त्यसो त कुनै पनि व्यक्तिले साँचो रूपमा सत्यताअनुसार अभ्यास गर्न नै सक्दैन। त्यसकारण, जब मानिसका सबै चाल र कार्यहरूको जड, साथै उसका कार्यहरूका सार र प्रकृतिलाई सत्यतासँग दाँजिन्छ, तब सबै दोषी ठहरिन्छन्। यसको कारण के हो त? यसको कारण के हो भने मानिसले आफैलाई चिन्दैन; उसले सधैँ आफ्नै तरिकाले परमेश्वरमा विश्वास गर्छ, आफ्नै तरिकाले आफ्नो कर्तव्य पूरा गर्छ, र आफ्नै तरिकाले परमेश्वरको सेवा गर्छ। यति मात्र कहाँ हो र, उसलाई ऊ विश्वास र तर्कशक्तिले भरिएको छ भन्ने लाग्छ, र अन्त्यमा, उसलाई उसले धेरै कुरा प्राप्त गरेको छ भन्ने लाग्छ। उसलाई थाहै नभई, उसलाई उसले पहिले नै परमेश्वरको इच्छाअनुसार काम गर्न थालिसकेको छ, यसलाई पूर्ण रूपमा पूरा गरेको छ, उसले पहिले नै परमेश्वरका मापदण्डहरू पूरा गरिसकेको छ र उसले उहाँको इच्छालाई पछ्याइरहेको छ भन्ने लाग्छ। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्वरमाथिको तेरो धेरै वर्षको विश्वासमा, तैँले केही प्राप्तिहरू गरेको छस् भन्ने लाग्छ भने, तैँले आफैलाई मनन गर्न परमेश्वरको अघि फर्किआउनु झनै बढी आवश्यक छ। तैँले वर्षौंको तेरो विश्वासमा हिँडेको मार्गलाई हेर्नुपर्छ र परमेश्वरको अघि तैँले गरेका सबै काम र प्रस्तुत गरेका बानीबेहोराहरू पूर्ण रूपमा उहाँको हृदयअनुसारका छन् कि छैनन्, तैँले परमेश्वरको विरोध गर्ने के काम गर्छस्, तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सक्ने के काम गर्छस्, र तैँले गर्ने कार्यले परमेश्वरका मापदण्डहरूलाई पुरा गर्छन् कि गर्दैनन् र ती कार्यहरू पूर्ण रूपमा उहाँको इच्छाअनुरूप हुन सक्छन् कि सक्दैनन् सो पत्ता लगाउनुपर्छ—तँ यी सबै कुराप्रति स्पष्ट हुनुपर्छ।
— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”
परमेश्वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्नेको मात्रै चिन्ता छ। परमेश्वरको कार्य र व्यवस्थापनको बारेमा उल्लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै चासो गुमाउँछन्। त्यस्तो सानातिना कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, तिनीहरूले त्यति ध्यानै दिँदैनन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूको जीवनको भागको रूपमा ग्रहण गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग प्रत्यक्ष रूपमा संलग्न नहुने अरू कुनै पनि कुरा सुन्ने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्वरलाई विश्वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा तिनीहरूले परमेश्वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्वरमा समर्पित पनि गर्छन्, र आफ्नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्वरमाथिको तिनीहरूको विश्वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्वरको लागि गवाही दिने तिनीहरूको विश्वास हो? के यो परमेश्वरको इच्छा हासिल गर्नको लागि सबै कुरा त्याग्ने तिनीहरूको इच्छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्लेषण गर्नु अत्यन्तै उचित छ। तिनीहरूसँग अति घनिष्ट रूपले सम्बन्धित रहेका लाभहरू बाहेक, परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ
मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समय परमेश्वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्वरप्रति अनन्त रूपमा नै विश्वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन् भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्हरू देख्दा, उनीहरू परमेश्वरप्रति विश्वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्वरप्रति विश्वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्
मानौं तँ परमेश्वरको लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी, तैँले परमेश्वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा नगरेको मात्रै हुने छैनस्, तर तँलाई परमेश्वरले दोषी पनि ठहर्याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्वरको लागि काम गर्ने बारेमा मात्रै चासो गर्छस्, र सत्यतालाई अभ्यास गर्ने वा आफैलाई चिन्ने बारेमा चासो गर्दैनस्। तैँले सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्दैनस् वा उहाँलाई प्रेम गर्दैनस्। तँ परमेश्वरप्रति अन्तर्निहित रूपमा अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्वरले प्रिय ठान्नुहुन्न।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
मानिसहरू के भन्छन् भने, परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, र जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। मानिसले उहाँलाई अन्तिमसम्मै पछ्याउँछ भने पनि, के उहाँले मानिसलाई पन्छ्याउन सक्नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि तय गरेको मापदण्डहरूको उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले माग गरेको कुरालाई सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन्, वा तैँले तिनलाई कति लामो समयदेखि पक्रिराखेको छस् म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस्, र तैँले सत्यलाई प्रेम गर्छस् कि गर्दैनस् र यसको तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ, र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस्, र कुनै वास्ता वा चिन्ता नगरिकन पछ्याउने काम मात्रै गर्दै मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्नेछस्? परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न तँ सक्षम हुनेछस् त? आज, मैले बोलेका वचनहरूलाई तैँले पाल गरेका छस् भने, तँ त्यस्तो प्रकारको व्यक्ति होस् जसलाई म स्वीकार गर्छु। परमेश्वरलाई पछ्याउने क्रममा सँधै कष्ट भोगेको छस्, दु:ख र सुख दुवै अवस्थामा तैँले उहाँलाई पछ्याएको छस्, र उहाँसँग खुशीका पलहरू र दु:खका पलहरू बिताएको छस् भनेर तँ भन्छस्, तर परमेश्वरले बोल्नुभएको वचनमा तँ जिएका छैनस्; तैँले परमेश्वरको लागि दौडधूप गर्ने र हरेक दिन आफैलाई परमेश्वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, र तैँले अर्थपूर्ण जीवन जिउने बारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “कुनै हालतमा पनि, परमेश्वर धर्मी हुनुहुन्छ भन्ने म विश्वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरी हिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्मान प्राप्त नगरे तापनि कठिन परिश्रम गरेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्छा समावेश हुँदैन, र यो शरीर, वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग अनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन, र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्नुहुन्छ?” त्यसैले म तँलाई प्रश्न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछन् र उनीहरूले मेरो आशिषहरू प्राप्त गर्नेछन् भन्ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्मै पछ्याउनेहरू निश्चय नै मुक्ति दिइनेछ” भन्ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्मै पछ्याउनेहरूलाई नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिने तिनीहरू नै हुन्। तैँले के-कस्ता परिस्थितिहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्मै पछ्याउने बाहेक अरू तिमीहरूले के प्राप्त गरेका? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच वटा मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तैपनि बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय तँसँग छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिफल हो, र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्म नै पछ्याए तापनि मेरो मार्गमा नहिँड्ने सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्वरको धार्मिकता यही नै हो।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरूले गर्ने कारुणिक आह्वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्य दुष्टकर्मका लागि प्रतिशोध लिइएको हो।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्
मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म काम गरेको हुन सक्ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्नै स्वभावमा परिवर्तन खोज्ने, र परमेश्वरको गवाही वहन गर्न र परमेश्वरका सृष्टिको रूपमा रहेको आफ्नो कर्तव्य निभाउन इच्छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।