परमेश्‍वरले आखिरी दिनहरूमा शैतानको क्षेत्रको अन्धकार युगलाई कसरी समाप्त गर्नुहुन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छन् र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। यसैले, पृथ्वीका सबै राष्ट्रहरू उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुराको सुनिश्‍चित गर्न, स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुको विरुद्धमा युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “त्यससँग प्रतिस्पर्धा गर्छु” को अर्थको बारेमा छोटो व्याख्या यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशहरूको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छापहरू मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशहरूमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिइएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

जब न्यायको युग त्यसको चरम सीमामा पुग्दछ, म आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउन हतार गर्नेछैनँ, तर यसमा सजायको युगको प्रमाण मिलाउनेछु र यो प्रमाण मेरा सबै मानिसहरूलाई देखाउनेछु; यसमा धेरै फल फलाइनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई दण्ड दिने माध्यम हुनेछ, र म मेरा मानिसहरूलाई यो उनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, यसैले कि तिनीहरूले मेरो स्वभावको बारेमा अझ धेरै जानून्। मेरा मानिसहरूले ममा त्यसबेला धेरै आनन्द पाउनेछ जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई मेरो योजना अनुसार खडा गरिन्छ र त्यसको विरुद्ध विद्रोह गर्न लगाइन्छ, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसहरूका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो मौका हो। … आज म मानिस सँगसँगै सजायको युगमा अगाडि बढ्दछु, उसको छेउमा रहेर अगि बढदछु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसको माझमा मेरो लौरो प्रहार गर्दछु र त्यो मानिसको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्ति भएको जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रुहरू हुन् र तिनीहरूलाई सहजै छोड्दैन; मेरो विरोध गर्नेहरू सबै माझ यो लौरोले यसको अन्तर्निहित काम गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरो अभिप्रायअनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरो इच्छाहरूलाई उल्लङ्घन गरेका छैनन् वा आफ्नो दृढतालाई बदलेका छैनन्। फलस्वरूप, समुद्रहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूल्ठुला नदिहरू भङ्गालिनेछन्, मानिसलाई सधैं परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछ। पृथ्वीका सबै परिवारहरू भत्कनेछन्, र पृथ्वीका सबै जातिहरूलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच फेरि मिलन हुने दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैन, फेरि कहिल्यै बाबु र छोरी भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, यसैले कि संसारभरका ती मानिसहरू माझ तिनलाई स्वीकार गरियोस्, जो सबैले आत्म-समर्पण गर्छन्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “अब महान् योजनाहरू अगाडि बढाउने समय आएको छ।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४२

सबै किसिमका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्रहरू र ठाउँहरूले विपत्तिहरू अनुभव गर्नेछन्: विपत्ति, अनिकाल, बाढी, खडेरी, र भूकम्प सबैतिर हुनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यो एक वा दुई दिनमा सकिनेछन्; बरु, यी प्रकोपहरू अझ ठूला ठूला ठाउँहरूमा फैलिनेछन्, र अझ बढी कठोर हुँदै जानेछन्। यस समयावधिमा, सबै किसिमका किटजन्य विपत्तिहरू एकपछि अर्को गरी बढ्दै जानेछन्, नरभक्षी घटना जताततै हुनेछ। सबै राष्‍ट्रहरू र मानिसहरूमाथि यो मेरो न्याय हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५

जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछ। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति झलिमिलाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १८

जबसम्‍म पुरानो संसार निरन्तर अस्तित्वमा रहन्छ, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म मेरा प्रशासनिक आदेशहरूलाई जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु:

बोल्‍नको लागि ब्रह्माण्डतर्फ मैले मेरो मुहार फर्काउने क्रममा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरूलाई देख्छन्। मेरो इच्‍छा विरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात्, मानिसका कार्यहरूद्वारा मलाई विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिएर तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जुन पनि नवीकरण हुनेछन्—आकाशहरू यस उप्रान्त जस्तो थिए त्यस्तो रहनेछैनन् र संसारका यावत् थोकहरूलाई नवीकरण गरिनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूलाई नयाँ गरी भाग-भाग गरिनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जानेछन् र सबै नै मलाई आराधना गर्ने राष्ट्र बन्‍नेछन्; पृथ्वीका सारा राष्ट्रहरूलाई नष्ट गरिनेछ र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसका स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त गरिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो ज्वलन्त आगोद्वारा पतन गरिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरू बाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई विभिन्न हदमा दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू मेरो राज्यमा फर्कनेछन्, मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवारी भई आउनुहुने पवित्र जनको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरू अनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएका सबै नष्ट हुनेछन्; आफ्‍नो कार्यहरूमा मलाई समावेश नगर्नेहरूका बारेमा कुरा गर्दा, तिनीहरूले आफैलाई कसरी अपराधमुक्त गरेका छन् त्यसको कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा पृथ्वीमा अस्तित्वमा नै रहिरहनेछन्। म आफैलाई असंख्य मानिसहरू, र असंख्य राष्ट्रहरूकहाँ प्रकट गर्नेछु, र तिनीहरूका आफ्‍नै आँखाले देख्‍ने गरी, सारा मानवजातिको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्दै मेरो आफ्‍नै आवाजद्वारा पृथ्वीतर्फ म उच्‍च सोरमा कराउनेछु।

मेरो आवाज तीव्रताको साथ गहिरो हुँदै जाने क्रममा, म ब्रह्माण्डको अवस्थालाई पनि अवलोकन गर्छु। मेरा वचनहरूद्वारा, सृष्टिका यावत् थोकहरू सबैलाई नयाँ तुल्याइन्छ। पृथ्वीजस्तै स्वर्ग पनि परिवर्तन हुन्छ। मानवजातिलाई यसको मूल रूपमा प्रकट गरिन्छ र, बिस्तारै, हरेक व्यक्तिलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र थाहै नपाई तिनीहरू आफ्‍नो परिवारको काखमा फर्कन्छन्। यसले मलाई अत्यन्तै खुशी तुल्याउनेछ। म अवरोधबाट मुक्त छु र, थाहै नहुने गरी, मेरो महान् कार्य पूरा हुन्छ, र सृष्टिका यावत् थोकहरू सबै परिवर्तन हुन्छन्। जब मैले संसारलाई सृष्टि गरेँ, सबै कुराहरूलाई तिनीहरूको प्रकारअनुसार राख्दै, मैले सबै कुराहरूलाई तिनीहरूकै प्रकारअनुसार आकार दिएँ। मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिँदै गर्दा, म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म हरेक कुरालाई उल्‍लेखनीय रूपमा परिवर्तन गर्दै, सबै कुरालाई त्यसको पहिलेकै रूपमा पुनर्स्थापित गर्छु, ताकि सबै कुरा मेरो योजनाको सामीप्यमा फर्कनेछन्। समय आइपुगेको छ! मेरो योजनाको अन्तिम चरण पूरा गर्न लागेको छ। ए अशुद्ध पुरानो संसार! तँ निश्‍चय नै मेरो वचनहरूमुनि खस्‍नेछस्! तँलाई मेरो योजनाले अवश्य नै सुन्यतामा झार्नेछ! ए सृष्टिका यावत् थोकहरू! मेरा वचनहरूभित्र तैँले नयाँ जीवन प्राप्त गर्नेछस्—तैँले आफ्‍ना सार्वभौम प्रभुलाई पाउनेछस्! ए शुद्ध र निष्खोट नयाँ संसार! तँ अवश्य नै मेरो महिमाभित्र पुनर्जीवित हुनेछस्! ए सियोन पर्वत! अब उप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! सृष्टिको बीचबाट, म सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीमा, मानवजातिले नयाँ जीवनको सुरुवात गरेको छ र नयाँ आशा जितेको छ। ए मेरा मानिसहरू हो! तिमीहरू किन मेरो ज्योतिभित्रको जीवनमा फर्केर आउन सक्दैनौ? मेरो अगुवाइमा तिमीहरू किन खुशीले उफ्रन सक्दैनौ? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, समुद्र र खोलाहरू प्रफुल्लित हाँसोले गर्जिरहेका छन्! ए पुनरुत्थान भएको इस्राएल! मैले अघिबाटै नियुक्त गरेको विवरणमा तँ किन गर्व गर्न सक्दैनस्? कसले बिलौना गरेको छ? कसले विलाप गरेको छ? पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो हुँदै र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवजातिको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूद्वारा अस्तित्वको स्रोत प्राप्त गर्नेछ! हे घृणास्पद मिश्र! अवश्य नै तँ मेरो विरुद्धमा स्थिर रूपमा खडा हुँदैनस्? कसरी तैँले मेरो कृपाबाट फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्छस्? तँ मेरो सजायभित्र कसरी अस्तित्वमा नरहन सक्छस्? मैले प्रेम गर्ने सबै जना अवश्य नै अनन्तसम्‍म जिउनेछन्, र मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्‍म सजाय दिनेछु। किनभने म डाहा गर्ने परमेश्‍वर हुँ र तिनीहरूले गरेका सबै कुराको निम्ति म मानिसहरूलाई हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र धार्मिकता, प्रताप, क्रोध, र सजायसहित संसारको पूर्वमा देखा पर्दै, असंख्य मानवजातिका बीचमा आफैलाई प्रकट गर्नेछु!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६

मेरो काम छ हजार वर्षसम्म रहन्छ, र म प्रतिज्ञा गर्दछु, कि सारा मानव जातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्षभन्दा धेरै रहनेछैन। यसैले अब समय समाप्त भएको छ। म न त यो जारी राख्छु न अझै ढिलो नै गर्छु: आखिरी दिनहरूमा म शैतानलाई पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा रहेका मेरा सबै आत्माहरू फेरि प्राप्त गर्नेछु, ताकि यी दुःखी प्राणहरू कष्टको समुद्रदेखि उम्कन सकून्, यसरी पृथ्वीमा मेरा सबै काम समाप्त हुनेछ। यो दिनदेखि उसो म पृथ्वीमा फेरि कहिल्यै देह हुनेछैन, अनि सबैमाथि नियन्त्रण गर्ने मेरो आत्माले पृथ्वीमा फेरि कहिल्यै काम गर्नेछैन। म पृथ्वीमा एउटै मात्र काम गर्नेछु: म मानव जातिलाई फेरि पहिलेदेखि बनाउनेछु, जुन मानव जाति पवित्र हुनेछ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुनेछ। तर यो जान, कि म सम्पूर्ण संसारलाई पूर्ण रूपमा नाश पार्नेछैन, न त म मानव जातिको संसारलाई नै पूर्ण रूपमा नाश पार्नेछु। म बाँकी रहेको तेस्रो भागलाई बचाएर राख्‍नेछु—त्यो तेस्रो भाग जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा जितिएको छ, र म यो तेस्रो भागलाई फलदायी र वृद्धि हुने बनाउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए, म तिनीहरूलाई प्रशस्त भेडा र गाईवस्तु साथै पृथ्वीका सारा सम्पत्तिले पोषण गर्नेछु। यो मानव जाति सदासर्वदा मेरो साथमा रहनेछ, तापनि यो आजको दुःखलाग्दो फोहोर मानव जाति हुनेछैन, तर यस्तो मानव जाति, त्यही मानिसहरूको झुन्ड हुनेछ जो मद्वारा प्राप्त गरिएको छ। त्यस्तो मानव जातिलाई शैतानले हानि गर्न, बाधा दिन वा फन्दामा पार्न सक्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा हुने एक मात्र मानव जाति हुनेछ। यो त्यही मानव जाति हो जसलाई आज मैले जितेको र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। अनि यसैले आखिरी दिनहरूमा जितिने मानव जाति त्यही मानव जाति हो जो बचाइनेछ र मेरो अनन्त आशिषहरूद्वारा प्राप्त गरिनेछ। शैतान माथि मेरो विजयको प्रमाण र शैतानसित लडाइँबाट प्राप्त भएको लुटको माल यही मात्र हुनेछ। लडाइँका यी लुटका मालहरू शैतानको अधिकार क्षेत्रबाट खोसेर मैले बचाएँ, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र टुङ्गो र फल हो। तिनीहरू प्रत्येक जाति र सम्प्रदायबाट, सारा ब्रह्माण्डका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका, विभिन्न भाषा-भाषीहरू, रीतिथितिहरू र छालाको वर्णको हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक जाति र सम्प्रदायमा संसारको हरेक कुनामा फैलिएका छन्। आखिरीमा, तिनीहरू सम्पूर्ण मानव जाति निर्माण गर्न एकसाथ आउनेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैन। मैले मानव जातिको बीचबाट मुक्ति नदिएका र नजितेका मानिसहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि सारा अनन्तताभरि मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोर मानव जातिलाई नाश पार्नेछु, जसरी मैले मिश्रमा जन्‍मेका ज्येष्ठ पुत्रहरू र पशुहरूलाई मारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मैले जितेका मानिसहरू, जो मेरो परिवारका पनि हुन्, तिनीहरूले त्यो थुमाको मासु खाँदैनन् र, जुन थुमा म हुँ, र के तिनीहरूले थुमाको रगत पिउँदैनन् र, जुन थुमा म हुँ, के तिनीहरू मद्वारा छुटकारा पाएकाहरू र मेरो आराधना गर्नेहरू होइनन् र? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के मेरो, अर्थात्, थुमाको मासु नहुनेहरू अघिबाटै चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

संसारमा रहेको अन्धकार र दुष्टताको जड शैतानले मानवजातिलाई छल गर्नु र भ्रष्ट पार्नु नै हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात्, अदनको बगैंचामा हुँदा तिनीहरू...

भ्रष्ट मानवजातिले नियन्त्रण हात लिँदा त्यसले तिनीहरूमा ल्याउने खतरा र दुष्परिणामहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्